सोमबार, कार्तिक ४, २०७६

    सावधान

    अस्पताल वरपर मदिरा निषेध

    आईतवार, चैत्र ३, २०७५ साल
    ओखलढुङ्गा, ३ चैत  ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो ।  स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन..

    कित्ताकाटमा भ्रष्टाचार : नायब सुब्बासहित ७ विरुद्ध मुद्दा दायर

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई शुक्रबार पक्राउ गरेको छ ।  आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो ।  सेवाग्राहीको उजुरीका..

    हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।  महाशाखाका प्रमुख एवं प्रहरी..

    पोखरामा बन्दको प्रभाव, विभिन्न स्थानमा शंकास्पद बस्तु फेला

    बिहिवार, फागुन ३०, २०७५ साल
    पोखरा, ३० फागुन  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।  बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।  बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद..

    पोखरा महानगरको सक्रियता : मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

    बिहिवार, फागुन ३०, २०७५ साल
    चिप्लेढुङ्गा, ३० फागुन : उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।  हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ..

    रोकिएन नदीजन्य पदार्थको उत्खनन

    बुधबार, फागुन २९, २०७५ साल
    राँझा, २९ फागुन  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउँपालिकाले रोक लगाए पनि उत्खननकार्य नरोकिएको स्थानीय अगुवा विश्वसागर परियारले..

    मध्यरातमा शक्तिशाली बम विस्फोट, ६ पक्राउ, विप्लवमाथि शंका

    बुधबार, फागुन २९, २०७५ साल
    चितवन, २९ फागुन : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।  जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा..

    विप्लव माओवादी समूहको धन्दा, धम्कीसँगै चन्दा

    मंगलवार, फागुन २८, २०७५ साल
    दैलेख, २८ फागुन  दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ ।  पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गर्नुभयो..

    मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन र चाँदी ! २ भारतीय पक्राउ

    सोमबार, फागुन २७, २०७५ साल
    जनकपुरधाम, २७ फागुन  मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका..

    रुपन्देहीमा अज्ञात समूहद्वारा एक युवकको हत्या

    सोमबार, फागुन २७, २०७५ साल
    खस्यौली, २७ फागनु रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।  स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो..

    १ लाख ९६ हजार नगदसहित जुवा अखडाबाट महिला पक्राउ

    आईतवार, फागुन २६, २०७५ साल
    साँखु, २६ फागुन  प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।  बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो..

    बम विस्फोटको विरोधमा आज देशभरका ११ सय म्यानपावर बन्द

    आईतवार, फागुन २६, २०७५ साल
      काठमाडौं, २६ फागुन ।  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आईतबार देशभरका म्यानपावर कम्पनी बन्द भएको छ । बम विस्फोटको भत्र्सना गर्दै आईतबार देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो । संघले सरकारसँग व्यवसायीको सुरक्षा गर्न माग गरेको छ । शुक्रबार साँझ काठमाडौंको बसुन्धरास्थित गुरुङको घरमै पार्क गरी राखिएको कारमा प्रेसर कुकर बम विस्फोट गराइएको..

    १ सय ५ केजी चरेससहित ३ पक्राउ [नामसहित]

    आईतवार, फागुन २६, २०७५ साल
    धादिङ, २६ फागुन  धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आईतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल..

    केडिया अपहरणका मुख्य योजनाकार पक्राउ गरी सार्वजनिक

    शनिबार, फागुन २५, २०७५ साल
    पर्सा, २५ फागुन : नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।  प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध..

    ‘विप्लव’द्वारा अपहरित भनिएकी सांसद प्रहरी सम्पर्कमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन -  बझाङमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार दिउँसो अपहरण गरिएको भनिएकी सांसद देवकी मल्ल संम्पर्कमा आईसकेको प्रहरीले दावी गरेको छ। बझाङ प्रहरी प्रमुख डीएसपी धितालले आधा घन्टा अघि मल्ल प्रहरी सम्पर्कमा आएको बताए।..

    विप्लव नेतृत्वद्वारा बझाङबाट प्रदेश सांसद अपहरण

    शुक्रबार, फागुन २४, २०७५ साल
    धनगढी, २४ फागुन सूदुरपश्चिम प्रदेश सभा सदस्य अपरण भएको खबर आए पछि प्रहरीले खोजी कार्य शुरु गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समूहले प्रदेश सदस्य देवकी मल्ललाई अपरहण गरेको सुचना आए पछि प्रहरीले जिल्ला भरी खोजी कार्य शुरु गरेको जनाएको छ ।  बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द..

    निर्मला हत्या प्रकरण : मुद्दा दर्ता भएपछि एसपी विष्ट र डीएसपी फरार

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंगुर जीसी फरार भएका छन् । विष्ट र जिसी दोस्रो दिन पनि बिहीबार अदालतमा उपस्थित भएनन् । उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ । बिहीबार कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी..

    चितुवाको आक्रमणबाट ८० वर्षीय बृद्ध सहित अन्य २ घाइते

    शुक्रबार, फागुन २४, २०७५ साल
    लम्की, २३ फागुन  चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् ।  टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात..

    काठमाडौँको मख्खनगल्लीमा आगलागी, निभाउन चार दमकलको प्रयोग

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।  मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।  आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो..

    विप्लवको गाउँमा प्रहरीको छापा - गोली प्रहार, हतियार बरामद

    बिहिवार, फागुन २३, २०७५ साल
    कपिलवस्तु,  २३ फागुन प्रहरीले कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि गोली प्रहार गरेको छ । विप्लव गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको छ । प्रहरीको गोली लागेर शिवराज नगरपालिका-९, का नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका भएका छन् । उनको घरमा हतियार रहेको सूचनाका आधारमा ..

    अवैध शिकारले जोखिमा परेको कालिज संरक्षणमा जुट्यो बागलुङ

    बुधबार, फागुन २२, २०७५ साल
    बागलुङ, २२ फागुन बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । कागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको हो । वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ ।  मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको वासस्थान छ । प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको मन्दिरका अध्यक्ष राजु खड्काले बताउनुभयो..

    कर्तव्य ज्यान मुद्दाका फरार अपराधी १३ वर्षपछि पक्राउ

    बुधबार, फागुन २२, २०७५ साल
    दुल्लु, २२ फागुन कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ ।  सोहि ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो ।..

    आगलागीमा परेर छोरीको मृत्यु, आमा गम्भीर घाइते

    मंगलवार, फागुन २१, २०७५ साल
    म्याङलुङ, २१ फागुन  तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा मंगलबार बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।  आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो ।  आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन..

    विप्लव समूहका ३ सय ७५ पक्राउ, यस्तो छ मुख्य धन्दा

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २० फागुन  नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो ।  फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर,..

    प्यारासुट अनियन्त्रित हुँदा सैनिक सिधै आकासबाट खसे

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, १९ फागुन  राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि एक  सैनिक काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् । प्यारासुट जम्पिङका क्रममा प्यारासुट अनियन्त्रित हुँदा नेपाली सेनाका एक सैनिक सिधै आकाशबाट जमिनमा खसेका छन् । राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि ती सैनिक काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् । प्यारासुट जम्पिङका क्रममा सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर खसेका हुन् । उनलाई..

    कौशल्टारमा भीषण आगलागी, ६ करोडको क्षति

    सोमबार, फागुन २०, २०७५ साल
    भक्तपुर, २० फागुन  मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।  गए राति ११ बजे लागेको आगो सोमबार बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी..

    विप्लप समूहका रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्ता पक्राउ

    सोमबार, फागुन २०, २०७५ साल
    चौतारा, १९ फागुन : प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।  सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक..

    ‘वातावरण मैत्री विकास नहुँदा जोखिम बढ्दो ’

    आईतवार, फागुन १९, २०७५ साल
    तुलसीपुर, १९ फागुन विकास निर्माणका कार्य वातावरण मैत्री नहुँदा मुलुकले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।  दाङको तुलसीपुरमा शनिबार आयोजित ‘जैविकविविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले जैविक विविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि नीतिगत छलफल हुनुपर्नेमा जोड दिनुभयो ।  ‘‘विश्वमा देखिएको जलवायु परिर्वनको असर नेपालमा पनि परेको छ, यदि बेलैमा यसलाई..

    बासिन्दाको विरोधपछि सुनकोशीमा बालुवा उत्खनन बन्द

    आईतवार, फागुन १९, २०७५ साल
    काभ्रेपलाञ्चोक, १९ फागुन आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए ।  गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं..

    राजधानी बाहिरसमेत 'चेक बाउन्स'का मुद्दा बढ्न थाले !

    आईतवार, फागुन १९, २०७५ साल
    बाँके, १९ फागुन : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता भएको नेपालगञ्ज इजलासका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीमध्ये दुई बैंैकिङ कसुरका र अन्य सबै चेक बाउन्सका मुद्दा हुन् ।  चेक बाउन्स भएको भन्दै बैंकिङ कसूरअन्तर्गत मुद्दा दर्ता हुने गरेको उच्च..
    Results 1588: You are at page 24 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast