शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    राजश्व छली गर्ने ३ जना विरुद्ध मुद्दा, ३ वर्ष कैद माग

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।  सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक..

    महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी, सिसी क्यामराबाटै पहिचान, यस्तो छ नालीबेली !

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार  रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो ।  पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई..

    सडकलाई व्यवस्थित तथा दुर्घनामुक्त बनाउन सबै मिलौं : आईजीपी सर्वेन्द्र खनाल

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडकलाई व्यवस्थित तथा दुर्घनामुक्त बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका छन्। आम नागरिकको साथ र सहयोगबीना सडक सभ्यतामा अभिवृद्धि साथै दुर्घटना न्युनिकरण सम्भव नरहेको उनको भनाई छ। शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खनालले ट्राफिक प्रहरीले चाहेर मात्र सडक सभ्यतामा अभिवृद्धि ल्याउन नसकिने बताए। उनले ट्राफिक प्रहरीको..

    दाङमा ९ स्थानीय तहका ३७ वटा वडा बाढीको जोखिममा, प्रशासन ‘हाइ अलर्ट’

    शुक्रबार, आषाढ १३, २०७६ साल
    नारायणपुर, १३ असार  जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए ।  दाङको बबई..

    साढे दुई किलो अफिमसहित दुई पक्राउ

    बिहिवार, आषाढ १२, २०७६ साल
    लमही, १२ असार  दाङमा साढे दुई किलो अफिमसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त परिमाणको आगुऔषध (अफिम) सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय शुकलाल विकलाई पक्राउ गरिएको हो । प्रदेश नं ५ प्रहरी कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय..

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

    बिहिवार, आषाढ १२, २०७६ साल
    भीमदत्तनगर, १२ असार  कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव  र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख..

    भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

    बिहिवार, आषाढ १२, २०७६ साल
    बैतडी, १२ असार ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो ।  बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गर्नुभएको छ । बाँध आज..

    लागुऔषध ओसारपसार गर्ने किशोरी पक्राउ

    बुधबार, आषाढ ११, २०७६ साल
    विदुर, ११ असार नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।  ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत..

    विश्वकप क्रिकेटका सट्टेबाज साढे ३ लाख रुपैयाँसहित पक्राउ

    बुधबार, आषाढ ११, २०७६ साल
    चितवन, ११ असार । चितवनमा विश्वकप क्रिकेटका सट्टेबाज साढे तीन लाख रुपैयाँसहित पक्राउ परेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका ८ घर भई हाल भरतपुर–३ मा बस्दै आएका ३३ वर्षीय मुकेशकुमार साह सो रकमसहित पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा खटिएको टोलीले सट्टेबाज शाहलाई उनकै डेराबाट पक्रिएको हो । उनी मंगलबार राति पक्राउ परेका..

    विद्यार्थीले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि मेयर र कर्मचारीको भागाभाग

    बुधबार, आषाढ ११, २०७६ साल
    जनकपुर, ११ असार । धनुषाको विदेह नगरपालिकामा विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरी  तोडफोड गरेका छन् ।  एक विद्यालयका प्रधानाध्यापक सरुवा गरेको भन्दै विद्यार्थीहरुले बुधबार तोडफोड गरेका हुन् । यक्त नगरपालिकाका मेयर बेचन दासले नगरपालिका क्षेत्रमा रहेका जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित बनेका अभिभावक र विद्यार्थीले तोडफोड गर्दा नगरपालिकाको भाडामा प्रयोग..

    निरन्तरको वर्षाका कारण पाँचथरको ६ बस्ती पहिरो जोखिममा

    बुधबार, आषाढ ११, २०७६ साल
    फिदिम, ११ असार निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।  पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार..

    दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु

    मंगलवार, आषाढ १०, २०७६ साल
    लमही, १० असार दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुपमा चढेका बेला सोही..

    घुस लिएको अभियोगमा 'एकाइ प्रमुख' धनबहादुर वली पक्राउ

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ । शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले आज उहाँकै कार्यलय परिसरबाट पक्राउ गरेको हो । आरोपी वलीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले..

    भारी वर्षाको सम्भावना, पहिरो र बाढीको खतरा !

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ ।  शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको समाचार गोरखापत्रमा छ ।   'बादलले..

    युवकको बबई नदीमा डुबेर मृत्यु

    शनिबार, आषाढ ७, २०७६ साल
    राजापुर, ७ असार नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत  विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।  सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।   दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु..

    विपद्का घटनामा वृद्धि : २ महीनामा ६९ जनाको मृत्यु, ३ सय ४३ जना घाइते

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । कमजोर भू–धरातल र  बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा  मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।  नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर..

    विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरी ३ अर्ब राजश्व छली गर्ने १५ जना विरुद्ध मुद्दा

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ ।  सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरु विरुद्ध रु दुई अर्ब ९८ करोड ५७ लाख ५७..

    नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र बनाउने २ जना पक्राउ

    शुक्रबार, आषाढ ६, २०७६ साल
    चितवन, ६ असार विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय  सुदीप पौडेल रहेका छन् ।  भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरुले..

    विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोजनाबाट चार वटा मोबाइल भ्यान खरीद गरेको भनिएपनि कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको आरोपमा आयोगले महानिर्देशक कर्णविरुद्ध रु १२..

    सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार   काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं २०७३ जेठ २५ को फैसलाले रु आठ लाख ४६ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका काठमाडौँ महानगरपालिका– ७ का रोशन श्रेष्ठ आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।    फैसलापछि फरार हुँदै आएका..

    सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार ।  सर्लाहीमा प्रहरी र नेकपा विप्लव समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरे । मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् । मृतकको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट..

    हिमनदी तीव्र दरमा पग्लँदै, नेपालका सहित करोडौँ मानिस जोखिममा

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार । शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन् । अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन् । वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा..

    साउदीमा कामदार लैजान गैरकानुनी अन्तर्वार्ता, छापा मार्दा काउन्सिलर पनि भेटिए

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  साउदी दूतावासका काउन्सिलर नै हज टर्मिनलका लागि गैरकानुनी बाटो कामदार लैजान संलग्न पाइएका छन् । यसका लागि बुधबार अन्तर्वार्ता चलिरहेको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वैदेशिक रोजगार विभागको टोलीले छापा मार्दा काउन्सिलर पनि भेटिएका समाचार कान्तिपुर दैनिकमा छ ।  उनी ४८ सी.डी. ००३ लेखिएको नीलो ल्यान्डक्रुजरमा आएका थिए । जेद्दास्थित अन्तर्राष्ट्रिय विमानस्थलको हज टर्मिनलका लागि ४५ दिनलाई कामदार लैजान विभागबाट..

    पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।  महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।  महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’..

    नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु

    बुधबार, आषाढ ४, २०७६ साल
    फिदिम, ४ असार । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५००  लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो ।  उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर..

    नेपालमा अफिम खेती, लगानी भारतीय, ४ जनालाई पक्राउ

    बुधबार, आषाढ ४, २०७६ साल
    बाँके, ४ असार । आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी..

    हावाहुरीले सर्लाहीमा २ घाइते, करेन्ट लागेर बालकको मृत्यु

    बुधबार, आषाढ ४, २०७६ साल
    सर्लाही, ४ असार । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले  ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा  एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते..

    नेटवर्किङमा फसाइँदै सयौं नेपाली युवा ! भारतमा कम्पनी, नेपालमा ठगी

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार ।  रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए ।   युवतीको समूहबाट प्राप्त सूचनाका आधारमा तत्कालै देवदह–११ शखरपुरस्थित एक घरमा खनतलासी गर्दा १४ जना युवती र १४ जना युवक फेला परे । उनीहरू सबै नेपाली थिए..

    गौतमबुद्ध विमानस्थलबाट १६ राउण्ड गोलीसहित भारतीय पक्राउ

    मंगलवार, आषाढ ३, २०७६ साल
    बुटवल, ३ असार  गौतमबुद्ध विमानस्थलबाट प्रहरीले हतियारसहित भारतका नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको सिन्दुनगर कृष्णनगर मानसनगर लखनउ उत्तर प्रदेश ठेगाना भएका ५० वर्षीय उमेश शुक्लालाई विमानस्थलमा सुरक्षार्थ खटेका प्रहरीले जाँचका क्रममा १६ राउण्ड गोलीसहित दुई म्यागेजिन र पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । भैरहवास्थित गौतमबुद्ध विमास्थलबाट आज दिउँसो १ बजे बुद्ध..

    साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै, यस्तो ठगी गर्ने तरिका !

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ ।  पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।  महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं..
    Results 1699: You are at page 19 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast