आईतवार, आषाढ २८, २०७७

    सावधान

    सिमेन्ट बोकेको ट्रक दुर्घटनामा गम्भीर घाइते चालकको मृत्यु

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    दमौली, तनहुँ, ३० जेठ  पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बुधबार बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि..

    भक्तपुरबाट अवैध लागुऔषधसहित चारजना युवती पक्राउ !

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    भक्तपुर, २९ जेठ महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त..

    चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठगी गर्ने ४ युवक पक्राउ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    पर्सा, २९ जेठ  चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी मंगलबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।  चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो ।  वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र..

    अवैधरुपमा खेलाइएको जुवा-खालबाट प्रहरीद्वारा नगदसहित १२ जना पक्राउ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    दमौली, तनहुँ, २९ जेठ  तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले..

    प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोवारमा संलग्न ३ पक्राउ

    सोमबार, जेष्ठ २८, २०७५ साल
    धनकुटा, २८ जेठ  प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।  पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ कुवापानीका २५ वर्षीय सुमन तामाङ, वडा नं ५ का २६..

    दलाललाई मोटो रकम बुझाएर अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

    सोमबार, जेष्ठ २८, २०७५ साल
    बेनी, म्याग्दी, २८ जेठ  पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।  दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए..

    समयमै उपचार हुन नसक्दा सर्पले डसेर किशोरी बुढाको मृत्यु

    आईतवार, जेष्ठ २७, २०७५ साल
    अछाम, २७ जेठ  अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।  घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिइ ।  मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा..

    खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा र जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम

    आईतवार, जेष्ठ २७, २०७५ साल
    ललितपुर, २७ जेठ  जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।  दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताए । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उनले भने, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा मात्रै बाटो खन्नुपर्छ ।” गलत ठाउँमा बाटो खन्दा बाटोमात्रै होइन सिङ्गो बस्ती नै पहिरोको..

    महानगरीय प्रहरीद्वारा २ हजार लिटर अवैध घरेलु मदिरा बरामद

    शनिबार, जेष्ठ २६, २०७५ साल
    काठमाडौँ, २६ जेठ  महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।  प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो । प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, “घरेलु मदिरा सेवनसँगै हुने झगडाका कारण..

    गर्मी बढेसँगै पर्सा जिल्लामा सर्पको डसाइबाट १ महिलाको मृत्यु

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    पर्सा, २५ जेठ   सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ ।  पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।  घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन..

    ओखलढुङ्गाको हिलेपानीमा जिप दुर्घटना, २ को मृत्यु, २ गम्भीर घाइते

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    खोटाङ, २४ जेठ ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा बिहिबार बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना१ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब..

    श्रीमतीको हत्या आरोपमा जन्मकैद, पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने २० जना पक्राउ

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    राजविराज, २४ जेठ  सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।  न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।  बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको..

    होसियार बर्डफ्लुको आशंका ! कोशी गापामा १२ घण्टा भित्रै ४ सय चल्लाको मृत्यु

    बुधबार, जेष्ठ २३, २०७५ साल
    इनरुवा, २३ जेठ  सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।  स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए ।  यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका..

    सावधान ! बजार अनुगमनमा पुगेको टोलीले ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    मलेखु, धादिङ, २२ जेठ  पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ ।  अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताए ।  बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका..

    नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा, गिरीको टाउको तथा जीउमा चोट

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौँ, २१ जेठ  नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ ।  गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ ।  समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले बताए । यो घटनाले सार्वजनिक चासोको विषयमा समाचार..

    महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने ३ पक्राउ

    सोमबार, जेष्ठ २१, २०७५ साल
    इटहरी, २१ जेठ   सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।  मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका..

    जंगली च्याउ खाँदा एकै परिवारका ३ जना सिकिस्त बिरामी

    शनिबार, जेष्ठ १९, २०७५ साल
    पाँचथर, १९ जेठ जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।  बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।  उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव..

    काठमाडौँबाट भन्सार छलेर ल्याएको सुनसहित १ जना पक्राउ

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको cसहित एकजनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।  प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद..

    ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    डडेल्धुरा, १८, जेठ डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् ।  ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा विकास गर्नका किल्लाभित्र रहेको एतिहासिक हातहतियारको खोजी गरिनु पर्ने स्थानीयवासी..

    सडक निर्माणको बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिए पछि...

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १८ जेठ सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ ।  गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार..

    मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    विराटनगर,१७ जेठ मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।  लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ ।        ..

    भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    दमक, १७ जेठ झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । बिहिबार बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बिहान २ : ३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज राईको रु दुई लाख ५०..

    नगर प्रहरी र पिठिया ठेकेदारले व्यापारीलाई दुहुनो गाई बनाएपछी...

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    वीरगञ्ज, १७ जेठ भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गरे ।  भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आएका छन् । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र..

    तारबुजा टिप्न गएको बेला विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    लहान, १७ जेठ विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ ।  कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए ।  विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा..

    उपत्यकामा साइबर अपराधका घटना बढ्दो, १२ देखि ४५ वर्षसम्मका व्यक्ति अपराधमा संलग्न

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ : काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् ।  प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।  साइबर अपराधमध्ये चालू आवको..

    भरतपुरस्थित शिवघाटमा रहेको रङ कारखानामा आगलागी, लामो प्रयासपछि आगो नियन्त्रणमा

    बुधबार, जेष्ठ १६, २०७५ साल
    चितवन, १६ जेठ : भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ ।  बिहान ७ बजेदेखि शुरु भएको अहिले भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय,..

    जीप दुर्घटनामा वडाध्यक्षसहित ४ को मृत्यु, ७ जना घाइते

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    डडेल्धुरा, १५ जेठ मंगलबार बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ ।  डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी..

    डडेल्धुरामा जीप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    डडेल्धुरा, १५ जेठ डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । घटनाको थप विवरण आउन बाँकी छ । बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा..

    प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृतावस्थामा भेटियपछि...

    सोमबार, जेष्ठ १४, २०७५ साल
    नुवाकोट, १४ जेठ प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।  काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।  साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका..

    बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना युवकको मृत्यु

    आईतवार, जेष्ठ १३, २०७५ साल
    तनहुँ, १३ जेठ  बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आईतबार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ ।  दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २०..
    Results 1953: You are at page 53 of 66
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last
    Weather Forecast