मंगलवार, भाद्र ३, २०७६

    सावधान

    काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण, लाखौं रुपैयाँ फिरौती माग

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  काठमाडौंको काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरण गरिएका छन् । उनलाई आइतबार साँझ आफ्नै घर नजिकबाट अपहरणमा परेको प्रहरीले बताएको छ । सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी लाखौं माग गरेको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग लाखौं माग गरेको छ । घटनास्थलमा नै रहेका..

    जाजरकोट पहिरो : ८ जनाको शव निकालियो, खोजी कार्य जारी

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौं, २० साउन  जाजरकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा..

    हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीहरुको शव निकाल्न कठिन, सेनाको टोली परिचालन

    आईतवार, श्रावन २०, २०७५ साल
    सोलु, सल्लेरी, २० साउन  गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आईतबार बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या..

    कालीगण्डकीमा पानीको बहाव बढ्यो, सचेत हुन आग्रह, बासिन्दा चिन्तित

    आईतवार, श्रावन २०, २०७५ साल
    पर्वत, २० साउन  केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।  कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन्  पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन..

    पहिरोले घर पुरिदा ४ को मृत्यु, १ को जीवित उद्धार, उद्धारकार्य जारी

    आईतवार, श्रावन २०, २०७५ साल
    जाजरकोट, २० साउन  भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।  गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार..

    बाँके राष्ट्रिय निकुञ्जमा गाडीको ठक्करबाट तीन वर्षमा १७२ वन्यजन्तु मारिए, जोगाउन धौ–धौ

    शनिबार, श्रावन १९, २०७५ साल
    बाँके, १९ साउन  बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ ।  निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो ।  यस्तै सिक्टा सिँचाइ आयोजना अन्तर्गत नहरको आठ किलोमिटर खण्ड निकुञ्जभित्र पर्छ । गर्मी तथा सुख्खायाममा वन्यजन्तु पानीको प्यास मेटाउनका लागि..

    धादिङ जिल्लामा दुर्घटनाबाट ३ वर्षमा झण्डै ३ सयको मृत्यु

    शुक्रबार, श्रावन १८, २०७५ साल
    धादिङ, १८ साउन  धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।  आर्थिक वर्ष २०७२-७३ मा ७७..

    दलितको आरोपमा विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग

    शुक्रबार, श्रावन १८, २०७५ साल
    खोटाङ, १८ साउन  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन् ।  दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेका हुन् ।  विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट..

    ४ लाख नगदसहित १७ जुवाडे पक्राउ, जडीबुटीस्थित होटलमा कौडा खेलीरहेको भेटियो

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन : महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ ।  परिसरको टोलीले बिहिबार काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार..

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपायालाई निकुञ्जले पूर्णविराम लगाएपछि...

    बिहिवार, श्रावन १७, २०७५ साल
    नेपालगञ्ज, १७ साउन  नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ ।  गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ ।  बुधवार अपराह्न छाडा चौपाया लिएर निकुञ्ज क्षेत्रमा..

    कम्बोडिया पठाइदिन्छु भन्दै ८८ लाख ठगी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५०..

    काठमाडौँ महानगरपालिकाद्वारा जथाभावी फोहर फाल्नेबाट ५ लाख बढी असुल

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन   आर्थिक वर्ष २०७४-०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ ।  महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो । महानगर वातावरण..

    बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको दोषीलाई कडा सजाय गर्न महिला सञ्जालद्वारा माग

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।  घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको..

    मापसे गरी सवारीसाधन हाँक्ने घटे, मेशिन बिग्रिएपछि सुँघेरै जाँच ! ट्राफिक प्रहरीलाई समस्या

    बुधबार, श्रावन १६, २०७५ साल
    बाँके, १६ साउन  मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ ।  थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।  प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै..

    मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि, लागूऔषधका मुद्दा धेरै

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३-७४ को तुलनामा आव २०७४-७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।  आव २०७४-७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३-७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२-७३ मा..

    अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन : वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै सोमबार  वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।  सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो ।  विभागले उक्त मेनपावर..

    तनहुँमा माइक्रोे बस र ट्रक ठोकिदाँ १ युवतीको उपचारको क्रममा मृत्यु

    सोमबार, श्रावन १४, २०७५ साल
    तनहुँ, १४ साउन  माइक्रोे बस र ट्रक एक आपसमा ठोकिदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।  मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  पोखराबाट..

    बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही, यातायात व्यवस्थापनमा समस्या, यात्रु मारमा

    सोमबार, श्रावन १४, २०७५ साल
    बाँके, १४ साउन  नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।  पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित..

    घाँस काट्न गएको बेलामा चट्याङ लागेर बालिकाको मृत्यु

    सोमबार, श्रावन १४, २०७५ साल
    बुटवल, १४ साउन  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए ।  तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब..

    पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी, जिम्मेवारी कसले लिने ?

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो..

    शून्य समय : बलात्कारपछि हत्या भएको दोषीमाथि कारवाही र क्षतिपूर्ति दिन माग

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।  प्रतिनिधिसभाको आईतबारको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिए ।  दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन्..

    अख्तियारको सक्रियता ! ३६ लाख घुससहित इन्जिनियर ठाकुर भैरहवामा पक्राउ

    आईतवार, श्रावन १३, २०७५ साल
    बुटवल, १३  साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित  पक्राउ गरेको छ ।  आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए ।  यसअघि शनिबार बिहान अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव..

    कानुन विपरीत नै नदीजन्य पदार्थ उत्खनन बढ्दै, अवैध कार्य रोक्न प्रहरीले नै गर्यो असहयोग

    शनिबार, श्रावन १२, २०७५ साल
    फलेवास, पर्वत, १२ साउन  वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ ।  सार्वजनिक खरीद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट (स्काभेटर) प्रयोग गरेर कालीगण्डकीको अवैध दोहन हुन थालेको छ । सार्वजनिक खरीद ऐनले ठेक्का प्रतिस्पर्धाविना नदीजन्य वस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको तथा संघीय र प्रदेश सरकारले..

    अख्तियारद्वारा घुस लिएको आरोपमा लेखापाल र नासुलाई रंगेहात पक्राउ

    शुक्रबार, श्रावन ११, २०७५ साल
    पर्सा, ११ साउन  पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।  आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट रु एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो ।  वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा..

    कमजोर भूधरातलका कारण देशभर पहिरोको जोखिम, किन जान्छ मुग्लिन सडक खण्डमा पहिरो ?

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  रसुवाको टिमुरेमा बिहीबार गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो । कमजोर भूधरातलका कारण पहिरोमा परी जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ ।  हिमाली तथा महाभारत पर्वत शृङ्खलालाई कमजोर भूधारतल भएको क्षेत्रका रुपमा लिइन्छ । भूकम्पले त्यस क्षेत्रमा दबाबसमेत बढेको छ । भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गएको हुनसक्ने जानकारहरुको भनाइ छ ।  नेपाल पहिरोको उच्च जोखिममा रहेको..

    अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो, यस्तो रहेछ मुख्य कारण

    बिहिवार, श्रावन १०, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १० साउन  सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।  आव २०७३-७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४-७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ ।  सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम..

    रसुवामा भीषण पहिरो, प्रहरी पोष्ट र होटल पुरिदा ४ को मृत्यु, ११ जना सम्पर्कबाहिर

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, १० साउन ।  अविरल वर्षा र त्यसपछि आएको पहिरोका कारण प्रहरी पोस्ट र होटल पुरिएपछि रसुवामा ४ जनाको मृत्यु गएको छ । पहिरोका कारण ११ जना अझैपनि सम्पर्कबाहिर छन् भने ४ जना घाइते भएको खबर छ ।  पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घरहरु पुरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण..

    फरार भएका अभियुक्त २४ वर्षीया सन्जोग मल्ल ठकुरी तीन वर्षपछि पक्राउ

    बिहिवार, श्रावन १०, २०७५ साल
    भक्तपुर, १० साउन : हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।  विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।  भक्तपुर जिल्ला अदालतले..

    पर्वतको मोदी गाउँपालिकास्थित खोलाखेतमा ट्रान्समिटर पड्किँदा ६ जना गम्भीर घाइते

    बुधबार, श्रावन ९, २०७५ साल
    फलेवास, पर्वत, ९ साउन : पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।  घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको..

    एक वर्षमा १ हजार ४०७ सर्पदंश पीडित, गर्मी मौसम मुख्य कारण

    मंगलवार, श्रावन ८, २०७५ साल
    इटहरी, ८ साउन    नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ ।    सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।    सर्पदंशका पीडितको उपचारमा सक्रिय रहनुभएका पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त..
    Results 1388: You are at page 31 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast