मंगलवार, चैत्र २५, २०७६

    सावधान

    मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, ४ जनाको अवस्था गम्भीर

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । आज बिहान मैतीदेवीमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।  बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस कपनबाट कालिमाटी जाँदैगर्दा मैतीदेवी पुलनजिकै बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ..

    मापसे गरेर सवारी चलाउने दुई सय पैँतालिस चालक पक्राउ

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ ।  महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो ।  महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै..

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    आईतवार, पौष ९, २०७४ साल
    कास्की, पुस ९। कास्कीको पोखरामा आज विहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सबिन बास्तोला रहेको प्रहरीले जनाएको छ ।  पोखरा लेखनाथ महानगरपालिका–१९ पात्लेखेतमा बिहान ग ७ प ७९७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका पछाडि सवार बास्तोलाको मृत्यु भएको हो ।  मोटरसाइकल पल्टिएर उछ्टिएका बास्तोलालाई ना ६ ख ९००५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । घाइते..

    धादिङको सिर्वानीमा पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

    शुक्रबार, पौष ७, २०७४ साल
    धादिङ, पुस ७ । लापरवाहीपूर्वक गाउँमा बिक्री गरेको ग्यास सिलिण्डर विस्फोट हुँदा एउटा घर ध्वस्त भएको छ  । गल्छी गाउँपालिका वडा नम्बर ५ सिर्वानीमा बाबुराम तिमल्सिनाको घरमा बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घर भित्र विस्फोट भएको र घर ध्वस्त भएको धादिङबाट सिताराम अधिकारीले जानकारी दिए ।  ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकोले क्षतिपूर्ति पाउनुपर्ने घरधनी तिमल्सिनाले बताए..

    सिरहा मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

    शुक्रबार, पौष ७, २०७४ साल
    लहान, ७ पुस । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।  घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए । बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको..

    वीरगञ्जको ठाकुरराम क्याम्पसमा अज्ञात समूहद्वारा विद्यार्थीमाथि छुरा प्रहार

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं पौष ७ ।   वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आज विहान अज्ञात समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ । बिहान ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छुरा प्रहार गरेको  प्रहरीले जनाएको छ ।   यादवको छाती र हातमा छुरा प्रहार गरी ज्यान लिने प्रयास भएको विद्यार्थी फोरमका नेता निखिल बर्णवालले जानकारी दिए । वीरगञ्ज १३ राधेमाईका घाइते यादवको नारायणी..

    खुल्लेआम घुस खाने ‘इन्सपेक्टर’ सहित अन्य ७ प्रहरी निलम्बित

    शुक्रबार, पौष ७, २०७४ साल
    बुटवल, पुस ७ । घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत इन्सपेक्टर मधु नेपालसहित अन्य सात जना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारीसमा उनीहरुलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । इन्सपेक्टर नेपालले केही बालकलाई मुद्दामा फसाइदिने भन्दै ७० हजार लिएका थिए । त्यस्तै, ठूलो परिमाणको गाँजासहित पक्राउ परेका व्यक्तिहरुसँग ५० हजार रुपैयाँ लिएर उनले उन्मुक्ति दिएको उनीमाथि आरोप..

    चितवनमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, दैनिक दुईदेखि तीनवटा उजुरी

    बिहिवार, पौष ६, २०७४ साल
    चितवन, ६ पुस । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो,..

    मोरङमा हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम

    बिहिवार, पौष ६, २०७४ साल
    उर्लाबारी, मोरङ, ६ पुस । मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन् । केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए ।  आहाराका लागि..

    सुपर ग्यास उद्योगमा लागेको आगलागी करिब ९ घण्टा पछि नियन्त्रणमा

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौँ, ५ पुस ।  पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभएको छ ।  संघको कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताउनुभयो ।  चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन..

    काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं ५ पुस ।  काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल रहेकी छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले दिएको जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियो । स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ..

    ग्यास उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, आगो अझै नियन्त्रण बाहिर

    बुधबार, पौष ५, २०७४ साल
    पर्सा, पुस ५ । पर्साको वीरगञ्ज महानगरपालिका–२२ मा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको जलेर मृत्यु भएको छ । आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अन्य ३ जना घाइते भएका छन् । आगो निभाउन जाँदा जलेर घाइते भएका वीरगंज वारुणयन्त्रका कर्मचारी भोजपुरका सञ्जीव नेपाल र अर्का वीरगञ्ज..

    सोलुखुम्बु बागमको एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

    आईतवार, पौष २, २०७४ साल
    सल्लेरी, २ पुस । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट..

    अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका १० ट्याक्टर नियन्त्रणमा

    शुक्रबार, मंसिर २९, २०७४ साल
    दाङ, मंसिर २९ । दाङको तुल्सीपुर उपमहानगरपालिकाका पातुखोला र भमके खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी संकलन गरिरहेका १० वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नदीजन्य वस्तु उत्खननका लागि ठेक्का नभएको भमकेखोला र पातुखोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट आएका ती ट्याक्टरहरुलाई गिट्टी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको डि एस पी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।  पक्राउ गरिएकाहरु माथि थप अनुसन्धान गरी जिल्ला समन्वय समितिमा पठाइने..

    सिलिण्डर ग्यास पड्कँदा आगलागी, १२ लाख बढीको क्षति

    बिहिवार, मंसिर २८, २०७४ साल
    झापा, मंसिर २८ ।  झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको..

    धादिङको गजुरीमा ३० किलो गाँजासहित दुईजना पक्राउ

    बिहिवार, मंसिर २८, २०७४ साल
    धादिङ, मंसिर २८ ।  धादिङको गजुरी गाउँपालिका–१ स्थित गजुरी बजारबाट आज विहान ३० केजी गाँजासहित दुई पक्राउ परेका छन ।  काठमाडौंबाट विरगंजतर्फ जाँदै गरेको ना२ख ७३११ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । पक्राउ पर्नेमा ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ । सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा..

    आगलागीमा परी इलाममा एक महिलाको मृत्यु

    बिहिवार, मंसिर २८, २०७४ साल
    इलाम, २८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रातको समयमा घरमा बालिएको..

    पाल्पामा बसले किच्दा नाबालकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

    बुधबार, मंसिर २७, २०७४ साल
    पाल्पा, २७ मंसिर । पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५-६ बर्षका दाई साथीसंग..

    फिस्लिङ बस दुर्घटनामा बेपत्ता तीनको शव फेला, मृतकको संख्या १० पुग्यो

    मंगलवार, मंसिर २६, २०७४ साल
    चितवन, २६ मंसिर । यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा..

    उदयपुरको बेलका तथा बेलकातरी क्षेत्रमा हात्तीको उपद्रो बढ्यो

    मंगलवार, मंसिर २६, २०७४ साल
    उदयपुर, २६ मंसिर । एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका क्षेत्रमा प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र बिगार गर्न थालेपछि स्थानीयवासी निकै त्रसित हुन पुगेको कुरा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।  अहिले एक..

    टोखाको फर्निचर उद्योगमा आगलागी, एक करोडको धनमाल नष्ट

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।  बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक..

    वनस्थली चोकमा भएको सडक दुर्घटनामा एकको मृत्यु, दुइजना घाइते

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।  गएराति बा ६६ प ४८५६ नं को मोटरसाइकल बा ८ च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा २ ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।  सोही..

    सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति

    मंगलवार, मंसिर २६, २०७४ साल
    राजविराज, २६ मंसिर ।  सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।  महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा..

    नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकजनाको मृत्यु

    सोमबार, मंसिर २५, २०७४ साल
    नुवाकोट, २५ मंसिर  ।  नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  श्रेष्ठले चलाएको बा २८ प २१९४ नंं को..

    डडेल्धुरामा मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन, केहि ठाउँमा अवरोध

    शुक्रबार, मंसिर २२, २०७४ साल
    डडेल्धुरा, २२ मसिंर ।  डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका..

    सोलुखुम्बुमा ट्राक्टर दुर्घटना हुँदा एकको मृत्यु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    सोलुखुम्बु, २२ मंसिर । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्राक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए ।  ट्राक्टरमा रहेका सहचालकले भने हामफालेर ज्यान जोगाएको जनाइएको छ ।  -रासस ..

    रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  दुर्घटनामा परी सहचालक सोही ठाउँका १५ वर्षीय टीकाराम परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम..

    त्रियुगा नगरपालिकामा पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव फेला

    शुक्रबार, मंसिर २२, २०७४ साल
    उदयपुर, २२ मंसिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।  प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए ।  तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म पनि राईको शब खोजी गर्ने क्रममा नभेटिएपछि..

    जाजरकोटमा घाँस काट्दै गर्दा लडेर एकजनाको मृत्यु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    जाजरकोट, २२ मंसिर । जाजरकोटको छेडागाड नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ ।  घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिए । करिव ५० मिटर तल भिरमा खस्दा उनको मृत्यु भएको हो ।  -रासस..

    दोलखामा ५.२ रिक्टरको परकम्प, ठूलो धक्का महसुश

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।  आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको जनाइएको छ ।  वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा..
    Results 1880: You are at page 58 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast