सावधान
शनिबार, असोज १८, २०७६ साल

वालिङ, १८ असोज
स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ ।
नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो ।
“भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा..
शुक्रबार, असोज १७, २०७६ साल

कञ्चनपुर, १७ असोज
जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।
घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै..
शुक्रबार, असोज १७, २०७६ साल
.jpg)
सल्यान, १७ असोज
सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ..
शुक्रबार, असोज १७, २०७६ साल

काठमाडाैं, १७ असाेज
अवैध ३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता पक्राउ परेका छन् ।
हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ ।..
बिहिवार, असोज १६, २०७६ साल

काठमाडौँ, १६ असोज
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच÷पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए ।
त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले..
बिहिवार, असोज १६, २०७६ साल

काठमाडौँ, १६ असोज
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई..
बिहिवार, असोज १६, २०७६ साल

काठमाडौँ, १६ असोज
सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि..
बिहिवार, असोज १६, २०७६ साल

बारा, १६ असाेज ।
मदिरा भट्टीको खाल्डोमा डुबेर बारामा पाँच जनाले ज्यान गुमाएका छन् । फेटा गाउँपालिका–४ बतरा गाउँमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालकुमारी देबी र करिब ५० वर्षीय..
बुधबार, असोज १५, २०७६ साल

धम्बोझी, १५ असोज
पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
“बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर..
बुधबार, असोज १५, २०७६ साल

काठमाडौँ, १५ असोज ।
नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “त्रिभुवन विमानस्थलबाट..
मंगलवार, असोज १४, २०७६ साल

जलेश्वर, १४ असोज
महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो । “रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”,..
सोमबार, असोज १३, २०७६ साल

काठमाडौं, १३ असाेज।
पूर्वी राेल्पाको गुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको ज्यान गएकाे छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको हाे ।
दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।
रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा..
सोमबार, असोज १३, २०७६ साल

सर्लाही, १३ असोज
विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ ।
बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति..
आईतवार, असोज १२, २०७६ साल

काठमाडौँ, १२ असोज
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गर्ने गरी फेसबुकमा जथाभावी लेखेका भन्दै प्रहरीमा उजुरी परेकाे छ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ ।
शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक..
आईतवार, असोज १२, २०७६ साल

गोरखा १२, असोज
चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर..
आईतवार, असोज १२, २०७६ साल

चितवन, १२ असोज ।
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ । ..
आईतवार, असोज १२, २०७६ साल

काठमाडौँ, १२ असोज ।
२०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे। गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो। पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी गीताको शव कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा फेला परेको थियो।
घटनास्थलबाट प्रहरीले हिन्दी..
शनिबार, असोज ११, २०७६ साल

चितवन, ११ असोज।
‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएकाे छ । शनिबार शाहिमाथि चितवनको चौबिसकोटीमा निर्घात कुटपित भएको हाे ।
उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।
चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौँ, १० असोज
कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई आज पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो ।
बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका..
शुक्रबार, असोज १०, २०७६ साल

सुरुङ्गा, १० असोज
युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौँ, १० असोज
वीर अस्पतालले नियम विपरित नर्सहरु नियुक्त गर्न लागेको भन्दै वीरअस्पतालका स्वास्थ्य कर्मचारी संघले विरोध जनाएका छन् ।
अस्पतालका निर्देशक केदार सेन्चुरीले न्याम्सका केही पदाधिकारीसँग मिलेर गैर कानुनी रुपमा आफु निकाट व्यक्तिलाई नियुक्त गर्न लागिएको पाइएको हो । अस्पतालका निर्देशक डा सेन्चुरीले आफु निकट व्यक्तिलाई चलखेल गरेर २५ जना नर्सलाई नियुक्त गर्न लागिएको भेटिएको हो ।
अस्पतालका निर्देशकले आफूनिकट व्यक्तिलाई नियमविपरीत..
शुक्रबार, असोज १०, २०७६ साल

जाजरकोट, १० असोज
जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् ।
“काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा..
शुक्रबार, असोज १०, २०७६ साल

सोलुखुम्बु, १० असोज ।
जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ ।
बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको..
बिहिवार, असोज ९, २०७६ साल

काठमाडौँ, ९ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।
उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको..
बिहिवार, असोज ९, २०७६ साल

लमजुङ, ९ असोज
लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख..
बिहिवार, असोज ९, २०७६ साल

लहान, ९ असोज
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुई जनासहित विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई आज एकै दिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले..
बिहिवार, असोज ९, २०७६ साल

काठमाडौं, ९ असाेज ।
दरबार मार्गमा एकाएक सरकारी अनुगमन टोली पुगेपछि पसलेहरूकाे भागाभाग भएकाे छ । बिहीबार अनुगमन टोली पुग्दा दरबारमार्गस्थित शेर्पा मलका पसले तथा कर्मचारीहरू पसल बन्द गरेर भागेका हुन् ।
मलभित्रका ग्यारेज, सिल्हौटी, अटुम लगायतका अधिकांश पसलहरू बन्द गरेर पसलेहरू भागेका अनुगमन टोलीका संयोजक कपिल रेग्मीले जानकारी दिए । केही पसलेहरू भागे पनि आफ्नो अनुगमन नरोकिने संयोजक रेग्मीले बताए ।
यसअघि सो अनुगमन टोलीले दरबारमार्गस्थित सामसुङ..
बिहिवार, असोज ९, २०७६ साल

काठमाडौं, ९ असाेज ।
कृषि विकास बैंककाे ह्याकिङ प्रकरणमा अर्का एकजना पक्राउ परेका छन् । यसमा संलग्न १२ जना पक्राउ परिसकेपछि स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्ने रामकृष्ण भुसाल स्याङ्जा वालिङका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो । एसएसपी थापाका अनुसार उनी प्रतीक्षा निर्माण..
बिहिवार, असोज ९, २०७६ साल

स्याङ्जा, ९ असोज ।
यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ ।
हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०) ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् ।..
बिहिवार, असोज ९, २०७६ साल

सोलुखुम्बु, ९ असोज
जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा..
Results 1699: You are at page 6 of 57