मंगलवार, भाद्र ३, २०७६

    सावधान

    सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, सञ्चालक नियन्त्रणमा, अनुसन्धान जारी

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत..

    आरक्ष क्षेत्रबाट दैनिक निस्किने हात्तीको आतङ्कबाट पीडित, स्थानीयवासी रातभर जाग्राम

    बिहिवार, पौष १२, २०७५ साल
    राजविराज, १२ पुस  कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् ।  जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।  कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने हात्तीका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरी हनुमाननगर कङ्कालनी..

    वीरगन्जमा नेविसंघका कार्यकर्ताबीच खुकुरी हानाहान : १ घाइते, सुरक्षा व्यवस्था कडा

    बुधबार, पौष ११, २०७५ साल
    वीरगन्ज, ११ पुष ।  वीरगन्जमा सहमहामन्त्री लक्ष्मीभक्त खनाल र कांगे्रेस पर्साका सचिव श्याम पटेलको उपस्थितीमा पार्टी कार्यालयमा छलफल चल्दै गर्दा कार्यालय परिसरमा रहेका दुई गुटका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो ।  बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको हो ।    नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो । कांग्रेस..

    महोत्तरीका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित, सरकार सुरक्षा दिन किन हुन्छ पराजित !

    बुधबार, पौष ११, २०७५ साल
    बर्दिवास, ११ पुस  महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी, काप) का बासिन्दा लगातार जङ्ली हात्ती बस्तीमा पसेर उत्पात मच्चाइ रहेपछि आजित भएका हुन् ।  पछिल्लो पटक मङ्गलबार राति तीनवटा जङ्गली हात्तीले बर्दिवास–५ सोनापेटीका विमान थिङ, चेरुका विष्णु ढुङ्गेल, गणन्ताका साने श्रेष्ठ र ढुङ्ग्रेका निर्मल..

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी युवती बाघको आक्रमणबाट घाइते

    बुधबार, पौष ११, २०७५ साल
    कञ्चनपुर, ११ पुस  कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो ।  उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य..

    घर फोरेर गहना चोरी गर्ने केही युवतीसहित १० जना पक्राउ, ४ दिनको खोजतलासपछि प्रहरीलाई सफलता

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु..

    दलालको प्रलोभनमा वैदेशिक रोजगारीका लागि जान हिँडेका ४० नेपाली महिलाको उद्धार

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस  गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।  दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उहाँहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा हुनुहुन्थ्यो । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उहाँहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट..

    पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने ३ पेट्रोल पम्पमाथि कारबाही - ३ महीना कैद र जरिवाना

    मंगलवार, पौष १०, २०७५ साल
    हेटौँडा, १० पुस  पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ ।  वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महीना कैद र रु १० हजार जरिवाना गरिएको हो ।  यसरी कारबाहीमा परेका पम्पमा कलैया–१३ को विजय आयल स्टोर्स,..

    बेहुलीको घरमा स्थानीयवासी युवाको समूहद्वारा आक्रमण, बेहुलीसहित ४ घाइते, केटाहरु प्रहरी नियन्त्रणमा

    मंगलवार, पौष १०, २०७५ साल
    तेह्रथुम, १० पुस  तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् ।  प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश..

    मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्, बैतडीमा ससुराको हत्या गर्ने बुहारी प्रहरी नियन्त्रणमा

    मंगलवार, पौष १०, २०७५ साल
    मन्थली, १० पुस : रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद् गरेको हो ।  यस्तै ‘न्यू फेमल मिट सप’बाट सडेको..

    प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार, संलग्न व्यक्ति पक्राऊ

    सोमबार, पौष ९, २०७५ साल
    पर्सा, ९ पुस पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार गरेका छन्। पर्सागढी नगरपालिका वडा नम्बर २ बढ्निहारमा रहेको जनता उच्च मावि कक्षा ११ मा अध्ययनरत पर्सागढी नगरपालिका वडा नम्बर १ मनवाकी १८ वर्षकी शकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका वर्ष १८ कै जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट शकुन्तला गम्भीर घाइते..

    गोरखाको सामागाउँ जङ्गलमा भीषण आगलागी, प्रहरी र स्थानीयवासी कस्सिए

    सोमबार, पौष ९, २०७५ साल
    गोरखा, ९ पुस   जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।  पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर..

    विद्यालयका प्रधानाध्यापकलाई सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त, कानूनी कारवाही गर्न माग

    सोमबार, पौष ९, २०७५ साल
    वीरगञ्ज, ९ पुस आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध सोमबार बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ ।  महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् ।  प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग..

    बालिका भारत लैजान खोज्ने २ युवा पक्राउ, आरोपिबाट अन्य कुरा समेत खुल्न सक्ने आशंका !

    आईतवार, पौष ८, २०७५ साल
    बेत्रावती, ८ पुस  दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।  उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट..

    ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते

    शनिबार, पौष ७, २०७५ साल
    ललितपुर, ७ पुस ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरु गृहजिल्ला दोलखाका साथी हुन् । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको..

    दाङमा भएको बस दुर्घटनाका २३ मृतक मध्ये १४ को सनाखत (नामावलीसहित)

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  सनाखत भएकामध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना  रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।   बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २०..

    स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित २ पक्राउ, लागुऔषध सहित ४ समातिए

    शुक्रबार, पौष ६, २०७५ साल
    काठमाडौँ, ६ पुस काठमाडौँ  महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । छिरिङ..

    म्याग्दी सदरमुकाम बेनीमा भएको आगलागीमा करीब १३ लाखको क्षति

    शुक्रबार, पौष ६, २०७५ साल
    बेनी, ६ पुस म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित..

    जाडोका कारण कोठामा कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

    बिहिवार, पौष ५, २०७५ साल
    डडेल्धुरा, ५ पुस  अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला..

    मादी नदीबाट दिनरात अवैध ढुङ्गा बालुवा निकासी, गाउँपालिकाका प्रमुखले लिए 'एक्सन'

    बिहिवार, पौष ५, २०७५ साल
    कास्की, ५ पुस  कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ ।  लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महीनादेखि लगातार दिनमा तथा रातको समयमा समेत नदीबाट ढुङ्गा, बालुवा निकालेर लैजाने गरेको सूचनाका आधारमा बुधबार गरिएको अुनगमनका क्रममा ठूलो परिमाणमा ढुङ्गा तथा बालुवा अवैधरूपमा सङ्कलन गरी जम्मा गरिएको फेला..

    अनुमति बिनानै सञ्चालन भएको पाउरोटी उद्योगमा सिल, खाद्य सामग्री कुहिएको अवस्थामा भेटियो

    बिहिवार, पौष ५, २०७५ साल
    काभ्रेपलाञ्चोक, ५ पुस  बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।  विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन..

    सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जना पक्राउ, यस्तो छ पाकेटमारको आफ्नै कोड भाषा ...

    बिहिवार, पौष ५, २०७५ साल
    काठमाडौं, ५ पुस  केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको छ ।  यस्तो छ कोड पैसा : द मोबाईल : कान पकेटमारीपीडित : रामे मुख्य पाकेटमार : काशी पैसा धेरै : टानको द पैसा..

    शीतलहरले मधेशको जनजीवन कष्टकर, बजारमा चहलपहल कम

    बिहिवार, पौष ५, २०७५ साल
    सिरहा, ५ पुस   मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ ।    खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन..

    धनमाल चोरी गर्ने ११ गिरोह पक्राउ, ५० लाख बराबरको गरगहना एवं धनमाल बरामद

    बुधबार, पौष ४, २०७५ साल
    भक्तपुर, ४ पुस  महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  परिसरले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुई वटा गिरोह, बरामद गरिएका गरगहना एवं अन्य सामान, चोरीमा प्रयोग भएका तीन वटा मोटरसाइकल र अन्य औजार सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा परिसरका..

    पाकेटमारको कोड भाषा : प्रहरीलाई ठूल्दाइ ! काठमाडौँमा अप्रेशन, १५ दिनमै ७७ जना पक्राउ

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस  राजधानी उपत्यकामा पछिल्लो समय श्रृंखलावद्ध पकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर टेकुले गत मंसिर १५ गतेबाट यातायात व्यवसायीहरुसँगको समन्वयमा गरेको अपरेशनका क्रममा यति धेरै पकेटमार पक्राउ परेका हुन् ।  काठमाडौँमा सञ्चालित सार्वजानिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अप्रेशन थालेको हो । यो अपरेशनका लागि..

    अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री, सरकारलाई टेर्दैनन् ब्यापारी, कृषक निराश

    बुधबार, पौष ४, २०७५ साल
    धनगढी, ४ पुस  कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिनुभयो । कर्पोरेशनको अनुगमन टोलीले दुई दिनअघि कैलालीका धनगढी उपमहानगरपालिका, भजनी..

    काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा परि स्कुटर चालकको मृत्यु

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ,४ पुस काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका..

    वृद्ध भत्ता 'खाने' स्वर्गवास, गाविसका कर्मचारी मिलेर आफैले औठाछाप, लाजमर्दो गरी लाखौं भ्रष्टाचार !

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र आमाको उमेर बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच वर्षदेखि बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी रु १० लाख ८४ हजार ९१४ बराबरको भ्रष्टाचार गरेको अभियोग..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो पहेँलो धातुसहित पक्राउ

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, ३ पुस  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।  कतार एयरवेजको उडानद्वारा..

    निर्माणकार्य सम्पन्न नहुँदै कालोपत्रेमा चिरा, भारी क्षमताको सवारीसाधन चलाउनमा रोक

    मंगलवार, पौष ३, २०७५ साल
    महोत्तरी, ३ पुस  निर्माणकार्य सम्पन्न नहुँदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो ।  स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको..
    Results 1388: You are at page 22 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast