सोमबार, असोज २७, २०७६

    सावधान

    भारतबाट ल्याइने डिजेल बाटोमै २ हजार ४८४ लिटर ‘गायव’ पार्ने चालक कारवाहीमा

    बुधबार, मंसिर १२, २०७५ साल
    विराटनगर, १२ मङ्सिर   भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।    भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए ।    ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री..

    नक्कली सुनसहित ३ पक्राउ, प्रहरीद्वारा नगद ३६ लाख ६५ हजार बरामद

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौँ, १२ मङ्सिर  महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको हो ।  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा..

    हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ व्यक्ति पक्राउ, कारवाहीसहित जरिवाना, भण्डै ६ लाख राजश्व सङ्कलन

    बुधबार, मंसिर १२, २०७५ साल
    लहान, १२ मङ्सिर : हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।  उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो । अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु..

    दिनानुदिन बढ्दै सडक दुर्घटना, हेटाैंडामा छुट्टाछुट्टै दुर्घटनामा परि २ जनाकाे ज्यान गयाे

    मंगलवार, मंसिर ११, २०७५ साल
    मकवानपुर, ११ मङ्सिर पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ६१६४ नम्बरको ट्रकले त्यसै दिशाबाट आइरहेको ना ४८ प ७४९७ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।..

    लागुऔषधसहित २ पक्राउ, ५ लाख ८० हजार १ सय ८० नगदसमेत बरामद

    सोमबार, मंसिर १०, २०७५ साल
    चितवन, १० मङ्सिर भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ ।  विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो । त्यसैगरी रु पाँच लाख ८०..

    बागलुङको ढोरपाटनमा आगलागीबाट ३० घर जले, बिहान ८ बजे मात्र नियन्त्रणमा आएको जानकारी

    आईतवार, मंसिर ९, २०७५ साल
    गलकोट, ९ मङ्सिर  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आईतबार बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  नवी गाउँमा लागेको आगो आईतबार बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।  शिकार आरक्षमा रहेको हनुमान..

    गोप्य सूचनाका आधारमा प्रहरीद्वारा लागुऔषध गाँजासहित १ वृद्ध समातिए

    आईतवार, मंसिर ९, २०७५ साल
    लहान, ९ मङसिर  लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।  लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  यस्तै वन कर्मचारीको..

    पुल्चोक वितरण केन्द्रले ७३ लाख बक्यौता उठाउन बाँकी, अटेर गर्नेको लाइन काट्दै प्राधिकरण

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले विद्युत् बक्यौता तिर्न अटेर गर्ने १०७ ग्राहकको लाइन काटी रु ८९ लाख ६१ हजार ३६८ बराबरको रकम असुली गरेको छ ।  गत साउन १ गतेदेखि यही मङ्सिर ६ गतेसम्म प्राधिकरणले लाइन काटेकामध्ये १०५ ग्राहकको लाइन जोडेको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार अझै रु ७३ लाख नौ हजार ५३ बक्यौता..

    लगातारको 'आक्रमण' बाट सर्वसाधारणको मृत्यु हुन थालेपछि 'चितुवा' खोज्न प्राविधिक टोली तनहुँमा

    बिहिवार, मंसिर ६, २०७५ साल
    दमौली, ६ मङ्सिर : तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ ।  गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा नं ४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा खोज्न प्रहरी परिचालन गरी चार दिन खोज्दासमेत नभेटिएपछि संरक्षण कोषका प्राविधिक..

    अवैध कपडा सहित ५ जना पक्राउ, अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

    बुधबार, मंसिर ५, २०७५ साल
    परासी, ५ मङ्सिर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज..

    नवलपुरमा सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु, ४ जना घाइते

    मंगलवार, मंसिर ४, २०७५ साल
    कावासोती, ४ मङ्सिर नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।  गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी..

    महोत्तरीमा ढोका फोडेर घरभित्र प्रवेश गरी ७ लाखको लुटपाट, ५ जना घाइते

    सोमबार, मंसिर ३, २०७५ साल
    गौशाला, ३ मङ्सिर  महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।  डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।  प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका..

    पूर्वपश्चिम राजमार्ग : ट्रकले च्यापिएर हेटौंडामा २ जनाको मृत्यु, राजमार्ग सञ्चालनको प्रयास हुदै

    आईतवार, मंसिर २, २०७५ साल
    हेटौंडा, २ मंसिर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा-४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा..

    गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या, स्थानीयवासी भन्छन् - बुढा मानसिक रोगि छन्

    आईतवार, मंसिर २, २०७५ साल
    रुकुम पश्चिम, २ मङ्सिर  रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।  बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय..

    चितुवाको निरन्तर आक्रमणपछि स्थानीय त्रसित, वन क्षेत्रमा प्रहरी परिचालन

    आईतवार, मंसिर २, २०७५ साल
    तनहुँ, २ मङ्सिर  भानु नगरपालिकामा पटक–पटक चितुवाले आक्रमण गर्दा स्थानीयवासी त्रसित बन्दै गएका छन् । चितुवाले आक्रमण गर्न थालेपछि भानु नगरपालिका वडा नम्बर १, २, ३ र ४ का वासिन्दा त्रसित भएका हुन् ।  चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखानीका कृष्णबहादुर लम्सालको छोरी चार वर्षीया अस्मिता लम्सालको मृत्यु भएको एक दिनपछि पुनः आक्रमण गरेपछि स्थानीय झन् त्रसित भएका छन् ।  घर नजिकै खेल्ने क्रममा..

    प्रहरीद्वारा बत्तीसपुतलीबाट ७ लाख ६० हजार नगदसहित १३ जुवाडे रंगेहात पक्राउ

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडौं, २ मंसिर ।    काठमाडौं प्रहरी परिसरले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ ।   काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो ।   महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।   प्रवक्ता बोगटीका..

    कटुवा पेस्तोलसहित ३ भारतीय सशस्त्र प्रहरीको फन्दामा, घटनाको विषय बुझ्ने कार्य हुँदै

    शनिबार, मंसिर १, २०७५ साल
    इनरुवा, १ मङ्सिर  : सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित शनिबार तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।  सुनसरीको कोशी..

    चर्चित गायक अमृत लामा योञ्जनको दुर्घटनामा परी मृत्यु, ट्र्याक्टर सडक बाट ३२ फिट तल खस्यो

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    दोलखा, १४ कात्तिक ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।  शुक्रबार बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो । भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करीब..

    विवाद मिलाउन गएका प्रहरी जवानमाथि खुकुरी प्रहार, टाउकोमा १० टाँका, २ स्थानीयवासी घाइते

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    लमही, ३० कात्तिक  दाङमा प्रहरी जवानमाथि शुक्रबार खुकुरी प्रहार भएको छ ।  शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो ।  जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीयवासी थप दुई जना समेत घाइते छन् । सोही ठाउँका विशाल रोका र नैनबहादुर..

    घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    दमौली, ३० कात्तिक  चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए..

    निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै बासस्थानको समस्या, बस्ती पस्न थालेपछि स्थानीय त्रसित

    बिहिवार, कार्तिक २९, २०७५ साल
    चितवन, २९ कात्तिक  चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।  निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ । स्थानीय पत्रकार रमेशकुमार..

    भारतले नेपाली प्रशासनलई जानकारी नदिई अनुमतिबिनै महाकालीमाथि अस्थायी काठेपुल

    बिहिवार, कार्तिक २९, २०७५ साल
    दार्चुला, २९ कात्तिक ।    भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ ।    महाकाली नदीका २ स्थानमा काठेपुल निर्माण गर्न सरकारले अनुमति दिए पनि भारतले ३ स्थानमा बनाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुवँरले जानकारी दिए ।   त्रिदेशीय सीमा नाकासम्म सडक पुर्‍याउने उद्देश्यका साथ भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडकको निर्माणलाई प्राथमिकता साथ निर्माण गरिरहेको छ । त्यही सडकको सामान ढुवानीका लागि..

    कावासोतीमा बस दुर्घटना हुँदा १६ घाइते, सडक दुर्घटनामै नेपकिपा नेतृ गोमा शाहीको मृत्यु

    बिहिवार, कार्तिक २९, २०७५ साल
    कावासोती, २९ कात्तिक  : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट काठमाडाँैका लागि छुटेको ना६ख ६३०१..

    जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार, आक्रमणमा परी तामाङ गम्भीर घाइते

    बुधबार, कार्तिक २८, २०७५ साल
    मेलम्ची, २८ कात्तिक  जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।  सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ ।..

    कानूनी व्यवस्था : बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

    बुधबार, कार्तिक २८, २०७५ साल
    काडमाडौँ, २८ कात्तिक  के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !  बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३..

    इनरुवामा घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी

    बुधबार, कार्तिक २८, २०७५ साल
    इनरुवा, २८ कात्तिक  सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।  घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो..

    सांसद गणेश दुलालको गाडीमा ढुङ्गा प्रहारको घटना : उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पा पक्राउ

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक :  महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई सोमबार पक्राउ गरेको हो ।  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल..

    जुवातास खेलिरहेको अवस्थामा सुर्खेतमा ७७ र चितवनमा ७८ जुवाडेलाई कारवाही

    सोमबार, कार्तिक २६, २०७५ साल
    बेझाड, पाल्पा, २६ कात्तिक  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले रामपुर नगरपालिका–६ विजयपुरमा गए राति रु एक लाख २५ हजारसहित सात जुवाडेलाई पक्राउ गरेको छ ।  स्थानीयवासी पदमबहादुर मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मल्लसहित नेत्रप्रसाद भट्टराई, खेमराज भण्डारी, देव सेन, दुर्गाबहादुर घर्ती, हेमराज थापा र भेषबहादुर शाहलाई प्रक्राउ गरेको हो ।  चितवनमा ७८ जुवाडेलाई कारवाही  जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत..

    बर्दियामा ११ वर्षे बालिका बाख्रा चराउन गएकोबेला बलात्कृत, आरोपी १ घण्टाभित्रै पक्राउ

    सोमबार, कार्तिक २६, २०७५ साल
    बर्दिया, २६ कात्तिक ।  बर्दिया बढैयाताल–८ की ११ वर्षीया एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । उनि बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य..

    धम्क्याएर रकम असुल गर्ने धन्दा गरेका नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं,  २५ कात्तिक  म्यानपावर एजेन्टसँग रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप एक युवा प्रहरीको फन्दामा परेका छन् ।  नक्कली प्रहरी बनि मेनपावर एजेन्ट खुश्बु गुरुङलाई धम्क्याएर एक लाख असुल गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी  ६ घर भई हाल ललितपुरको  चापागाँउ बस्ने दीपेन्द्र अधिकारी भन्ने नारायण बिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।    उनलाई ललिपुर गोदावरी नगरपालिका वडा न ११..
    Results 1566: You are at page 30 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast