बिहिवार, आषाढ २५, २०७७

    सावधान

    मध्येराती बाघले बाख्रालाई आक्रमण

    शनिबार, बैशाख २२, २०७५ साल
    हेटौंडा, २२ वैशाख मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–९ ज्यामिरे, शिवडाँडामा गए राति १ बजे जीतबहादुर सुनारको घरमा जंगलबाट आएको एक बाघले दुई बाख्रालाई आक्रमण गरी जंगलतर्फ लिएर गएको छ ।  घरधनी सुनारले छिमेकीलाई हारगुहार गरी कराउँदा छिमेकी आई सो बाघलाई लखेटेको र कुनै मानवीय क्षति नभएको मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।  अहिले त्यसतर्फ राष्ट्रिय निकुञ्ज चितवनमा सम्पर्क गरी..

    विद्यालय आउदा सधै मापसे गरी फिट, त्यसैले शिक्षकको जागिर चट

    शनिबार, बैशाख २२, २०७५ साल
    जाजरकोट, २२ वैशाख : कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।  विद्यालय आउदा सधै जसो मदिरा सेवन गरेर आउने भएकाले उनका पक्षमा यस्तो निर्णय गर्नुपरेको हो । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पुर्याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक..

    यातायात व्यवसाय महासंघका महासचिव सिटौला सहित देशैभर आन्दोलित यातायात व्यवसायी पक्राउ

    शुक्रबार, बैशाख २१, २०७५ साल
    काठमाडौं २१ बैशाख : सार्वजनिक यातायातजस्तो दैनिकको अत्यावश्यक सेवामा रोक गरेपछि सरकारले देशैभरका यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको आन्दोलनकारीलाई कारबाही गर्न लिखित निर्देशन पत्र पाएपछि प्रहरीले देशैभरबाट यातायात समितिका पदाधिकारी र सदस्यहरुलाई पक्राउ गर्न थालेको हो । नेपाल यातायात व्यवसायका महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् । सिटौलामाथि अत्यावश्यक सेवा..

    अचम्म!अन्तरिक विवाद हुँदा प्रहरी चौकी भित्रै छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

    शुक्रबार, बैशाख २१, २०७५ साल
    सुर्खेत, २१ वैशाख सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् ।  बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।  गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा..

    धादिङको महादेवबेसीमा ४ सवारी साधन एक–आपसमा ठोक्किएपछि अचानक आगलागी

    बुधबार, बैशाख १९, २०७५ साल
    धादिङ, बैशाख १९ । धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो । घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको..

    मोरङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, अन्य दुई घाइते

    मंगलवार, बैशाख १८, २०७५ साल
    विराटनगर, १८ वैशाख मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु..

    ३३ केजी सुन बेपत्ता प्रकरणः डिएसपी प्रजित केसी पक्राउ, हिरासतमा लिई अनुसन्धान शुरु

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ , १६ बैशाख आपराधिक कार्यमा संलग्न भएको आशंकामा डिएसपी प्रजित केसीलाई प्रहरीले पक्राउ गरेको छ । साढे ३३ केजी सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका हुन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पत्रका आधारमा विराटनगर..

    छाउगोठ भत्काउन देवताका पुजारी नै लागे, बाजुराका रामबहादुर खड्काले भत्काए गोठ

    आईतवार, बैशाख १६, २०७५ साल
    बाजुरा, १६ वैशाख : बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन् ।  धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ ।..

    रहर होइन बाध्यता! खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

    आईतवार, बैशाख १६, २०७५ साल
    तेह्रथुम, १६ वैशाख खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो ।  शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन् ।  शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा..

    शक्ति देखाउने भन्दै झाँक्रीले काम्दै काम्दै कर्णालीमा हाम फाले

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौं १६, वैशाख : बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् । नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३..

    सर्वसाधारणको सातो खाएका ‘गुुण्डा नाइके’ मनोज पुनका सहयोगीलाई माओवादीले गर्‍यो कडा कारबाही !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    बुटवल, बैशाख १४ नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई बिहीबार कारवाही गरेको छ । माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले शुक्रबार विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाएका छन् । यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा..

    उच्च अदालतले उल्ट्यायो जिल्ला अदालतको फैसला, अभियुक्त अर्गेजालाई जेल सजाय हुने

    बिहिवार, बैशाख १३, २०७५ साल
    बागलुङ, १३ वैशाख : जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।  फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् ।  न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत चैत २६ मा उक्त फैसला गरेको..

    महानगरीय प्रहरी वृत्त थिमि घेराउ, सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न सर्बसाधारणको माग

    बुधबार, बैशाख १२, २०७५ साल
    भक्तपुर, १२ वैशाख मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै बुधबारमहानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । बुधबार मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको र्याली मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेको हो । मध्यपुरथिमिको बालकुमारीबाट शुरु भएको सयौँको..

    थप दाइजो मागेपछि बेहुलीले गरिन आत्महत्या, केटाका बाबु प्रहरी हिरासतमा

    बुधबार, बैशाख १२, २०७५ साल
    पर्सा, १२ वैशाख : दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ ।  पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको..

    के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ? यी छन् समस्या!

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ।  मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना नानीहरुको आँखाको रोगको एउटा कारण..

    अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न पुगेका ७ जना पक्राउ

    बुधबार, बैशाख १२, २०७५ साल
    दुनै, डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् ।  शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट उनीहरूलाई पक्राउ गरेको थियो ।  पक्राउ पर्नेमा पाँच महिला र दुईजना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।  उनहरू रु अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको..

    धरानमा गोली चल्यो, ज्यान मुद्दाका फरार अभियुक्त समातिए

    मंगलवार, बैशाख ११, २०७५ साल
    ११ वैशाख, धरान प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको छ । धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई छन् । उनलाई लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी..

    आफ्नै घरमा सुतिरहेका अवस्थामा हात्तीको आक्रमणबाट मृत्यु

    मंगलवार, बैशाख ११, २०७५ साल
    राजविराज, ११ वैशाख सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय..

    जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

    मंगलवार, बैशाख ११, २०७५ साल
    गुलरिया, बर्दिया, ११ वैशाख जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।  नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।  उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न..

    १५ वर्षीया बालिकाले गरिन् जिशिअमाथि बलात्कार अभियोगमा मुद्धा दर्ता !

    मंगलवार, बैशाख ११, २०७५ साल
    बर्दिया ११, बैशाख : जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।  उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न..

    चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी, नेपाल टेलिकमको लोगो दुरुपयोग !

    सोमबार, बैशाख १०, २०७५ साल
    नुवाकोट, १० वैशाख नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख विजेताको छनोट भएको..

    पैसा कमाईयो घर पठाइयो तर विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती कता हरायो ?

    सोमबार, बैशाख १०, २०७५ साल
    सुरुङ्गा, झापा, १० वैशाख : विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को ।  चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट पर सात समुन्द्रपारि ती पुरुषले..

    आफ्नै बाबुको गर्भ बोक्दै एक १४ बर्षिय बालिका, बलात्कारीलाई सजाय के सरकार ?

    सोमबार, बैशाख १०, २०७५ साल
    सोलुखुम्बु १०, बैशाख : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो । प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो ।  चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने पक्राउ आफ्नै छोरीलाई..

    शरीरमा तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मार्ने मुद्दा

    सोमबार, बैशाख १०, २०७५ साल
    चितवन, १० वैशाख एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार मुद्दा दर्ता भएको छ ।  गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो ।  श्रेष्ठका पति तारा..

    गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

    सोमबार, बैशाख १०, २०७५ साल
    खजुरा, बाँके, १० वैशाख गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ ।  निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ ।  दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा..

    सुन प्रकरण : नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला अनुसन्धानका लागि पक्राउ

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख : गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ ।  माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आइतबार  साँझ पक्राउ गरेको हो ।  छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो ।..

    गैंडा मर्ने क्रम बढेपछि निकुञ्ज विभाग द्वारा अनुसन्धान गरिँदै

    आईतवार, बैशाख ९, २०७५ साल
    चितवन, ९ वैशाख गैंँडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले यसबारे अनुसन्धान गर्न थालेको छ । सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २६९ वटा गैंँडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएपछि अध्ययन शुरु गरिएको हो ।  निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन्..

    अझै पनि अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिदै...

    आईतवार, बैशाख ९, २०७५ साल
    जाजरकोट, ९ वैशाख जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।  छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् ।  “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै,..

    गोंगबु र आसपासका क्षेत्रबाट यौन व्यवसायमा संलग्न ३४ पक्राउ !

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख : महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ ।  प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।  प्रभागका प्रमुख प्रताप पौडेलले..

    दुर्लभ पाटेबाघ मृत फेला, नमूना संकलन गरेर प्रयोगशालामा पठाईयो

    शुक्रबार, बैशाख ७, २०७५ साल
    रत्ननगर, चितवन, ७ वैशाख चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ शुक्रबार मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।  रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको..
    Results 1951: You are at page 55 of 66
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last
    Weather Forecast