बुधबार, चैत्र १९, २०७६

    सावधान

    ठगीको आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ, कारण यस्तो छ

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी..

    १५ हजार घुस लिएको अभियोगमा पक्राउ

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौँ, २४ कात्तिक अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२..

    रुप ज्योतिलाई थप ५ दिन थुनामै राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौं, २४ कार्तिक ।  ठगीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वमन्त्री तथा उद्योगी रुपज्योति र उनकी छोरी सुरुचीलाई थप ५ दिन थुनामै राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  ज्योतीका बाबुछोरीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले थप ५ दिन थुनामै राख्न आइतबार अनुमति दिएको जनाइएको छ । तारेखमा छाड्न माग यसअघि रुप ज्योतिको पक्षबाट वकालत गरिरहेका वकिलले साधारण तारेखमा..

    एसिड आक्रमणमा सघाएको आरोपमा एक जना पक्राउ

    शनिबार, कार्तिक २३, २०७६ साल
    हेटौँडा, २३ कात्तिक साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् ।  पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक..

    ३ जनाको विभत्स हत्या भएको २ हप्तासम्म पनि शव र दोषीको पहिचान भएन

    शनिबार, कार्तिक २३, २०७६ साल
    तम्घास, २३ कात्तिक    गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु ।    चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान..

    “बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ”

    शनिबार, कार्तिक २३, २०७६ साल
    दमौली, २३ कात्तिक जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन् । चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको..

    के तपाइका बच्चाहरु फोन धेरै चलाउँछन ? स्वास्थ्यमा खतरा !

    शनिबार, कार्तिक २३, २०७६ साल
    एजेन्सी, २३ कात्तिक  बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् । यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सावधान रहन आवश्यक देखिन्छ । यसरि धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले बालबालिकाहरूको स्वास्थ्यमा हानी पुर्याउन सक्छ । एक रिपोर्टका अनुसार घण्टौसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा..

    आठ लाख ठगी गर्ने राई पक्राउ

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो ।  महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु..

    महेशपुर नाकाबाट ५१ महिला तथा बालिकाको उद्धार

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    परासी, २२ कात्तिक ।    पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।   जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै..

    आहाराको कमी भएपछि बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

    बिहिवार, कार्तिक २१, २०७६ साल
    बाँके, २१ कात्तिक । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।  बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।   बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हँुदै मानव..

    वैज्ञानिकको चेतावनी : विश्वभरका सरकार जलवायु परिवर्तन सम्बन्धी संकट समाधानमा 'फेल'

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २१ कात्तिक । जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेको र अहिले जलवायु आपतकालको अवस्था रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो ४० वर्षको तथ्यांकलाई विश्लेषण गरिएको अनुसन्धानमा प्रतिवेदनमा विश्वभरका सरकारले जलवायु परिवर्तन सम्बन्धी संकट समाधानका लागि काम गर्न नसकेको उल्लेख गरिएको छ । विश्वभरका झण्डै ११ हजार वैज्ञानिकको संलग्नतामा भएको अनुसन्धानले विश्वमा अहिले जलवायु आपतकालको अवस्था रहेको उल्लेख गरेको छ ।  तत्काल..

    कैलालीमा लागुऔषधमा संलग्न दुईजना पक्राउ

    बुधबार, कार्तिक २०, २०७६ साल
    अत्तरिया, २० कात्तिक   कैलालीमा लागुऔषधमा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार गेटअगाडिबाट लागुऔषधमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।   सीमा नाका गौरीफन्टाबाट नेपालतर्फ आइरहेको बेला प्रहरीले जाँच गर्दा धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय सञ्जय चौधरी र धनगढी–१३ बस्ने २० वर्षीय अनिल रानालाई मङ्गलबार साँझ पक्राउ गरेको जनाइएको छ ।   चौधरीका साथमा तीन ग्राम ६२० मिलिग्राम र..

    अमेरिकाले भनेजस्तै नेपाल आतंककारीको अखडा बनेकै हो ? अब के गर्ने ?

    बुधबार, कार्तिक २०, २०७६ साल
    कार्तिक २०, काठमाडौं ।  विश्वको सर्वसक्तिशम्पन्न देश संयुक्त राज्य अमेरिकाको हालै प्रकाशित आतङ्कवादसम्बन्धी वार्षिक प्रतिवेदनले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि चलखेल गर्ने एउटा बिन्दुकारुपमा रहँदै आएको तथा भविष्यमा समेत यस्तै रहिरहन सक्ने भन्दै खतराको इशारा गरेको छ ।  त्यहाँको विदेश मन्त्रालयले गत साताको अन्तमा सार्वजनिक गरेको 'कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म-२०१८' मा भारत र चीनकोबीचमा रहेको एउटा सानो देश नेपालबारे समेत प्रष्टसँग चर्चा गरिएको..

    अपहरण गरिएका बालकको उद्धार, फिरौती रकम लिन आउने क्रममा अपहरणकारी पक्राउ

    बुधबार, कार्तिक २०, २०७६ साल
    पर्सा, २० कात्तिक ।    बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।    वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आउने क्रममा अपहरण गरिएको थियो ।    अपहरितका..

    अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

    बुधबार, कार्तिक २०, २०७६ साल
    अर्घाखाँची, २० कात्तिक ।  सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।  घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन..

    बाघको आक्रमणबाट निकुञ्जका कर्मचारी माउतेको मृत्यु

    मंगलवार, कार्तिक १९, २०७६ साल
    राजापुर, १९ कात्तिक : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताउनुभयो ।   थारु २२ वर्षदेखि हात्तीसारमा करार..

    हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

    सोमबार, कार्तिक १८, २०७६ साल
    चैनपुर, १८ कात्तिक बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।  बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद..

    अभियन्ता ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने अविरल पोख्रेल पक्राउ

    सोमबार, कार्तिक १८, २०७६ साल
    चितवन, १८ कात्तिक ।  भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।  प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको..

    बझाङको कालंगा हाइड्रोको सुरुङ भित्र ६ जना सम्पर्कविहीन, उद्धारकर्ता नै बेहोस

    सोमबार, कार्तिक १८, २०७६ साल
    बझाङ, १८ कात्तिक ।  बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने ६ जना कामदार सुरुङ भित्र फसेका छन् । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन भएका छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।  सुरुङभित्र सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका..

    फरार अभियुक्त छ वर्षपछि पक्राउ

    आईतवार, कार्तिक १७, २०७६ साल
    जुम्ला, १७ कात्तिक फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं २०७० मा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए ।  सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । विसं २०७२ वैशाख..

    कृष्णनगर घटनाको आरोपी साह पक्राउ

    शनिबार, कार्तिक १६, २०७६ साल
    कपिलवस्तु, १६ कात्तिक लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ । कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै..

    सांसद गौतमको निवासबाट लाखौँका गरगहना चोरी

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    काठमाडौँ, १५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट नगद तथा गरगहना चोरी भएको हो। सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा..

    भारतमा सामूहिक हत्याका आरोपितलाई थुनामा राख्न आदेश

    बिहिवार, कार्तिक १४, २०७६ साल
    बैतडी १४ कात्तिक भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।   जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आज आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप..

    तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    बैतडी, १३ कात्तिक यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र..

    घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    सप्तरी, १३ कात्तिक बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजयलाई पक्राउ गरेको जनाएको छ । श्रीलाल, उनका छोरा र गाउँकै केही युवाले..

    लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक  देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।   आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार..

    खैरहनीबाट २० जुवाडे पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    भरतपुर, ११ कात्तिक पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु..

    पटका पड्काउँदै हिँडेका सातजना पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    गुल्मी, १० कात्तिक  गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ।   तम्घासको बसपार्क एरिया, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको  प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।   खड्काले..

    राति १० बजेपछि देउसीभैलो खेल्नेलाई हुनेछ यस्तो कारवाही

    आईतवार, कार्तिक १०, २०७६ साल
    काठमाडौं, १० कात्तिक सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । त्यसका लागि सरकारले देशभरका स्थानीय प्रशासन कार्यालयहरुलाई उर्दी जारी गरेर राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी भैलोमा रोक लगाउन आग्रह गरेको छ ।   गृह मन्त्रालयले स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने चेतावनी दिएको छ । देउसीभैलो लगायतका कार्यक्रममा अरुलाई..

    चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते

    शनिबार, कार्तिक ९, २०७६ साल
    मुग्लिन, ९ कात्तिक चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा  गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् । बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।     उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन..
    Results 1872: You are at page 9 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast