बिहिवार, आषाढ १८, २०७७

    सावधान

    पाल्पामा श्रीमान् नभएको समयमा खुकुरी देखाएर गरगहना लुटियो

    सोमबार, मंसिर १८, २०७४ साल
    पाल्पा, १८ मंसिर । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।  घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताइन् ।  “खुकुरी देखाएर..

    सप्तरीको रुपनगरमा जंगली हात्तीको आतंक अझै रोकिएन

    आईतवार, मंसिर १७, २०७४ साल
    राजविराज, १७ मंसिर ।  सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।  कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।  मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले जानकारी दिए ।  सो..

    सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

    आईतवार, मंसिर १७, २०७४ साल
    राजविराज, १७ मंसिर । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।  यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत..

    रौतहटमा जिप खोलामा खस्दा चालकको मृत्यु, सातजना घाइते

    आईतवार, मंसिर १७, २०७४ साल
    रौतहट, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।  बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।  घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक..

    बेग्लाबेग्लै घटनामा मोरङमा दुईजनाको मृत्यु

    आईतवार, मंसिर १७, २०७४ साल
    विराटनगर, १७ मंसिर । बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ ।  लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो ।  त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।..

    वैदेशिक रोजागरीमा ठगिने क्रम बढ्दो, चार महिनामा आठ सय उजुरी

    आईतवार, मंसिर १७, २०७४ साल
    मंसिर १७, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्रै करिब ८ सय उजुरी परेका छन् । चालू आव २०७४-७५ को साउनदेखि कात्तिकसम्म विभागमा सात सय ९४ उजुरी दर्ता भएका छन् ।  विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । इजाजत प्राप्त कम्पनी नभएका तर व्यक्तिगत रुपमा विदेश पठाइदिन्छु..

    विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

    शुक्रबार, मंसिर १५, २०७४ साल
    धादिङ, १५ मंसिर ।  काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।  धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।  बस चेकजाँचको..

    ‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १४ मंसिर । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् ।  विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत रकम प्रवाह सेवा (स्विफ्ट)लाई सुरक्षित तुल्याउने उपायबारे..

    भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

    बिहिवार, मंसिर १४, २०७४ साल
    भक्तपुर, १४ मंसिर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।  सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।  दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त..

    चुम्लिङटार दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला (अपडेट)

    बुधबार, मंसिर १३, २०७४ साल
    चितवन, १३ मंसिर । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।  दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।  घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको..

    मनोहरा खोलामा डुबेर एक जनाको मृत्यु

    बुधबार, मंसिर १३, २०७४ साल
    भक्तपुर, १३ मंसिर । मनोहरा खोलामा डुबेर आज एक पुरुषको मृत्यु भएको छ ।  मध्यपुरथिमि नगरपालिका– २ सानोठिमी मगरगाउँस्थित हरहर महादेवस्थान काँडाघारी जाने खोलामा डुबेर चौतारा साँगाचोकगढी नगरपालिकाका ४४ वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मनोहरा खोलामा रहेको काठको पुल तर्ने क्रममा खोलामा खसेर घाइते भएका तामाङलाई प्रहरीले मध्यपुरथिमिस्थित कोरिया नेपाल मैत्री अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी..

    खांँडाचक्र जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

    बुधबार, मंसिर १३, २०७४ साल
    कालीकोट, १३ मंसिर ।  खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।  छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा मुगु..

    कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीको गाडी एम्बुसमा, अवस्था गम्भीर

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३, काठमाडौं । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा परेको छ । सडकमुनी राखिएको  बम विष्फोट विष्फोट हुँदा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् । चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली जाँदै गर्दा उक्त घटना भएको हो ।  कटारीबाट नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन टोली जाँदै गरेको जनाइएको छ । प्रहरी..

    चुम्लिङटार बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

    बुधबार, मंसिर १३, २०७४ साल
    चितवन, १३ मंसिर । काठमाडौँंबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान ९ः१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।  घाइतेको संख्या २१ पुगेको छ । प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं  र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१..

    यात्रुवाहक बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु, ९ जना घाइते

    बुधबार, मंसिर १३, २०७४ साल
    चितवन, १३ मंसिर ।  काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब सबा नौ बजे त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।  लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशुलीमा डुबेको अवस्थामा छ ।  उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको..

    झापामा निर्वाचन बिथोल्न खोज्ने २० पक्राउ

    बुधबार, मंसिर १३, २०७४ साल
    झापा, १३ मंसिर । झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् ।  भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरेको जनाए पनि उम्मेदवारलाई लक्षित गर्दै बम विस्फोट गराउने कार्यले शान्ति..

    कालीकोटमा जिप दुर्घटना तीनको मृत्यु, छ घाइते

    बुधबार, मंसिर १३, २०७४ साल
    कालीकोट, १३ मंसिर ।  जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।  मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का..

    चितवनमा आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

    मंगलवार, मंसिर १२, २०७४ साल
    चितवन, १२ मंसिर  ।   चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।  निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा..

    उदयपुरमा उम्मेदवारको घरमा बम विष्फोट, संलग्न व्यक्तिको खोजीकार्य जारी

    मंगलवार, मंसिर १२, २०७४ साल
    उदयपुर, १२ मंसिर ।  त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ ।  बम विष्फोटबाट उम्मेदवार कार्कीको गोठमा रहेको एउटा भैँसी र एउटा गाई घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।  सातजना पक्राउ : जिल्लामा..

    सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

    मंगलवार, मंसिर १२, २०७४ साल
    राजविराज, १२ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ ।  प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो ।  पक्राउ परेकाबाट बताइएअनुसार राखिएको..

    नेपाली काँग्रेसका नेता सिटौलाको निवास पछाडि बम विस्फोट

    मंगलवार, मंसिर १२, २०७४ साल
    भद्रपुर, १२ मंसिर । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।  -रासस ..

    विराटनगर र मोरङ्गमा बम भेटियो, नेपाली सेना बम निष्क्रिय पार्ने तयारीमा

    सोमबार, मंसिर ११, २०७४ साल
    विराटनगर, ११ मंसिर  ।  मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ ।  केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्डग्रिनेड फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ । त्यस्तै, आज मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ..

    गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट

    सोमबार, मंसिर ११, २०७४ साल
    गुल्मी, मंसिर ११ । गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथाममा नेपाली कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ ।  आज विहान पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका गुल्मी जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो ।   बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको बताइएको..

    धादिङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सोमबार, मंसिर ११, २०७४ साल
    धादिङ, ११ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको  सल्यान्टारमा आजविहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै  मृत्यु भएको छ ।  विहान भएको दुर्घटनामा परी मृत्यु हुनेमा ३० बर्षीय जितेन्द्र अधिकारी र भुवन पान्डे रहेको प्रहरीले जानकारी दिएको छ ।  बा ८९ प ७२७ नम्बरको मोटरसाइकल सल्यानटारबाट आरुघाट तर्फ जाँदै गर्दा अनियन्त्रित भई भिरबाट लडेर  दुर्घटना भएको हो ।..

    अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिवम सिमेन्टका प्रबन्ध निर्देशक मारु पक्राउ

    शुक्रबार, मंसिर ८, २०७४ साल
    मकवानपुर, मंसिर ८। मकवानपुरको हेटौडामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् ।                              शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध..

    बाजुरामा घरेलु हतियार प्रहारबाट काँग्रेसका छ जना कार्यकर्ता घाइते, तीन बेपत्ता

    शुक्रबार, मंसिर ८, २०७४ साल
    बाजुरा ८, मंसिर । बाजुराको बूढीगंगा नगरपालिका–१ मा बुधबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन् ।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी..

    इलाममा ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, ट्रक चालक नियन्त्रणमा

    बुधबार, मंसिर ६, २०७४ साल
    इलाम, ६ मंसिर । मेचीराजमार्ग अन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिसाबाट आइरहेकोे ग..

    सवारी दुर्घटनामा तीनको मृत्यु

    सोमबार, मंसिर ४, २०७४ साल
    इटहरी, ४ मंसिर।  सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  इटहरीबाट उत्तरतिर जाँदै गरेको को २२ प ४६७ नम्बरको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को १ च ७००९ नम्बरको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा..

    सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा दश लाख बराबरको क्षति

    बुधबार, कार्तिक २९, २०७४ साल
    राजविराज, २९ कात्तिक। सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा बुधबार आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठ सहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन् ।  सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ । सो आगलागीमा परी दुई..

    संखुवासभामा उम्मेदवार सवार गाडीमाथि बम प्रहार

    मंगलवार, कार्तिक २८, २०७४ साल
    संखुवासभा, कात्तिक २८ ।  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नम्बर १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको..
    Results 1943: You are at page 62 of 65
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 Next Last
    Weather Forecast