सोमबार, असोज २७, २०७६

    सावधान

    कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ घुससहित आमा–छोरी पक्राउ

    मंगलवार, माघ १, २०७५ साल
    काठमाडौं, १ माघ  कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत एकजना सहायक रजिष्ट्रार १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।  कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा सहायक रजिष्ट्रार गीता कुमार पन्थी पक्राउ परेकी हुन् । घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन् ।  दुवैजनालाई काठमाडौं–१४ स्थित..

    हुण्डीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ, प्रहरीद्वारा ६९ लाख ५७ हजार बरामद

    सोमबार, पौष ३०, २०७५ साल
    विराटनगर, २९ पुस  हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आईतबार तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद..

    बुद्धका मूर्ति चोरी गर्ने पक्राउ, भन्सार छलेर ल्याएको सुनसहित समातिए

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुुुस  महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।  टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता होवीन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी..

    रुपन्देहीमा प्रहरी र तस्करबीच झडप : १ भारतीय तस्करको मृत्यु, प्रहरी घाइते

    आईतवार, पौष २९, २०७५ साल
    रुपन्देही, २९ पुस  रुपन्देहीमा प्रहरीको गोली लागि एक भारतीय युवकको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका१० स्थित शंकरपुरमा गस्तीमा रहेको प्रहरी माथि जम्काभेट हुँदा मुडभेटमा अन्दाजी ३५ वर्षीय भारतीय युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। एसपी थापाले भने,’ड्युटीमा रहेका प्रहरीसँग जम्काभेट भयो । उनीहरूले फायर खोले पछि प्रहरीले जवाफी फायर खोलेको हो ।' प्रहरीले घटनास्थलबाट युपी..

    महानगरीय ट्राफिक प्रहरी : लेन छोडेर जथाभावी सवारी चलाउने १४ हजार चालक कारवाहीमा

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।  महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले..

    भारतीय स्कार्पियो जीपमा चेकजाँच : काठमाडौँतर्फ ल्याउँदै गरेको सुनसहित ६ जना पक्राउ

    आईतवार, पौष २९, २०७५ साल
    लहान, २९ पुस : पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।  चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।  सशस्त्र प्रहरी बल नेपाल गण..

    चरन क्षेत्रबाट फर्किएका १ दर्जन बाख्रा मरे, ५ को उपचार हुँदै, 'विषालु घाँस' नै प्रमुख कारण

    शुक्रबार, पौष २७, २०७५ साल
    गलेश्वर, २७ पुस : म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।  चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा..

    अवैधरुपमा गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको ३७ बिघा नष्ट

    बिहिवार, पौष २६, २०७५ साल
    सिन्धुली, २६ पुस  सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो ।  अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस..

    पुतलीसडकस्थित गेट्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ, विदेश पठाइदिने भन्दै डेढ करोड ठगी !

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २५ पुस : महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।  महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने..

    लुम्बिनीमा भीषण आगलागी, साढे ४ सय बिगाहा क्षेत्रफल जलेर नष्ट, विकास कोषसँग दमकल छैन

    बुधबार, पौष २५, २०७५ साल
    रुपन्देही, २५ पुस  बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ ।  लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिनुभयो । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण..

    चितवन मालपोत कार्यालयका लेखा अधिकृत १ करोड ७१ लाख हिनामिना गरी फरार

    बुधबार, पौष २५, २०७५ साल
    चितवन, २५ पुस  जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् ।  कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उहाँले बताउनुभयो ।  गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक..

    छाउगोठमा आगोले जलेर आमासहित २ बालकको मृत्यु

    बुधबार, पौष २५, २०७५ साल
    बाजुरा, २५ पुस  बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।  मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उहाँका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु..

    सुन चोरीमा संलग्न दम्पती पक्राउ, भारतीय प्रहरी सुर्खेतमा, २ को खोजीकार्य जारी

    मंगलवार, पौष २४, २०७५ साल
    सुर्खेत, २४ पुस  भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये दुई नेपालीलाई पक्राउ गरेको हो । ब्यूरोले शनिबार कालीकोटको लालुबाट मङ्गल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई आज वीरेन्द्रनगर पदमपुरबाट पक्राउ गरेको हो । प्रहरीले सौभाग्याट ६५० ग्राम सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका..

    आयल निगमका खड्कासहित ४ जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा, सम्पत्ति जफतको मागदाबी

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २३ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।  आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।  खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा..

    यातायात व्यवस्था कार्यालयका ११ कर्मचारीलाई ३ महीना कारागार सजाय

    सोमबार, पौष २३, २०७५ साल
    बाँके, २३ पुस  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ ।  विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई तीन महीनाको कारागार सजाय तोकिएको हो ।  कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही रु आठ हजार जरिवानासहित तीन महीना..

    बौद्धबाट २१ जुवाडेसहित रु ७ लाख बरामद, ललितपुरस्थित फर्निचरमा आगलागी, हुम्लामा १३ घर जलेर नष्ट

    शनिबार, पौष २१, २०७५ साल
    साँखु, २१ पुस : काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो ।  छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ ।..

    ब्राउन सुगरसहित दम्पती पक्राउ, सवारी दुर्घटनामा परी पैदलयात्रीको मृत्यु

    शनिबार, पौष २१, २०७५ साल
    भद्रपुर, २१ पुस  : लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४।७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी..

    वाइडबडी प्रकरण : निगम महाप्रबन्धक कंशकारलाई कार्यकक्षमै मोसो दलियो

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौं, २० पुस  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोसो दलेका छन् ।  शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा संगठनका सदस्यले कंशकारलाई मोसो दलेका हुन् ।  क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंशकारलाई मोसो दलेको गजुरेलको भनाइ छ । ‘क्रान्तिकारी माओवादीले दलाल, तस्कर र भ्रष्टारविरुद्धमा  अभियान अन्तर्गत कंशकारलाई मोसो..

    चीनबाट अवैधरुपमा भित्र्याएको ४ किलो सुनसहित धादिङबाट ३ जना पक्राउ

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस   चीनबाट अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित प्रहरीले तीनजलाई धादिङबाट पक्राउ गरेको छ ।  रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का २२ वर्षीय युवक सुरेन्द्र तामाङ रहेका छन् ।   प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले..

    काठमाडौंबाट फर्किँदै गरेको भारतीय कन्टेनरबाट २ सय ३५ किलो चरेस बरामद

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौं, १९ पुष  प्रहरीले ठूलो मात्रमा बिहिबार चरेश बरामद गरेको छ । लागू औषध नियन्त्रण व्यूरोको टोलीले धादिङको गजुरीबाट २ सय ३५ केजी चरेश बरामद गरेको हो ।   काठमाडौंबाट फर्किँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। समातिनेमा सत्यन्द्र सिंह वेघल र..

    गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा, ३ सय ६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ ।  विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल..

    जापानका नाममा ठगी व्यापक ! सरकारको आदेश - राहदानी र पैसा कतै नबुझाउनू

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौं, १८ पुस ।  जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।   वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले..

    वैदेशिक रोजगारीमा गएका १ सय ९४ महिला घरपरिवारबाट सम्पर्कविहीन, माइती नेपालमा निवेदन

    बुधबार, पौष १८, २०७५ साल
    राँझा, १८ पुस  वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताउनुभयो । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण..

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा घुस लिने खरिदार पक्राउ

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । ..

    अख्तियारद्वारा घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ, ८० हजार घुस लिएको आयोगको दाबी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ ।  आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि..

    प्रहरीद्वारा २ सय २३ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ

    आईतवार, पौष १५, २०७५ साल
    बनियानी, १५ पुस  झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।  लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा..

    भारतमा बन्धक बनाइएका ९ महिलाको उद्धार, स्वदेश फिर्तापछि परिवारमा पुनमिलन

    आईतवार, पौष १५, २०७५ साल
    कृष्णनगर, पुस १५  सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।  कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो ।  केआई नेपालको प्रयासमा बिहीबार महिलाको..

    प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ, ५ दिनदेखि ३ बालिका सम्पर्कविहीन

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो ।  वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई..

    सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, सञ्चालक नियन्त्रणमा, अनुसन्धान जारी

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत..

    आरक्ष क्षेत्रबाट दैनिक निस्किने हात्तीको आतङ्कबाट पीडित, स्थानीयवासी रातभर जाग्राम

    बिहिवार, पौष १२, २०७५ साल
    राजविराज, १२ पुस  कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् ।  जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।  कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने हात्तीका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरी हनुमाननगर कङ्कालनी..
    Results 1566: You are at page 27 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast