मंगलवार, माघ ७, २०७६

    यातायात

    १० दिनपछि रेल उपकरण नेपाल आईपुग्ने

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौँ, ६ माघ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।  यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उहाँको भनाइ छ । केही समय पहिले नै रेलमार्ग..

    हिमपातले रसुवा–केरुङ आवतजावत बन्द

    आईतवार, माघ ५, २०७६ साल
    रसुवा, ५ माघ  हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर  आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।  एक सयभन्दा बढी ..

    साँझ परेपछि राजधानीमा पाइदैन सार्वजनिक साधन

    शनिबार, माघ ४, २०७६ साल
    काठमाडौँ, ४ माघ बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ ।  राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो । सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका..

    उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौँ, ३ माघ काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’  सञ्चालनमा आएको हो ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा..

    पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

    शुक्रबार, माघ ३, २०७६ साल
    चितवन, ३ माघ भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो ।..

    पहिरो खस्यो नारायणगढ मुग्लिन सडकखण्डमा, सडक एकतर्फी सञ्चालनमा

    शुक्रबार, माघ ३, २०७६ साल
    चितवन, ३ माघ  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।  पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न..

    नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौं, ३ माघ । बिहीबारदेखि परेको वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ ।  उक्त नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी..

    ट्याङ्करको ठक्करबाट मृत्यु

    बिहिवार, माघ २, २०७६ साल
    सुरुङ्गा, २ माघ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ ।  मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट््याङ्करले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।  ट्याङ्करको ठक्करबाट गम्भीर..

    श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडौँ, २८ पुस निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।  उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मङ्सिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर,..

    चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडौँ, २८ पुस   शाली नदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।    सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर..

    गोदावरी सडक १६ मिटर चौडाइको हुने

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडौँ, २८ पुस ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । २० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण ..

    कुर्था–जयनगर रेल सञ्चालनको तयारी

    आईतवार, पौष २७, २०७६ साल
    काठमाडौँ, २७ पुस   धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ  ।    सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट..

    दुई दिन जोरपाटी–सुन्दरीजल सडक खण्डमा सवारीसाधन चलाउन रोक

    शुक्रबार, पौष २५, २०७६ साल
    काठमाडौँ, २५ पुस दुई दिन गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–सुन्दरीजल सडक खण्डमा  सवारीसाधन चल्नमा रोक लगाएको छ । नगरपालिकाले सडक निर्माणका लागि रेखांकनको काम हुने भएकाले (आज) शुक्रबार र शनिबार सवारी चलाउन नपाइने भएको हो ।   गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जोरपाटी–सुन्दरीजल सडक निर्माणका लागि सडक रेखांकनको काम गर्नुपर्ने भएकाले सवारीसाधन चलाउन रोक लगाइएको बताए । ‘सडक रेखांकनको काम गर्नुपर्ने भएकाले  शुक्रबार र शनिबार..

    नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी : भोली दिउँसो पनि सडक बन्द हुने

    बुधबार, पौष २३, २०७६ साल
    भरतपुर, २३ पुस  नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ । गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ । सो..

    सकिएन पहिरो रोकथामको काम, सडक पुन: दुई दिन बन्द हुने

    बुधबार, पौष २३, २०७६ साल
    काठमाडौं, २३ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि सडक २ दिन अझै बन्द हुने भएको छ । मङ्गलबार सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले आज र भोली दिउँसो पनि सडक बन्द हुने बताएको छ । गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।..

    ‘उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ’

    मंगलवार, पौष २२, २०७६ साल
    काठमाडौँ, २२ पुस महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताउनुभएको छ । समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले राजधानी भित्रिने नाकाको सुरक्षा गर्न प्रहरीसँगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  “अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो । पोखरेलले..

    अझै सम्पन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना

    मंगलवार, पौष २२, २०७६ साल
    लुम्बिनी, २२ पुस राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । तीस महिना अगाडि रुपन्देहीको भैरहवादेखि, लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्ट्रक्सन लिमिटेडले..

    दुर्घटना न्यून गर्न गाडीमा लेखिएका मुक्तक मेट्दै

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, पुस २१ यातायात व्यवस्था विभागले सडक दुर्घटना न्यून गर्न भन्दै विभिन्नखाले मापदन्डहरु अघि सारेको छ । ट्रकहरुमा लेखिने आकर्षक मुक्तक तथा उखान–टुक्का मेटाउनेदेखि ट्राफिक नियम उल्लंघनको जरिवानाको रकम उच्च दरले बढाउनेसम्मका मापदन्ड अघि सारिएको छ । सडक दुर्घटना कम गर्नका लागि विभिन्न प्रयोगहरु गर्दै आएको यातायात व्यवस्था विभागले गाडीमा लेखिएका गीत, कविता, मुक्तक, उखान–टुक्का र नाराहरु मेट्न निर्देशन दिएको छ । त्यसैगरी, गाडीका..

    अब सवारीसाधनमा सायरी लेख्न नपाईने, चप्पल लगाएर सवारी हाँके कारवाही

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, २१ पुष  सवारी साहित्य अर्थात् सवारी साधनका बाहिर लेखिने साहित्यका स–साना डोजले हरेक दिन हाम्रो यात्रालाई रमाइलो बनाइरहेका हुन्छन् । पट्यारलाग्दो जाममा परेका बेला आफ्ना अघिपछि भएका सवारी साधनमा लेखिएका यस्ता कुराहरु बसिबियाँलोकोे राम्रो माध्यम पनि बन्ने गरेको छ । तर हामीले ठ्टटा र मनोरञ्जनको रुपमा मात्रै हेरेको यो विषयले गम्भिर दुर्घटना निम्त्याएको भन्दै यी यस्ता साहित्यहरु सवारीसाधनबाट हटाईने भएको..

    दुई दिनदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध

    आईतवार, पौष २०, २०७६ साल
    महोत्तरी, २० पुस महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डमा २  दिनदेखि यातायात अवरुद्ध भएको छ । सो सडकखण्ड थप चौडाइ गर्ने लगायतका निर्माण कार्य भइरहेका कारण दुई दिन परेको वर्षाको पानीले सडकमा जम्मा गरिएका माटोहरु हिलोमा परिणत भई यातायातका साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो । जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म..

    वर्षाका कारण उड्डयन क्षेत्र प्रभावित, जहाजहरु विदेशमै डाइभर्ट

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौं, १८ पुस  वर्षाका कारण उड्डयन क्षेत्रमा प्रभाव परेको छ ।  विहानैदेखि वर्षा र कुइरोसँगै लागेका कारण उडान अवतरण प्रभावित भएका छन् । पहाडी क्षेत्रका अधिकांस उडानहरु रोकिएका छन् भने तराइ क्षेत्रका विमानस्थलबाट हुने उडान भने सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । पहाडबाट उडेका कतिपय जहाजहरु काठमाडौं अवतरण गर्न नसक्दा तराइका विमानस्थलमा डाइभर्ट भएका छन् । कर्णले दिएको..

    मौसमी प्रतिकूलताले आन्तरिक उडान प्रभावित

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौं, १८ पुस मौसमी प्रतिकूलताका कारण मुलुकका विभिन्न गन्तव्यका लागि आन्तरिक उडान प्रभावित भएका छन्। गौतम बुद्ध विमानस्थल बिहान ९ बजेदेखि बन्द भएको छ। काठमाडौँ तथा पोखरा जानको लागि भैरहवा स्थित विमानस्थलमा पुगेका यात्रुहरु अलपत्र परेका छन् । मौसममा खराबी आएपछि काठमाडौँबाट भैरहवा आउन जहाज भित्र बसिसकेका यात्रुहरुलाई ओरालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय तर्फका उडान भने नियमित छन् । आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट..

    अब चप्पल लगाएर गाडी चलाउन नपाइने

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौं, १८ पुस । यातायात व्यवस्था विभागले ट्रक साहित्यले दुर्घटना बढेको भन्दै यस्ता साहित्य हटाउन निर्देशन दिएको छ ।  यातायात व्यवस्था विभागले ट्रक साहित्यका कारण पनि सवारी दुर्घटना हुन थालेको भन्दै दुर्घटना न्युनीकरणका लागि यस्ता साहित्य तत्काल हटाउन निर्देशन दिएको हो । विभागले दुर्घटना न्युनीकरण गर्न अपनाइनुपर्ने तत्कालीन उपायका रुपमा ट्रक साहित्य हटाउनुपर्ने लगायत ८ उपाय निकालेको छ । ती उपायमा गाडी चालकले चप्पल..

    यात्रु बनेर ट्राफिक प्रमुख नै बस र ट्याक्सीमा चढेपछि...

    बिहिवार, पौष १७, २०७६ साल
    काठमाडौँ, १७ पुस बिहीबार दिउँसो काठमाडौंमा करिब २ बजे पानी परिरहेको  बेला सादा पोशाकमा सवारी अनुगमन गर्ने भन्दै महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल पुतलीसडकको न्यु प्लाजा पुगे ।  एकैछिनमा आइपुग्यो नेपाल यातायात ।  एसएसपी ढकाल नेपाल यातायत चढे । सहचालक भन्दै थिए, ‘‘पछाडि पछाडि सर्नु न !’’  एसएसपी ढकाल पछाडिको सिटमा पुगे । नेपाल यातायातबाट ढकाल पुगे नयाँ वानेश्वर ।  त्यहाँ ओर्लिएपछि उनी..

    आज काठमाडौंका यी रुटमा गाडी चलाउन पाइदैन

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडौं, १६ पुस । बुधबार 'नेपाल भ्रमण वर्ष २०२०' को पहिलो दिन । 'नेपाल भ्रमण वर्ष २०२०' काठमाडाैं दशरथ रंगशालाबाट भव्य उद्घाटनको तयारीमा छ।  दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्।  उद्घाटन अघि विभिन्न स्थानबाट र्‍याली निकालेर रंगशाला सम्म जाने  भएको हुनाले थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा..

    राजमार्गलाई उच्च प्राथमिकता

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले विभिन्न राजमार्गलाई उच्च प्राथमिकता दिएर निर्माण अघि बढाइरहेको बताउनुभएको छ । सडक बोर्ड नेपालको १७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले मध्यपाहाडी लोकमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–निजगढ दु्रतमार्ग, कोशी, मेची र गण्डकी करिडोर निर्माण द्रुत रुपमा अघि बढिरहेको बताउनुभयो ।  सडक निर्माणसँगै सडकको नियमित मर्मतलाईसमेत सरकारमा प्राथमिकतामा रहेको उहाँको भनाइ छ । सडक..

    पानी बोक्ने ट्याङ्करले सोह्रखुट्टेमा दियो ६ वटा गाडीलाई ठक्कर, चालक फरार

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस पानी बोक्ने एउटा ट्यांकरले काठमाडौंको सोह्रखुट्टेमा एकैसाथ ६ वटा गाडीलाई ठक्कर दिएको छ । मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति..

    प्रदूषण परीक्षणमा काठमाडाैंका ३८ प्रतिशत सवारी साधन फेल

    सोमबार, पौष १४, २०७६ साल
    काठमाडौं, १४ पुस । प्रदूषण परीक्षणमा काठमाडाैंका ३८ प्रतिशत सवारी साधन फेल भएका छन् । सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् । यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ ।केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार..

    काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

    आईतवार, पौष १३, २०७६ साल
      काठमाडौँ, १३ पुस    काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र  गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिनुभएको थियो ।    उहाँले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आउनुभएको छ । यसक्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र  सवारी आवत जावतलई सुचारु बनाइराख्न निर्देशन दिनुभयो ।..

    विचार गर्नुहोस् : जथाभावी पार्किङ गरे प्रहरीको फन्दामा परिएला

    आईतवार, पौष १३, २०७६ साल
    विराटनगर, १३ पुस   पार्किङ निषेध गरिएको क्षेत्रमा जथाभावी मोटरसाइकल लगायतका सवारी साधन पार्किङ गर्ने क्रम बढेपछि विराटनगर महानगरपालिकासँगको सहकार्यमा ट्राफिक प्रहरीले कारबाहीको नौलो कदम चालेको छ। गलत ठाउँमा पार्किङ गरेर राखिएका मोटरसाइकल र स्कुटर कारबाहीका लागि उठाएर सिधै ट्राफिक प्रहरी कार्यालयमा लैजान थालिएको हो । यसले 'नो पार्किङ' कार्यान्वयन र ट्राफिक नियम पालनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  निषेधित ठाउँमा सवारी साधन..
    Results 1236: You are at page 1 of 42
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast