शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाइ पक्राउ

    आईतवार, फागुन १२, २०७५ साल
    साँखु, १२ फागुन  महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।  गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोवारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो । अभियुक्तहरुको..

    एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, सुरक्षामा थप कडाई

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, ११ फागुन  मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।  काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको..

    नख्खु विष्फोटमा १ को मृत्यु, कञ्चनपुरको एनसेल टावरमा आगजनी

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, ११ फागुन : ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।  बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि..

    ललितपुरको नक्खुस्थित एनसेल टावरमा बम विष्फोट, तीनजना घाइते

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन : ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ ।  नक्खु चोक नजीकको एनसेल टावरमा शुक्रबार साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । बम..

    वीर अस्पतालको अस्थायी ‘लिफ्ट’ चुडिँदा २ को मृत्यु

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ ।  उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका..

    छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार, तथ्याङ्क हेर्दा जे देखियो !

    बुधबार, फागुन ८, २०७५ साल
    सिन्धुली, ८ फागुन  सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो ।  सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।  उमेर..

    विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादी पक्राउ

    बुधबार, फागुन ८, २०७५ साल
    वालिङ, ८ फागुन विभिन्न घटनामा संलग्न २१ फरार लाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो ।  चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई..

    भ्रष्टाचार अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर [नामसहित]

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका–५ बाङ्गेलाकुरी बजारमा विद्युत् लाइन तान्ने कार्यमा रु दश लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सांसद विकास कोषबाट रु दश लाख र साबिक शिवरथ गाविसबाट रु पाँच लाख गरी कूल १५ लाख बजेट प्राप्त भएकामा रु पाँच लाखको मात्रै पोल गाडी..

    मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन

    मंगलवार, फागुन ७, २०७५ साल
    लहान, ७ फागुन  सिरहाको लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र सरसफाइ तथा व्यवस्थित नभएको पाइएको हो ।  इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६..

    अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो ।  आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी..

    घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आईतबार पक्राउ गरेको छ ।  बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी बजगाईंको थप अनुसन्धान भइरहेको..

    ट्रक दुर्घटनामा : २ को घट्नास्थलमै मृत्यु

    आईतवार, फागुन ५, २०७५ साल
    राजविराज, ५ फागुन  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आईतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।  उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा..

    लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती, नेपालमा ५ सय मात्रै

    शुक्रबार, फागुन ३, २०७५ साल
    जुम्ला, ३ फागुन  विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ ।  चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन् ।  हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी..

    सिआइबीको छापा ! ५ किलो बढी अवैध सुन बरामद

    शुक्रबार, फागुन ३, २०७५ साल
    कञ्चनपुर, ३ फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको..

    भ्यालेनटाइन डे को बाहाना : सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ

    शुक्रबार, फागुन ३, २०७५ साल
    भरतपुर, ३ फागुन : जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई..

    अख्तियारद्वारा प्रशासन कार्यालयका अधिकृत घुससहित पक्राउ

    बिहिवार, फागुन २, २०७५ साल
    भक्तपुर, २ फागुन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई बिहिबार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई नगद रु २५ हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो ।  श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार टोलीले जानकारी दिएको छ । जग्गा किनबेचका..

    १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता : दाजुभाइको सेटिङ !

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौं, २ फागुन ।  प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ । बिहीबार कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता रहेको खुलेको छ । भारतमा चालक रहेका दाजु लक्ष्मण तिरुवासँग सेटिङ मिलाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सिपाही भाइ सुरज तिरुवाले सुन तस्करी गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।  निर्मला हत्या प्रकरणको..

    प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

    बिहिवार, फागुन २, २०७५ साल
    कञ्चनपुर, २ फागुन ।    प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट  १०८ टुक्रा अर्थत १८ किलो सुन बरामद गरेको छ ।   केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत बिकको घरबाट बरामद गरेको हो ।   जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय..

    हत्कडीसहित बलात्कारका अभियुक्त भागेपछि गोली हानेर नियन्त्रणमा

    बुधबार, फागुन १, २०७५ साल
    धनगढी, १ फागुन  कैलाली प्रहरीले जिल्ला अदालत परिसरबाट फरार अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका-६ बेलाको जंगलबाट कैलाली लम्कीका २३ वर्षीय दिल्प परियारलाई नियन्त्रणमा लिएको हो । हरीले बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका कैलाली लम्कीचुहाका २३ दिल्प परियार मंगलबार जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गर्न ल्याउने क्रममा अदालत परिसरबाटै हत्कडीसहित फरार भएका थिए । प्रहरीले परियारलाई बुधबार..

    भैरहवाको बाल गृहबाट ६ जना कैदीबन्दी फरार

    मंगलवार, माघ २९, २०७५ साल
    भैरहवा, २९ माघ  भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन् । बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह-७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय..

    ६२ जुवाडे पक्राउ, १ लाख ३१ हजार बरामद

    मंगलवार, माघ २९, २०७५ साल
    मार्तडी, २९ माघ  जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ ।  सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा..

    आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अवज्ञाकारीको सूचीमा [नामसहित]

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ ।  पीडित पक्षले मानमर्दन हुनेगरी कपोकल्पित, झुठो, समाचार प्रकाशन-प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएका आधारमा त्यसबारे पटकपटक पत्र पठाउँदासमेत बेवास्ता गरेको भन्दै ती सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखिएको सहप्रशासकीय अधिकृत तथा..

    गाउँपालिकाले बालविवाह गर्नेलाई सेवासुविधा नदिने

    सोमबार, माघ २८, २०७५ साल
    रामपुर,२८ माघ  पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।  सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । बाक्लो मगर बस्ती रहेको रम्भा..

    ललितपुरको यति कार्पेट गोदाममा आगलागी, ४ करोडको क्षति

    सोमबार, माघ २८, २०७५ साल
    ललितपुर, २८ माघ  ललितपुरको भैसेपाटीमा रहेको बीएनआरओ म्‍याट्रेस गोदाममा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो १ बजे लागेको आगो प्रहरीको टोलीले २ बजे नियन्त्रणमा लिएको ललितपुरका प्रहरी जानकारी दिए । यति कार्पेटको गोदाममा आगलागीबाट चार करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट करिब साढे ४ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र..

    होसियार ! काठमाडौंमा भेटियो ठूलो परिमाणमा नक्कली नोट

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौं, २७ माघ  पछिल्लो समय नक्कली नोटको बिगबिगी भइरहेका बेला काठमाडौंमा पनि ठूलो संख्यामा नक्कली नोट भेटिएको छ । टोखा नगरपालिका- १० गणेशस्थानबाट १ हजार दरका नक्कली नेपाली नोट १ सय ५२ थान शनिवार राति प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर..

    ३ सय ६० केजी चरेससहित ३ भारतीय पक्राउ

    आईतवार, माघ २७, २०७५ साल
    धादिङ, २७ माघ  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।  काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।  भारतीय..

    विद्युत् गृहमा ३ वटा विस्फोट, सुरक्षा व्यवस्था कडा

    शुक्रबार, माघ २५, २०७५ साल
    खाँदबारी, २५ माघ संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ ।  बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो ।  घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुग्नुभएको छ..

    भारतमा अलपत्र १ सय ७९ नेपालीको उद्दार

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्याइएका ३२ पुरुष र १४७ महिलालाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।  भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले आज..

    ४ महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद, खेल्ने खेलाउनेमा कमी आएन

    बुधबार, माघ २३, २०७५ साल
    साँखु, काठमाडौँ, २३ माघ  नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ ।  विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र..

    बाघको आक्रमणबाट १ को मृत्यु, बुढा घाइते, सुरक्षाकर्मी घटनास्थलमा

    मंगलवार, माघ २२, २०७५ साल
    बाँके, २२ माघ  बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।  बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका..
    Results 1699: You are at page 29 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast