बिहिवार, चैत्र २०, २०७६

    सावधान

    कञ्चनपुरमा एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् ।  उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पु¥याई मतदान गराएका छन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताइन्  । “देशमा शान्ति आउनुपर्छ गरिब..

    बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन जना घाइते

    बिहिवार, मंसिर २१, २०७४ साल
    भक्तपुर, २१ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले..

    स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत पक्राउ

    बिहिवार, मंसिर २१, २०७४ साल
    जनकपुरधाम, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ । ..

    खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

    बिहिवार, मंसिर २१, २०७४ साल
    खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् ।  चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मारेको रोइलाको भनाइ छ ।  रोइलासँगै स्थानीय..

    सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

    बिहिवार, मंसिर २१, २०७४ साल
    बैतडी, २१ मंसिर ।  बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब..

    चितवनमा नक्कली बम आतंक, करिब एक दर्जन ठाउँमा शंकास्पद वस्तु फेला

    बुधबार, मंसिर २०, २०७४ साल
    चितवन, २० मंसिर ।  निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् ।  बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने , “सबै नक्कली मात्रै भेटिएका छन् ।”  उनका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही..

    सिरहामा फेला परेको सकेट बम सेनाको टोलीद्वारा निष्क्रिय

    बुधबार, मंसिर २०, २०७४ साल
    लहान, २० मंसिर  । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत..

    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बुधबार, मंसिर २०, २०७४ साल
    चितवन, २० मंसिर । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।  इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको..

    मानव बेचबिखनको रुप बदलिँदै, छालाको समेत व्यापार हुन थालेको चिन्ता

    बुधबार, मंसिर २०, २०७४ साल
    चितवन २० मंसिर । मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानून व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् ।  चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित..

    कपिलवस्तुमा नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट

    मंगलवार, मंसिर १९, २०७४ साल
    कपिलवस्तु, १९ मंसिर ।  बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ । नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।  त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब..

    झापामा बसको ठक्करबाट एक बालकको मृत्यु

    मंगलवार, मंसिर १९, २०७४ साल
    झापा, १९ मंसिर ।  यात्रुबाहक बसको ठक्करबाट आज झापामा एक बालकको मृत्यु भएको छ ।  पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।  तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट..

    लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या

    मंगलवार, मंसिर १९, २०७४ साल
    लमजुङ, १९ मंसिर । लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।  गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको थियो..

    कैलालीको निर्वाचन क्षेत्र ४का सहायक मतदान अधिकृतको मृत्यु

    मंगलवार, मंसिर १९, २०७४ साल
    धनगढी, १९ मंसिर । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए ।  मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याउने  क्रममा बाटामै सोमबार राति मृत्यु भएको..

    लाहानमा उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार, अवस्था सामान्य

    मंगलवार, मंसिर १९, २०७४ साल
    लाहान, १९ मंसिर ।  अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।  उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४(ख)का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो ।  छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार..

    कैलालीका उम्मेदवार लेखराज भट्टको घर नजिक बम विष्फोट

    मंगलवार, मंसिर १९, २०७४ साल
    कैलाली, १९ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।  भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।  -रासस ..

    महोत्तरी जिल्लाको पडौल धर्मशालामा शव फेला, घटनाबारे अनुसन्धान शुरु

    मंगलवार, मंसिर १९, २०७४ साल
    गौशाला, १९ मंसिर ।  महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा सोमबार एक पुरुषको शव फेला भएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा जिल्लाको मनरा नगरपालिका–१ बस्ने ५२ वर्षीय चन्दर मण्डलको शव फेला परेको छ ।  घरदेखि करिब १० किलोमिटर टाढा रहेको पडौल धर्मशालामा मण्डल के कति कामले गएको तथा कसरी उनको मृत्यु..

    नेपाली काँग्रेसका नेता रमेश लेखकको घरनजिक बम विष्फोट

    मंगलवार, मंसिर १९, २०७४ साल
    कञ्चनपुर, १९ मंसिर । नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ ।  बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उनले बताए ।  नेपाली काँग्रेसका पूर्व कञ्चनपुर..

    निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उपत्यकाबाट १७ सजय जना पक्राउ

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उपत्यकाबाट करिब १७ सय जना पक्राउ परेका छन् । प्रहरीले उपत्यकामा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै उपत्यकाका विभन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये ५ सयभन्दा धेरैलाई मुद्धा पनि चलाईएको छ ।   महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार मंसिर १ गते यता  शंकास्पद एक हजार ६ सय ८४ जनालाई..

    खोटाङमा पोखरीमा डुबेर बालकको मृत्यु, शव परीक्षणका लागि जिल्ला अस्पतालमा

    सोमबार, मंसिर १८, २०७४ साल
    खोटाङ, १८ मंसिर । पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो ।  आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताए । घरमा कोही नभएको समयमा खेल्दै जाँदा माछा..

    तनहुँबाट चार थान पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जना पक्राउ

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौ मंसिर १८ ।  प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर तीनबाट चार थान अत्याधुनिक पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।  विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अभियान श्रेष्ठ, जय गुरुङ र विजय गुरुङलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए।  उनका अनुसार उनीहरुको घर खानतलासी गर्दा चार थान अमेरिकी पेस्तोल, त्यसमा लाग्ने ३९ राउण्ड गोली र..

    धनगढीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय पारियो

    सोमबार, मंसिर १८, २०७४ साल
    धनगढी, १८ मंसिर ।   धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।  प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम..

    पाल्पामा श्रीमान् नभएको समयमा खुकुरी देखाएर गरगहना लुटियो

    सोमबार, मंसिर १८, २०७४ साल
    पाल्पा, १८ मंसिर । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।  घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताइन् ।  “खुकुरी देखाएर..

    सप्तरीको रुपनगरमा जंगली हात्तीको आतंक अझै रोकिएन

    आईतवार, मंसिर १७, २०७४ साल
    राजविराज, १७ मंसिर ।  सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।  कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।  मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले जानकारी दिए ।  सो..

    सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

    आईतवार, मंसिर १७, २०७४ साल
    राजविराज, १७ मंसिर । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।  यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत..

    रौतहटमा जिप खोलामा खस्दा चालकको मृत्यु, सातजना घाइते

    आईतवार, मंसिर १७, २०७४ साल
    रौतहट, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।  बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।  घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक..

    बेग्लाबेग्लै घटनामा मोरङमा दुईजनाको मृत्यु

    आईतवार, मंसिर १७, २०७४ साल
    विराटनगर, १७ मंसिर । बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ ।  लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो ।  त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।..

    वैदेशिक रोजागरीमा ठगिने क्रम बढ्दो, चार महिनामा आठ सय उजुरी

    आईतवार, मंसिर १७, २०७४ साल
    मंसिर १७, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्रै करिब ८ सय उजुरी परेका छन् । चालू आव २०७४-७५ को साउनदेखि कात्तिकसम्म विभागमा सात सय ९४ उजुरी दर्ता भएका छन् ।  विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । इजाजत प्राप्त कम्पनी नभएका तर व्यक्तिगत रुपमा विदेश पठाइदिन्छु..

    विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

    शुक्रबार, मंसिर १५, २०७४ साल
    धादिङ, १५ मंसिर ।  काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।  धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।  बस चेकजाँचको..

    ‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १४ मंसिर । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् ।  विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत रकम प्रवाह सेवा (स्विफ्ट)लाई सुरक्षित तुल्याउने उपायबारे..

    भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

    बिहिवार, मंसिर १४, २०७४ साल
    भक्तपुर, १४ मंसिर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।  सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।  दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त..
    Results 1874: You are at page 59 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast