शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    ८ जघन्य अपराधका अभियुक्त ‘बादशाह’ १२ वर्षपछि सार्वजनिक, यस्ताे छ उनले गरेका अपराधकाे सुचि

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडाैं, २२ असार । ८ जघन्य अपराधको मुद्दामा फरार रहेका कपिलवस्तुका अहमद खाँ (मुसलमान)उर्फ ‘जाबेद बादशाह’ पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको मायादेवी ४ पिपराका ‘जाबेद बादशाह’लाई प्रहरिले नियन्त्रणमा लिएपछि कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको हाे । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)द्वारा शनिबार बिहान काठमाडौँको सिनामंगलबाट नियन्त्रणमा लिईएका बादशाहलाई आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । अभियुक्त खाँको ७ वटा कर्तव्य ज्यान..

    अवैध सम्बन्ध लुकाउन सासुमाथि चक्कु प्रहार

    आईतवार, आषाढ २२, २०७६ साल
    बीरगञ्ज, २२ असार । बीरगञ्जमा एकजना ३० वर्षीय महिलाले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुमाथि चक्कु प्रहार गरेकी छिन् । इन्दुदेबी महराले आफ्नो अवैध सम्बन्ध खुल्ने भएपछि ५५ वर्षीय सासुको हत्या प्रयास गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपलिकाकी ५५ वर्षीय राजपति देवी महरालाई शनिबार अपरचित ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए। उनको टाउकोमा चक्कु प्रहार भएको थियो। प्रहरी अनुसन्धानमा उनलाई चक्कु प्रहार गर्ने घटनाकी मुख्य योजनाकार..

    विद्यार्थी बाेकेकाे स्कुल बस नहरमा खस्याे, दुई शिक्षिका सहित विद्यार्थी घाइते

    आईतवार, आषाढ २२, २०७६ साल
    विराटनगर, २२ असार । मोरङमा विद्यार्थी बाेकेकाे स्कुल बस नहरमा खस्दा दुई शिक्षिका र १ विद्यार्थी घाइते भएका छन्। मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित गोकुवा चोकनजिकै नहरमा जेभियर्स बोर्डिङ स्कुलको बस आइतबार नहरमा खसेकाे हाे । दुर्घटनामा को १ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा..

    प्रहरीको कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष गम्भीर घाईते

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की प्रहरीको कुटाईबाट गम्भीर घाईते बनेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले सादा पोसाकमा आएर पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । शनिवार राती सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा ६ घर भएका ३० वर्षीय प्रहरी हवल्दार..

    देशभर मनसुन सक्रिय, पश्चिममा बाढी पहिरोको जोखिम

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार । असारको तेस्रो साताबाट देशभर मनसुन सक्रिय भएकाे छ । विस्तारै मनसुनी न्यूननचापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले देशभरको मौसम बदली भएर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसमविद् विभूति पोखरेलका अनुसार शनिबारबाटै देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट सो क्रम अझ बढ्नेछ । विभागका अनुसार आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा..

    भोटेकोसीमा शिवश्री हाइड्रो पावरका इन्जिनियरसहित २ वेपत्ता

    आईतवार, आषाढ २२, २०७६ साल
    सिन्धुपाल्चोक, २२ असार । अबिरल वर्षापछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन्। गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन्। घाइते दुई जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता..

    सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट पक्राउ

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २१ असार शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ ।   कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन्..

    बालिकाको मृत्युपछि राजपुरको सुजङ अस्पतालमा तनाव

    शनिबार, आषाढ २१, २०७६ साल
    डोटी, २१ असार डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा आज साँझ ६ महीने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।  इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिनुभएको जानकारीअनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महीने छोरी राधिकाको मृत्यु भएको हो ।  केही दिन पहिले घरमा निमोनिया ज्वरोले थला परिकी निज बालिकालाई उपचारका लागि आज उक्त अस्पतालमा..

    राजधानी काठमाडौं आसपासमा ४.६ रेक्टरको भूकम्प, केन्द्रबिन्दू भक्तपुर

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौं, २१ असार ।  लामो समयपछि फेरि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुष भएको छ । पानि परिरहेको अवस्थामा गतिलैसँग महशुष हुने गरी भूकम्प गएपछि राजधानीबासी केहीबेर आत्तिएका थिए ।    भूकम्प गएसँगै आकाशबाट मुशलधारे पानी वर्षिएपछि स्थानीयहरुलाई खुल्ला आकाशतर्फ जाने मौका मिलेन । यद्यपी मुख्यगरी २ ठूला धक्का पश्चात भूकम्प रोक्किएपछि अवस्था अहिले सामान्य छ । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको हो । अपरान्ह..

    तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी, क्षतिको विवरण आउन बाँकी

    शनिबार, आषाढ २१, २०७६ साल
    पर्सा, २१ असार   वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।    बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले आगोलाई नियन्त्रण गर्न..

    मुगुमा चट्याङ लागेर डेढ सय पशुचौपायाकाे मृत्यु

    शुक्रबार, आषाढ २०, २०७६ साल
    मुगु, २० असार । देशैभर मौसम बदली भइ केही स्थानमा वर्षा भएकाे छ । आज र भाेलि हावाहुरी चट्याङसहित वर्षाकाे सम्भावना रहेकाे मौसमविद्ले बताएका छन्। यस्तै मुगुमा चट्याङ लागेर एकै गाउँका डेढ सय पशुचौपाया मरेका छन्। मुगको मुगम कार्मारोङ गाउँपालिकाको चिमाथ र माग्री लेकमा चट्याङ लागेरभेडा, बाख्रा घोडा, चौरीसहित डेढ सय पशुचौपाया मरेकाे प्रहरीले जनाएकाे छ । घटना हिजो दिउँसो भएको हो। घटनाबारे जाँचबुझका लागि..

    सुदूरपश्चिममा बाढी आउने तिब्र सम्भावना, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाकाे आह्वान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडाैं, २० असार । बाढी पूर्वानुमान महाशाखाले  शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै  महाशाखाले आज र भाेलि उक्त प्रदेशका तराई तथा पहाड दुवै क्षेत्रका नदीनालाहरू आज र भोलि उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका हुन्।  कञ्चनपुर,कैलाली,डडेलधुरा,डोटी लगायत जिल्लाहरूका स-साना खोलाहरूमा पनि आकस्मिक रूपमा बहाव बढ्न सक्ने उल्लेख गर्दै नदी तटीय क्षेत्रका..

    सावधान रहनुस् ! वनको च्याउमा विष पनि हुन सक्छ है

    शुक्रबार, आषाढ २०, २०७६ साल
    चितवन, २० असार ।    मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिनुभयो । अहिले अस्पतालको सघन उपचार कक्षमा..

    नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र  बनाउने तीन जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित काठमाडौँका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ र रामेछापका मुनालकुमार मोक्तानलाई बुधबार पक्राउ गरेको हो ।  महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर एक..

    वडाध्यक्षले घुस मागेपछि...

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका..

    १७ वर्षपछि फरार अभियुक्त पक्राउ

    बिहिवार, आषाढ १९, २०७६ साल
    भोजपुर, १९ असार सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।  चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी  बसेको अवस्थामा प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ । ..

    काठमाडाैंमा सेलाउन नपाउँदै धनुषामा फेरी शिक्षकमाथि सिरिन्ज आक्रमण

    बिहिवार, आषाढ १९, २०७६ साल
    जनकपुर, २० असार ।  काठमाडौंमा सिरिन्ज आक्रमणका घटना दिन दिनै बढिरहेका छन्। सिरिन्ज आक्रमणले उपत्यकाबासी, विशेष गरी महिलाहरूलाई त्रसित बनाएकाे छ ।काठमाडाैंमा यस्ता घटना सेलाउन नपाउँदै धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। धनुषामा बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो ।  जनकपुरको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका ५ को बलुवा नदी नजिकै अपरिचित व्यक्तिले सुई जस्तो तिखो बस्तुले घोचेर..

    उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    धनगढी, १८ असार  कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पु¥याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो ।  मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र..

    जुवाको खालबाट वडाध्यक्षसहित ५ जना पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    धरान, १८ असार  इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले  जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।   उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिनुभयो । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु..

    नारायणगढ–मुग्लिन सडकखण्डका ७ ठाउँ पहिरोको जोखिममा, सतर्कता अपनाएर आवागमन गर्न सुझाव

    बुधबार, आषाढ १८, २०७६ साल
    चितवन, १८ असार  नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने,..

    अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै पक्राउ

    बुधबार, आषाढ १८, २०७६ साल
    कैलाली, १८ असार ।  कैलालीकाे अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सम्मेलनबाटै पक्राउ परेका छन्। बुधबार उद्याेग वाणिज्य संघकाे कार्यालयमा आयाेजित पत्रकार सम्मेलन बाटै अध्यक्ष अशाेकराज देवकाेटा पक्राउ परेका हुन्।  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गर्याे । पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी..

    फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग हाेटलमा रात बिताएका प्रेमी मृत भेटिए

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  आफ्नी प्रेमिकासँग हाेटलमा बास बसेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बास बसेका प्रमोद गुरुङ मृत भेटीएका हुन्। फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय गुरुङ मृत अवस्थामा भेटिएकाे महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले बताए।  डीएसपी प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ..

    विपद् व्यवस्थापनमा साढे ३ करोड, १ सय १३ गाउँ जोखिममा

    मंगलवार, आषाढ १७, २०७६ साल
    बाँके, १७ असार  बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् ।  विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले..

    मतपत्र च्यात्ने दुई जनालाई एक-एक लाख जरिवाना

    सोमबार, आषाढ १६, २०७६ साल
    चितवन, १६ असार   स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ ।   जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले..

    विदेशबाट सांसदसमेत बोक्छन् तोकिएभन्दा बढी मदिरा, ७ हजार ५ सय बोतल जफत

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडाैं, १६ असार ।  विदेशबाट मदिरा ल्याउन कडाइ गरेपछि  त्रिभुवन विमानस्थलमा ६ महीनाकाे अवधीमा करिब ७ हजार ५ सय बोतल मदिरा जफत गरिएको छ । भन्सार कार्यालयले गत जनवरी १ बाट प्रतिव्यक्ति एक लिटर (१ बोतल) भन्दा बढी मदिरा ल्याएमा जफत गर्न शुरु गरेको थियो ।  विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुर विदेशबाट फर्किएका नेपालीले अधिकतम् एक लिटर मात्र मदिरा ल्याउन पाइने भए पनि विदेशका ‘ड्युटी फ्रि’..

    ‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर छाेरीले गराइन् आफ्नै आमाकाे हत्या

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौं, १६ असार । भक्तपुरमा छाेरीले नै आफ्नी आमाकाे  विभत्स हत्या गरेकी छिन्। भक्तपुरको चाँगुनारायण- ७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे हाे। आइतबार बिहान चक्कु प्रहारबाट सावित्राकाे हत्या भएपछि अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा रहेकी र यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय..

    अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् ।  निजको सार्वजनिक सेवामा प्रवेशदेखि..

    अध्यागमन कार्यालयका सुब्बाले डेढ करोडको भ्रष्टाचार गरेकाे खुलासा, अख्तियारद्धारा मुद्दा दायर

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौं, १५ असार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर  भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका नायब सुब्बा ललित कुमार झाविरुद्ध डेढ करोड रुपैयाँ बढी बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेका हुन्। अख्तियारले झासहित उनकी श्रीमत सुचिता देवी झाविरुद्ध पनि सोहीअनुसार बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गरेको छानबिनबाट १७ असार २०४० देखि..

    मालपोत कार्यालयमा आगलागी, १० लाख रुपैयाँ बराबरकाे क्षति

    आईतवार, आषाढ १५, २०७६ साल
    कपिलवस्तु, १५ असार । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ ।कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा रहेकाे मालपाेतमा आइतबार बिहान आगलागी भएको हाे। कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी हुँदा  झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए। बिहान पौने ८ बजेदेखि सुरु भएको आगोलाई प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा..

    बस्ती जोगाउन स्थानीयले राखेको करेन्ट लागेर हात्तीको मृत्यु

    शनिबार, आषाढ १४, २०७६ साल
    भद्रपुर, १४ असार झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।  सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको..
    Results 1699: You are at page 18 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast