मंगलवार, भाद्र ३, २०७६

    सावधान

    बर्दियामा ११ वर्षे बालिका बाख्रा चराउन गएकोबेला बलात्कृत, आरोपी १ घण्टाभित्रै पक्राउ

    सोमबार, कार्तिक २६, २०७५ साल
    बर्दिया, २६ कात्तिक ।  बर्दिया बढैयाताल–८ की ११ वर्षीया एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । उनि बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य..

    धम्क्याएर रकम असुल गर्ने धन्दा गरेका नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं,  २५ कात्तिक  म्यानपावर एजेन्टसँग रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप एक युवा प्रहरीको फन्दामा परेका छन् ।  नक्कली प्रहरी बनि मेनपावर एजेन्ट खुश्बु गुरुङलाई धम्क्याएर एक लाख असुल गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी  ६ घर भई हाल ललितपुरको  चापागाँउ बस्ने दीपेन्द्र अधिकारी भन्ने नारायण बिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।    उनलाई ललिपुर गोदावरी नगरपालिका वडा न ११..

    कस्तो विडम्बना ! घाँस काट्न गएकी एक किशोरीको भीरबाट खसेर मृत्यु

    आईतवार, कार्तिक २५, २०७५ साल
    अछाम, २५ कात्तिक अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो ।  घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ ।  भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको..

    जुवाको खालबाट २१ जुवाडे पक्राउ, प्रहरी भन्छन् - यो सङ्ख्या बढ्दो छ

    शनिबार, कार्तिक २४, २०७५ साल
    घोराही, २४ कात्तिक  दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।  गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको..

    तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा ५ घर जलेर नष्ट

    शनिबार, कार्तिक २४, २०७५ साल
    कृष्णनगर, २४ कात्तिक  कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् ।  स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।  आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला..

    जङ्गली हात्तीको झुण्डले घर भत्कायो, पिडित भन्छन् - ज्यान त बल्लतल्ल जोगायौँ

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    कञ्चनपुर, २३ कात्तिक  तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।  गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ । लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ ।..

    भाटभटेनी सुपरमार्केटमा विभागको छड्के चेकजाच, दुधजन्य खाद्यवस्तु बिक्री वितरणमा रोक

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौं, २१ कात्तिक  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । तिहारमा अत्याधिक विक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको..

    'संस्कृति पैसामा बिक्री हुँदा, मौलिकता हराउँदै जाँदा हाम्रो पहिचान गुम्ने खतरा'

    बुधबार, कार्तिक २१, २०७५ साल
    जुम्ला, २१ कात्तिक  धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भड्किलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ ।  मौलिकता गुमनाम हुने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको..

    जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा २० जुवाडे पक्राउ, छुटाउन राजनीतिक दबाव

    बुधबार, कार्तिक २१, २०७५ साल
    धनगढी, २१ कात्तिक ।  जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका २० जना जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ गरेको छ ।  मंगलबार राति करिब साढे ११ बजेको समयमा धनगढी उपमहानगरपालिका ३ बाट ९ जना जुवाडे १ लाख २९ हजार १ सय ३५ रुपैयाँ र वडा नम्बर १ बाट ११ जना जुवाडे १ लाख ४५ हजार ७ सय १०..

    सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएन तस्करी

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए । उनले भने, ‘पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको..

    डोल्पाको दुनैबाट सोतानेतर्फ जाँदै गरेको जीप ठूलीभेरीमा दुर्घटना, १० जनाको मृत्यु

    सोमबार, कार्तिक १९, २०७५ साल
    डोल्पा, १९ कात्तिक डोल्पाको दुनैबाट सोतानेतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।  भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदिमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम कुमार सुवेदीले लोकान्तरलाई जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते रहेका दुई जनालाई डोल्पा सदरमुकाम दुनै लगिएको सुवेदीले जानकारी दिए  ।  जीपमा १०/१२ सवार रहेको जिल्ला प्रहरी..

    बेच्न लगिएका ३७ चेलीको भारतबाट उद्दार, १ चेली वापत ४ लाख, नाइके भारतीय

    सोमबार, कार्तिक १९, २०७५ साल
    नेपालगञ्ज,  १९ कार्तिक भारतको उत्तर प्रदेशबाट बेच्न लगिएको अवस्थामा ३७  जना नेपाली चेलीको उद्दार गरिएको छ । अन्य ३ जना चेलीलार्इ दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन् । ३७ चेलीलार्इ गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो । दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलार्इ माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलार्इ जिम्मा लगाएको..

    अर्घाखाँचीमा चितुवा समात्न बाख्रो राखेर पासो थापियो, प्रहरीसहितको टोली परिचालन

    सोमबार, कार्तिक १९, २०७५ साल
    सन्धीखर्क,१९ कात्तिक   चितुवाको आतंक नरोकिएपछि अर्घाखाँचीमा स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास जारी राखेको छ । गत वर्ष पनि चितुवालाई थुन्न भनेर १२ वटा खोर राखिएको थियो । तर, चितुवा बस्तीमा छिर्ने र मान्छे मार्ने क्रम रोकिएको छैन । प्रजिअ भुसालका अनुसार विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै..

    घरमा सुतिरहेका बेला अज्ञात समूहद्वारा गोली हानी हत्या, अनुसन्धान जारी

    सोमबार, कार्तिक १९, २०७५ साल
    बर्दिया, १९ कात्तिक  बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।  मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज..

    ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत पक्राउ

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको..

    नोलाइटको फोनसमेत नउठाउई विद्युत् प्राधिकरणमै तास खेल्छन् कर्मचारी

    आईतवार, कार्तिक १८, २०७५ साल
    भक्तपुर, १८ कात्तिक  नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ ।  नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो ।  तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर..

    मलामी गएर फर्किने क्रममा कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना, २ युवकको मृत्यु

    आईतवार, कार्तिक १८, २०७५ साल
    भीमदत्तनगर, १८ कात्तिक मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आइतबार कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने..

    च्यांग्राको मासु खाने विषयमा झगडा हुँदा स्याङ्जाका नगर प्रमुख गिरीको टाउकोमा ५ टाँका

    आईतवार, कार्तिक १८, २०७५ साल
    कालिकोट, १८ कात्तिक  रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुँदा घाइते भएका छन् ।  सरकारी खर्चमा राराताल भ्रमणमा आएको नगरप्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोलीबीच झडप भएको हो ।  शनिबार राती दुवै टोली कालिकोटको सनलाइट होटेलमा बास बसेका बेला नगर प्रमुख गिरी र भक्तपुरबाट आएको टोलीबीच च्याङ्ग्रा मासु खाने विषयमा झडप भएको..

    १८ लाख बराबरको ३७ किलो चरेससहित बुटवलबाट ३ पक्राउ, समातिनेमा स्थानीय जनप्रतिनिधि समेत

    आईतवार, कार्तिक १८, २०७५ साल
    बुटवल, १८ कात्तिक :   रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गए राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।  विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित..

    झारफुक गर्ने निहुँमा बलात्कार, पीडित भन्छिन् - रोग निको भइहाल्छ की भन्ने आश थियो

    शनिबार, कार्तिक १७, २०७५ साल
    बर्दिया, १७ कात्तिक  बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताईन् ।  पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए..

    पोखरामा ६ लाखसहित ११ जना जुवाडे पक्राउ, काठमाडौंको शङ्खरापुरबाट १४ जुवाडे समातिए

    शनिबार, कार्तिक १७, २०७५ साल
    पोखरा, १७ कात्तिक : बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।  उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने..

    देवानी तथा फौज्दारी संहिता लागू भएसँगै समबन्धविच्छेदका मुद्दामा पुरुष बढी

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    घोराही, १६ कात्तिक   देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो ।  अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा ११७ सम्बन्ध विच्छेदका मुद्दा..

    नेपाल टेलिकमको लाखौं मूल्यका रिचार्ड कार्ड चोरी गर्ने व्यक्ति पक्राउ

    बिहिवार, कार्तिक १५, २०७५ साल
    दाङ, १५ कात्तिक  जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि बिहिबार सार्वजनिक गरेको छ ।  प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग रु ५० का रिचार्ड कार्ड १५ हजार २००, रु १०० का २१ हजार रु ५०० का ७२० गरी जम्मा ३६ हजार..

    अवैधरूपमा भारतबाट ल्याउँदै गरेको पटाका तथा बिजुलीका सामान प्रहरीद्वारा बरामद

    बुधबार, कार्तिक १४, २०७५ साल
    लहान, १४ कात्तिक  प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका..

    ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

    मंगलवार, कार्तिक १३, २०७५ साल
    चौतारा, १३ कात्तिक  रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षणबाट सो तथ्य फेला परेको हो ।  बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी सहभागिता रहेको शिविरमा..

    विभिन्न अपराधमा संलग्न भई फरार रहेका २ अभियुक्त पक्राउ

    सोमबार, कार्तिक १२, २०७५ साल
    नुवाकोट, १२ कात्तिक विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । तामाङले २०६९..

    सरकारी जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार परासीको साविक जयखानी–३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस–५ हाल सरावल गाउँपालिका–१ को सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी लुम्बिनी ग्यास उद्योगलाई बेचबिखन गरेको पाइएको छ ।  आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार..

    काँक्रो खान गएकी हुम्लाकी बालिका गोली खाएर फर्किन्, रेडपाण्डाको छालासहित कोहलपुरमा शाही पक्राउ

    आईतवार, कार्तिक ११, २०७५ साल
    जुम्ला, ११ कात्तिक  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।  थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि..

    थिमिमा दुई किलो गाँजासहित २२ वर्षीया युवती पक्राउ, गाँजा बिक्री गर्दैगर्दा प्रहरीको फन्दामा

    शनिबार, कार्तिक १०, २०७५ साल
    भक्तपुर, १० कात्तिक : अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी दिए ।  प्रहरीले वाइवाको..

    हत्या अभियोग र विस्फोटक पदार्थसहित ३-३ जना पक्राउ, बाजुरामा माछा मार्न लाग्दा लडेर मृत्यु, बेपत्ता मजदुरको खोजी गर्न आग्रह

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    इनरुवा, ९ कात्तिक : सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।  भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको..
    Results 1388: You are at page 25 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast