मंगलवार, भाद्र ३, २०७६

    सावधान

    सुदूरपश्चिममा बाढी आउने तिब्र सम्भावना, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाकाे आह्वान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडाैं, २० असार । बाढी पूर्वानुमान महाशाखाले  शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै  महाशाखाले आज र भाेलि उक्त प्रदेशका तराई तथा पहाड दुवै क्षेत्रका नदीनालाहरू आज र भोलि उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका हुन्।  कञ्चनपुर,कैलाली,डडेलधुरा,डोटी लगायत जिल्लाहरूका स-साना खोलाहरूमा पनि आकस्मिक रूपमा बहाव बढ्न सक्ने उल्लेख गर्दै नदी तटीय क्षेत्रका..

    सावधान रहनुस् ! वनको च्याउमा विष पनि हुन सक्छ है

    शुक्रबार, आषाढ २०, २०७६ साल
    चितवन, २० असार ।    मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिनुभयो । अहिले अस्पतालको सघन उपचार कक्षमा..

    नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र  बनाउने तीन जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित काठमाडौँका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ र रामेछापका मुनालकुमार मोक्तानलाई बुधबार पक्राउ गरेको हो ।  महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर एक..

    वडाध्यक्षले घुस मागेपछि...

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका..

    १७ वर्षपछि फरार अभियुक्त पक्राउ

    बिहिवार, आषाढ १९, २०७६ साल
    भोजपुर, १९ असार सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।  चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी  बसेको अवस्थामा प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ । ..

    काठमाडाैंमा सेलाउन नपाउँदै धनुषामा फेरी शिक्षकमाथि सिरिन्ज आक्रमण

    बिहिवार, आषाढ १९, २०७६ साल
    जनकपुर, २० असार ।  काठमाडौंमा सिरिन्ज आक्रमणका घटना दिन दिनै बढिरहेका छन्। सिरिन्ज आक्रमणले उपत्यकाबासी, विशेष गरी महिलाहरूलाई त्रसित बनाएकाे छ ।काठमाडाैंमा यस्ता घटना सेलाउन नपाउँदै धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। धनुषामा बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो ।  जनकपुरको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका ५ को बलुवा नदी नजिकै अपरिचित व्यक्तिले सुई जस्तो तिखो बस्तुले घोचेर..

    उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    धनगढी, १८ असार  कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पु¥याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो ।  मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र..

    जुवाको खालबाट वडाध्यक्षसहित ५ जना पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    धरान, १८ असार  इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले  जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।   उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिनुभयो । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु..

    नारायणगढ–मुग्लिन सडकखण्डका ७ ठाउँ पहिरोको जोखिममा, सतर्कता अपनाएर आवागमन गर्न सुझाव

    बुधबार, आषाढ १८, २०७६ साल
    चितवन, १८ असार  नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने,..

    अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    कैलाली, १८ असार ।  कैलालीकाे अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सम्मेलनबाटै पक्राउ परेका छन्। बुधबार उद्याेग वाणिज्य संघकाे कार्यालयमा आयाेजित पत्रकार सम्मेलन बाटै अध्यक्ष अशाेकराज देवकाेटा पक्राउ परेका हुन्।  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गर्याे । पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी..

    फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग हाेटलमा रात बिताएका प्रेमी मृत भेटिए

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  आफ्नी प्रेमिकासँग हाेटलमा बास बसेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बास बसेका प्रमोद गुरुङ मृत भेटीएका हुन्। फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय गुरुङ मृत अवस्थामा भेटिएकाे महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले बताए।  डीएसपी प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ..

    विपद् व्यवस्थापनमा साढे ३ करोड, १ सय १३ गाउँ जोखिममा

    मंगलवार, आषाढ १७, २०७६ साल
    बाँके, १७ असार  बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् ।  विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले..

    मतपत्र च्यात्ने दुई जनालाई एक-एक लाख जरिवाना

    सोमबार, आषाढ १६, २०७६ साल
    चितवन, १६ असार   स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ ।   जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले..

    विदेशबाट सांसदसमेत बोक्छन् तोकिएभन्दा बढी मदिरा, ७ हजार ५ सय बोतल जफत

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडाैं, १६ असार ।  विदेशबाट मदिरा ल्याउन कडाइ गरेपछि  त्रिभुवन विमानस्थलमा ६ महीनाकाे अवधीमा करिब ७ हजार ५ सय बोतल मदिरा जफत गरिएको छ । भन्सार कार्यालयले गत जनवरी १ बाट प्रतिव्यक्ति एक लिटर (१ बोतल) भन्दा बढी मदिरा ल्याएमा जफत गर्न शुरु गरेको थियो ।  विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुर विदेशबाट फर्किएका नेपालीले अधिकतम् एक लिटर मात्र मदिरा ल्याउन पाइने भए पनि विदेशका ‘ड्युटी फ्रि’..

    ‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर छाेरीले गराइन् आफ्नै आमाकाे हत्या

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौं, १६ असार । भक्तपुरमा छाेरीले नै आफ्नी आमाकाे  विभत्स हत्या गरेकी छिन्। भक्तपुरको चाँगुनारायण- ७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे हाे। आइतबार बिहान चक्कु प्रहारबाट सावित्राकाे हत्या भएपछि अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा रहेकी र यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय..

    अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् ।  निजको सार्वजनिक सेवामा प्रवेशदेखि..

    अध्यागमन कार्यालयका सुब्बाले डेढ करोडको भ्रष्टाचार गरेकाे खुलासा, अख्तियारद्धारा मुद्दा दायर

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौं, १५ असार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर  भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका नायब सुब्बा ललित कुमार झाविरुद्ध डेढ करोड रुपैयाँ बढी बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेका हुन्। अख्तियारले झासहित उनकी श्रीमत सुचिता देवी झाविरुद्ध पनि सोहीअनुसार बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गरेको छानबिनबाट १७ असार २०४० देखि..

    मालपोत कार्यालयमा आगलागी, १० लाख रुपैयाँ बराबरकाे क्षति

    आईतवार, आषाढ १५, २०७६ साल
    कपिलवस्तु, १५ असार । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ ।कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा रहेकाे मालपाेतमा आइतबार बिहान आगलागी भएको हाे। कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी हुँदा  झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए। बिहान पौने ८ बजेदेखि सुरु भएको आगोलाई प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा..

    बस्ती जोगाउन स्थानीयले राखेको करेन्ट लागेर हात्तीको मृत्यु

    शनिबार, आषाढ १४, २०७६ साल
    भद्रपुर, १४ असार झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।  सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको..

    राजश्व छली गर्ने ३ जना विरुद्ध मुद्दा, ३ वर्ष कैद माग

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।  सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक..

    महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी, सिसी क्यामराबाटै पहिचान, यस्तो छ नालीबेली !

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार  रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो ।  पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई..

    सडकलाई व्यवस्थित तथा दुर्घनामुक्त बनाउन सबै मिलौं : आईजीपी सर्वेन्द्र खनाल

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडकलाई व्यवस्थित तथा दुर्घनामुक्त बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका छन्। आम नागरिकको साथ र सहयोगबीना सडक सभ्यतामा अभिवृद्धि साथै दुर्घटना न्युनिकरण सम्भव नरहेको उनको भनाई छ। शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खनालले ट्राफिक प्रहरीले चाहेर मात्र सडक सभ्यतामा अभिवृद्धि ल्याउन नसकिने बताए। उनले ट्राफिक प्रहरीको..

    दाङमा ९ स्थानीय तहका ३७ वटा वडा बाढीको जोखिममा, प्रशासन ‘हाइ अलर्ट’

    शुक्रबार, आषाढ १३, २०७६ साल
    नारायणपुर, १३ असार  जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए ।  दाङको बबई..

    साढे दुई किलो अफिमसहित दुई पक्राउ

    बिहिवार, आषाढ १२, २०७६ साल
    लमही, १२ असार  दाङमा साढे दुई किलो अफिमसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त परिमाणको आगुऔषध (अफिम) सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय शुकलाल विकलाई पक्राउ गरिएको हो । प्रदेश नं ५ प्रहरी कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय..

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

    बिहिवार, आषाढ १२, २०७६ साल
    भीमदत्तनगर, १२ असार  कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव  र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख..

    भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

    बिहिवार, आषाढ १२, २०७६ साल
    बैतडी, १२ असार ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो ।  बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गर्नुभएको छ । बाँध आज..

    लागुऔषध ओसारपसार गर्ने किशोरी पक्राउ

    बुधबार, आषाढ ११, २०७६ साल
    विदुर, ११ असार नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।  ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत..

    विश्वकप क्रिकेटका सट्टेबाज साढे ३ लाख रुपैयाँसहित पक्राउ

    बुधबार, आषाढ ११, २०७६ साल
    चितवन, ११ असार । चितवनमा विश्वकप क्रिकेटका सट्टेबाज साढे तीन लाख रुपैयाँसहित पक्राउ परेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका ८ घर भई हाल भरतपुर–३ मा बस्दै आएका ३३ वर्षीय मुकेशकुमार साह सो रकमसहित पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा खटिएको टोलीले सट्टेबाज शाहलाई उनकै डेराबाट पक्रिएको हो । उनी मंगलबार राति पक्राउ परेका..

    विद्यार्थीले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि मेयर र कर्मचारीको भागाभाग

    बुधबार, आषाढ ११, २०७६ साल
    जनकपुर, ११ असार । धनुषाको विदेह नगरपालिकामा विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरी  तोडफोड गरेका छन् ।  एक विद्यालयका प्रधानाध्यापक सरुवा गरेको भन्दै विद्यार्थीहरुले बुधबार तोडफोड गरेका हुन् । यक्त नगरपालिकाका मेयर बेचन दासले नगरपालिका क्षेत्रमा रहेका जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित बनेका अभिभावक र विद्यार्थीले तोडफोड गर्दा नगरपालिकाको भाडामा प्रयोग..

    निरन्तरको वर्षाका कारण पाँचथरको ६ बस्ती पहिरो जोखिममा

    बुधबार, आषाढ ११, २०७६ साल
    फिदिम, ११ असार निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।  पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार..
    Results 1388: You are at page 8 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast