मंगलवार, भाद्र ३, २०७६

    सावधान

    विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा ७ लाख नगदसहित पक्राउ

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार  महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।  परिसरका प्रवक्ता..

    काेसीकाे भङ्गालोमा स्कारपियो खस्दा ६ भारतीयको मृत्यु, तीन घाइते

    मंगलवार, आषाढ १९, २०७५ साल
    सुनसरी, १९ असार  सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटान क्षेत्रमा भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जना भारतीयको मृत्यु भएको छ । पूर्वको भण्टाबारी जाँदै गरेको बिआर ६ पिबि ६४१८ नम्बरको स्कारपियो दुर्घटना हुँदा तीन जना घाइते पनि भएका छन् । सोमबार धरान भेडेटारलगायतका क्षेत्रमा घुमेर फर्कने क्रममा राति साढे ९ बजे स्कारपियो कोसी कटानको भङ्गालोमा पल्टिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ..

    सल्यानमा भरुवा बन्दुकसहित ३ जना पक्राउ, अनुसन्धान भइरहेको जानकारी

    मंगलवार, आषाढ १९, २०७५ साल
    रुकुम, १९ असार  सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।  सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी..

    महोत्तरीको गौशालामा सर्पले डसेपछि उपचारका क्रममा २ को मृत्यु

    सोमबार, आषाढ १८, २०७५ साल
    महोत्तरी, १८ असार  महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ ।  गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ ।  त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।  इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै..

    कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो, स्थानीय भन्छन् - आँखामा छारो हाल्ने काम भयो

    सोमबार, आषाढ १८, २०७५ साल
    अर्जुनधारा, झापा, १८ असार    कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् ।    कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्धित निकायका प्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत अख्तियारमा उजुरी दिने बताए..

    प्रहरीद्वारा नागढुंगाबाट ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौँ, १७ असार :  महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आइतबार  बेलुका ७ बजे एकजनालाई पक्राउ गरेको हो ।  परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम..

    अनुगमन गरिएका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित

    आईतवार, आषाढ १७, २०७५ साल
    भक्तपुर, १७ असार  भक्तपुर नगरपालिकाले आईतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ ।  बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनमा मा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित देखिएको..

    नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार एक दर्जन स्थान बाढीको उच्च जोखिममा

    आईतवार, आषाढ १७, २०७५ साल
    उर्लाबारी, मोरङ, १७ असार  जिल्लाका एक दर्जन स्थान बाढीको उच्च जोखिममा छन् ।  नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ ।  जिल्लामा बक्राहा,..

    पाँच महिनामा ३६ जघन्य अपराध, यौन दुव्र्यवहारका घटना बढी मात्रामा

    शुक्रबार, आषाढ १५, २०७५ साल
    चितवन, १५ असार पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् ।  अनौपचारिक सेवा केन्द्र (इन्सेक) चितवनले शुक्रबार चितवनमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१८ को अर्धवार्षिक समीक्षा एवं जिल्लाको मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा..

    विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा १५ जना बिरामी

    शुक्रबार, आषाढ १५, २०७५ साल
    सुरुङ्गा, झापा, १५ असार  विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् ।  जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई..

    लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

    शुक्रबार, आषाढ १५, २०७५ साल
    भक्तपुर, १५ असार  महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।  चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका..

    सशस्त्र प्रहरीद्वारा महोत्तरीबाट १० किलो रक्तचन्दनसहित एक पक्राउ

    बिहिवार, आषाढ १४, २०७५ साल
    गौशाला, १४ असार  सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट बिहिबार बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ । भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म..

    भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

    बिहिवार, आषाढ १४, २०७५ साल
    काँकडभिट्टा, १४ असार  झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।  मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी..

    भिरमा दुम्सीको दुलामा पसेका ४ बेहोस, १ को अवस्था अज्ञात

    बिहिवार, आषाढ १४, २०७५ साल
    संखुवासभा, १४ असार  संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा बिहिबार बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।  सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।  हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले..

    नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने व्यक्ति पक्राउ

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष..

    सतर्क ! कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।  कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ ।  कुकुरको एक ग्राम..

    पहिरोमा परी एकै घरका ३ को मृत्यु, वर्षापछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

    मंगलवार, आषाढ १२, २०७५ साल
    बागलुङ, १२ असार  भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।  बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला..

    सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    सोमबार, आषाढ ११, २०७५ साल
    इनरुवा, ११ असार  सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।  मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भैंसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो ।  हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका..

    खोलामा भाँडा धुन गएका बेला बालिकालाई सामूहिक बलात्कार गरेको आरोप

    सोमबार, आषाढ ११, २०७५ साल
    गौशाला, ११ असार  महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।  इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।  प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय..

    प्रहरीद्वारा चेलीबेटी बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार : महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।  प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो ।  प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै..

    बालविवाह जस्तो कुरीतिले जरो गाड्न थालेपछि स्थानीय सरकार न्यूनीकरणको अभियानमा

    आईतवार, आषाढ १०, २०७५ साल
    जाजरकोट, १० असार  बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ ।  बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताए ।  चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ । महिला तथा बालबालिका कार्यालयमा बालविवाहका कारण कुटपिट, खान, लाउन नपाएकोलगायत घरेलु हिंसाका एक सय उजुरी..

    खेतमा चट्याङ लागेर साँझ एक महिलाको मृत्यु, अर्की घाइते

    आईतवार, आषाढ १०, २०७५ साल
    राजविराज, १० असार   सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो ।  यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ..

    व्यापारिहरुको चरम लापरबाही ! बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

    शुक्रबार, आषाढ ८, २०७५ साल
    जाजरकोट, ८ असार  जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ ।  म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला..

    अवैधरूपमा सञ्चालित ढुंगाखानी कानूनी दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धि हुने

    बिहिवार, आषाढ ७, २०७५ साल
    फलेवास, पर्वत, ७ असार स्थानीय जलजला गाउँपालिकाले अनुमति नलिइ सञ्चालित ढुंगाखानीलाई कानूनी दायरमा ल्याउन पहल गर्ने भएको छ ।  अवैधरूपमा सञ्चालित ढुंगाखानीलाई अनुमति दिएर करको दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धिका साथै व्यवस्थितरूपमा खानी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।  जलजलाको माँझफाँट, लेकफाँट, बाँसखर्क र बनौललगायतमा दर्जनौँ ढुंगाखानी छन् । अवैधरूपले सञ्चालन भइरहेका ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गराएपछि उपयुक्तलाई..

    जग्गासम्बन्धी सामान्य विवादलाई लिएर खुकुरी प्रहार गरी दाइद्वारा भाइको हत्या

    बिहिवार, आषाढ ७, २०७५ साल
    रुकुम, ७ असार   रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको बिहिबार बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।  जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी..

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते

    बुधबार, आषाढ ६, २०७५ साल
    राजविराज, ६ असार  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा बुधबार ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।  त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी..

    लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि टिपर चालक जेल चलान

    मंगलवार, आषाढ ५, २०७५ साल
    भक्तपुर, ५ असार  तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।  जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।  गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौँ तर्फ आइरहेको बा ३..

    हिमाली जिल्ला डोल्पाको यार्सापाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या

    सोमबार, आषाढ ४, २०७५ साल
    दुनै, डोल्पा, ४ असार  हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ ।  डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।  गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर..

    प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि तराई जिल्लामा सर्पको बिगबिगी, ४२ को उपचार

    आईतवार, आषाढ ३, २०७५ साल
    बर्दिवास, ३ असार  प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो ।  जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की..

    मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा २ को मृत्यु

    आईतवार, आषाढ ३, २०७५ साल
    रत्ननगर, चितवन ३ असार  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आईतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प..
    Results 1388: You are at page 33 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast