सोमबार, असोज २७, २०७६

    सावधान

    बर्ने चिया कमानभित्रका लोपोन्मूख सत्तिसालका रुख गायब, अवैध ढंगबाट कटान (फलोअप)

    बुधबार, माघ १६, २०७५ साल
    झापा, माघ १६ । सरकारले सुवासचन्द्र सांघाईलाई ठेक्कामा दिएको झापाको बुद्धशान्ती—४ मा रहेको बर्ने चिया कमानमा भएको हरियो रुखको अवैध कटान बारे सम्बन्धित निकायले कुनै चासो दिएको छैन । कमानमा भएको लोपोन्मुख तथा हरियो रुख बर्षेनी अवैध ढंगबाट कटान गरी उजाड हुँदा समेत  सम्बन्धित निकायहरु निगम र सरकारबीचको सम्झौता आफूअनुकुल व्याख्या गर्दै पन्छिदै आएका छन् । डिभिजन बन कार्यालय झापा, नेपाल..

    बोतलको पानी उत्पादनमा मापदण्ड पुरा नगर्ने ४ कम्पनीलाई रोक

    बुधबार, माघ १६, २०७५ साल
    बलेवा, १६ माघ    ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।    खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका दुई र पर्वतका दुई कम्पनी रहेका छन् । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड..

    पत्नी बलात्कार आरोपमा पक्राउ, मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी

    मंगलवार, माघ १५, २०७५ साल
    भक्तपुर, १५ माघ  पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् ।  आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।  यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती..

    नेपालमा घटेन भ्रष्टाचार : स्कोर समान, वरीयतामा २ स्थान तल, राजनीतिक भ्रष्टाचार बढी

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ ।  नेपालमा गत वर्षको तुलनामा भ्रष्टाचार नघटेको तथ्याङ्क सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ३१ अंक मात्र पाएर नेपाल १२४औं स्थानमा परेको हो ।  भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको करप्सन परसेप्सन्स इन्डेक्स –२०१८ ले नेपालको अवस्था अहिले पनि निराशाजनक रहेको देखाएको हो ।  ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१८ मा १ सय..

    अख्तियार आयोगका प्रहरी सहायक १ लाख घुससहित अख्तियारकै फन्दामा

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।  आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस माग अभियोग लागेको छ ।  आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट पक्राउ..

    जङ्गली हात्तीद्वारा ३ दर्जन घरमा तोडफोड, किसानले लगाएको लाखौँ मूल्यका गहुँबाली नष्ट

    सोमबार, माघ १४, २०७५ साल
    राजविराज, १४ माघ  कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।  जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य..

    टिपरको ठक्करबाट बालिकाको मृत्यु, मोरङ्गमा तनाव, निषेधाज्ञा जारी

    सोमबार, माघ १४, २०७५ साल
    विराटनगर, १३ माघ  सोमबार बिहान ना.३.ख ३३५५ नम्बरको टिपरले ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचास्थित सिसौघारीमा तनाव भएको छ ।  बाटो काट्दै गर्दा भएको सो दुर्घटनालगत्तै बालिकाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकले जानकारी दिए । घटनापछि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसक्रममा विराटनगरबाट विराटचौक र विराटचौकबाट विराटनगरतर्फ..

    हिउँ पग्लिएपछि पहिरो, बाख्रा चराउन गएका २ बेपत्ता, हेलिकप्टरबाट उद्धारको प्रयास

    आईतवार, माघ १३, २०७५ साल
    धादिङ, १३ माघ  उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् ।  गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।  हराइरहेका दुई जनाको..

    प्रविधिले बढायो जोखिम, नाकाको यात्रामा यसरी सल्बलाउछन् मानव ‘दलाल’ !

    आईतवार, माघ १३, २०७५ साल
    बाँके, १३ माघ  नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु पाँच करोडको करोबार हुने अनुमान छ । त्यसो त भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका पनि यही हो ।  भारतबाट भित्रिने मालसामानको हिसाबले पनि नेपालगञ्ज पश्चिमको ठूलो नाका मानिन्छ..

    चिकित्सककी छोरी अपहरण, पैसा बुझाएपछि फिर्ता, ४० प्रहरी परिचालन

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, १२ माघ प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।  प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताउनुभयो । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उहाँको भनाइ छ..

    जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, बेहुला र बेहुली सकुशल

    शुक्रबार, माघ ११, २०७५ साल
    धनुषा, ११ माघ  जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।  बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर..

    मापदण्ड विपरितका क्रसरलाई सञ्चालनमा रोक, इजाजत नलिई चलाउने २४ उद्योग बन्द

    शुक्रबार, माघ ११, २०७५ साल
    रत्ननगर, ११ माघ  मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो ।  बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९..

    सीमा क्षेत्रको दशगजामा भारतको मनपरी : बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का

    बिहिवार, माघ १०, २०७५ साल
    कञ्चनपुर, १० माघ  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।  स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ..

    घुस नदिनुहोस्, दिनुभयो भने पक्राउ पर्न सक्नुहुन्छ, प्रहरीलाई हाकिमले फोन गरेपछि...

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न..

    कृष्णनगर सीमानाकाबाट ३६१ महिलाको उद्धार, १२ हजार ४६७ जनासँग परामर्श

    बुधबार, माघ ९, २०७५ साल
    कृष्णनगर, ९ माघ : मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।  केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन्..

    गोंगबुको एक होटेलमा प्रहरीले चलायो गोली, १ जना घाइते, उपचार हुदै

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं,  ८ माघ :  गाेंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेकाे भन्दै प्रहरीले गोली चलाएको छ। मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। प्रहरीको गोली लागेका तामाङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तामाङको साथबाट पेस्तोल र केही थान गोली समेत बरामद भएको डिएसपी बोगटीले जानकारी दिए ।..

    भोजपुरमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २ व्यक्ति पक्राउ

    मंगलवार, माघ ८, २०७५ साल
    भोजपुर, ८ माघ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने..

    वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर मजदूरको मृत्यु

    मंगलवार, माघ ८, २०७५ साल
    उर्लाबारी, ८ माघ  मोरङ बेलबारी नगरपालिका– ११ मा मंगलबार बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ ।  सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।  वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा..

    गुणस्तर तथा नापतौल विभागद्वारा २ पेट्रोल पम्पमा शिलबन्दी, कम तेल दिएर ठगी

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ  नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई आज शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी दिनुभयो । “विभागले लगाएको शिल तोडेर..

    जबर्जस्ती करणी मुद्दामा फरार रहेका वडाध्यक्षद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

    सोमबार, माघ ७, २०७५ साल
    दमौली, ७ माघ  जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।  सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले सोमबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए ।  रेग्मीले..

    किशोरीमाथि निर्घात कुटपिटपछि करणीको प्रयास, प्रहरीद्वारा युवकको खोजी कार्य जारी

    सोमबार, माघ ७, २०७५ साल
    चितवन, ७ माघ  राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ ।  जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो ।  घटनाको साँझ ७ बजे जानकारी..

    घरमा बालेको घुरबाट आगलगी हुँदा ६ घर जलेर नष्ट, १८ लाखको क्षति

    आईतवार, माघ ६, २०७५ साल
    सर्लाही, ६ माघ  घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ ।  आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको..

    डोटीमा शिकारीको गोली लागेर चितुवाको मृत्यु, थप अनुसन्धान प्रक्रिया शुरु

    आईतवार, माघ ६, २०७५ साल
    डोटी, ५ माघ  डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ ।  चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो । डिभिजन वन कार्यालयमा चितुवाको शवपरीक्षण गर्दा चितुवाको शरीरमा दुई गोली लागेको उल्लेख गरिएको छ ।  पन्ध्र महीना जतिको भाले चितुवा..

    सामाजिक सञ्जाल र साथीसङ्गतको असर : साउनयता ५२ बालबालिका हराए

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ : पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताउनुभयो ।  हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर..

    अब त्रिशूली नदी र त्यस वरपर फोहोर फ्याँके कारवाही, व्यवस्थापन केन्द्र निर्माण

    शुक्रबार, माघ ४, २०७५ साल
    मुग्लिन, ४ माघ  त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो ।  सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । “सूचना अटेर..

    १० वर्षपछि प्रहरीको सफलता ! सामूहिक बलात्कारका मुख्य दोषीलाई पक्राउ गरी सार्वजनिक

    शुक्रबार, माघ ४, २०७५ साल
    तुलसीपुर, ४ माघ  सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ ।  दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई सर्वाेच्च अदालतबाट २०७२ फागुन ३० गते ९ वर्ष ११ महीना दुई दिन सजाय र रु ५० हजार जरिवाना तोकिएको थियो । सामूहिक बलात्कारमा परेकी खनालको..

    इँटा उद्योगको पर्खाल भत्कँदा २ बालबालिकाको मृत्यु, २ जना गम्भीर घाइते

    बिहिवार, माघ ३, २०७५ साल
    काभ्रेपलाञ्चोक, ३ माघ   पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा बिहिबार दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी..

    गोली प्रहारबाट हबल्दार घाइते, ५ लाखसहित टोखाबाट १५ जुवाडे पक्राउ

    बिहिवार, माघ ३, २०७५ साल
    लहान, ३ माघ : अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।  सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।  घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल..

    मोडल ‘कान्छीमाया’ को नयाँ शैलीमा चरेश धन्दा - प्रहरीद्वारा ११ किलो चरेस बरामद

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौं, २ माघ ।  लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धूपको डब्बामा फल्स बर्टन बनाएर चरेस तस्करी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यले भने,‘‘अगरबत्तीमा चरेश र्यापिङ गरेर पठाएको यो तस्करीको नयाँ शैली हो । हामीलाई शंका लागेपछि चेकजाँच गर्दा पार्सल गरिरहेको अवस्थामा फेला पारेका हौं ।’’ बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको..

    गोगंबुमा ग्यास सिलिण्डर बिस्फोट, १ को उपचारको क्रममा मृत्यु, ४ जना घाइते

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौं, २ माघ   बुधबार गोंगबुको पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुदा एकजनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार सिलिन्डरको बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो ।  बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५..
    Results 1566: You are at page 26 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast