सोमबार, कार्तिक ४, २०७६

    सावधान

    लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

    शुक्रबार, आषाढ १५, २०७५ साल
    भक्तपुर, १५ असार  महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।  चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका..

    सशस्त्र प्रहरीद्वारा महोत्तरीबाट १० किलो रक्तचन्दनसहित एक पक्राउ

    बिहिवार, आषाढ १४, २०७५ साल
    गौशाला, १४ असार  सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट बिहिबार बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ । भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म..

    भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

    बिहिवार, आषाढ १४, २०७५ साल
    काँकडभिट्टा, १४ असार  झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।  मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी..

    भिरमा दुम्सीको दुलामा पसेका ४ बेहोस, १ को अवस्था अज्ञात

    बिहिवार, आषाढ १४, २०७५ साल
    संखुवासभा, १४ असार  संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा बिहिबार बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।  सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।  हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले..

    नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने व्यक्ति पक्राउ

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष..

    सतर्क ! कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।  कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ ।  कुकुरको एक ग्राम..

    पहिरोमा परी एकै घरका ३ को मृत्यु, वर्षापछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

    मंगलवार, आषाढ १२, २०७५ साल
    बागलुङ, १२ असार  भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।  बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला..

    सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    सोमबार, आषाढ ११, २०७५ साल
    इनरुवा, ११ असार  सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।  मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भैंसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो ।  हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका..

    खोलामा भाँडा धुन गएका बेला बालिकालाई सामूहिक बलात्कार गरेको आरोप

    सोमबार, आषाढ ११, २०७५ साल
    गौशाला, ११ असार  महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।  इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।  प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय..

    प्रहरीद्वारा चेलीबेटी बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार : महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।  प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो ।  प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै..

    बालविवाह जस्तो कुरीतिले जरो गाड्न थालेपछि स्थानीय सरकार न्यूनीकरणको अभियानमा

    आईतवार, आषाढ १०, २०७५ साल
    जाजरकोट, १० असार  बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ ।  बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताए ।  चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ । महिला तथा बालबालिका कार्यालयमा बालविवाहका कारण कुटपिट, खान, लाउन नपाएकोलगायत घरेलु हिंसाका एक सय उजुरी..

    खेतमा चट्याङ लागेर साँझ एक महिलाको मृत्यु, अर्की घाइते

    आईतवार, आषाढ १०, २०७५ साल
    राजविराज, १० असार   सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो ।  यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ..

    व्यापारिहरुको चरम लापरबाही ! बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

    शुक्रबार, आषाढ ८, २०७५ साल
    जाजरकोट, ८ असार  जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ ।  म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला..

    अवैधरूपमा सञ्चालित ढुंगाखानी कानूनी दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धि हुने

    बिहिवार, आषाढ ७, २०७५ साल
    फलेवास, पर्वत, ७ असार स्थानीय जलजला गाउँपालिकाले अनुमति नलिइ सञ्चालित ढुंगाखानीलाई कानूनी दायरमा ल्याउन पहल गर्ने भएको छ ।  अवैधरूपमा सञ्चालित ढुंगाखानीलाई अनुमति दिएर करको दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धिका साथै व्यवस्थितरूपमा खानी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।  जलजलाको माँझफाँट, लेकफाँट, बाँसखर्क र बनौललगायतमा दर्जनौँ ढुंगाखानी छन् । अवैधरूपले सञ्चालन भइरहेका ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गराएपछि उपयुक्तलाई..

    जग्गासम्बन्धी सामान्य विवादलाई लिएर खुकुरी प्रहार गरी दाइद्वारा भाइको हत्या

    बिहिवार, आषाढ ७, २०७५ साल
    रुकुम, ७ असार   रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको बिहिबार बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।  जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी..

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते

    बुधबार, आषाढ ६, २०७५ साल
    राजविराज, ६ असार  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा बुधबार ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।  त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी..

    लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि टिपर चालक जेल चलान

    मंगलवार, आषाढ ५, २०७५ साल
    भक्तपुर, ५ असार  तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।  जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।  गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौँ तर्फ आइरहेको बा ३..

    हिमाली जिल्ला डोल्पाको यार्सापाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या

    सोमबार, आषाढ ४, २०७५ साल
    दुनै, डोल्पा, ४ असार  हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ ।  डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।  गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर..

    प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि तराई जिल्लामा सर्पको बिगबिगी, ४२ को उपचार

    आईतवार, आषाढ ३, २०७५ साल
    बर्दिवास, ३ असार  प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो ।  जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की..

    मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा २ को मृत्यु

    आईतवार, आषाढ ३, २०७५ साल
    रत्ननगर, चितवन ३ असार  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आईतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प..

    सहयात्री कृषि सहकारी संस्थाका अध्यक्ष यसमाली ठगी गरेर फरार भएको एक वर्षपछि पक्राउ !

    शुक्रबार, आषाढ १, २०७५ साल
    धनकुटा, १ असार रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  धनकुटा नगरपालिका–७ स्थायी..

    छोरीको जन्मदिनको बहाना बनाएर ससुराद्वारा ज्वाइँको निर्मम हत्या !

    शुक्रबार, आषाढ १, २०७५ साल
    राजविराज, १ असार  सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताए ।  दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको..

    दमक नगरपालिकाका नगर प्रमुख ओलीको सवार गाडीमा लक्षितगरी राखिएको बम निष्क्रिय

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    दमक, ३१ जेठ  झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहिबार विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।  दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको..

    डरधम्की देखाइ बाध्य बनाएर सेवाग्राहीबाट घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ३१  जेठ सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् ।  कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् ।  उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत..

    होसियार ! ठेक्काको काम जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    बनेपा, ३१ जेठ  ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ ।  जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईले २०७३ वैशाख २० गते योजना..

    सिमेन्ट बोकेको ट्रक दुर्घटनामा गम्भीर घाइते चालकको मृत्यु

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    दमौली, तनहुँ, ३० जेठ  पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बुधबार बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि..

    भक्तपुरबाट अवैध लागुऔषधसहित चारजना युवती पक्राउ !

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    भक्तपुर, २९ जेठ महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त..

    चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठगी गर्ने ४ युवक पक्राउ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    पर्सा, २९ जेठ  चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी मंगलबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।  चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो ।  वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र..

    अवैधरुपमा खेलाइएको जुवा-खालबाट प्रहरीद्वारा नगदसहित १२ जना पक्राउ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    दमौली, तनहुँ, २९ जेठ  तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले..

    प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोवारमा संलग्न ३ पक्राउ

    सोमबार, जेष्ठ २८, २०७५ साल
    धनकुटा, २८ जेठ  प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।  पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ कुवापानीका २५ वर्षीय सुमन तामाङ, वडा नं ५ का २६..
    Results 1588: You are at page 40 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast