सोमबार, असोज २७, २०७६

    सावधान

    सुन प्रकरण : नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला अनुसन्धानका लागि पक्राउ

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख : गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ ।  माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आइतबार  साँझ पक्राउ गरेको हो ।  छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो ।..

    गैंडा मर्ने क्रम बढेपछि निकुञ्ज विभाग द्वारा अनुसन्धान गरिँदै

    आईतवार, बैशाख ९, २०७५ साल
    चितवन, ९ वैशाख गैंँडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले यसबारे अनुसन्धान गर्न थालेको छ । सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २६९ वटा गैंँडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएपछि अध्ययन शुरु गरिएको हो ।  निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन्..

    अझै पनि अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिदै...

    आईतवार, बैशाख ९, २०७५ साल
    जाजरकोट, ९ वैशाख जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।  छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् ।  “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै,..

    गोंगबु र आसपासका क्षेत्रबाट यौन व्यवसायमा संलग्न ३४ पक्राउ !

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख : महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ ।  प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।  प्रभागका प्रमुख प्रताप पौडेलले..

    दुर्लभ पाटेबाघ मृत फेला, नमूना संकलन गरेर प्रयोगशालामा पठाईयो

    शुक्रबार, बैशाख ७, २०७५ साल
    रत्ननगर, चितवन, ७ वैशाख चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ शुक्रबार मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।  रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको..

    तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    शुक्रबार, बैशाख ७, २०७५ साल
    दाङ, ७ वैशाख  तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले..

    महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो : एक कार्यक्रमका सहभागीहरु

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख : उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ ।  महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको र्याली’मा शुक्र आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने भन्दै यसमा आम समुदायको सहयोग आवश्यक रहेको बताए ।  परिसरका प्रमुख पोखरेलले महिलामाथि हुने घटना दिनहुँ..

    बिस्केट जात्रामा ढुंगा हान्ने १३ जना पक्राउ, जात्रा बिथोल्न खोजेको आरोप

    बिहिवार, बैशाख ६, २०७५ साल
    भक्तपुर, ६ वैशाख भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् बिहिबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने..

    भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै, सम्बन्धित निकाय मौन !

    बिहिवार, बैशाख ६, २०७५ साल
    लहान, ६ वैशाख : सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।  भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ ।  सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग..

    ‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख  सरकारले ‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु गरेको छ । नित्कृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायतका संघसंस्थाको अगुवामा शुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन बुधबार पुरानो बसपार्कबाट १४ जना बालबालिकालाई उद्धार गरेको छ । अभियानअन्तर्गत बाल अनुगमन तथा उद्धार कार्य र स्टिकर टाँस्ने कामसमेत गरिएको छ ।..

    होटल सोल्टीबाट जुवा खेल्ने र खेलाउने आठजना नेपाली पक्राउ

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।  परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ..

    चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

    बुधबार, बैशाख ५, २०७५ साल
    रत्ननगर, चितवन, ५ वैशाख चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् ।  हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ ।  बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी..

    १५ वर्षीया किशोरी मृतावस्थामा फेला, घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का

    मंगलवार, बैशाख ४, २०७५ साल
    रुपन्देही, ४ वैशाख स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । “उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उनले भने । घटनाको थप अनुसन्धान भइरहेको..

    ‘अर्धनग्न अवस्थामा शव भेटियो, बलात्कारको प्रयास जस्तो देखिन्छ’

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ। शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो । प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ। तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न..

    दिक्तेलस्थित एक पसलबाट चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

    सोमबार, बैशाख ३, २०७५ साल
    खोटाङ, ३ वैशाख दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।  ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो ।  उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए-नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो..

    आगलागीबाट दुई घर जलेर नष्ट, रु बीस लाखको क्षति

    सोमबार, बैशाख ३, २०७५ साल
    गाईघाट, उदयपुर, ३ वैशाख उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।  आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र..

    लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

    सोमबार, बैशाख ३, २०७५ साल
    जाजरकोट, ३ वैशाख यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको  राजश्व घाटा लागेको छ ।  जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनवेद,..

    घुम्न आएका मोटरसाइकल यात्रु दुर्घटनामा परि दुईको घटनास्थलमै मृत्यु

    आईतवार, बैशाख २, २०७५ साल
    चरीकोट, २ वैशाख नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।  दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको..

    जुत्ताभित्र लुकाएर ल्याएको सुन सहित विमानस्थलबाट दुई नागरिक पक्राउ !

    आईतवार, बैशाख २, २०७५ साल
    २ बैशाख, काठमाडौं : प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ । दुई केजी ८ सय ग्राम सुन पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् । उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए । प्रहरीका..

    सिरहामा जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान संचालन गरिदै

    आईतवार, बैशाख २, २०७५ साल
    लहान, २ वैशाख : केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आइतबारदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ ।  ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया..

    सिन्धुली वितरण शाखामा चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

    आईतवार, बैशाख २, २०७५ साल
    सिन्धुली, २ वैशाख नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।  चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।  शव स्टेशनमा रहेको १५०० केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई..

    अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

    आईतवार, बैशाख २, २०७५ साल
    खजुरा, बाँके, २ वैशाख  बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।  शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो..

    भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने व्यक्ति बिर्तामोडबाट पक्राउ

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    सुरुङ्गा, झापा, ३० चैत : आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल..

    विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत  वि सं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् ।  विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो..

    डेरी उद्योगमा आगलागी उद्योगका कुनै पनि युनिट नचलेको

    सोमबार, चैत्र २६, २०७४ साल
    चितवन, २६ चैत भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ ।  उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र कोल्ड..

    भिजन डेरी उद्योगमा आगलागी, करीब १५ लाख बराबरको क्षति

    सोमबार, चैत्र २६, २०७४ साल
    चितवन, २६ चैत भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ । उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र..

    पुरुस संगको विभिन्न किसिमका झगडालाई लिएर दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

    सोमबार, चैत्र २६, २०७४ साल
    ललितपुर, २६ चैत  घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।  श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन्।  प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छिन । उहाँ भन्नुहुन्छ, “कति त नियमित जस्तै..

    सप्तरीको एक फर्निचर उद्योगमा आगलागी, रु २० लाखको क्षति

    सोमबार, चैत्र २६, २०७४ साल
    राजविराज, २६ चैत : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।  बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  त्यस्तै छिमेकी देवनारायण साफीको..

    हिन्दु धर्मका प्रचारक आचार्यमाथि गोली प्रहार, अभियुक्तको खोजी गर्दै प्रहरी

    आईतवार, चैत्र २५, २०७४ साल
    विराटनगर, २५ चैत : बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।  विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।  उनि विराटनगर– १४ स्थित..

    बुटवलस्थित भाटभटेनीको आगलागी झन्डै ४ घण्टापछि नियन्त्रणमा

    आईतवार, चैत्र २५, २०७४ साल
    बुटवल, २५ चैत : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।  आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।  सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु..
    Results 1566: You are at page 43 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast