सोमबार, कार्तिक ४, २०७६

    सावधान

    करारमा जागिर लगाइदिने भन्दै घुस लिने विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

    सोमबार, भाद्र २३, २०७६ साल
    लहान, २३ भदौ   अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित आज सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।    आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट रु ८० हजार घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।   करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको रु ८० हजार..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ३ जना पक्राउ

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौं, २३ भदौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङसहित ३ जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । होमबहादुर गुरुङ वैदेशिक रोजगारीबाट स्वदेश फर्किन लागेका थिए । सुन तस्करले कमिसनको लोभमा वैदेशिक रोजगारीबाट नेपाल आउने नेपालीलाई सुन तस्करीमा प्रयोग गर्दै..

    मेघ गर्जनसहित वर्षाको सम्भावना

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौं, २३ भदौ । सोमबार मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसतमा छ भने उत्तरतर्फ जाने देखिन्छ। उत्तरी- छत्तिसगढको आसपास न्युन चापीय प्रणाली रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार,..

    बौद्धमा घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर..

    काठमाडाैंबाट ४ राउण्ड गोली र दुई पेस्तोलसहित ७ जना पक्राउ

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं २० भाद्र । काठमाडाैंकाे माछापाेखरीबाट दुई पेस्तोल र चार राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। उनीहरूलाई  महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले शनिबार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। डीएसपी बोगटीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।  पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।..

    भक्तपुरमा बन्दै गरेको घरको तीन तलामाथिबाट खस्दा एकको मृत्यु, एकको अवस्था गम्भीर

    शनिबार, भाद्र २१, २०७६ साल
    भक्तपुर, २१ भदौ  भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा घरको तेस्रो तल्ला बाहिर प्लास्टर गर्न बाँधिएको खट भाँचिएर खस्दा शुक्रबार  एक जना मजदुरको ज्यान गएको छ । अर्को एक मजदुर भने घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका ७ वाचुटोलस्थित गणेश सुवालको चार तले पक्की घरको तेस्रो तलमा प्लास्टर गर्ने क्रममा बाँसको खट भाँचिएर उक्त घटना भएको हो। बाँसको खट भाँचिएर..

    बोक्सी लागेको भन्दै यातना दिने पक्राउ

    शनिबार, भाद्र २१, २०७६ साल
    बनियानी, २१ भदौ झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । “पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भन्नुभयो, “उनीहरु..

    प्रेम नस्विकार्दा एसिड

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । वीरगन्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रमणले चार वर्षअघि काठमाडौं, वसन्तपुरमा भएको यस्तै घटना सम्झाइदिएको छ । २०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एकाबिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए । यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको..

    अपहृत बालिकाको उद्धार, अपहरणकारी पक्राउ

    शुक्रबार, भाद्र २०, २०७६ साल
    बुटवल, २० भदौ   भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएकाबाट ५ वर्षीया रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको..

    तेजाब प्रकरण : थप उपचारका लागि काठमाडौँ सिफारिस

    शुक्रबार, भाद्र २०, २०७६ साल
    पर्सा, २० भदौ । तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँ पठाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।  खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको..

    वीरगञ्जमा विद्यालय जाँदै गरेकी १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौं, २० भदौ ।  वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन्..

    २ लाख ९ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौँ, १९ भदौ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैँले ल्याप्चे लगाई रु दुई लाख नौ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।   नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट..

    मेलम्ची खानेपानी आयोजना झडप : ६ राउण्ड अश्रु ग्यास, २ राउण्ड हवाइ फायर

    बिहिवार, भाद्र १९, २०७६ साल
    मेलम्ची, १९ भदौ । मेलम्ची खानेपानी आयोजनामा झडप भएपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेकाे छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको हाे । आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका..

    प्रहरी हुँ भन्दै पैसा माग्ने पक्राउ

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौँ, १८ भदौ   प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।    धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।    उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई..

    युवा सङ्घका अध्यक्ष राईमाथि छुरा प्रहार

    बुधबार, भाद्र १८, २०७६ साल
    दमक, १८ भदौ  नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि आज छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार..

    फुल हसन अन्सारी समूहका सत्यराज योगीमाथि प्रहरीले गोली चलायो

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ ।  फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।  पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र..

    चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा सल्बलाए तस्कर

    बुधबार, भाद्र १८, २०७६ साल
    मेलम्ची, १८ भदौ चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास..

    घुस दिनेलाई पनि अख्तियारले कारबाही थाल्यो

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थालेको छ । केही महिनायता घुस दिनेहरूमाथि निगरानी बढाएको नतिजा पनि देखिन थालेको छ । भदौ महिनामा मात्रै दुई जना घुस दिन पुगेका सेवाग्राही पक्राउ परेका छन् ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वैशाखदेखि भदौ दोस्रो सातासम्म घुस दिने पाँच जना पक्राउ परेका छन् ।..

    बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिमाना

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ । सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ । बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजेमा पनि अब कारबाही हुने भएको छ ।संसद्मा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो..

    गेस्ट हाउसको तेस्रो तलाबाट फाल्ने पक्राउ

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पु¥याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई आज दिउँसो पक्राउ गरेको हो ।  परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर..

    घुस लिएको अभियोगमा गाँउपालिका सबइञ्जिनीयरविरुद्ध मुद्दा दायर

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।    नालीको कम उचाइ, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियत राखेको पाइएको आयोगको भनाइ छ ।..

    २० लाख नदिए हत्याको धम्की दिने पक्राउ

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख..

    गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।  समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन..

    अत्यधिक मदिरा सेवन गरी श्रीमतीमाथि खुर्पा प्रहार, अनुसन्धान गर्दै प्रहरी

    मंगलवार, भाद्र १७, २०७६ साल
    रुकुम पश्चिम, १७ भदौ खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको..

    न्यायाधीशको आदेशमा नक्कली वारेसनामा

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  काठमाडौं जिल्ला अदालतले प्रमाणित गरेको एक फर्जी वारेसनामाबाट बूढानीलकण्ठको दुई रोपनी आठ आना जग्गा झुक्याएर अर्कै व्यक्तिको नाममा पास भएको भेटिएको छ । काठमाडौंका तत्कालीन न्यायाधीश रमेशराज पोखरेलको आदेशमा बनेको ‘नक्कली वारेसनामा’ का कारण चन्दनकृष्ण कायस्थको नाममा भएको जग्गा अर्कैको नाममा पास भएको थियो । ६ महिनाअघिको यो प्रकरणमा अख्तियारले ‘न्यायाधीश’ को भूमिकामा प्रश्न उठाई न्यायपरिषद्मा फाइल पठाउने तयारी..

    चिनियाँ ह्याकर प्रकरण : पैसा साटिदिने ३ जना नेपाली पक्राउ

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ बैँकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।  उहाँका अनुसार..

    मालपोत कार्यालयका पूर्वकर्मचारी घुस लिएको अभियोगमा पक्राउ

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्रीले सेवाग्राहीसँग रु एक लाख घुस मागेको अभियोगमा आज पक्राउ गरेको छ ।  आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आयोगको हेटौँडाबाट गएको टोलीले क्षेत्रीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ..

    बागलुङ बजारबाट जुवा खेलिरहका ५ जुवाडे पक्राउ

    सोमबार, भाद्र १६, २०७६ साल
    गलकोट, १६ भदौ बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको  छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो । पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा..

    बैंकको साइबर सुरक्षा नाजुक

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  सुरक्षाका दृष्टिले मुलुकको बैंकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको..

    रोगी पशुपक्षी ढुवानी गरेमा दश वर्षसम्म कैद

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ   विज्ञले चौपाया तथा पक्षी व्यवसायीलाई  यातानापूर्वक पशुपक्षीको ओसारपसार नगर्न आग्रह गरेका छन् । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुने र यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने भएकाले त्यसो नगर्न वरिष्ठ पशु विकास अधिकृत डा श्रीराम अधिकारीले आग्रह गर्नुभएको हो ।   पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा..
    Results 1588: You are at page 5 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast