मंगलवार, भाद्र ३, २०७६

    सावधान

    सोलुखुम्बु बागमको एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

    आईतवार, पौष २, २०७४ साल
    सल्लेरी, २ पुस । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट..

    अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका १० ट्याक्टर नियन्त्रणमा

    शुक्रबार, मंसिर २९, २०७४ साल
    दाङ, मंसिर २९ । दाङको तुल्सीपुर उपमहानगरपालिकाका पातुखोला र भमके खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी संकलन गरिरहेका १० वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नदीजन्य वस्तु उत्खननका लागि ठेक्का नभएको भमकेखोला र पातुखोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट आएका ती ट्याक्टरहरुलाई गिट्टी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको डि एस पी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।  पक्राउ गरिएकाहरु माथि थप अनुसन्धान गरी जिल्ला समन्वय समितिमा पठाइने..

    सिलिण्डर ग्यास पड्कँदा आगलागी, १२ लाख बढीको क्षति

    बिहिवार, मंसिर २८, २०७४ साल
    झापा, मंसिर २८ ।  झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको..

    धादिङको गजुरीमा ३० किलो गाँजासहित दुईजना पक्राउ

    बिहिवार, मंसिर २८, २०७४ साल
    धादिङ, मंसिर २८ ।  धादिङको गजुरी गाउँपालिका–१ स्थित गजुरी बजारबाट आज विहान ३० केजी गाँजासहित दुई पक्राउ परेका छन ।  काठमाडौंबाट विरगंजतर्फ जाँदै गरेको ना२ख ७३११ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । पक्राउ पर्नेमा ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ । सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा..

    आगलागीमा परी इलाममा एक महिलाको मृत्यु

    बिहिवार, मंसिर २८, २०७४ साल
    इलाम, २८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रातको समयमा घरमा बालिएको..

    पाल्पामा बसले किच्दा नाबालकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

    बुधबार, मंसिर २७, २०७४ साल
    पाल्पा, २७ मंसिर । पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५-६ बर्षका दाई साथीसंग..

    फिस्लिङ बस दुर्घटनामा बेपत्ता तीनको शव फेला, मृतकको संख्या १० पुग्यो

    मंगलवार, मंसिर २६, २०७४ साल
    चितवन, २६ मंसिर । यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा..

    उदयपुरको बेलका तथा बेलकातरी क्षेत्रमा हात्तीको उपद्रो बढ्यो

    मंगलवार, मंसिर २६, २०७४ साल
    उदयपुर, २६ मंसिर । एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका क्षेत्रमा प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र बिगार गर्न थालेपछि स्थानीयवासी निकै त्रसित हुन पुगेको कुरा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।  अहिले एक..

    टोखाको फर्निचर उद्योगमा आगलागी, एक करोडको धनमाल नष्ट

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।  बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक..

    वनस्थली चोकमा भएको सडक दुर्घटनामा एकको मृत्यु, दुइजना घाइते

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।  गएराति बा ६६ प ४८५६ नं को मोटरसाइकल बा ८ च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा २ ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।  सोही..

    सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति

    मंगलवार, मंसिर २६, २०७४ साल
    राजविराज, २६ मंसिर ।  सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।  महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा..

    नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकजनाको मृत्यु

    सोमबार, मंसिर २५, २०७४ साल
    नुवाकोट, २५ मंसिर  ।  नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  श्रेष्ठले चलाएको बा २८ प २१९४ नंं को..

    डडेल्धुरामा मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन, केहि ठाउँमा अवरोध

    शुक्रबार, मंसिर २२, २०७४ साल
    डडेल्धुरा, २२ मसिंर ।  डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका..

    सोलुखुम्बुमा ट्राक्टर दुर्घटना हुँदा एकको मृत्यु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    सोलुखुम्बु, २२ मंसिर । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्राक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए ।  ट्राक्टरमा रहेका सहचालकले भने हामफालेर ज्यान जोगाएको जनाइएको छ ।  -रासस ..

    रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  दुर्घटनामा परी सहचालक सोही ठाउँका १५ वर्षीय टीकाराम परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम..

    त्रियुगा नगरपालिकामा पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव फेला

    शुक्रबार, मंसिर २२, २०७४ साल
    उदयपुर, २२ मंसिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।  प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए ।  तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म पनि राईको शब खोजी गर्ने क्रममा नभेटिएपछि..

    जाजरकोटमा घाँस काट्दै गर्दा लडेर एकजनाको मृत्यु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    जाजरकोट, २२ मंसिर । जाजरकोटको छेडागाड नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ ।  घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिए । करिव ५० मिटर तल भिरमा खस्दा उनको मृत्यु भएको हो ।  -रासस..

    दोलखामा ५.२ रिक्टरको परकम्प, ठूलो धक्का महसुश

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।  आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको जनाइएको छ ।  वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा..

    राजविराजमा निर्वाचन बिथोल्ने तीनजना पक्राउ, अनुसन्धान कार्य शुरु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    राजविराज, २२ मंसिर । बिहीबार सम्पन्न भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उच्छृङ्खल क्रियाकलाप गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । राजविराजस्थित निमावि केन्द्र नं ६ मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र लिई च्यातेर फ्याँक्ने ३० वर्षीय लालु साहलाई प्रहरीले पक्राउ गरेको छ ।  त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित लोनियाँ स्वास्थ्य केन्द्रको मतदान केन्द्रमा निर्वाचन बिथोल्ने र होेहल्ला गर्ने २५ वर्षीय सुशीलकुमार..

    लमजुङमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, चार घाइते

    शुक्रबार, मंसिर २२, २०७४ साल
    लमजुङ, २२ मंसिर । सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंबरको को माइक्रोबस बेसीशहर बजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।  दुर्घटनामा अन्य चारजना घाइते..

    चितवनमा बसको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    चितवन, २२ मंसिर । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।  गए राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु..

    दाङमा मतपेटिकाको सुरक्षार्थ प्रहरीद्वारा हवाई फायर

    शुक्रबार, मंसिर २२, २०७४ साल
    दाङ, २२ मंसिर ।  स्थानीय अरनिको मैदानमा हिजो बेलुका प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।  सो मैदानभित्र मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्ति प्रहरीलाई हातपात गरी जबरजस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए । प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएको छ ।  अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् । तुलसीपुर..

    बनेपा नगरपालिकामा महिलाको शव भेटियो

    बिहिवार, मंसिर २१, २०७४ साल
    काभ्रे, मंसिर २१ । काभ्रेपलाञ्चोकमा आज एक महिलाको शव भेटिएको छ ।  बनेपा नगरपालिका– २ की ३६ वर्षीया संगिता घिमिरेको शव सोही नगरपालिका– १३ स्थित धनेश्वर जंगलमा भेटिएको बनेपा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।  घिमिरे गत मंसिर १२ गतेदेखि हराइरहेकी थिइन् । उनको घरपरिवारले खोजीका लागि बनेपा पहरी चौकीमा निवेदन दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको शाहले..

    राजधानीमा विस्फोटका घटनामा संलग्न छजना पक्राउ

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर  । नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।  उपत्यकाका विभिन्न स्थानमा..

    कञ्चनपुरमा एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् ।  उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पु¥याई मतदान गराएका छन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताइन्  । “देशमा शान्ति आउनुपर्छ गरिब..

    बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन जना घाइते

    बिहिवार, मंसिर २१, २०७४ साल
    भक्तपुर, २१ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले..

    स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत पक्राउ

    बिहिवार, मंसिर २१, २०७४ साल
    जनकपुरधाम, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ । ..

    खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

    बिहिवार, मंसिर २१, २०७४ साल
    खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् ।  चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मारेको रोइलाको भनाइ छ ।  रोइलासँगै स्थानीय..

    सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

    बिहिवार, मंसिर २१, २०७४ साल
    बैतडी, २१ मंसिर ।  बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब..

    चितवनमा नक्कली बम आतंक, करिब एक दर्जन ठाउँमा शंकास्पद वस्तु फेला

    बुधबार, मंसिर २०, २०७४ साल
    चितवन, २० मंसिर ।  निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् ।  बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने , “सबै नक्कली मात्रै भेटिएका छन् ।”  उनका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही..
    Results 1388: You are at page 42 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast