बुधबार, मंसिर ४, २०७६

    सावधान

    अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

    बुधबार, कार्तिक २०, २०७६ साल
    अर्घाखाँची, २० कात्तिक ।  सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।  घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन..

    बाघको आक्रमणबाट निकुञ्जका कर्मचारी माउतेको मृत्यु

    मंगलवार, कार्तिक १९, २०७६ साल
    राजापुर, १९ कात्तिक : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताउनुभयो ।   थारु २२ वर्षदेखि हात्तीसारमा करार..

    हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

    सोमबार, कार्तिक १८, २०७६ साल
    चैनपुर, १८ कात्तिक बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।  बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद..

    अभियन्ता ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने अविरल पोख्रेल पक्राउ

    सोमबार, कार्तिक १८, २०७६ साल
    चितवन, १८ कात्तिक ।  भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।  प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको..

    बझाङको कालंगा हाइड्रोको सुरुङ भित्र ६ जना सम्पर्कविहीन, उद्धारकर्ता नै बेहोस

    सोमबार, कार्तिक १८, २०७६ साल
    बझाङ, १८ कात्तिक ।  बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने ६ जना कामदार सुरुङ भित्र फसेका छन् । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन भएका छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।  सुरुङभित्र सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका..

    फरार अभियुक्त छ वर्षपछि पक्राउ

    आईतवार, कार्तिक १७, २०७६ साल
    जुम्ला, १७ कात्तिक फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं २०७० मा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए ।  सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । विसं २०७२ वैशाख..

    कृष्णनगर घटनाको आरोपी साह पक्राउ

    शनिबार, कार्तिक १६, २०७६ साल
    कपिलवस्तु, १६ कात्तिक लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ । कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै..

    सांसद गौतमको निवासबाट लाखौँका गरगहना चोरी

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    काठमाडौँ, १५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट नगद तथा गरगहना चोरी भएको हो। सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा..

    भारतमा सामूहिक हत्याका आरोपितलाई थुनामा राख्न आदेश

    बिहिवार, कार्तिक १४, २०७६ साल
    बैतडी १४ कात्तिक भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।   जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आज आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप..

    तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    बैतडी, १३ कात्तिक यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र..

    घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

    बुधबार, कार्तिक १३, २०७६ साल
    सप्तरी, १३ कात्तिक बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजयलाई पक्राउ गरेको जनाएको छ । श्रीलाल, उनका छोरा र गाउँकै केही युवाले..

    लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक  देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।   आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार..

    खैरहनीबाट २० जुवाडे पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    भरतपुर, ११ कात्तिक पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु..

    पटका पड्काउँदै हिँडेका सातजना पक्राउ

    सोमबार, कार्तिक ११, २०७६ साल
    गुल्मी, १० कात्तिक  गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ।   तम्घासको बसपार्क एरिया, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको  प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।   खड्काले..

    राति १० बजेपछि देउसीभैलो खेल्नेलाई हुनेछ यस्तो कारवाही

    आईतवार, कार्तिक १०, २०७६ साल
    काठमाडौं, १० कात्तिक सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । त्यसका लागि सरकारले देशभरका स्थानीय प्रशासन कार्यालयहरुलाई उर्दी जारी गरेर राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी भैलोमा रोक लगाउन आग्रह गरेको छ ।   गृह मन्त्रालयले स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने चेतावनी दिएको छ । देउसीभैलो लगायतका कार्यक्रममा अरुलाई..

    चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते

    शनिबार, कार्तिक ९, २०७६ साल
    मुग्लिन, ९ कात्तिक चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा  गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् । बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।     उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन..

    देउसी भैलो राति १० बजेसम्म, सुरक्षा निकायलाई यस्तो निर्देशन !

    शनिबार, कार्तिक ९, २०७६ साल
    विराटनगर, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक..

    अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भक्तपुर, ८ कात्तिक  भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।  म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको सल्लाघारीमा भएको अनुगमनमा पटकपटक निर्देशन दिँदा पनि दर्ता नगर्ने सल्लाघारी पराठा हाउसमा माइक्रोओभन एक थान जफत गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी..

    तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भक्तपुर, ८ कात्तिक ।   उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ ।    खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र बिना प्याकेजिङ सामानमा लेबल राख्ने, लेबल बिना सामग्री..

    घुस लिएको अभियोगमा मुद्दा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले..

    अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।    यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,..

    खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।   सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै..

    घुस लिएको आरोपमा समातिए प्रहरी

    बुधबार, कार्तिक ६, २०७६ साल
    भीमदत्तनगर, ६ कात्तिक कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् । यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता..

    चाबहिलस्थित मुल सडकै घर भत्कियो, मान्छे पुरिएको आशंका

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको घर भत्किएको छ ।  बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए ।   ..

    बाघको छालासहित दुई जना पक्राउ

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो..

    तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ ।   त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शङ्कास्पद..

    सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा सीमा नाकाबाट पटका भित्रिदै

    मंगलवार, कार्तिक ५, २०७६ साल
    वीरगञ्ज, ५ कात्तिक ।   हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।    नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।   तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ ।..

    बाटो खन्ने क्रममा डोजरले महिलालाई उधिनेर फाल्ने चालक पक्राउ

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक  बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालक पक्राउ परेका छन् । डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए..

    चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा माग

    मंगलवार, कार्तिक ५, २०७६ साल
    दमौली, ५ कात्तिक ।   तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन..

    बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई आज काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा..
    Results 1648: You are at page 2 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast