सोमबार, मंसिर २, २०७६

    सावधान

    फागुका दिन पौडी खेल्न जाँदा नारायणीमा डुबेर बेपत्ता

    शुक्रबार, फागुन १८, २०७४ साल
    चितवन, १८ फागुन : फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।  भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले..

    गुल्मीमा भेटियो रु ५०० को नक्कली नोट

    मंगलवार, फागुन १५, २०७४ साल
      गुल्मी, १५ फागुन ।  गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।  सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए  ।  फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा..

    एनआइइसीलाई आगलागीबाट करिब रु ५० लाखको क्षति

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन  ।  पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ ।  महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौ  तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन..

    राजधानीको पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन  ।  पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।  उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।  अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ ।  घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय..

    चितवनमा आफुलाई 'प्रहरी हुँ' भन्दै लुट्ने दुईजना पक्राउ

    शुक्रबार, फागुन ११, २०७४ साल
    चितवन, ११ फागुन ।  आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो..

    झापाको लक्ष्मीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    शुक्रबार, फागुन ११, २०७४ साल
    सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,..

    सिरहाको लहानमा प्रेसर कुकर बम विष्फोट

    बिहिवार, फागुन १०, २०७४ साल
    लहान, १० फागुन ।  लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।  बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।  उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।   ..

    वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी आले मारिए

    बुधबार, फागुन ९, २०७४ साल
    बुटवल, ९ फागुन : गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् ।  रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख..

    सेनाद्वारा बम निष्क्रिय, विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका

    मंगलवार, फागुन ८, २०७४ साल
    बागलुङ, ८ फागुन : बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । बम कसले..

    कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा जंगली हात्तीले २१ घर भत्काए

    सोमबार, फागुन ७, २०७४ साल
    भीमदत्तनगर, ७ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।  राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ..

    दाङमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    बिहिवार, फागुन ३, २०७४ साल
    दाङ, ३ फागुन ।  दाङको लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।  विहीबार दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना ६ ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा ४ प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।  मृत्यु हुनेमा लमही नगरपालिका–६..

    भक्तपुर सूर्यविनायकको गुण्डुमा बाघले खायो बच्चा

    मंगलवार, फागुन १, २०७४ साल
    भक्तपुर, १ फागुन ।  सूर्यविनायक  नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।  सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ ।  पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको..

    लहानमा नेपाली तथा भारतीय 'नक्कली रुपैयाँ' सहित दुई युवक पक्राउ

    सोमबार, माघ २९, २०७४ साल
    लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा..

    म्याग्दीको बैसरीमा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

    आईतवार, माघ २८, २०७४ साल
    म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।  जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला..

    भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख मूल्यबराबरको क्षति

    आईतवार, माघ २८, २०७४ साल
    भक्तपुर, २८ माघ । भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।  आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल..

    सिँचाइ मन्त्रालयका सचिव चढेको जीप त्रिशूलीमा खस्यो, सचिव रामानन्द यादव मृत अवस्थामा भेटिए

    शनिबार, माघ २७, २०७४ साल
    धादिङ, २७ माघ : नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शनिबार बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका थिए । जसमा सचिव मृत अवस्थामा भेटिए भने अन्य २ जना अझै बेपत्ता छन् ।  नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र..

    लागुऔषध मुद्दामा एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ (रासस)। लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।  विहीबार महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए ।   अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।  सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए ।..

    धनुषाको एक नवविवाहिता महिलालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास

    बिहिवार, माघ २५, २०७४ साल
    धनुषा, २५ माघ  । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् ।  हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका..

    नक्कली पत्रकार बनी चोरी गर्ने गोदावरीका ५२ वर्षीय हरिशरण केसी 'अशोक' पक्राउ

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २५ माघ : महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका धनमालसहित मंगलबार अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।  केसीले माघ २० गते कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा बैंकरहरुको तालीम सञ्चालन भइरहेको अवस्थामा..

    उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति

    बुधबार, माघ २४, २०७४ साल
    विराटनगर, २४ माघ ।  उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ ।  आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन..

    भक्तपुरको झौखेलमा आगलागी, रु दश लाख बराबरको क्षति

    मंगलवार, माघ २३, २०७४ साल
    नगरकोट, २३ माघ ।  चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २.३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए  । ..

    कैदीबन्दीलाई सरुवा गराईदिने भन्दै घुस लिदै गर्दा सम्तरीका जेलर पक्राउ

    सोमबार, माघ २२, २०७४ साल
    सप्तरी, माघ २२ ।  जिल्ला कारागार, सप्तरीका जेलर कृष्णप्रसाद दाहाल ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले सोमबार घुस लिँदालिँदै पक्राउ गरेको हो ।  दाहालले दुई जना कैदीबन्दीलाई अन्य कारागारमा सरूवा गरिदिने भन्दै उक्त रकम लिएको जनाइएको छ । कारागारको नजिकै रहेको मुरली चिया पसलमा एक जना महिलासँग रकम लिने वित्तिकै उनलाई पक्राउ..

    पर्वतमा प्रेमिकाको हत्या गरी कालिगण्डकीमा फाल्ने युवक पक्राउ

    सोमबार, माघ २२, २०७४ साल
    फलेवास, पर्वत, २२ माघ ।  आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् ।  पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शव भने..

    ६ सय ३२ एम्पुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    आईतवार, माघ २१, २०७४ साल
    काठमाडौं, माघ २१ ।  ६ सय ३२ एम्पुल लागुऔषध सहित आज एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक नारायण गिरी रहेका छन् ।  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले वीरगञ्जबाट काठमाडौं तर्फ आउदै गरेको ना ७ ख ४२८ नम्बरको यात्रुवाहक बसमा जाँचका क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।  गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र..

    जनकपुरको मुजेलियामा टिपर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    आईतवार, माघ २१, २०७४ साल
      महेन्द्रनगर, धनुषा, २१ माघ ।  धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।  दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला..

    रौतहटमा अवैध भरुवा बन्दुुक सहित एक जना पक्राउ

    शुक्रबार, माघ १९, २०७४ साल
    रौतहट, १९ माघ  ।  रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।  बन्दुुकसहित पक्राउ पर्नेमा गुुजरा नगरपालिका–३ बलुुआटोलका ३५ वर्षीय धरीछन राउत रहेको प्रहरीले जनाएको छ । भरुवा बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए  ।  राउतले उक्त बन्दुक बोकेर शिकार गर्ने उद्देश्यले जंगलतर्फ गइरहेको क्रममा बिहीबार प्रहरी चौकी हरिनगरको टोलीले विशेष सूुचनाको..

    काभ्रेमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

    बिहिवार, माघ १८, २०७४ साल
    काभ्रे, माघ १८ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान ५ बजे स १ च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन..

    नुवाकोटमा रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

    बिहिवार, माघ १८, २०७४ साल
    नुवाकोट, १८ माघ।   आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ ।  गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय तारसमेत छिनालेर ढलेको रूखले लाग्दा घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी..

    काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मंगलवार, माघ १६, २०७४ साल
    काठमाडौँ, १६ माघ।  काठमाडौँको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।  गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा गएराति बा ३ ख ५८२१ नं को ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयबासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि ओम अस्पतालमा पुगेपछि मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र..

    केन्द्रीय अनुसन्धान व्यूरोद्वारा १७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौँ, १५ माघ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई सोमबार पक्राउ गरेको छ ।  पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ..
    Results 1645: You are at page 48 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast