शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    बैतडी, १३ कात्तिक यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र..

    घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    सप्तरी, १३ कात्तिक बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजयलाई पक्राउ गरेको जनाएको छ । श्रीलाल, उनका छोरा र गाउँकै केही युवाले..

    लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक  देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।   आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार..

    खैरहनीबाट २० जुवाडे पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    भरतपुर, ११ कात्तिक पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु..

    पटका पड्काउँदै हिँडेका सातजना पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    गुल्मी, १० कात्तिक  गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ।   तम्घासको बसपार्क एरिया, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको  प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।   खड्काले..

    राति १० बजेपछि देउसीभैलो खेल्नेलाई हुनेछ यस्तो कारवाही

    आईतवार, कार्तिक १०, २०७६ साल
    काठमाडौं, १० कात्तिक सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । त्यसका लागि सरकारले देशभरका स्थानीय प्रशासन कार्यालयहरुलाई उर्दी जारी गरेर राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी भैलोमा रोक लगाउन आग्रह गरेको छ ।   गृह मन्त्रालयले स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने चेतावनी दिएको छ । देउसीभैलो लगायतका कार्यक्रममा अरुलाई..

    चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते

    शनिबार, कार्तिक ९, २०७६ साल
    मुग्लिन, ९ कात्तिक चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा  गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् । बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।     उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन..

    देउसी भैलो राति १० बजेसम्म, सुरक्षा निकायलाई यस्तो निर्देशन !

    शनिबार, कार्तिक ९, २०७६ साल
    विराटनगर, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक..

    अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भक्तपुर, ८ कात्तिक  भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।  म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको सल्लाघारीमा भएको अनुगमनमा पटकपटक निर्देशन दिँदा पनि दर्ता नगर्ने सल्लाघारी पराठा हाउसमा माइक्रोओभन एक थान जफत गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी..

    तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भक्तपुर, ८ कात्तिक ।   उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ ।    खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र बिना प्याकेजिङ सामानमा लेबल राख्ने, लेबल बिना सामग्री..

    घुस लिएको अभियोगमा मुद्दा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले..

    अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।    यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,..

    खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।   सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै..

    घुस लिएको आरोपमा समातिए प्रहरी

    बुधबार, कार्तिक ६, २०७६ साल
    भीमदत्तनगर, ६ कात्तिक कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् । यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता..

    चाबहिलस्थित मुल सडकै घर भत्कियो, मान्छे पुरिएको आशंका

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको घर भत्किएको छ ।  बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए ।   ..

    बाघको छालासहित दुई जना पक्राउ

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो..

    तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ ।   त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शङ्कास्पद..

    सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा सीमा नाकाबाट पटका भित्रिदै

    मंगलवार, कार्तिक ५, २०७६ साल
    वीरगञ्ज, ५ कात्तिक ।   हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।    नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।   तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ ।..

    बाटो खन्ने क्रममा डोजरले महिलालाई उधिनेर फाल्ने चालक पक्राउ

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक  बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालक पक्राउ परेका छन् । डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए..

    चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा माग

    मंगलवार, कार्तिक ५, २०७६ साल
    दमौली, ५ कात्तिक ।   तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन..

    बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई आज काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा..

    चितवन मेडिकल कजेल तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी, १ महिलासहित ११ जना पक्राउ

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक  आइतबार चितवन मेडिकल कजेल तोडफोड गरेको आरोपमा प्रहरीले १ महिलासहित ११ जनालाई पक्राउ गरेको छ ।   पक्राउ परेकाहरुविरुद्ध सोमबार कलेजले जाहेरी दिएको छ । उनीहरुको जाहेरी आएपछि प्रहरीले थप अनुसन्धान गरेर कारबाही गर्ने तयारी गरेको छ । अहिले प्रहरीले पक्राउ परेका ११ जना विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको छ ।  क्षतिको परिमाणको आधारमा उनीहरुलाई सांगठनिक अपराधमा समेत मुद्दा..

    नक्कली नोट छाप्ने उपकरणसहित ३ जना पक्राउ

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो ।  घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका..

    १८ जुवाडे पक्राउ, चाडपर्वको समयमा थप कडाई

    सोमबार, कार्तिक ४, २०७६ साल
    कावासोती, ४ कात्तिक जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ..

    टोखाबाट दुई लाख नगदसहित जुवाडे पक्राउ

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौँ, ३ कात्तिक    महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो ।    वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको ‘कर्डन एण्ड सर्च..

    घुससहित दुई जना अख्तियारको नियन्त्रणमा

    आईतवार, कार्तिक ३, २०७६ साल
    कास्की, ३ कात्तिक  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आज दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालय लेखनाथका खरीदार फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेल र लेखापढी व्यवसायी भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो । जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा..

    नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौँ, ३ कात्तिक   नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । आज अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।   उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका..

    ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौँ, ३ कात्तिक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई पक्राउ गरी थप कारवाहीका लागि आज जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि फरार रहेकामध्ये काभ्रेपलाञ्चोकका लामालाई महाशाखाको टोलीले यही..

    सांसद आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौँ, ३ कात्तिक बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ । स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले आलमलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  प्रहरीले सात दिनको थप म्याद मागेको भए..

    उपत्यकामा दशैँको समयमा १० को मृत्यु, ३५० सवारी दुर्घटना

    शनिबार, कार्तिक २, २०७६ साल
    काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।   महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताउनुभयो ।..
    Results 1699: You are at page 4 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast