सोमबार, चैत्र १७, २०७६

    सावधान

    गोलीसहित पक्राउ

    आईतवार, माघ १२, २०७६ साल
    पोखरा, १२ माघ   पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । यति एयरलाइन्सबाट काठमाडाँै जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।   शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो..

    अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

    आईतवार, माघ १२, २०७६ साल
    खाँदबारी, १२ माघ सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ ।  चिचिला गाउ“पालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।  बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई  पक्राउ गरेको छैन ।..

    एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ

    आईतवार, माघ १२, २०७६ साल
    हेटौँडा, १२ माघ बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । खालिद एम्बुलेन्सका चालक हुन । पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।   गाँजा..

    घुससहित इञ्जिनीयर पक्राउ

    शनिबार, माघ ११, २०७६ साल
    सिन्धुली, ११ माघ यहाँको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो । गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात..

    मोरङको केराबारीमा बम विस्फोट

    शनिबार, माघ ११, २०७६ साल
    काठमाडौं, ११ माघ । अज्ञात समूहले मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट गरेको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको हो । केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको..

    बिनाशकारी भूकम्पले लियो १८ जनाको ज्यान

    शनिबार, माघ ११, २०७६ साल
    एजेन्सी, ११ माघ । टर्कीमा विनासकारी भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । इलाजिग राज्यको सिभ्रिसमा केन्द्रबिन्दु बनाएर ६.८ म्यागनिच्युडको भूकम्प गएको हो । भूकम्पले उक्त राज्यका ठूल्ठूला घर र भौतिक संरचनामा क्षति र्पुयाएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार ५:५५ मिनेटमा भूकम्प गएको थियो । त्यसलगत्तै ६० भन्दा बढी पराकम्पन आएको थियो । भूकम्पले छिमेकी राष्ट्र सिरिया, लेबनान र..

    घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

    शुक्रबार, माघ १०, २०७६ साल
    काठमाडौँ, १० माघ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।    आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो । अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएको जनाइएको छ ।..

    पक्राउ परेका सांसद दीपक मनाङेलाई २ दिन म्याद थप

    शुक्रबार, माघ १०, २०७६ साल
    पोखरा, १० माघ ।  बिहीबार पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २ दिन म्याद थपिएको छ । सांसद मनाङेले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई गत मंगलबार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला झापड हानेका थिए । उनीविरुद्ध मिलनले बुधबार जिल्ला प्रहरीमा दिएको जाहेरी दरखास्तपछि बिहीबार मनाङे पोखरा लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए । जिल्ला..

    घुस लिएको अभियोगमा मुद्दा

    बिहिवार, माघ ९, २०७६ साल
    काठमाडौँ, ९ माघ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार ५०० घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बखरी मोरङ कार्यरत सशस्त्र प्रहरी जवान शशितनारायण विश्वास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगको इटहरीबाट गएको टोलीले विश्वासलाई घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । प्रहरी जवान विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका..

    प्रदेश सांसद दिपक मनाङ्गे लेकसाइडबाट पक्राउ

    बिहिवार, माघ ९, २०७६ साल
    काठमाडौँ, ९ माघ गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए । मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष..

    नागढुंगाबाट डेढ करोडका अवैध मोबाइलसहित दुई जना पक्राउ

    बिहिवार, माघ ९, २०७६ साल
    काठमाडौं, ९ माघ । नागढुंगाबाट विभिन्न कम्पनीका ६ सय ३४ थान मोबाइलसहित दुई जना पक्राउ परेका छन् ।  महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान राति नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं–३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१ का इन्द्रबहादुर कटुवाल रहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको..

    प्रहरी जुट्यो दीपक मनाङ्गेलाई पक्राउ गर्ने तयारीमा

    बिहिवार, माघ ९, २०७६ साल
    कास्की, ९ माघ । गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ पर्ने भएका छन् । प्रहरीले आज जिल्ला अदालतबाट अनुमति लिने र मनाङ्गेलाई पक्राउ गर्ने तयारी गरेको हो । मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने..

    घुस लिएको अभियोगमा प्रहरी जवान पक्राउ

    बुधबार, माघ ८, २०७६ साल
    लहान, ८ माघ सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।  घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई..

    नेकपा जिल्ला अध्यक्षको घरमा बम, गाउँपालिका कार्यालयमा आगजनी

    बुधबार, माघ ८, २०७६ साल
    बैतडी, ८ माघ। बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहद्वारा आगजनी भएको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी भएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ। नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो। यसका साथै गाउँपालिका-३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि..

    यसरी भयो एउटै कोठामा आठ भारतीय पर्यटकको मृत्यु

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडौं, ८ माघ । सोमबार राति साढे ९ बजे १५ जना भारतीय पर्यटक दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे । सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए । आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे । उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर लिएर गएको होटलका..

    धादिङ दुर्घटना, ६ जनाको मृत्यु

    मंगलवार, माघ ७, २०७६ साल
    धादिङ, ७ माघ   धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।   दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर यात्रु बोकेर तीव्र..

    हिटरको प्रयोगमा अपनाउनुपर्छ सावधानी, नत्र ज्यान जानसक्छ

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौँ, ७ माघ जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ । चिसिदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति पुर्‍याईरहेको हुन्छ । त्यसैले, तपाई हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित..

    हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको मृत्यु

    मंगलवार, माघ ७, २०७६ साल
    मकवानपुर, ७ माघ  मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको काठमाडौंको ह्याम्स अस्पतालमा मृतक घोषणा गरिएको हो । दुई कोठा लिएर बसेका उनीहरु भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरु ४ महिला र ४ पुरुष रहेका छन् । ती पर्यटकहरु दुई कोठामा बसेको..

    सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौँ, ६ माघ नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो ।  पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी..

    एकै दिन लागुऔषधसहित तीन युवक पक्राउ

    सोमबार, माघ ६, २०७६ साल
    लहान, ६ माघ   नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो ।    स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले..

    अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी

    शनिबार, माघ ४, २०७६ साल
    पोखरा, ४ माघ अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।   बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको  हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका..

    रेस्क्यु टोली बोकेर हेलिकोप्टर घटनास्थलतर्फ हिँड्यो

    शनिबार, माघ ४, २०७६ साल
    काठमाडौं, ४ माघ । अन्नपूर्ण बेसक्याम्प नजिकै हराएका पर्यटक खोज्न हेलिकोप्टरबाट रेस्क्यु टोली घटनास्थलतर्फ लागेको हिडेको छ । शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली बेपत्ता भएको जानइएको छ । ‘अरू पर्यटक भेटिएको छन् । ४ जना कोरियाली र ३ जना नेपाली भेटिएको छैन,’ छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले भने, ‘समितिले नै हेलिकोप्टर लगेर खोजिरहेको छ..

    मुख्यमन्त्रीको तस्बिरमा जुत्ता प्रहार, चारजना पक्राउ

    शुक्रबार, माघ ३, २०७६ साल
    जनकपुर, २ माघ   मन्त्रीको फोटोमा जुत्ता लिएर पिटेपछि जनकपुरधामको जिरोमाइलबाट चार जनालाई पक्राउ गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे..

    दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फाले

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौं, ३ माघ । दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फालेका छन् । बिहीबार साँझ चारै जनाले त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् ।  दुई महिने शिशुसहित सामूहिक हाम फालेका मध्ये एक जनालाई भने स्थानीयले जिवितै उद्धार गरेका छन् । काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरू साथैमा लिएर..

    भूकम्प दिवसकै दिन गयो बझाङमा भूकम्प

    बिहिवार, माघ २, २०७६ साल
    बझाङ, २ माघ । बिहीबार भुकम्प दिवसकै दिन बझाङमा भूकम्प गएको छ । बिहीबार बिहानै बझाङको तल्कोट गाउँपालिका मेलबिसौना केन्द्रबिन्द भएर बिहान ५ बजेर ४९ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको झट्का सानो भएकाले हल्का धक्का मात्र महशुस गरिएको छ । यसअघि मंसिर २ गते बझाङको खप्तडछन्ना गाउँपालिका–१,..

    धनगढीमा युवाहरूबिच ग्याङ फाइट : कैलाली अस्पताल तोडफोड

    बिहिवार, माघ २, २०७६ साल
    धनगढी, २ माघ । कैलालीको धनगढीमा युवाहरूबिच ग्याङ फाइट भएको छ । बुधवार राति करिब साढे १० बजे धनगढी उप–महानगरपालिका वडा नम्बर १ अस्पताल लाइनमा युवाहरूको समूहबीच झडप भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ वर्षीय समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप सुरु भएको हो । आक्रमणपछि तियाली घाइते भएका..

    वडाध्यक्ष खड्का मृत फेला

    बुधबार, माघ १, २०७६ साल
    राँझा, १ माघ बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला पर्नुभएको छ । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयोे । उहाँको शव..

    यौन दुव्र्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ

    बुधबार, माघ १, २०७६ साल
    खोटाङ, १ माघ यौन दुव्र्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।  आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव..

    शिशु हत्याको आरोपमा महिला पक्राउ

    बुधबार, माघ १, २०७६ साल
    राजविराज, १ माघ सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी  कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब  उपरीक्षक तिलक भारतीले जानकारी  दिनुभयो ।  महिलाको नाम भने  प्रहरीले खुलाएको छैन । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई..

    देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते

    बुधबार, माघ १, २०७६ साल
    भरतपुर, १ माघ तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।  चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा..
    Results 1869: You are at page 3 of 63
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last
    Weather Forecast