शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    इन्द्रावती गाउँपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

    आईतवार, असोज ७, २०७५ साल
    मेलम्ची, ७ असोज  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । यही असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन..

    कर्मचारीले मिलेर खाइदिए मेलम्चीको ३४० बोरा सिमेन्ट, कारवाही गर्न निर्देशन

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएकि छन् ।  मन्त्री मगरले शनिबार एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।  मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट..

    अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपालीसहित तीनको हत्या

    शनिबार, असोज ६, २०७५ साल
    वाशिङ्टन, डिसी, ६ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।  एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन..

    विद्यालयको अनुमतिपत्र दिन घुस लिएको अभियोगमा २ जना पक्राउ

    बिहिवार, असोज ४, २०७५ साल
    पर्सा, ४ असोज  विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले बिहिबार वीरगञ्जबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।  फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग..

    सुनसरीमा दिउँसै गोली चल्यो, विद्यालयका अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

    बिहिवार, असोज ४, २०७५ साल
    इनरुवा, ४ असोज  सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा बिहिबार भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएको छ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ ।  बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उनको टाउको र छातीमा गोली..

    अछाममा ६ महिने बालकको तेजाब खन्याएर हत्या, अनुसन्धान भइरहेको जानकारी

    बिहिवार, असोज ४, २०७५ साल
    अछाम, ४ असोज  अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।  यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल..

    प्रहरीद्वारा २५ सय बोट गाँजा नष्ट, जिल्लामा शुरु गरिएको घरेलु मदिरा नियन्त्रण

    बिहिवार, असोज ४, २०७५ साल
    मेलम्ची, ४ असोज  लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ । पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो ।  अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको उक्त कार्यालयले जिल्लाको ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गरी करिव २५ सय गाँजाका बोट नष्ट गरिएकामा ठूलोपाखरमा एक..

    मदिरा सेवनबाट मलेसियामा मृत्यु भएका कामदारहरुको पहिचान खुल्यो [विवरण सहित]

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु अझै उपचाररत छन् । विषाक्त मदिरा सेवनपछि उनीहरुको मृत्यु भएको दूतावासले जनाएको छ। मृत्यु हुनेहरुमा बसेरी-३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव,अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी,..

    प्रहरीद्वारा लागूऔषधसहित ३ पक्राउ, फरार २ अभियुक्त समातिए

    मंगलवार, असोज २, २०७५ साल
    दमौली, २ असोज  प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।..

    पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको अक्रमणबाट महिलाको मृत्यु

    सोमबार, असोज १, २०७५ साल
    पर्सा, १ असोज  पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।  पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब..

    पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा आएपछि स्थानीय त्रसित

    आईतवार, भाद्र ३१, २०७५ साल
    चितवन, ३१ भदौ   पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा आएपछि स्थानीय त्रसित भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले १५ दिनअघिबाट माडी क्षेत्रमा पसेको हात्तीको बथानले स्थानीय त्रसित भएको बताए ।  उनका अनुसार गए राति पनि माडी नगरपालिका–७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको छ । हात्ती रातको समयमा बस्ती पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गर्दछ ।..

    नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार, विद्यालय भवन बगाएपछि पठनपाठन प्रभावित

    आईतवार, भाद्र ३१, २०७५ साल
    बेनी, ३१ भदौ ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ ।  बाढीको असर केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा..

    जंगलमा तपस्या बसेर चर्चामा आएका बम्जनमाथि लाग्यो बलात्कारको आरोप

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौं, ३० भदौं  बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनलाई एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी छिन् । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै..

    काँडाघारी र कोटेश्वरबाट ९ प्रहरी तथा २ असई घुस रकमसहित अख्तियारको फन्दामा

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौं, ३० भदौ  अख्तियार आयोगले राजधानीको कोटेश्वर र काँडाघारीबाट मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै घुस लिएकालाई अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारी नियन्त्रणमा लिएको छ ।  आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको बताईएको छ ।  घुस रकमसहित अख्तियारको फन्दामा पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक..

    भक्तपुरमा चालक अनुमतिपत्रको ट्रायल उत्तीर्ण गराइदिन्छु भन्दै रकम माग्ने पक्राउ

    शुक्रबार, भाद्र २९, २०७५ साल
    भक्तपुर, २९ भदौ : महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको..

    धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द, अन्तिम अवस्थामा अस्पताल

    शुक्रबार, भाद्र २९, २०७५ साल
    तुलसीपुर, २९ भदौ  अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोडेकि छन् ।  आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आए । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास..

    गोरखामा नक्कली नोटको बिगबिगी, प्रशासनद्वारा सतर्कता अपनाउन निर्देशन

    शुक्रबार, भाद्र २९, २०७५ साल
    गोरखा, २९ भदौ जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिए । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा..

    कालीगण्डकी नदीमा आएको बाढीका कारण जलजलाका २ सय घर उच्च जोखिममा

    शुक्रबार, भाद्र २९, २०७५ साल
    पर्वत, २९ भदौ  कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।  गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।  म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि..

    अख्तियारद्वारा प्रहरी इञ्चार्ज यादव घुससहित रङ्गेहात पक्राउ, कारवाहीका लागि राजधानीमा

    बिहिवार, भाद्र २८, २०७५ साल
    गौशाला, २८ भदौ   महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।  तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस..

    बैतडीमा आत्महत्या गर्ने बढ्दो, विज्ञहरु बताउछन् - सचेतना कार्यक्रम गर्न आवश्यक

    बिहिवार, भाद्र २८, २०७५ साल
    बैतडी, २८ भदौ  यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ । आर्थिक वर्ष २०७१-७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२-७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३-७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा..

    रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन नै बगायो, बेनी बजार जोखिममा

    बिहिवार, भाद्र २८, २०७५ साल
    म्याग्दी, २८ भदौ : रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ ।  छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।  सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन..

    बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या, व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी छैन

    बुधबार, भाद्र २७, २०७५ साल
    बर्दिया, २७ भदौ  बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।  बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका..

    भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ब्रोइलर कुखुरा बरामद

    बुधबार, भाद्र २७, २०७५ साल
    नेपालगञ्ज, २७ भदौ  भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले बुधवार बिहान नेपालगञ्जबाट बरामद गरेको छ ।  प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन चेकपोष्ट नेपालगञ्जलाई बुझाएको छ । ती चल्ला आजै नष्ट गरिएको पशु क्वारेण्टाइन कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख..

    असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टरको भूकम्पको धक्का पूर्वी नेपालमा

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  पूर्वी नेपालका केही जिल्लामा बुधबार बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।  उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले..

    मानव ओसारपसारका घटना बढ्दै, विवाहित भन्दा अविवाहित बढी प्रभावित, मुद्दामा फैसला कम

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ    नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ ।    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।    शाखाका अनुसार आव २०६८-६९ देखि आव २०७४-७५..

    जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठको ४० रोपनी जग्गा पास, अधिकृतसहित ३ पक्राउ

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौं, २६ भदौ  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीद्वारा जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोगमा नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई  पक्राउ गरेको छ ।  चन्दन विष्ठ कायस्थको नाममा रहेको ४० रोपनी जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्‍याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त..

    नयाँ मुलुकी ऐन कार्यान्वयनसँगै श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि

    सोमबार, भाद्र २५, २०७५ साल
    भोजपुर, २५ भदौ  नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । छवटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।  भदौ महिनामा सम्बन्धविच्छेदका १० वटा दर्ता भएकामा छ वटा पुरुषले दर्ता..

    सुन तस्करीका अभियुक्त सार्वजनिक, तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुखको जानकारी

    सोमबार, भाद्र २५, २०७५ साल
    गोरखा, २५ भदौ  अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार..

    दुर्घटनामा १ को मृत्यु, २ घाइते, दानव नदीमा महिलाको शव फेला

    सोमबार, भाद्र २५, २०७५ साल
    सल्यान, २५ भदौ  सोमबार बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका..

    विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी

    सोमबार, भाद्र २५, २०७५ साल
    नवलपरासी, २५ भदौ  विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।  विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।  प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप..
    Results 1699: You are at page 38 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast