सोमबार, असोज २७, २०७६

    सावधान

    रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न

    शुक्रबार, बैशाख ६, २०७६ साल
    भक्तपुर, ६ वैशाख   भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल..

    विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ...

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौँकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा..

    विप्लव समूहको नेपाल बन्दको आंशिक प्रभाव, पाल्पामा बम विस्फोट

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौं, ५ वैशाख सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। राजधानीमा सवारी साधनको संख्या कम छन्। विहानै गन्तव्यतर्फ निस्किएका सार्वसाधारण सधारी सधान कुरेर बसेका छन्। राजधानीलगायत मुलुकभरका सुरक्षा व्यवस्था कडा पारिएको छ। राजधानीको चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। यसैबीच मुलुकका विभिन्न स्थानमा बम बिस्फोटका घटना भएका छन्।   पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली..

    डडेल्धुरामा मुख्यमन्त्री भट्ट बसेको स्टेज भाँचिदा ३ घाइते

    बुधबार, बैशाख ४, २०७६ साल
    डडेल्धुरा, ४ बैशाख । डडेल्धुराको अजयमेरु गाँउपालिकाले आयोजना गरेको अजयमेरु महोत्सवको उद्घाटन समारोहको स्टेज नै भाँच्चिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहितका पाहुनाहरु स्टेजमै रहेका बेला स्टेज भाँच्चिएको थियो । घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा अजयमेरु गाउँपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गीता पन्त  रहेका छन् । तीनैजना सामान्य उपचारपछि घर फर्किएको डडेल्धुरा अस्पतालले जनाएको छ। मुख्यमन्त्री..

    ‘उजुरी प्रधानन्यायाधीशविरुद्ध, सुनुवाइ न्यायाधीशको’

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया एकैपटक अगाडि बढाएको छ । समितिले मङ्गलबार सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी सार्वजनिक समेत गरेको छ ।  समितिले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी माग गरे पनि एक उजुरीकर्ताले भने न्याय परिषद्को सिफारिससँग जोडेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध..

    सुन भन्दै फलामको टुक्रा दिएर १९ लाख ठग्ने पक्राउ

    मंगलवार, बैशाख ३, २०७६ साल
    नुवाकोट, ३ वैशाख महानगरीय प्रहरी परिसर काठमाडौँले सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।  मङ्गलवार काठमाडौँमा पत्रका सम्मेलन गर्दै एक व्यक्तिको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरिएको जनाएको छ ।  पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन् । उनीहरूले काठमाडौँका राजेश विकलाई..

    करेन्ट लागेर १ को मृत्यु

    मंगलवार, बैशाख ३, २०७६ साल
    चितवन, ३ वैशाख भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलबार बिहान १ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि..

    जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

    मंगलवार, बैशाख ३, २०७६ साल
    पोखरा, ३ वैशाख    पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ..

    ललितानिवास हिनामिना प्रकरण : भूमाफिया र मालपोत कर्मचारी फरार

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौं, ३ वैशाख बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् । सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो ।..

    १ हजार ५ सय कर्मचारी कारवाहीको सिफारिसमा

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।  केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन्..

    भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

    सोमबार, बैशाख २, २०७६ साल
    सोलुखुम्बु, २ वैशाख  माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव..

    केन्याको एक बारबाट १२ नेपाली महिला पक्राउ

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौं, २ वैशाख केन्याको एक बारबाट १२ जना नेपाली महिलालाई पक्राउ गरिएको छ। केन्या प्रहरीले केन्याको मोम्बासा काउन्टिस्थित न्यालीमा रहेको न्यू रंगीला बारबाट शनिबार १२ नेपाली महिलालाई पक्राउ गरेको केन्याको एक संचार माध्यम डेली नेसनमा उल्लेख गरिएको छ। डेली नेसनका अनुसार केन्या प्रहरीले शनिबार विहान करिब ४ बजे उक्त बारमा छापा मार्ने क्रममा ती नेपाली महिलाहरुलाई पक्राउ गरिएको हो। त्यहाँको प्रहरीका अनुसार मानव तस्करीको..

    भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौं, २ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले आँफु पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आउनुभएको छ । उहाँको यो दुई तिहाइको सरकारलाई आँफुले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन । तर केही दिनयता बालुवाटार नजिकैको सरकारी जग्गा व्यक्तिको नाममा सारेको समाचार नेपाली आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा प्रकाशन प्रशारण भएपछि उहाँको..

    डीएसपीलाई घुस दिन खोजेको आरोपमा ३ जना पक्राउ

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौं, १ वैशाख महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।  प्रहरीका अनुसार श्याम  बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी..

    विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष बुढामगर पक्राउ

    शनिबार, चैत्र ३०, २०७५ साल
    बेझाड, ३० चैत विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्र्तीण हुनुभएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो । उहाँमाथि अनुसन्धान भइरहेको र आइतबार..

    राजधानीको बसुन्धारामा सकेट बम भेटियो, डिस्पोज गर्न सेना

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत  राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ। कल्चर सेन्टरको कार्यालयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। सोफामुनि भेटिएको उक्त बम नेपाली सेनाले डिस्पोज गरिरहेको छ। प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए।..

    ९ वटा ठेकेदार कम्पनी कालोसूचीमा (सुचीसहित)

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौं, २५ चैत सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको निर्माण व्यवसायीको सूची प्रकाशित गरेको छ ।  प्रतिष्ठा  एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो ।  यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि डिभिजन सडक कार्यालय चितवनले..

    धरानको जिरोपोइन्टमा बस दुर्घटना, ४ जनाको मृत्यु

    सोमबार, चैत्र २५, २०७५ साल
    धरान, २५ चैत बस दुर्घटना हुँदा धरानमा ४ जनाकोमृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। तीव्रगतिका कारण अनियन्त्रित भइ बस सडकमा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । थप विवरण आएन बाँकी छ । घटनाको थप..

    घुस लिएको अभियोग लागेका नासुविरुद्ध मुद्दा दायर

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार परीक्षणमा  सहजीकरण गरिदिने भन्दै नायब सुब्बा चन्दले सेवाग्राहीसँग रु ५२ हजार घुस लिएको आरोप लागेको छ ।  आयोगको टोलीले केही दिन पहिलेमात्रै घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोग..

    काठमाडौँका कागमा बर्ड फ्लू संक्रमण भेटियाे, सतर्कता उच्च

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत  काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैनचौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ । यसैबीच, काठमाडौँको तारकेश्वर र टोखा..

    सुनसरी काण्ड : प्रहरीकै पेस्तोल खोसेर प्रहरीलाई नै ७ गोली

    शनिबार, चैत्र २३, २०७५ साल
    इटहरी, २२ चैत सुनसरीस्थीत भोक्राहामा प्रहरीमाथि गोलि प्रहार भएको छ ।  यहाँ ७ गोली चलेको छ । गोली लागि एक जना प्रहरी र एक स्थानीय घाइते भएका छन् । नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको हो । चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई नै प्रहार गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए..

    चितवनमा आमा, छोरा र छोरीले गरे एकै ठाउँमा आत्महत्या

    शुक्रबार, चैत्र २२, २०७५ साल
    भरतपुर, २२ चैत   चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले..

    कोर्ष चाँडै सकेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

    बिहिवार, चैत्र २१, २०७५ साल
    चितवन, २१ चैत  रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् । ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २÷ २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई..

    हावाहुरी घटना : २ हजार ४ सय ४ घरमा क्षति पुगेको अनुमान

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत    आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ ।    विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा र थप उपचार नजिकको विशेषज्ञ अस्पतालमा हुने प्रबन्ध मिलाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल २६, नेशनल..

    भक्तपुरमा बर्डफ्लु, ३ हजार कुखुरा नष्ट

    बिहिवार, चैत्र २१, २०७५ साल
    भक्तपुर, २१ चैत  भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।  उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई  हजार  ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र..

    लागुऔषधसहित पक्राउ गरिएका ३ जना सार्वजनिक

    बिहिवार, चैत्र २१, २०७५ साल
    हेटौँडा, २१ चैत  जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको छ ।   पक्राउ पर्नेमा महोत्तरी बर्दिवास ११ बस्ने ३६ वर्षीय पिकअप चालक रामजस यादव..

    घुस लिएका प्रहरी जवान अख्तियारको जिम्मामा

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, २० चैत  महानगरीय प्रहरी परिसर काठमाडौँले घुससहित नियन्त्रणमा लिइएका प्रहरी जवान गणेश लोहारलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।  महानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वरमा दरबन्दी भई वैदेशिक रोजगार विभाग कार्यालय, ताहचलमा खटिएका लोहारले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार घुस लिएका थिए । सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई महानगरीय..

    यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    बुधबार, चैत्र २०, २०७५ साल
    फिदिम, २० चैत १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।   कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुव्र्यवहार गरेको पीडितले..

    ठेकदारको चरम लापरबाही ! ३ सय बिघा वन कर्णालीले बगाएपछि..

    बुधबार, चैत्र २०, २०७५ साल
    टीकापुर, २० चैत  हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।   रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६००..

    घुस लिएको अभियोगमा अधिकृतविरुद्ध मुद्दा दायर

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भन्सारबाट आयात हुने चामललगायत खाद्य पदार्थको कानूनबमोजिम परीक्षण गर्दा लाग्ने दस्तुर बुझाएर प्रज्ञापनपत्र बनाइदिने बहानामा रु ३५ हजार घुस लिएको अभियोग लागेको छ ।  सेवाग्राहीलाई सहज रुपमा भन्सार सुविधा मिलाइदिने भन्दै घुस लिने श्रीवास्तवलाई आयोगको टोलीले घुस..
    Results 1566: You are at page 21 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast