सोमबार, मंसिर २, २०७६

    सावधान

    सुरक्षागार्डको हत्यामा संलग्न भएको आशंकामा तीन जना पक्राउ, परिचय खुल्न बाँकी

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।   काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा गएराति भएको सुरक्षागार्डको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यद्यपि, प्रहरीले उनीहरुको परिचय भने खुलाएका छैन । हत्या गरिएका सुरक्षागार्ड मावापौवा–२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङसँगै कार्यरत् अन्य तीन जना सुरक्षागार्डहरु पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले घटनाको अनुसन्धानको क्रममा तीनलाई नियन्त्रणमा..

    काभ्रेपलाञ्चोकको बनेपा स्थित करुणामाई मन्दिरका मूल्यवान् गहना चोरी

    सोमबार, माघ १५, २०७४ साल
    बनेपा, १५ माघ ।  काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ ।  गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।  सो मन्दिरमा भक्तजनले..

    धारिलो हतियारको प्रहार गरि काठमाडौंमा एक सुरक्षागार्डको हत्या

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५। काठमाडौंको मच्छेबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । इस्टवेस्ट सेक्युरिटजममा सुरक्षा गार्डका रुपमा कार्यरत तुलबहादुर तामाङको गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।  दोलखा मावापौवा २ निवासी ५३ वर्षीय तामाङको ड्युटीमै रहेका बेला हत्या भएको हो । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई उपचारका..

    ५० किलो चरेससहित रोल्पामा दुई जना पक्राउ

    आईतवार, माघ १४, २०७४ साल
    रोल्पा, माघ १४ । झण्डै ५० किलो चरेससहित प्रहरीले रोल्पाको घर्तीगाउँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थबाङ गाउँपालिका–३, का २२ वर्षका शेरबहादुर बुढा र त्यसै ठाउँका २२ वर्षका प्रश्न बुढा रहेका छन् ।  प्रहरीको विशेष सुरक्षा निगरानीको क्रममा आज बिहान ३ बजे रोल्पाको माडी गाउँपालिका–३, घर्तीगाउँ बजारबाट उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरुलाई ठूलो मरिमाणको चरेससहित पक्राउ गरिएको रोल्पाका प्रहरी..

    जंगली हात्तीबाट झापावासी आक्रान्त, हात्तीको आक्रमणबाट जोगाउन माग

    आईतवार, माघ १४, २०७४ साल
    भद्रपुर, १४ माघ : खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् ।  वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी..

    दर्ता नगरीकन औषधि बिक्री–वितरण गर्ने सञ्चालक पक्राउ

    बिहिवार, माघ ११, २०७४ साल
    पाँचथर, माघ ११। पाँचथरको फिदिम बजारमा रहेको अष्टाङ्ग आयुर्वेदका सञ्चालक मनोज अधिकारीलाई दर्ता नगरी औषधि बिक्रीवितरण गरेको भन्दै पाँचथर प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका–२, बस्ने ७५ वर्षका अधिकारीलाई दर्ता नगरी औषधि बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । लाइफलाइन लेखिएको कार्टनभित्र आर एक्स ट्रमाडोल हाइड्रो क्लोराइड क्याप्सुल ट्रामाटस ९ हजार ७ सय वटा, स्पास्मो ६ सय वटा औषधि..

    भक्तपुरको सिपडोलमा हतियारधारी समुहद्वारा पेस्तोल देखाएर लुटपाट

    बुधबार, माघ १०, २०७४ साल
    भक्तपुर, १० माघ ।  भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।  काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको..

    अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एक जना पक्राउ

    मंगलवार, माघ ९, २०७४ साल
    बैतडी, माघ ९ । चौँरीगाईको पुच्छर र हड्डीसहित अछाममा एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका– ६ घर भएका कुंगा लामालाई अछामको ढकारी गाउँपालिका– १ सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  गस्तीमा गएको प्रहरीले लामालाई चेकजाच गर्दा चौँरीगाईको सेतो पुच्छर सात थान र कालो पुच्छर एक थान र चौँरीगाईको हड्डी पनि फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको..

    सल्यान बस दुर्घटना : ४ जनाको मृत्यु, २६ घाइते

    सोमबार, माघ ८, २०७४ साल
    सल्यान, माघ ८ । सल्यानको त्रिवेणीमा भएको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य २६ जना घाइते भएका छन् ।  रुकुमबाट दाङका लागि छुटेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस सल्यान त्रिवेणी गाउँपालिकाको लुहाम नजिकै भाटाखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  घटनास्थलमा प्रहरीले उद्धार कार्य जारीराखेको छ । ३० जना सवार रहेको बस..

    सर्लाहीमा करेन्ट लागी एक महिलाको मृत्यु

    सोमबार, माघ ८, २०७४ साल
    सर्लाही, ८ माघ  ।  सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।  आज सोमबार बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी उनी  करेन्ट लागेर घाइते भएकी थिइन्  ।  घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको..

    अमेरिकामा कार्यरत् नेपालीको बन्दुकधारीद्वारा आक्रमण तथा लुटपाट गरी हत्या

    सोमबार, माघ ८, २०७४ साल
    वाशिङटन डिसी, ८ माघ  : अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।  टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा..

    झापामा एक युवक द्वारा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या

    आईतवार, माघ ७, २०७४ साल
    सुरुङ्गा, झापा, ७ माघ  ।  झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् ।  इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।..

    न्यूरोडबाट चितुवाको छालासहित ३ जना पक्राउ, डिल्लीबजार कारागारबाट कैदी फरार

    शनिबार, माघ ६, २०७४ साल
    काठमाडौँ, ६ माघ : महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।  महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा..

    विदेश पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने व्यक्ति पक्राउ

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ । जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् । पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न..

    भक्तपुरको सृजना नगरमा सडक दुर्घटना : एकको मृत्यु, तीन घाइते

    शुक्रबार, माघ ५, २०७४ साल
    भक्तपुर, ५ माघ ।  भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्कोे बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा..

    भक्तपुरमा माटो व्यावसायीको हत्या, तीन जना पक्राउ

    बुधबार, माघ ३, २०७४ साल
    भक्तपुर, ३ माघ : भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।  आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  प्रहरीको प्रारम्भिक..

    उदयपुरमा एकै स्थानका पाँच घर आगलागी हुँदा रु १७ लाखको क्षति

    मंगलवार, माघ २, २०७४ साल
    गाईघाट, उदयपुर, २ माघ ।  उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो ।  विकको घरबाट शुरु भएको आगो अन्य..

    जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

    आईतवार, पौष ३०, २०७४ साल
    संखुवासभा, ३० पुस : संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आइतबार मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ ।  मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ ।  मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको..

    लमजुङमा चितुवाको छालासहित तीन जना पक्राउ

    आईतवार, पौष ३०, २०७४ साल
    लमजुङ, पौष ३० ।  लमजुङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–५ का विनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका–६ का कमल तामाङ रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले बेंसीशहरको एक होटलबाट चितुवाको छालासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा..

    ईलाममा करेन्ट लागेर एकको मृत्यु

    आईतवार, पौष ३०, २०७४ साल
    मंगलबारे, इलाम, ३० पुस ।  इलाममा करेन्ट लागेर यहि आइतबार  बिहान एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।  करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला..

    तरहराको काबेली होटलबाट नगदसहित ६ जुवाडे रंगेहात पक्राउ

    शनिबार, पौष २९, २०७४ साल
    इटहरी, २९ पुस : इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।  प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई..

    'नक्कली नेपाली रुपैयाँ' बनाइरहेका २ भारतीय नागरिक 'नेपाल–भारत दशगजा क्षेत्र'बाट पक्राउ

    शुक्रबार, पौष २८, २०७४ साल
    भीमदत्तनगर, २८ पुस : प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई..

    कपिलवस्तुमा घरगोठ जल्दा रु दश लाखको क्षति

    शुक्रबार, पौष २८, २०७४ साल
    जितपुर, कपिलवस्तु, २८ पुस ।  यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ ।  यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किंदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन् ।  साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएका..

    अत्याधिक बढेको चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा थप दुईजनाको मृत्यु

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं, पौष २७ ।  सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ । बसबरिया गाँउपालिका–१ मानपुरकी ६५ वर्षीय   सीयादेवी यादव र चक्रघट्टा गाँउपालिका–४ सुन्दरपुरका ६२ वर्षीय महमद हुसेन रहेको चिसोका कारण मृत्यु भएको हो । दुवैजनाको गएराति सुतेकै ठाउँमा चिसोले कठ्याग्रिंएर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जानएको छ । यसअघि हिजो पनि चिसोले..

    कञ्चनपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

    बिहिवार, पौष २७, २०७४ साल
    भिमदत्त, पुस २७ ।  कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा आज विहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय भारतीय नागरिक धिरज आर्य रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि गम्भिर घाइते भएका आर्यको  उपचारका क्रमा महाकाली अञ्चल अस्पतालमा आज विहान साढे १ बजे मृत्यु भएको हो ।  आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार ब्यक्ति भने..

    राजधानीको बालाजुमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पुस २४। काठमाडौं बालाजु नजिकै बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बानियाटारका आशिष रिजाल रहेका छन् ।  सोमबार बिहान बा ३ ख ६६ ९५ नम्बरको बसको ढोकाबाट खसेर घाइते भएका रिजालको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौंको नयाँबजारमा बसको ठक्करबाट घाइते भएका गोरखाका आइसिङ गुरुङको ज्यान गएको छ । गुरुङको..

    कसले दियो सलमान खानलाई अदालतमै ज्यान मार्ने धम्की ? थाहा पाउनुस्

    आईतवार, पौष २३, २०७४ साल
    एजेन्सी ।  भारतको पंजाब, हरियाणा र राजस्थान क्षेत्रका कुख्यात डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई ज्याद मार्ने धम्की दिएको खबरले अहिले भारतीय सञ्चार माध्यमहरुमा चर्चा पाएको छ । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको तर, अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने बताएपछि त्यसले छुट्टै तरंग पैदा गरेको हो । राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि..

    शीतलहरसँगै बढेको चिसोले कठ्याङ्गिएर सिरहामा तीन जनाको मृत्यु

    आईतवार, पौष २३, २०७४ साल
    सिरहा, पौष २३ ।  दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । शीतलहरसँगै बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको हो  । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आज विहान मृत्यु भएको हो । गोलबजार २ लालपुरका ७०..

    रुपन्देहीको देवदहमा फर्निचर व्यवसायीको गोली हानी हत्या

    शुक्रबार, पौष २१, २०७४ साल
    २१ पुस, बुटवल ।  रुपन्देहीको देबदहमा एक जना फर्निचर व्यवसायीको गोली हानी हत्या भएको छ । अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेर फरार भएको थियो । टाउकोमा गोली लागेका पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  मोटरसाइकलमा आएको समूहले व्यावसायी पौडेलको टाउकोमा गोली हानेर स्थानीय रोहिणी खोलातर्फ भागेको बताइएको छ ।   ..

    दुई थान पेस्तोलसहित एक व्यक्ति कोटेश्वरबाट पक्राउ

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस : प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।  प्रहरीले कोटेश्वरस्थित महादेवस्थान मार्ग, पेरिसडाँडामा रहेको न्यू सुनकोशी गेष्ट हाउसको कोठा नं १०४ मा बसेको अवस्थामा उनको साथबाट एक थान रिभल्वर र त्यसको दुई..
    Results 1645: You are at page 49 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast