मंगलवार, भाद्र ३, २०७६

    सावधान

    होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत  ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने,..

    विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ

    बुधबार, चैत्र ६, २०७५ साल
    जितपुर, ६ चैत  सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताउनुभयो । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहनुभएको छ ।  यस्तै शिवगढीबाट दुर्गालाल खत्री र..

    प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौं, ६ चैत्र ।  नेपाल प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको आफूहरुको समूह र विप्लव समूहको कार्यकर्ताबीच केहीबेरसम्म गोली हानाहान भएको प्रहरीले पुष्टी गरेको हो । तर अहिले नै भने घटनाको विस्तृत विवरण भने आइसकेको छैन । श्रोतका अनुसार विप्लव समूहका केही कार्यकर्तालाई फलो गर्दै महाशाखाको टोली त्यसतर्फ गएको थियो ।..

    राष्ट्रिय सतर्कता केन्द्र : मालपोत र नापीमा छड्के अनुगमन

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ ।  चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा मंगलबार छड्के अनुगमन गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनमा डिल्लीबजारस्थित मालपोत कार्यालयका तीन कर्मचारी समय पालना नगरेका र १० जना कर्मचारी तोकिएको पोशाक नलगाएका भेटिएका छन् ।  यस्तै चावहिलस्थित मालपोत..

    नेपाल विद्युत् प्राधिकरण : बिजुली चोर्ने १० पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    राजविराज, ५ चैत  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट विद्युत्का पोलमा अङ्कुश लगाएर विद्युत् चोरी गर्ने दशलाई मंगलबार नियन्त्रणमा लिई कारवाही गरेको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले..

    विभिन्न ३ नाकामा बर्ड–फ्लू चेक प्वाइन्ट, आजैबाट चेकजाँच शुरु

    मंगलवार, चैत्र ५, २०७५ साल
    काभ्रेपलाञ्चोक, ५ चैत  राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्ड–फ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ ।  जिल्लामा बर्ड–फ्लुजन्य संक्रमण भित्रिन नदिन मंगलटार, साँगा र नाला नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्रप्रमुख डा.मोगलप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।..

    होलीमा इच्छा विपरीत रंग दले परिएला जेलमा !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौं, ५ चैत होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस होलीका अवसरमा काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजनासमेत लागू गरेको छ । प्रहरीले सकेसम्म होली पर्वलाई सुन्दर अनि शान्त पर्व बनाउने प्रयास गरेको बताएको हो । प्रहरीले यदि कसैको ईच्छा विपरीत रंग लगाईएको पाएमा तुरुत्न पक्राउ गरि हिरासत लैजाने जनाएको छ..

    भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    राँझा, ५ चैत  सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।  सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।  मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का,..

    प्राधिकरणका लेखापालविरुद्ध ५२ लाखको भ्रष्टाचार मुद्दा

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा..

    मकवानपुरपछि काठमाडौंमा बर्डफ्लु भेटियो, हजारौं कुखुरा नष्ट

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौं, ४ चैत । केही दिनअघि मकवानपुरमा भेटिएको बर्डफ्लुको संक्रमण अहिले राजधानीमा समेत देखा परेको छ । काठमाडौंको ताकेश्वरस्थित दुई कुखुरा पोल्ट्रीफार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको हो । तारकेश्वरमा रहेको श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखाले जनाएको छ ।   बर्डफ्लु भएको पुष्टि भएपछि उक्त प्रभावित क्षेत्रस्थित..

    अस्पताल वरपर मदिरा निषेध

    आईतवार, चैत्र ३, २०७५ साल
    ओखलढुङ्गा, ३ चैत  ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो ।  स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन..

    कित्ताकाटमा भ्रष्टाचार : नायब सुब्बासहित ७ विरुद्ध मुद्दा दायर

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई शुक्रबार पक्राउ गरेको छ ।  आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो ।  सेवाग्राहीको उजुरीका..

    हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।  महाशाखाका प्रमुख एवं प्रहरी..

    पोखरामा बन्दको प्रभाव, विभिन्न स्थानमा शंकास्पद बस्तु फेला

    बिहिवार, फागुन ३०, २०७५ साल
    पोखरा, ३० फागुन  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।  बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।  बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद..

    पोखरा महानगरको सक्रियता : मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

    बिहिवार, फागुन ३०, २०७५ साल
    चिप्लेढुङ्गा, ३० फागुन : उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।  हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ..

    रोकिएन नदीजन्य पदार्थको उत्खनन

    बुधबार, फागुन २९, २०७५ साल
    राँझा, २९ फागुन  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउँपालिकाले रोक लगाए पनि उत्खननकार्य नरोकिएको स्थानीय अगुवा विश्वसागर परियारले..

    मध्यरातमा शक्तिशाली बम विस्फोट, ६ पक्राउ, विप्लवमाथि शंका

    बुधबार, फागुन २९, २०७५ साल
    चितवन, २९ फागुन : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।  जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा..

    विप्लव माओवादी समूहको धन्दा, धम्कीसँगै चन्दा

    मंगलवार, फागुन २८, २०७५ साल
    दैलेख, २८ फागुन  दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ ।  पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गर्नुभयो..

    मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन र चाँदी ! २ भारतीय पक्राउ

    सोमबार, फागुन २७, २०७५ साल
    जनकपुरधाम, २७ फागुन  मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका..

    रुपन्देहीमा अज्ञात समूहद्वारा एक युवकको हत्या

    सोमबार, फागुन २७, २०७५ साल
    खस्यौली, २७ फागनु रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।  स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो..

    १ लाख ९६ हजार नगदसहित जुवा अखडाबाट महिला पक्राउ

    आईतवार, फागुन २६, २०७५ साल
    साँखु, २६ फागुन  प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।  बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो..

    बम विस्फोटको विरोधमा आज देशभरका ११ सय म्यानपावर बन्द

    आईतवार, फागुन २६, २०७५ साल
      काठमाडौं, २६ फागुन ।  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आईतबार देशभरका म्यानपावर कम्पनी बन्द भएको छ । बम विस्फोटको भत्र्सना गर्दै आईतबार देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो । संघले सरकारसँग व्यवसायीको सुरक्षा गर्न माग गरेको छ । शुक्रबार साँझ काठमाडौंको बसुन्धरास्थित गुरुङको घरमै पार्क गरी राखिएको कारमा प्रेसर कुकर बम विस्फोट गराइएको..

    १ सय ५ केजी चरेससहित ३ पक्राउ [नामसहित]

    आईतवार, फागुन २६, २०७५ साल
    धादिङ, २६ फागुन  धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आईतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल..

    केडिया अपहरणका मुख्य योजनाकार पक्राउ गरी सार्वजनिक

    शनिबार, फागुन २५, २०७५ साल
    पर्सा, २५ फागुन : नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।  प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध..

    ‘विप्लव’द्वारा अपहरित भनिएकी सांसद प्रहरी सम्पर्कमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन -  बझाङमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार दिउँसो अपहरण गरिएको भनिएकी सांसद देवकी मल्ल संम्पर्कमा आईसकेको प्रहरीले दावी गरेको छ। बझाङ प्रहरी प्रमुख डीएसपी धितालले आधा घन्टा अघि मल्ल प्रहरी सम्पर्कमा आएको बताए।..

    विप्लव नेतृत्वद्वारा बझाङबाट प्रदेश सांसद अपहरण

    शुक्रबार, फागुन २४, २०७५ साल
    धनगढी, २४ फागुन सूदुरपश्चिम प्रदेश सभा सदस्य अपरण भएको खबर आए पछि प्रहरीले खोजी कार्य शुरु गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समूहले प्रदेश सदस्य देवकी मल्ललाई अपरहण गरेको सुचना आए पछि प्रहरीले जिल्ला भरी खोजी कार्य शुरु गरेको जनाएको छ ।  बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द..

    निर्मला हत्या प्रकरण : मुद्दा दर्ता भएपछि एसपी विष्ट र डीएसपी फरार

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंगुर जीसी फरार भएका छन् । विष्ट र जिसी दोस्रो दिन पनि बिहीबार अदालतमा उपस्थित भएनन् । उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ । बिहीबार कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी..

    चितुवाको आक्रमणबाट ८० वर्षीय बृद्ध सहित अन्य २ घाइते

    शुक्रबार, फागुन २४, २०७५ साल
    लम्की, २३ फागुन  चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् ।  टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात..

    काठमाडौँको मख्खनगल्लीमा आगलागी, निभाउन चार दमकलको प्रयोग

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।  मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।  आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो..

    विप्लवको गाउँमा प्रहरीको छापा - गोली प्रहार, हतियार बरामद

    बिहिवार, फागुन २३, २०७५ साल
    कपिलवस्तु,  २३ फागुन प्रहरीले कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि गोली प्रहार गरेको छ । विप्लव गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको छ । प्रहरीको गोली लागेर शिवराज नगरपालिका-९, का नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका भएका छन् । उनको घरमा हतियार रहेको सूचनाका आधारमा ..
    Results 1388: You are at page 17 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast