मंगलवार, चैत्र २५, २०७६

    सावधान

    सहकारीबाट ४९ लाख चोरी, कार्यालयको विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको जानकारी

    शुक्रबार, श्रावन २५, २०७५ साल
    चितवन, २५ साउन  जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।  विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ ।  सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८०..

    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाद्वारा लागुऔषधसहित १ जना पक्राउ

    बिहिवार, श्रावन २४, २०७५ साल
    काठमाडौँ, २४ साउन  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बिहिबार बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।  प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना६ख ७९१० नंको बसमा गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए । गुरुङसँग प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १००..

    देउती गुडका उद्योग परिसरमा बम विस्फोटन, स्थानीयवासी त्रसित

    बिहिवार, श्रावन २४, २०७५ साल
    धनगढी, २४ साउन  कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा बिहिबार बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ ।  विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ । यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम..

    खुला सिमानाकै कारण महिला तथा बालबालिका हराउने क्रममा वृद्धि

    बिहिवार, श्रावन २४, २०७५ साल
    भद्रपुर, २४ साउन  खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ ।  वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४-२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला..

    पहिरोका कारण १८ घर जोखिममा - १ को मृत्यु, सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी

    बिहिवार, श्रावन २४, २०७५ साल
    बनेपा, २४ साउन  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।  मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको..

    ठूलो परिमाणमा ल्याएको लागूऔषधसहित नारायण ओली पक्राउ

    बुधबार, श्रावन २३, २०७५ साल
    लहान, २३ साउन  प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट बुधबार बिहान एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रतिपत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो..

    पहिरो खस्न थालेपछि १७ घर पहिरोको जोखिममा, स्थानीयवासीको आफन्त र छिमेकीकहाँ बास

    बुधबार, श्रावन २३, २०७५ साल
    म्याग्दी, २३ साउन  बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ ।  बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएपछि बाढीले छेउछाउको बस्ती कटान गर्न थालेको छ । पहिरोका कारण १७ परिवार विस्थापित हुने खतरा रहेको स्थानीयवासी टीकाबहादुर रानाले बताए ।  अहिले स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय..

    जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २०० बढी बालविवाह रोक

    मंगलवार, श्रावन २२, २०७५ साल
    दैलेख,२२ साउन  आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् ।  स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी सङ्संस्थाको पहलमा बालविवाहका घटना रोकिएका हुन् । प्रहरीको जानकारीमा र अधिकारवादी सङ्घसंस्थासम्म आएका घटनामध्ये धेरै बालविवाहका घटना आपसी समझदारीकै आधारमा उमेर नपुग्ने बेलासम्म आआफ्नो घरमै बस्ने भन्ने सहमतिमा छाडिन्छ । छाडिएकामध्ये कतिपय..

    सेफ्टीट्यांकीमा निस्सासिएर १ को मृत्यु, २ जना घाइतेको अस्पतालमा उपचार भइरहेको अवस्था

    मंगलवार, श्रावन २२, २०७५ साल
    महेन्द्रनगर धनुषा, २२  धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा मंगलबार बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय..

    अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो, स्थानीयवासी र पर्यटक प्रवाभित

    मंगलवार, श्रावन २२, २०७५ साल
    मुस्ताङ, २२ साउन  लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।  बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो । पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल..

    पश्चिम चितवनमा किसान महिलालाई आक्रमण गरी मार्ने बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिइयो

    मंगलवार, श्रावन २२, २०७५ साल
    रत्ननगर, २२ साउन : पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।  भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो । अन्दाजी १०–१२ वर्ष उमेरको सोे बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने निकुञ्जले जनाएको छ । निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु..

    पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम, स्थानीय बासिन्दा त्रासमा

    सोमबार, श्रावन २१, २०७५ साल
    जाजरकोट, २१ साउन  लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् ।  जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र ४ का न्यूरोड, शान्ति चौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिराको उच्च जोखिममा परेका छन् ।  वर्षाले घरमूनि पहिरो जान थालेपछि खलंगाका..

    अपहरित बालकको हत्या, प्रहरीसँगको भिडन्तमा २ अपहरणकारी मारिए

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ ।  ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।  अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।  अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु भएको छ ।  अपराध महाशाखाको टोलीले..

    घाँस काट्न जादा बाघले मान्छे लग्यो, हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली परिचालन

    सोमबार, श्रावन २१, २०७५ साल
    रत्ननगर, २१ साउन  चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ ।  स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए ।  उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए ।  पाठकका अनुसार..

    काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण, लाखौं रुपैयाँ फिरौती माग

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  काठमाडौंको काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरण गरिएका छन् । उनलाई आइतबार साँझ आफ्नै घर नजिकबाट अपहरणमा परेको प्रहरीले बताएको छ । सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी लाखौं माग गरेको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग लाखौं माग गरेको छ । घटनास्थलमा नै रहेका..

    जाजरकोट पहिरो : ८ जनाको शव निकालियो, खोजी कार्य जारी

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौं, २० साउन  जाजरकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा..

    हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीहरुको शव निकाल्न कठिन, सेनाको टोली परिचालन

    आईतवार, श्रावन २०, २०७५ साल
    सोलु, सल्लेरी, २० साउन  गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आईतबार बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या..

    कालीगण्डकीमा पानीको बहाव बढ्यो, सचेत हुन आग्रह, बासिन्दा चिन्तित

    आईतवार, श्रावन २०, २०७५ साल
    पर्वत, २० साउन  केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।  कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन्  पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन..

    पहिरोले घर पुरिदा ४ को मृत्यु, १ को जीवित उद्धार, उद्धारकार्य जारी

    आईतवार, श्रावन २०, २०७५ साल
    जाजरकोट, २० साउन  भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।  गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार..

    बाँके राष्ट्रिय निकुञ्जमा गाडीको ठक्करबाट तीन वर्षमा १७२ वन्यजन्तु मारिए, जोगाउन धौ–धौ

    शनिबार, श्रावन १९, २०७५ साल
    बाँके, १९ साउन  बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ ।  निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो ।  यस्तै सिक्टा सिँचाइ आयोजना अन्तर्गत नहरको आठ किलोमिटर खण्ड निकुञ्जभित्र पर्छ । गर्मी तथा सुख्खायाममा वन्यजन्तु पानीको प्यास मेटाउनका लागि..

    धादिङ जिल्लामा दुर्घटनाबाट ३ वर्षमा झण्डै ३ सयको मृत्यु

    शुक्रबार, श्रावन १८, २०७५ साल
    धादिङ, १८ साउन  धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।  आर्थिक वर्ष २०७२-७३ मा ७७..

    दलितको आरोपमा विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग

    शुक्रबार, श्रावन १८, २०७५ साल
    खोटाङ, १८ साउन  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन् ।  दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेका हुन् ।  विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट..

    ४ लाख नगदसहित १७ जुवाडे पक्राउ, जडीबुटीस्थित होटलमा कौडा खेलीरहेको भेटियो

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन : महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ ।  परिसरको टोलीले बिहिबार काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार..

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपायालाई निकुञ्जले पूर्णविराम लगाएपछि...

    बिहिवार, श्रावन १७, २०७५ साल
    नेपालगञ्ज, १७ साउन  नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ ।  गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ ।  बुधवार अपराह्न छाडा चौपाया लिएर निकुञ्ज क्षेत्रमा..

    कम्बोडिया पठाइदिन्छु भन्दै ८८ लाख ठगी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५०..

    काठमाडौँ महानगरपालिकाद्वारा जथाभावी फोहर फाल्नेबाट ५ लाख बढी असुल

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन   आर्थिक वर्ष २०७४-०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ ।  महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो । महानगर वातावरण..

    बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको दोषीलाई कडा सजाय गर्न महिला सञ्जालद्वारा माग

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।  घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको..

    मापसे गरी सवारीसाधन हाँक्ने घटे, मेशिन बिग्रिएपछि सुँघेरै जाँच ! ट्राफिक प्रहरीलाई समस्या

    बुधबार, श्रावन १६, २०७५ साल
    बाँके, १६ साउन  मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ ।  थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।  प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै..

    मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि, लागूऔषधका मुद्दा धेरै

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३-७४ को तुलनामा आव २०७४-७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।  आव २०७४-७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३-७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२-७३ मा..

    अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन : वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै सोमबार  वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।  सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो ।  विभागले उक्त मेनपावर..
    Results 1882: You are at page 47 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast