सोमबार, कार्तिक ४, २०७६

    सावधान

    विद्यालय जान हिँडेका बालक चोकबाटै बेपत्ता, खोजतलाश व्यापक रुपमा भइरहेको जानकारी

    मंगलवार, भाद्र १२, २०७५ साल
    गौशाला, १२ भदौ  विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन् ।  बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय..

    सप्तकोशी नदीमा आएको बाढीबाट सप्तरीको ५ सय घर डुबानमा, उद्धार भैसकेको जानकारी

    मंगलवार, भाद्र १२, २०७५ साल
    राजविराज, १२ भदौ  गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ ।  कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ ।  बाढीले झण्डै..

    मस्र्याङ्दी नदीको बाढीबाट बेशीसहर सडक भासियो, निरन्तर कटानपछि बस्ती जोखिममा

    सोमबार, भाद्र ११, २०७५ साल
    मनाङ, ११ भदौ  मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बेशीसहर सडक भासिएको छ ।  पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद..

    गौर नगरपालिकाको लालबकैया नदीमा डुङ्गा दुर्घटना : २ को शव फेला, ३ जना अझै वेपत्ता

    आईतवार, भाद्र १०, २०७५ साल
    गौर, १० भदौ  डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् ।  गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ ।  डुङ्गा डुबेपछि..

    सुस्तामा भारतीय पक्षद्वारा पुनः जबरजस्ती ! विवादित भूमिमा बाटो निर्माणको प्रयास

    आईतवार, भाद्र १०, २०७५ साल
    नवलपरासी, १० भदौ  सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।  विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।  विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति..

    गाईभैंसी चराउन जादा माडी नगरपालिकामा बाघको आक्रमणबाट १ को मृत्यु

    शुक्रबार, भाद्र ८, २०७५ साल
    चितवन, ८ भदौ  माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभैंसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए ।  वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा शुक्रबार बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी..

    आफ्नै घरको कोठामा नयाँ दम्पती श्रीमान–श्रीमतीद्वारा आत्महत्या

    शुक्रबार, भाद्र ८, २०७५ साल
    भीमदत्तनगर, ८ भदौ  कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर शुक्रबार आत्महत्या गरेका छन् ।  आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।  घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्श्री-मती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु..

    बैतडीको दोगडाकेदार गाउँपालिकामा डेढसय घर जोखिममा, अहिलेसम्म ९ को मृत्यु

    शुक्रबार, भाद्र ८, २०७५ साल
    बैतडी, ८ भदौ   बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ ।  विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा परेका छन् । पहिरोले बस्तीका..

    कञ्चनपुरमा आन्दोलन चर्कियो : प्रहरीको गोली लागेर ४ जना घाइते, अनिश्चितकालका लागि कर्फ्यू

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ  निर्मला पन्तको बलात्कार गरि हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दे कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरी र प्रदर्शनकाबीच झडप हुँदा २ जना प्रहरीसहित ८ जना घाइते भएका छन् । ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा च्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको..

    निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुर्याउनुपर्ने अवस्था, बाघको सङ्ख्या दोब्बर भएको अनुमान

    बिहिवार, भाद्र ७, २०७५ साल
    वीरगञ्ज, ७ भदौ  पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुर्याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो ।  सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार..

    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट चोरीको गाडीसहित सामान नियन्त्रणमा

    बिहिवार, भाद्र ७, २०७५ साल
    गौशाला, ७ भदौ   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो..

    म्याग्दीको धवलागिरि गाउँपालिकाका ११ घर पहिरोको जोखिममा

    बिहिवार, भाद्र ७, २०७५ साल
    म्याग्दी, ७ भदौ  म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।  खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताए ।  निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताए..

    भन्सार छलि भित्र्याएको करीब १० लाख बराबरको कपडा र भाँडा बरामद

    बुधबार, भाद्र ६, २०७५ साल
    पर्सा, ६ भदौ  पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ ।  सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो ।  भारतबाट अवैध रुपमा भित्र्याइएको विभिन्न किसिमको कपडा..

    भीमदत्तनगर बुधबार पनि तनावग्रस्त, प्रहरीद्वारा दुई सेल अश्रुग्यास प्रहार

    बुधबार, भाद्र ६, २०७५ साल
    कञ्चनपुर, ६ भदौ कञ्चनपुर सदरमुकाम भीमदत्तनगर बुधबार पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ ।  भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले..

    महोत्तरी जिल्लामा बिषालु सर्पको बिगबिगी, सर्पदंशका घटना बढ्दै

    बुधबार, भाद्र ६, २०७५ साल
    बर्दिवास, ६ भदौ   महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा बिषालु सर्पको बिगबिगी निकै बढेको छ ।  जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको..

    कञ्चनपुर हत्या काण्ड : प्रहरीले हत्यारा पत्ता नलगाएको भन्दै भीमदत्तनगर बजार बन्द

    मंगलवार, भाद्र ५, २०७५ साल
    भीमदत्तनगर, ५ भदौ  तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन् ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई..

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष : सार्वजनिक संस्थानमा मनलाग्दी सेवासुविधा

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  नेपाल टेलिकमले विगत पाँच वर्षमा रु ५६ करोड २८ लाख ६८ हजार २६५ बराबरको मासिक निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध गराएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ११ वटा सरकारी संस्थान तथा निकायमा गरेको अध्ययनका आधारमा सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार टेलिकमले तह एकदेखि प्रबन्ध निर्देशक र सञ्चालक समितिका सदस्यलाई तहगत रुपमा मासिक टेलिफोन (मोबाइल..

    भूकम्पप्रभावित जिल्लाका करीब ४ हजार घर बाढीपहिरोको जोखिममा

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित ३२ जिल्लाका तीन हजार ९७३ घर बाढी पहिरोको जोखिममा छन् ।  भूकम्प जाने वित्तिकै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भूकम्पप्रभावित क्षेत्रका ४७५ बस्ती जोखिममा रहेको बताइएको थियो । तर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा गरेको..

    कालीगण्डकी तट क्षेत्रमा कटानको जोखिम, बस्ती सँगै विकासका पूर्वाधार डुवानको चपेटामा

    सोमबार, भाद्र ४, २०७५ साल
    म्याग्दी, ४ भदौ केही वर्षयता कालीगण्डकी नदीमा बाढी आउने क्रम बढेर तटीय क्षेत्रमा कटानको जोखिम निम्तिएको छ । पानीको आयतन बढेपछि तटीय क्षेत्रका बस्ती सँगै विकासका पूर्वाधार कटान र डुवानको चपेटामा परेका हुन् । मौसम परिवर्तनका कारण मुस्ताङमा अत्यधिक वर्षा हुनु, विभिन्न ठाउँका पहिरो, सडकको ट्र्याक खोल्ने र विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा माटोको व्यवस्थापन नहुँदा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा,..

    फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत अवस्थामा भेटिए, हत्या भएको पुष्टी

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौं, भदौं ४ ।  फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको पुष्टी भएको छ ।  काठमाडौंको बबरमहलस्थित उनकै निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको अपराध महाशाखाले जनाएको हो ।   झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । ८० वर्षीय झा सुतेको कोठाको ढोका बाहिरबाट ताला लगाइएको थियो । लामो समयसम्म पनि झा बाहिर ननिस्किएको जानकारी पाएपछि प्रहरीलाई..

    बाँझो जमीन राख्नेलाई कारबाही र जरीवाना, अब यस अभियानलाई निरन्तर अघि बढाइने

    शनिबार, भाद्र २, २०७५ साल
    रत्ननगर, २ भदौ  रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए ।  उनका अनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजश्व सङ्कलन भएको छ । नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा रु ५०० का दरले जरिवाना..

    नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी

    शुक्रबार, भाद्र १, २०७५ साल
    चितवन, १ भदौ  नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो..

    काठमाडौँ उपत्यका : दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु, यस्तो रहेछ कारण !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४-७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।  “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी..

    लामाटार बस दुर्घटना : १ जनाको मृत्यु, ५८ घाइते, उपचारका लागि काठमाडौंँ ल्याईदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    नुवाकोट, ३० साउन विदुर नगरपालिका–९ लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।   म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।  हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा..

    धोविखोलामा आएको बाढी बस्तीमा पस्दा बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।  गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।  बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए..

    सरकारलाई चुनौती ! गिट्टी, बालुवा तस्करी बृद्धि, सम्बन्धित निकाय मौन भएको आरोप

    बुधबार, श्रावन ३०, २०७५ साल
    गाईघाट, उदयपुर, ३० साउन   स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।  ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र ढुङ्गा..

    वर्षासँगै आएको पहिरोले ४ घर पुरिए, ११ घर जोखिममा, भागदौडको अवस्था

    बुधबार, श्रावन ३०, २०७५ साल
    बेनी ३० साउन  म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।  रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिए पनि बिहानपख पहिरो गएकाले भागदौड गरी स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायी काशीराम पुनले जानकारी दिए । पहिरोले चार घरभित्र रहेका खाद्यान्न,..

    आफ्नै बाबुले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या

    बुधबार, श्रावन ३०, २०७५ साल
    जाजरकोट, ३० साउन  रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले बुधबार आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।  छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनको मानसिक अवस्था..

    हुम्लामा हेलिकप्टरको पंखाले लागेर १ जना भारतीय नागरिकको मृत्यु

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौं, २९ साउन  हुम्लाको सिमिकोट विमानस्थलबाट हिम्जा नाका जान उडेको मनाङ यएरको हेलिकोप्टर दुर्घटनामा परेको छ। सिमकोटबाट हुम्ला गएको हेलिकोप्टर यात्रु झार्ने समयमा दुर्घटनामा परेको हो। सुनिकोटबाट नाम्खामा ओर्लंदा उनको मृत्यु भएको हो । हेलिकप्टरलाई मानसरोवर जाने पर्यटकले प्रयोग गरिरहेका थिए । हेलिकप्टरको पछिल्लो भागमा पनि क्षति भएको छ । हेलिकप्टर ल्याण्ड गर्ने क्रममा पछाडिको पंखाले लागेर भारतको महाराष्ट्रका ४२ वर्षीय नगेन्द्र कुमार..

    पहिरोले भेरी नदी थुनिँदा बस्ती जोखिममा, सुरक्षित ठाउँमा गएर बस्न स्थानीयवासीलाई अनुरोध

    मंगलवार, श्रावन २९, २०७५ साल
    जाजरकोट, २९ साउन  पहिरोले भेरी नदी थुनिँदा नलगाड नगरपालिका–१२ ठूलाबगर छेउका ३२ घर उच्च जोखिममा परेका छन् ।  पहिरोकै कारण ठूलाबगर छेउमा रहेका भवीन्द्र बस्नेत र ककबहादुर बस्नेतको घर बिहानै नदीले बगाइसकेको छ । नदी थुनिएर जमीन कटान गरेपछि भेरी नदीको झुलुङ्गेपुलसमेत उच्च जोखिममा परेको हो । पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठूलोबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ । जाजरकोट,..
    Results 1588: You are at page 36 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast