सोमबार, असोज २७, २०७६

    सावधान

    काँडाघारी र कोटेश्वरबाट ९ प्रहरी तथा २ असई घुस रकमसहित अख्तियारको फन्दामा

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौं, ३० भदौ  अख्तियार आयोगले राजधानीको कोटेश्वर र काँडाघारीबाट मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै घुस लिएकालाई अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारी नियन्त्रणमा लिएको छ ।  आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको बताईएको छ ।  घुस रकमसहित अख्तियारको फन्दामा पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक..

    भक्तपुरमा चालक अनुमतिपत्रको ट्रायल उत्तीर्ण गराइदिन्छु भन्दै रकम माग्ने पक्राउ

    शुक्रबार, भाद्र २९, २०७५ साल
    भक्तपुर, २९ भदौ : महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको..

    धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द, अन्तिम अवस्थामा अस्पताल

    शुक्रबार, भाद्र २९, २०७५ साल
    तुलसीपुर, २९ भदौ  अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोडेकि छन् ।  आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आए । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास..

    गोरखामा नक्कली नोटको बिगबिगी, प्रशासनद्वारा सतर्कता अपनाउन निर्देशन

    शुक्रबार, भाद्र २९, २०७५ साल
    गोरखा, २९ भदौ जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिए । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा..

    कालीगण्डकी नदीमा आएको बाढीका कारण जलजलाका २ सय घर उच्च जोखिममा

    शुक्रबार, भाद्र २९, २०७५ साल
    पर्वत, २९ भदौ  कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।  गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।  म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि..

    अख्तियारद्वारा प्रहरी इञ्चार्ज यादव घुससहित रङ्गेहात पक्राउ, कारवाहीका लागि राजधानीमा

    बिहिवार, भाद्र २८, २०७५ साल
    गौशाला, २८ भदौ   महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।  तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस..

    बैतडीमा आत्महत्या गर्ने बढ्दो, विज्ञहरु बताउछन् - सचेतना कार्यक्रम गर्न आवश्यक

    बिहिवार, भाद्र २८, २०७५ साल
    बैतडी, २८ भदौ  यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ । आर्थिक वर्ष २०७१-७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२-७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३-७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा..

    रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन नै बगायो, बेनी बजार जोखिममा

    बिहिवार, भाद्र २८, २०७५ साल
    म्याग्दी, २८ भदौ : रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ ।  छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।  सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन..

    बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या, व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी छैन

    बुधबार, भाद्र २७, २०७५ साल
    बर्दिया, २७ भदौ  बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।  बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका..

    भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ब्रोइलर कुखुरा बरामद

    बुधबार, भाद्र २७, २०७५ साल
    नेपालगञ्ज, २७ भदौ  भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले बुधवार बिहान नेपालगञ्जबाट बरामद गरेको छ ।  प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन चेकपोष्ट नेपालगञ्जलाई बुझाएको छ । ती चल्ला आजै नष्ट गरिएको पशु क्वारेण्टाइन कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख..

    असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टरको भूकम्पको धक्का पूर्वी नेपालमा

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  पूर्वी नेपालका केही जिल्लामा बुधबार बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।  उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले..

    मानव ओसारपसारका घटना बढ्दै, विवाहित भन्दा अविवाहित बढी प्रभावित, मुद्दामा फैसला कम

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ    नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ ।    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।    शाखाका अनुसार आव २०६८-६९ देखि आव २०७४-७५..

    जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठको ४० रोपनी जग्गा पास, अधिकृतसहित ३ पक्राउ

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौं, २६ भदौ  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीद्वारा जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोगमा नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई  पक्राउ गरेको छ ।  चन्दन विष्ठ कायस्थको नाममा रहेको ४० रोपनी जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्‍याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त..

    नयाँ मुलुकी ऐन कार्यान्वयनसँगै श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि

    सोमबार, भाद्र २५, २०७५ साल
    भोजपुर, २५ भदौ  नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । छवटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।  भदौ महिनामा सम्बन्धविच्छेदका १० वटा दर्ता भएकामा छ वटा पुरुषले दर्ता..

    सुन तस्करीका अभियुक्त सार्वजनिक, तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुखको जानकारी

    सोमबार, भाद्र २५, २०७५ साल
    गोरखा, २५ भदौ  अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार..

    दुर्घटनामा १ को मृत्यु, २ घाइते, दानव नदीमा महिलाको शव फेला

    सोमबार, भाद्र २५, २०७५ साल
    सल्यान, २५ भदौ  सोमबार बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका..

    विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी

    सोमबार, भाद्र २५, २०७५ साल
    नवलपरासी, २५ भदौ  विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।  विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।  प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप..

    गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको घटनास्थलमै मृत्यु

    सोमबार, भाद्र २५, २०७५ साल
    रोल्पा, २५ भदौ : रोल्पामा  दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।  सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक..

    बेगनासमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, लाइफ ज्याकेट नलगाएको खुलासा !

    आईतवार, भाद्र २४, २०७५ साल
    पोखरा, २४ भदौ शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  उद्दार टोलीले आइतबार ६ मृतकको शव तालबाट बाहिर निकालेको  छ भने शनिबार नै २ जनाको मृत्यु भएको थियो ।  मृतकहरुमा  ७ वर्षीय शंकर खनाल,  ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं,  ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनालको रहका..

    महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा लागूऔषधसहित १ जना पक्राउ

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ   महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आईतबार बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो । पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका..

    निर्मला हत्याकाण्ड : उच्चस्तरीय टोलीको अधुरो प्रतिवेदन, प्रहरीको चरम लापरवाही

    शुक्रबार, भाद्र २२, २०७५ साल
    काठमाडौँ, २२ भदौ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली शनिवार काठमाडौं फिर्ता हुँदैछ । १५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर, समितिले अपूरो प्रतिवेदन लिएर शनिवार काठमाडौं फिर्ता हुने तयारी छ । शुक्रवार महेन्द्रनगरमा..

    पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

    बिहिवार, भाद्र २१, २०७५ साल
    हेटौँडा, २१ भदौ मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहिबार अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी..

    ब्राउन सुगरसहित महिला पक्राउ, प्रतिबन्धित लागुऔषधसहित २ समातिए

    बिहिवार, भाद्र २१, २०७५ साल
    कैलाली, २१ भदौ  कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् ।  इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बताएको छ । लागुऔषधसहित पक्राउ परेकी..

    मेचीनगरमा एक किसानको धानखेतमा जङ्गली हात्ती मृत भेटियो

    बिहिवार, भाद्र २१, २०७५ साल
    भद्रपुर, २१ भदौ  मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा बिहिबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।  स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।  एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो । ..

    दलितलाई मन्दिर प्रवेशमा रोक लगाइएको भन्दै बारा जिल्लामा विरोध प्रद्धर्शन

    बुधबार, भाद्र २०, २०७५ साल
    वीरगञ्ज,२० भदौ नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेद्भाव तथा छुवाछूत गरिंदैन भन्ने उल्लेख गरिएपनि केही दिनयता बारा जिल्लामा दलितलाई..

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ ! प्रहरीको कमजोरी कि सफलता ?

    मंगलवार, भाद्र १९, २०७५ साल
    तुलसीपुर, १९ भदौ  कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।  घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय..

    दूध सङ्कलन केन्द्रमा स्वास्थ्यमा असर पर्ने गरी रसायन प्रयोग गरेको भन्दै शिलबन्दी

    मंगलवार, भाद्र १९, २०७५ साल
    राजविराज, १९ भदौ  सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा शिलबन्दी गरिएको छ ।  दूध सङ्कलन केन्द्रमा सरसफाइ नगरेको, व्यक्तिको स्वास्थ्यमा असर पर्ने गरी रसायन प्रयोग गरेको भन्दै माथिल्ले तहमै उजुरी परेपछि शिलबन्दी गरिएको खाद्य निरीक्षक सुरेशकुमार सिंहले राससलाई बताए । खाद्य उद्योगले खाद्य अनुज्ञापत्र लिई मात्र उद्योग सञ्चालन गर्नुपर्नेमा सो समेत नदेखिएकाले समेत शिलबन्दी गरेको खाद्य निरीक्षक सिंहले जानकारी दिए..

    अनुगमन गरेर सचेत गर्दा पनि व्यापारी उस्तै ! अधिकांश पसल मापदण्ड विपरीत

    मंगलवार, भाद्र १९, २०७५ साल
    भक्तपुर, १९ भदौ  भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आईतबार भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो ।  नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा नौवटा मासु पसलमा भएको अनुगमनमा कोल्ड स्टोर तथा मासु पसल मापदण्ड विपरित सञ्चालन..

    भड्किलो बन्दै तीज : कसैलाई दैनिक दरमाथि दर, कसैलाई गुन्द्रुकको भर

    मंगलवार, भाद्र १९, २०७५ साल
    चितवन, १९ भदौं  तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ ।  भड्किलो, खर्चिलो र आधुनिक रुपमा तीज मनाउन थालिएपछि तीजको मर्म र भावना मेटिँदै गएको छ । नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लिएर..

    कुस्मा बजारबाट प्रहरीद्वारा ९ जना जुवाडे पक्राउ, म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी

    सोमबार, भाद्र १८, २०७५ साल
    पर्वत, १८ भदौ  पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।  प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका..
    Results 1566: You are at page 34 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast