आईतवार, भाद्र २९, २०७६

    यातायात

    अब दशैंदेखि छठसम्मका लागि हवाई भाडामा १० प्रतिशत छुट

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ  दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुलाई १० प्रतिशत छुट दिने निर्णयगरेको छ  । आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र..

    केरुङ–रक्सौल रेलको चर्चा मात्रै

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भए पनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) हुन सकेको छैन । यसै साता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौं–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भए/नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा..

    बुद्ध एयरको थप एक जहाज आयो

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौँ, २८ भदौ निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ । भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को..

    पहिरोका कारण साँफे– मार्तडी सडक अवरुद्ध

    शनिबार, भाद्र २८, २०७६ साल
    बाजुरा, २८ भदौ  जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार अम्कोटमा आज बिहान आएको पहिरो पन्छ्याएको भए पनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव..

    ढुङ्गे पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्व

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडाैं, २८ भदाै । शुक्रबार र शनिबार २ दिन पहिराे खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्व बनेकाे छ ।शुक्रबारबाट झरेको पहिरो शनिबार पनि झरेपछि बुटवल–पाल्पा सडक अवरुद्व बनेकाे हाे । माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले  सडक अबरुद्ध भएको दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीले जानकारी दिए । हिजो दुई वटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय कमल परियारको घटना..

    ७० सालदेखि बन्द रहेको हुम्डे विमानस्थल पुनः सञ्चालन

    शुक्रबार, भाद्र २७, २०७६ साल
    पोखरा, २७ भदौ  मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा आज समिट एयरको विमान अवतरण गरेको हो ।  प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गर्नुभएको थियो ।   सो अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि..

    मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

    शुक्रबार, भाद्र २७, २०७६ साल
    मुग्लिन, २७ भदौ ।  मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।   आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले..

    पहिरोमा पुरिएर चालकको मृत्यु, राजमार्ग एकतर्फी सञ्चालन

    शुक्रबार, भाद्र २७, २०७६ साल
    बेझाड, २७ भदौ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।   आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको  छ ।..

    पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर कैलाश यात्रु हेलिकप्टरबाट जादै

    शुक्रबार, भाद्र २७, २०७६ साल
    रसुवा, २७ भदौ । रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् । मानसरोवर यात्राका लागि बुधबार ५५ गैरआवासीय नेपाली बोकी काठमाडौंबाट रसुवागढीका..

    विवादमा टुटल र पठाओ

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौँ, २७ भदौ ।  सूचना प्रविधिको विकासले सार्वजनिक यातायातमा नयाँ नयाँ आयामहरू थपिरहेको छ। यसले विश्वलाई समेत ग्लोबल भिलेजमा रूपान्तरण गरेको अवस्थामा यसको प्रभाव काठमाडौंसम्म नहोला भन्ने अवस्था पक्कै छैन। केही समयदेखि मोबाइल एपको सहायताले मोटरसाइकल वा ट्याक्सीमार्फत आफ्नो गन्तव्य तय गर्न सकिने नयाँ आयामको विकास हुनु पक्कै पनि यसैको देन हो। त्यस्तो चर्चा काठमाडौंमा दिन प्रतिदिन बढ्ने नै भयो। मोबाइल एपको जमानासम्म..

    मन्त्री योगेशलाई नेपाल वायुसेवा चुनौती बन्दै

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौं, २७ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन। बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ। उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो। अरू..

    दसैंको अग्रिम टिकट बुकिङ ५ असोजबाट, दसैंमा बस भाडा नबढ्ने

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौं, २७ भदौ ।  हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा..

    सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्छ : मुख्यमन्त्री पौडेल

    बिहिवार, भाद्र २६, २०७६ साल
    चितवन, २६ भदौ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र व्यवसायी मिलेर विकास निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न नसके मुलुक समृद्धितर्फ अघि नबढ्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “हिजोको भन्दा फरक ढङ्गले काम गरेमात्र परिवर्तन सम्भव छ ।” निर्माण व्यवसायीलाई सम्बोधन गर्दै उहाँले..

    अब राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलभित्र आफ्नै गाडी लैजान पाउने

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अतिविशिष्ट ६ जनाले आफ्नै गाडी लैजान पाउने भएका छन् । विमानस्थलभित्र अतिविशिष्ट ६ जनालेलागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए । उक्त निर्णय कार्यान्वयनमा आएको..

    कोटेश्वरका यातायात मजदूरलाई पोशाक

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ  कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले बिहिबार  एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेमा जोड..

    अबिरल वर्षाका कारण रसुवाको पासाङ ल्हामु राजमार्ग बन्द

    बुधबार, भाद्र २५, २०७६ साल
    रसुवा, २५ भदौ   रसुवाको पासाङ ल्हामु राजमार्ग मंगलबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अबिरल वर्षाका कारण आज साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको हो ।                 सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो..

    पाँच किलोमिटरको भाडा रु १३० !

    बुधबार, भाद्र २५, २०७६ साल
    म्याग्दी, २५ भदौ बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।  बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।  महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११..

    नेपालमै पहिलो पटक चल्यो बिजुली बस

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ   नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो ।    एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’..

    अझै खुलेन दशैँको अग्रीम टिकट, यसो भन्छन् महानिर्देशक !

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ । दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महीना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन । विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका..

    नेपाल वायु सेवा निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह

    सोमबार, भाद्र २३, २०७६ साल
    ओसाका (जापान), २३ भदौ ।   राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।   निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा सिधा उडान शुरु गरेको छ । यसअघि अक्टोबर ३ सन् १९९४ मा निगमले ओसाका उडान..

    प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड, जामको सास्ती हट्ला ?

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार  यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।  केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आउनुभएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक..

    खराब मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण

    सोमबार, भाद्र २३, २०७६ साल
    दैलेख, २३ भदौ सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । सोमबार  बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।  बिहान ७ः३० बजे  बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख..

    गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौँ, २१ भदौ   सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक..

    भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द

    शुक्रबार, भाद्र २०, २०७६ साल
    भद्रपुर, २० भदौ झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले शुक्रबारबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले शुक्रबारदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण..

    दसैंका लागि अग्रिम टिकट बुकिङ अझै अन्योल

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं, १९ भदौ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो । व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने..

    दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोजमा खुल्ने

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ । दशैं नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले बसको  टिकटको विषयमा छलफल गरेको छ । दशैंका लागि असोज पहिलो साता बसको अग्रिम टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार बोलाएको बैठकमा असोज पहिलो साता अग्रिम टिकट खोल्ने प्रारम्भिक सहमति भएको छ । विभागका एक अधिकारीले भने ‘असोज पहिलो साता अग्रिम टिकट खोल्न प्रारम्भिक सहमति भएको छ।तर यातायात व्यवसायीले आफ्नो..

    सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’, यस्ता छन् सुविधा

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौँ, १८ भदौ । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ ।   मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको  बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ ।  काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भइआएको नयाँ..

    लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल

    बुधबार, भाद्र १८, २०७६ साल
    सोलुखुम्बु, १८ भदौ  लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । सो जहाजमा चालक..

    नेपाल विद्युतीय सवारीको युगमा, खुल्यो चार्जिङ् स्टेशन

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ ।  पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।  चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौं लगायत..

    गाडी खरीदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ   सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहनुभएको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।   सभामुख कृष्णबहादुर महरासमक्ष आज बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरीदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको नदेखिए पनि प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर गरेको छ ।   प्रतिवेदन..
    Results 1024: You are at page 1 of 35
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast