शुक्रबार, आषाढ २६, २०७७

    सावधान

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १ लाख घुससहित रंगेहात पक्राउ

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौं,  २८ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ । अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए । सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस..

    घुस लिदालिदै प्रहरी निरीक्षक शुसोभन श्रेष्ठसहित जवान तिलक लामिछाने रंगेहात पक्राउ

    आईतवार, असोज २८, २०७५ साल
    सुर्खेत, २८ असोज पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिदै गर्दा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छन् । सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डागीले बताए ।..

    गुर्जा हिमालमा आएको हिमआँधीमा परेर बेपत्ता भएका ९ जनाको शव भेटियो

    आईतवार, असोज २८, २०७५ साल
    म्याग्दी, २८ असोज  धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाण्डु..

    म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु, आँधीहुरी र हिमपहिरोमा परेको अनुमान

    शनिबार, असोज २७, २०७५ साल
    बेनी, २७ असोज  : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ ।  गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले..

    रिठ्ठे भीरबाट सुनकोशीमा बस खस्यो, १ जनाको मृत्यु, ७ जनाको जीवितै उद्धार

    शुक्रबार, असोज २६, २०७५ साल
    सिन्धुली, २६ असोज बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।  सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप..

    मोरङका २ छुट्टा-छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पैदलयात्री सहित ३ को मृत्यु

    शुक्रबार, असोज २६, २०७५ साल
    उर्लाबारी, २६ असोज : मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई..

    घुस लिएको अभियोगमा उपसचिव पक्राउ, अनुसन्धान भइरहेको जानकारी

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा बिहिबार पक्राउ गरिएको छ ।  विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको हो । आरोपी उपसचिव साहको अनुसन्धान भइरहेको..

    सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि यात्रुको ज्यान उच्च जोखिममा !

    बिहिवार, असोज २५, २०७५ साल
    गाईघाट, २५ असोज बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताए । गाईघाटदेखि..

    अख्तियारको फन्दामा सहन्यायाधिवक्ता थापा, ५ लाख घुस लिइरहेको अवस्थामा पक्राउ

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ ।  अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो ।  आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५०..

    यौन हिंसाबाट सबैभन्दा बढी किशोरी र बालबालिका पीडित, यस्तो छ सार्वजनिक तथ्य

    बुधबार, असोज २४, २०७५ साल
    धादिङ, २४ असोज  सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।  मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ ।..

    दुखद घटना ! आमाको मृत्युपछि आफ्नै बाबुबाट पटक–पटक १४ वर्षीया छोरी बलात्कृत

    बुधबार, असोज २४, २०७५ साल
    रोल्पा, २४ असोज  रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।  आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको..

    गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जद्वारा २ पेट्रोल पम्पमा सिलबन्दी

    मंगलवार, असोज २३, २०७५ साल
    कलैया, २३ असोज  गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले मंगलबार बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ ।  कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिए ।  अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल..

    पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा ३ वर्षीय बालकको मृत्यु

    मंगलवार, असोज २३, २०७५ साल
    लहान, २३ असोज  पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।..

    टिभी खरिदका लागि पटक-पटक घुस माग्ने प्रहरी नायब उपरीक्षक राई पक्राउ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज  महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।  आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस..

    बालविवाहको पीडामा किशोरीहरु, कम उमेरमा विवाह गर्ने र विवाहपछि पछुताउने !

    आईतवार, असोज २१, २०७५ साल
    बुटवल, २१ असोज रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन)को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र अहिले प्रमिला मानसिक, आर्थिक र सामाजिक सबै हिसाबले कमजोर बनेकी छन्..

    जुवाखालबाट हाम फाल्दा २ को मृत्यु, १ महिलासहित २३ जनालाई पक्राउ

    शनिबार, असोज २०, २०७५ साल
    साँखु, काठमाडौँ, २० असोज  कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ ।  काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा ठेगाना नखुलेका ४१ वर्षीय सरोज..

    सशस्त्र प्रहरी बलद्वारा भन्सार छलेर ल्याइएका सामान सहित २ पक्राउ

    शनिबार, असोज २०, २०७५ साल
    बुटवल, २० असोज  सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित..

    अख्तियारद्वारा यातायात कार्यालयका नायब सुब्बालाई घुस मागेको आरोपमा पक्राउ

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा शुक्रबार कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।  आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।  यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल..

    किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतमा पक्राउ

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौँ ल्याइदै छ । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२..

    व्यापारीको दादागिरी ! अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार ३ दिनदेखि ठप्प

    शुक्रबार, असोज १९, २०७५ साल
    बनियानी, १९ असोज  व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ ।  गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।  भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो । भन्सार ठप्प हुँदा रु ५० लाखको..

    नक्कली बिल बनाइ राजश्व छली गर्ने २ पक्राउ, चरेससहित २ समातिए

    बिहिवार, असोज १८, २०७५ साल
    इनरुवा, १८ असोज  सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।  को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुयालले जानकारी दिए । उक्त गाडीमा उमङ्ग,..

    चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको ५ किलो सुन बरामद

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।  परिसरले बुधबार पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको..

    घर लिपपोत गर्न माटो लिन गएकी बालिका बिष्टको ढिस्कोले पुरिएर मृत्यु

    बुधबार, असोज १७, २०७५ साल
    कञ्चनपुर, १७ असोज  माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ ।  चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए..

    अख्तियार आयोगको टोलीद्वारा ३० हजार घुससहित प्रहरी हवल्दार रंगेहात पक्राउ

    मंगलवार, असोज १६, २०७५ साल
    मलंगवा, १६ असोज  भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगंलवार पक्राउ गरेको छ । आयोगको बर्दिबासस्थित टोलीले प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजाार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।  भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका समान नेपाल भित्र्याउन सहज वतावरण बनाइदिने भन्दै हवल्दार अन्सारीले व्यापारीसँग..

    अखाद्य वस्तु भेटिएपछि नयाँ बानेश्वरस्थित संगम स्वीट्सको पसल र उत्पादन कारखानामा सिलबन्दी

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज सरकारले नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा सिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुबौमा सिलबन्दी गरेको हो ।  मंगलबार अनुगमन टोलीले सो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित विक्री वितरण केन्द्र दुबैको अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा..

    प्रहरीद्वारा जुवाखालबाट १ लाख ३० हजारसहित ७ जना जुवाडे पक्राउ

    मंगलवार, असोज १६, २०७५ साल
    भक्तपुर, १६ असोज  महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ ।  भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार..

    कैलालीको बल्मी सडकखण्डमा बस दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते

    सोमबार, असोज १५, २०७५ साल
    धनगढी, १५ असोज  पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।  बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।..

    नेपालीको महान चाड दशैँ, तिहारलाई लक्षित गरी सीमा क्षेत्रमा विशेष निगरानी

    सोमबार, असोज १५, २०७५ साल
    वीरगञ्ज, १५ असोज  नेपालीको महान चाड दशैँ, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवाञ्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले..

    अख्तियार आयोगको अर्को सफलता ! घुससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौँ, १४ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आईतबार पक्राउ गरेको छ ।  एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी..

    ७ जना मुखुण्डो र चस्मा लगाएर आएका समूहद्वारा मालपोत कार्यालयमा तोडफोड

    आईतवार, असोज १४, २०७५ साल
    हेटौँडा, १४ असोज  थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् ।  पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।  कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए । उनीहरूले कार्यालयमा रहेको..
    Results 1951: You are at page 45 of 66
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last
    Weather Forecast