मंगलवार, भाद्र ३, २०७६

    सावधान

    बलात्कारको आरोपमा चारजना पक्राउ, पक्राउ परेका सबैलाई जबर्जस्ती करणीको मुद्दा लगाइने

    बिहिवार, चैत्र १, २०७४ साल
    उर्लाबारी, मोरङ, १ चैत बलात्कार गरेको आरोपमा प्रहरीले बिहिबार चार जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक..

    बालिका बलात्कारको अभियोगमा युवक पक्राउ, चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीको भनाई

    बुधबार, फागुन ३०, २०७४ साल
    गुल्मी, ३० फागुन बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ । आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की छ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के..

    चितवनको भरतपुर महानगरपालिकामा अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

    बुधबार, फागुन ३०, २०७४ साल
    रत्ननगर, चितवन, ३० फागुन ।  महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए  ।  सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी..

    सिरहास्थित सुखीपुर नगरपालिकामा आगलागी, आगोलागीबाट ३ वटा पसल नष्ट

    बुधबार, फागुन ३०, २०७४ साल
      लहान, ३० फागुन ।  सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।  आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय, सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले जानकारी दिए  ।  गुद्री बजारस्थित उपेन्द्र साहको किराना पसलबाट अचानक शुरु..

    ममताप्रसाद चौधरी माथि आक्रमण गरेको आशंकामा तीन पक्राउ, बुधबार सम्ममा पहिचान भइसक्ने

    मंगलवार, फागुन २९, २०७४ साल
    धनगढी, २९ फागुन कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए । ‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने – आक्रमणकारी मंगलबार बेलुका वा बुधबार सम्ममा पहिचान भइसक्छन्..

    दुर्घटनामा दुई कर्मचारीको मृत्यु, चारजना घाइते

    मंगलवार, फागुन २९, २०७४ साल
    धनकुटा, २९ फागुन ।  धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर आज दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।  साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ न. को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।  मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका..

    खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा आगोलागी, आगलागीबाट पन्ध्र लाखको क्षति

    मंगलवार, फागुन २९, २०७४ साल
    खोटाङ, २९ फागुन  ।  भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।  घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएको नगद रु ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैँंची, अन्नपात, लत्ताकपडा, भाँडाकुडा..

    पर्वतस्थित जलजला गाउँपालिकाका अध्यक्षको घरमा बम फेला पर्यो

    मंगलवार, फागुन २९, २०७४ साल
    फलेवास, पर्वत, २९ फागुन ।  जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ ।  कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो । गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो ।  उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ ।..

    बसले किच्दा महिलाको मृत्यु, बस चालक देव विसीलाई पक्राउ

    आईतवार, फागुन २७, २०७४ साल
    सुर्खेत, २७ फागुन  ।  जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए । जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका..

    मोरङमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

    आईतवार, फागुन २७, २०७४ साल
    उर्लाबारी, मोरङ, २७ फागुन : मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ..

    ललितपुर महानगरपालिकाका भित्री भागमा आगलागीको उच्च जोखिम

    बुधबार, फागुन २३, २०७४ साल
    ललितपुर, २३ फागुन ।  महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् ।  नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए  । उनी  भन्छन् , “जति नजिकबाट हान्यो त्यति तीव्र गतिमा पानी लाग्छ ।”  बाटाबाट टाढा हुँदा पाइप मिलाएर..

    कञ्चनपुरको भीमदत्त नगरमा भारतीय जिपको ठक्करबाट एकको मृत्यु

    शुक्रबार, फागुन १८, २०७४ साल
    भीमदत्तनगर, १८ फागुन ।  भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ ।  गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ । मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन् । ..

    बाँकेमा आफ्नै श्रीमतीले गरिन् घरेलु हिंसक श्रीमानको विष खुवाएर हत्या

    शुक्रबार, फागुन १८, २०७४ साल
    खजुरा, बाँके, १८ फागुन।  बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई  आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।  बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो ।  बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर..

    फागुका दिन पौडी खेल्न जाँदा नारायणीमा डुबेर बेपत्ता

    शुक्रबार, फागुन १८, २०७४ साल
    चितवन, १८ फागुन : फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।  भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले..

    गुल्मीमा भेटियो रु ५०० को नक्कली नोट

    मंगलवार, फागुन १५, २०७४ साल
      गुल्मी, १५ फागुन ।  गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।  सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए  ।  फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा..

    एनआइइसीलाई आगलागीबाट करिब रु ५० लाखको क्षति

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन  ।  पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ ।  महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौ  तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन..

    राजधानीको पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन  ।  पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।  उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।  अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ ।  घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय..

    चितवनमा आफुलाई 'प्रहरी हुँ' भन्दै लुट्ने दुईजना पक्राउ

    शुक्रबार, फागुन ११, २०७४ साल
    चितवन, ११ फागुन ।  आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो..

    झापाको लक्ष्मीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    शुक्रबार, फागुन ११, २०७४ साल
    सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,..

    सिरहाको लहानमा प्रेसर कुकर बम विष्फोट

    बिहिवार, फागुन १०, २०७४ साल
    लहान, १० फागुन ।  लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।  बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।  उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।   ..

    वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी आले मारिए

    बुधबार, फागुन ९, २०७४ साल
    बुटवल, ९ फागुन : गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् ।  रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख..

    सेनाद्वारा बम निष्क्रिय, विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका

    मंगलवार, फागुन ८, २०७४ साल
    बागलुङ, ८ फागुन : बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । बम कसले..

    कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा जंगली हात्तीले २१ घर भत्काए

    सोमबार, फागुन ७, २०७४ साल
    भीमदत्तनगर, ७ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।  राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ..

    दाङमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    बिहिवार, फागुन ३, २०७४ साल
    दाङ, ३ फागुन ।  दाङको लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।  विहीबार दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना ६ ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा ४ प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।  मृत्यु हुनेमा लमही नगरपालिका–६..

    भक्तपुर सूर्यविनायकको गुण्डुमा बाघले खायो बच्चा

    मंगलवार, फागुन १, २०७४ साल
    भक्तपुर, १ फागुन ।  सूर्यविनायक  नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।  सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ ।  पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको..

    लहानमा नेपाली तथा भारतीय 'नक्कली रुपैयाँ' सहित दुई युवक पक्राउ

    सोमबार, माघ २९, २०७४ साल
    लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा..

    म्याग्दीको बैसरीमा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

    आईतवार, माघ २८, २०७४ साल
    म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।  जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला..

    भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख मूल्यबराबरको क्षति

    आईतवार, माघ २८, २०७४ साल
    भक्तपुर, २८ माघ । भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।  आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल..

    सिँचाइ मन्त्रालयका सचिव चढेको जीप त्रिशूलीमा खस्यो, सचिव रामानन्द यादव मृत अवस्थामा भेटिए

    शनिबार, माघ २७, २०७४ साल
    धादिङ, २७ माघ : नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शनिबार बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका थिए । जसमा सचिव मृत अवस्थामा भेटिए भने अन्य २ जना अझै बेपत्ता छन् ।  नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र..

    लागुऔषध मुद्दामा एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ (रासस)। लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।  विहीबार महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए ।   अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।  सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए ।..
    Results 1388: You are at page 39 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast