सोमबार, कार्तिक ४, २०७६

    सावधान

    भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै, सम्बन्धित निकाय मौन !

    बिहिवार, बैशाख ६, २०७५ साल
    लहान, ६ वैशाख : सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।  भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ ।  सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग..

    ‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख  सरकारले ‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु गरेको छ । नित्कृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायतका संघसंस्थाको अगुवामा शुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन बुधबार पुरानो बसपार्कबाट १४ जना बालबालिकालाई उद्धार गरेको छ । अभियानअन्तर्गत बाल अनुगमन तथा उद्धार कार्य र स्टिकर टाँस्ने कामसमेत गरिएको छ ।..

    होटल सोल्टीबाट जुवा खेल्ने र खेलाउने आठजना नेपाली पक्राउ

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।  परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ..

    चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

    बुधबार, बैशाख ५, २०७५ साल
    रत्ननगर, चितवन, ५ वैशाख चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् ।  हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ ।  बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी..

    १५ वर्षीया किशोरी मृतावस्थामा फेला, घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का

    मंगलवार, बैशाख ४, २०७५ साल
    रुपन्देही, ४ वैशाख स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । “उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उनले भने । घटनाको थप अनुसन्धान भइरहेको..

    ‘अर्धनग्न अवस्थामा शव भेटियो, बलात्कारको प्रयास जस्तो देखिन्छ’

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ। शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो । प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ। तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न..

    दिक्तेलस्थित एक पसलबाट चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

    सोमबार, बैशाख ३, २०७५ साल
    खोटाङ, ३ वैशाख दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।  ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो ।  उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए-नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो..

    आगलागीबाट दुई घर जलेर नष्ट, रु बीस लाखको क्षति

    सोमबार, बैशाख ३, २०७५ साल
    गाईघाट, उदयपुर, ३ वैशाख उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।  आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र..

    लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

    सोमबार, बैशाख ३, २०७५ साल
    जाजरकोट, ३ वैशाख यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको  राजश्व घाटा लागेको छ ।  जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनवेद,..

    घुम्न आएका मोटरसाइकल यात्रु दुर्घटनामा परि दुईको घटनास्थलमै मृत्यु

    आईतवार, बैशाख २, २०७५ साल
    चरीकोट, २ वैशाख नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।  दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको..

    जुत्ताभित्र लुकाएर ल्याएको सुन सहित विमानस्थलबाट दुई नागरिक पक्राउ !

    आईतवार, बैशाख २, २०७५ साल
    २ बैशाख, काठमाडौं : प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ । दुई केजी ८ सय ग्राम सुन पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् । उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए । प्रहरीका..

    सिरहामा जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान संचालन गरिदै

    आईतवार, बैशाख २, २०७५ साल
    लहान, २ वैशाख : केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आइतबारदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ ।  ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया..

    सिन्धुली वितरण शाखामा चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

    आईतवार, बैशाख २, २०७५ साल
    सिन्धुली, २ वैशाख नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।  चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।  शव स्टेशनमा रहेको १५०० केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई..

    अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

    आईतवार, बैशाख २, २०७५ साल
    खजुरा, बाँके, २ वैशाख  बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।  शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो..

    भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने व्यक्ति बिर्तामोडबाट पक्राउ

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    सुरुङ्गा, झापा, ३० चैत : आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल..

    विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत  वि सं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् ।  विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो..

    डेरी उद्योगमा आगलागी उद्योगका कुनै पनि युनिट नचलेको

    सोमबार, चैत्र २६, २०७४ साल
    चितवन, २६ चैत भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ ।  उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र कोल्ड..

    भिजन डेरी उद्योगमा आगलागी, करीब १५ लाख बराबरको क्षति

    सोमबार, चैत्र २६, २०७४ साल
    चितवन, २६ चैत भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ । उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र..

    पुरुस संगको विभिन्न किसिमका झगडालाई लिएर दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

    सोमबार, चैत्र २६, २०७४ साल
    ललितपुर, २६ चैत  घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।  श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन्।  प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छिन । उहाँ भन्नुहुन्छ, “कति त नियमित जस्तै..

    सप्तरीको एक फर्निचर उद्योगमा आगलागी, रु २० लाखको क्षति

    सोमबार, चैत्र २६, २०७४ साल
    राजविराज, २६ चैत : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।  बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  त्यस्तै छिमेकी देवनारायण साफीको..

    हिन्दु धर्मका प्रचारक आचार्यमाथि गोली प्रहार, अभियुक्तको खोजी गर्दै प्रहरी

    आईतवार, चैत्र २५, २०७४ साल
    विराटनगर, २५ चैत : बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।  विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।  उनि विराटनगर– १४ स्थित..

    बुटवलस्थित भाटभटेनीको आगलागी झन्डै ४ घण्टापछि नियन्त्रणमा

    आईतवार, चैत्र २५, २०७४ साल
    बुटवल, २५ चैत : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।  आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।  सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु..

    प्रतिबन्धित लागूऔषध वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा बरामद, भारतीय नागरिक पक्राउ

    शुक्रबार, चैत्र २३, २०७४ साल
    मलेखु, धादिङ, २३ चैत प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार  बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको..

    पढाउने नाममा काठमाडौँ ल्याइएका बालबालिका घरेलु बालश्रमिक, कानूनी कारवाहीका लागि पहल गरिने

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत  दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाण्डुलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस..

    बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्, दलालहरुको पहिचान गरी न्याय दिन माग

    बुधबार, चैत्र २१, २०७४ साल
    कञ्चनपुर, २१ चैत : भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन ।  पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनीलाई भारत पुर्याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने..

    नातिनी करणी गर्ने हजुरबुबा पक्राउ, जबर्जस्ती करणी मुद्दामा अनुसन्धान

    बुधबार, चैत्र २१, २०७४ साल
    पाँचथर, २१ चैत : आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका..

    चितवनको भरतपुरस्थित नारायणी कागज उद्योगमा आगलागी, १८ लाखको क्षति

    बुधबार, चैत्र २१, २०७४ साल
    रत्ननगर, चितवन, २१ चैत : चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा बुधबार  बिहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र..

    थुनामा रहेका दुईजना बन्दी निर्दोष ठहर, सर्वोच्चको आदेशमा थुनामुक्त

    सोमबार, चैत्र १९, २०७४ साल
    नुवाकोट, १९ चैत फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नंं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।..

    बालिका अपहरण गरेर भाग्दै गरेका ‘अपहरणकारी’ युवाको भिरबाट लडेर मृत्यु

    आईतवार, चैत्र १८, २०७४ साल
    फलेवास, पर्वत, १८ चैत : पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ ।  बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो ।  रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु भएको हो । कुश्मा नगरपालिका–४ चाक्लेडिल..

    बाँकेमा गोली हानी आफ्नै श्रीमतीको हत्या, नोकरसँग अनैतिक सम्बन्ध राखेको आरोप

    शुक्रबार, चैत्र १६, २०७४ साल
    खजुरा, बाँके, १६ चैत बाँके जिल्लामा श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको..
    Results 1588: You are at page 44 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast