शनिबार, चैत्र २२, २०७६

    सावधान

    जंगली च्याउ खाँदा एकै परिवारका ३ जना सिकिस्त बिरामी

    शनिबार, जेष्ठ १९, २०७५ साल
    पाँचथर, १९ जेठ जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।  बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।  उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव..

    काठमाडौँबाट भन्सार छलेर ल्याएको सुनसहित १ जना पक्राउ

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको cसहित एकजनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।  प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद..

    ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    डडेल्धुरा, १८, जेठ डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् ।  ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा विकास गर्नका किल्लाभित्र रहेको एतिहासिक हातहतियारको खोजी गरिनु पर्ने स्थानीयवासी..

    सडक निर्माणको बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिए पछि...

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १८ जेठ सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ ।  गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार..

    मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    विराटनगर,१७ जेठ मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।  लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ ।        ..

    भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    दमक, १७ जेठ झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । बिहिबार बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बिहान २ : ३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज राईको रु दुई लाख ५०..

    नगर प्रहरी र पिठिया ठेकेदारले व्यापारीलाई दुहुनो गाई बनाएपछी...

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    वीरगञ्ज, १७ जेठ भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गरे ।  भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आएका छन् । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र..

    तारबुजा टिप्न गएको बेला विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    लहान, १७ जेठ विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ ।  कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए ।  विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा..

    उपत्यकामा साइबर अपराधका घटना बढ्दो, १२ देखि ४५ वर्षसम्मका व्यक्ति अपराधमा संलग्न

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ : काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् ।  प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।  साइबर अपराधमध्ये चालू आवको..

    भरतपुरस्थित शिवघाटमा रहेको रङ कारखानामा आगलागी, लामो प्रयासपछि आगो नियन्त्रणमा

    बुधबार, जेष्ठ १६, २०७५ साल
    चितवन, १६ जेठ : भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ ।  बिहान ७ बजेदेखि शुरु भएको अहिले भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय,..

    जीप दुर्घटनामा वडाध्यक्षसहित ४ को मृत्यु, ७ जना घाइते

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    डडेल्धुरा, १५ जेठ मंगलबार बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ ।  डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी..

    डडेल्धुरामा जीप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    डडेल्धुरा, १५ जेठ डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । घटनाको थप विवरण आउन बाँकी छ । बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा..

    प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृतावस्थामा भेटियपछि...

    सोमबार, जेष्ठ १४, २०७५ साल
    नुवाकोट, १४ जेठ प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।  काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।  साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका..

    बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना युवकको मृत्यु

    आईतवार, जेष्ठ १३, २०७५ साल
    तनहुँ, १३ जेठ  बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आईतबार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ ।  दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २०..

    कुकुरको टोकाइबाट ९ जना घाइते, सबैको स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी

    शनिबार, जेष्ठ १२, २०७५ साल
    बाजुरा, १२ जेठ बडीमालिका नगरपालिका–१ पिनालेखमा शनिबार बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो..

    गम्भीर घाइते भएकी टिना गिरीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    तुलसीपुर, दाङ, ११ जेठ दाङको तुलसीपुर बजारमा शुक्रबार बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।  बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त सडकमा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी गिरीलाई नेपाली सेना १९ नंं बाहिनी..

    प्रहरी परिचालन गरी जुवाखालबाट एक महिलासहित १४ पक्राउ

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    बेनी, म्याग्दी, ११ जेठ म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।  सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।  पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम..

    सावधान ! सवारी साधनबाट दुर्घटनामा परी दश महिनामा ९५ को मृत्यु

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    विराटनगर, १० जेठ   चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।    गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइते भएको सहायक प्रहरी निरीक्षक..

    समितिसँग गोरेले भने - म मुख्य मान्छे होइन, एसएसपी खत्रीलाई समात्नुस्, सबै खुल्छ !

    बुधबार, जेष्ठ ९, २०७५ साल
      काठमाडौ, जेष्ठ ९ ।  साढे ३३ किलो सुन तस्करी काण्डका अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेले छानविन समितिसँगको बयानमा आफू कामदार मात्रै भएको र सुन तस्करीमा गर्ने मुख्य मान्छे अरू नै रहेको बयान दिएका छन् । उनले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने मात्रै गरेको बताएका हुन् । गोरेले बयानको प्रारम्भिक चरणमा नै एसएसपी श्याम खत्रीमाथि गम्भीर आरोप लगाउँदै..

    रुख काट्दा र गलत ठाउँमा बाटो खन्दा बस्ती नै पहिरोको जोखिममा

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    ललितपुर, ८ जेठ जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।  ग्रामीण क्षेत्रमा प्राविधिक अध्ययनका आधारमा भन्दा पनि पहुँच भएका व्यक्तिको घर छुने गरेर बाटो बनाउँदा पहिरोको जोखिम रहेको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले जनाएको छ ।  दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उप–महानिर्देशक प्रदीप थापाले बताए । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा पहिरो आउँदा स्थानीय हैरान छन्..

    सगरमाथा आरोहणका क्रममा २ व्यक्ति मृतावस्थामा भेटिए पछि...

    सोमबार, जेष्ठ ७, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, ७ जेठ सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ ।  सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा सोमबार बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए ।..

    दमक–७ का वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते, पक्की घरमा सामान्य क्षति

    सोमबार, जेष्ठ ७, २०७५ साल
    दमक, ७ जेठ : झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।  विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो । विष्फोट गराउनेको पहिचान..

    दाङको राप्ती गाउँपालिकामा दुर्घटनाबाट दुई बालकको मृत्यु

    आईतवार, जेष्ठ ६, २०७५ साल
    तुलसीपुर, दाङ, ६ जेठ दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आईतबार बिहान एक बालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।  बालक बुढाथोकी आदर्श..

    महत्वपूर्ण जनावर चितुवाको संरक्षण हुन नसक्दा संख्यामा ह्रास

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    चितवन, ४ वैशाख बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ । संरक्षणमा लागेकाले बाघ झैं चितुवाको संख्या पनि घट्दै गएर दुर्लभ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय प्रकृति संरक्षणका लागि संगठनले गरेको अनुसन्धानमा सन् २०१० देखि २०१४ सम्ममा काठमाडौँमा मात्रै २५ वटा चितुवा मरेका थिए । तराईदेखि पहाडसम्म पाइने हुँदा देशभर चितुवा..

    तराईमा बढ्दो गर्मीसँगै कुकुरले टोकेका बिरामीको संख्यामा वृद्धि

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    गौशाला, ३ जेठ तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ ।  यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक-दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताए ।  उनले बढ्दो गर्मीसँगै अहिले कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले कुकुरको सम्पर्कमा..

    तस्करको निशानामा रेडपाण्डा, ओसारपसारका घटनामा यो वर्ष ३५ जनालाई कारबाही !

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ ।  वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् ।  वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ ।  यसबाहेक नौ थान चितुवाको छाला..

    भन्सार टोलीले झण्डै आधा किलोग्राम सुनसहित आज दुई भारतीय पक्राउ

    बुधबार, जेष्ठ २, २०७५ साल
    भीमदत्तनगर, २ जेठ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताए ।  काठमाडौँबाट गड्डाचौकी..

    सडकखण्डमा बस दुर्घटना ५० जनाभन्दा बढी यात्रु घाइते

    मंगलवार, जेष्ठ १, २०७५ साल
    गौशाला, १ जेठ महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।  ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा मंगलबार अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा..

    वर्षासँगै परेको चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

    सोमबार, बैशाख ३१, २०७५ साल
    फलेवास, पर्वत, ३१ वैशाख गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।  राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको..

    धनगढीको चर्चमा बम विस्फोटन, विस्फोटबाट चर्चका झ्यालमा क्षति पुग्यो

    आईतवार, बैशाख ३०, २०७५ साल
    धनगढी, ३० वैशाख धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिए । आइतबार बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन..
    Results 1877: You are at page 51 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast