मंगलवार, भाद्र ३, २०७६

    सावधान

    ठेकदारको चरम लापरबाही ! ३ सय बिघा वन कर्णालीले बगाएपछि..

    बुधबार, चैत्र २०, २०७५ साल
    टीकापुर, २० चैत  हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।   रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६००..

    घुस लिएको अभियोगमा अधिकृतविरुद्ध मुद्दा दायर

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भन्सारबाट आयात हुने चामललगायत खाद्य पदार्थको कानूनबमोजिम परीक्षण गर्दा लाग्ने दस्तुर बुझाएर प्रज्ञापनपत्र बनाइदिने बहानामा रु ३५ हजार घुस लिएको अभियोग लागेको छ ।  सेवाग्राहीलाई सहज रुपमा भन्सार सुविधा मिलाइदिने भन्दै घुस लिने श्रीवास्तवलाई आयोगको टोलीले घुस..

    बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ, शव परीक्षण गरिदै

    मंगलवार, चैत्र १९, २०७५ साल
    चितवन, १९ चैत ।    भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।    प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् ।..

    घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

    सोमबार, चैत्र १८, २०७५ साल
    भक्तपुर, १८ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ ।  आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको..

    बर्डफ्लुको आशङ्काका - ७ हजार चल्ला नियन्त्रणमा

    सोमबार, चैत्र १८, २०७५ साल
    गोरखा १८, चैत भेटेरिनरी अस्पताल तथा पशुसेवा  विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।  गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला..

    पसलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा ४ घाइते

    सोमबार, चैत्र १८, २०७५ साल
    सर्लाही, १८ चैत हरिपुर नगरपालिका–९ पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।  बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो । फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा..

    बारा पर्सामा भीषण आँधी–हुरी, दर्जनौको मृत्यु, सयौँ घाइते

    सोमबार, चैत्र १८, २०७५ साल
    वीरगञ्ज, १७ चैत एक्कासि आईतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।  आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुखले जानकारी दिए ।   मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा..

    लागुऔषधका ६४ मुद्दा, १ सय ९ आरोपी प्रहरी नियन्त्रणमा

    आईतवार, चैत्र १७, २०७५ साल
    सुर्खेत, १७ चैत जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ ।  लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ..

    नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात रोकियो

    आईतवार, चैत्र १७, २०७५ साल
    राँझा, १७ चैत  नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ ।  पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो ।  ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको..

    विप्लव कम्युनिष्टका कास्की प्रमुख रामकाजी गुरुङ पक्राउ

    आईतवार, चैत्र १७, २०७५ साल
    कास्की, १६ चैत : नेत्रविक्रम चन्द विप्लव समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।  पोखरा–११ फूलबारी निवासी गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता भएको बुझिएको छ । प्रहरीले गत हप्ता सोही समूहका तमुवान जनपरिषद्का संयोजक लेखनाथ..

    चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

    शुक्रबार, चैत्र १५, २०७५ साल
    धादिङ, १५ चैत दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको अवस्थामा लागुऔषध बरामद..

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गुरुङ थाइल्याण्डमा पक्राउ

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् ।  रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो । उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट..

    जनकपुर बम काण्ड : पूर्वमन्त्रीसहित ७ जनालाई जन्मकैद [नामसहित]

    बिहिवार, चैत्र १४, २०७५ साल
    जनकपुरधाम, १४ चैत धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । २०६९ साल वैशाख १८ गते जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा ५ जनाको ज्यान गएको थियो । जन्मकैदको सजाय पाउनेमा सञ्जय साह टक्ला, मुकेश चौधरी, रञ्जित झा, जयप्रकश..

    ‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक त होइनन्’

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैत  समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दाे सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना न्यूनीकरण हुने विश्वास छ..

    लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

    बुधबार, चैत्र १३, २०७५ साल
    बाँके, १३ चैत प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।  बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर..

    ठमेल र टोखाबाट १९ जुवाडे पक्राउ, रू ४ लाख ८० हजार बरामद

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत प्रहरीले काठमाडौंको ठमेल र टोखाबाट ४ लाख ८० हजार ५ सय रुपैयाँसहित १९ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवातास खेलिरहेको अवस्थामा पसलका सञ्चालक ४२ वर्षीय हस्तबहादुर परियारसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुको साथबाट  ४५ हजार ५० रुपैयाँ बरामद भएको छ । यस्तै टोखा नगरपालिका–६ भरतपाटीस्थित निर्माणधिन घरमा जुवातास खेलिरहेको..

    बझाङमा बौलाहा स्यालको आतङ्क, स्थानीयलाई छोराछोरीको चिन्ता

    मंगलवार, चैत्र १२, २०७५ साल
    बझाङ, १२ चैत : बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ । घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ ।  यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना..

    खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा ४ जनाको मृत्यु

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत  भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ ।  खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । ..

    विद्युत् विस्तारका क्रममा भ्रष्टाचार - १० जना विरुद्ध ३ करोडको मुद्दा

    सोमबार, चैत्र ११, २०७५ साल
    भोजपुर, ११ चैत  षडानन्द नगरपालिका–८ मा विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।  परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित दश जनाविरुद्ध रु दुई करोड ७९ लाख २७ हजार बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  मुद्दा षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण..

    मुस्ताङमा सुख्खा पहिरो, सिङ्गो बस्ती नै जोखिममा

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत  लामो हिमपातले पशुधनमा क्षती व्यहोरेका  मुस्ताङिहरूलाई फेरि अर्काे आपत आइपरेको छ । जिल्लाको घरपजोङ गाउँपालिका–१ टिबेटियन क्याम्प नजिकै सोमबार रातिबाट सुख्खा पहिरो खस्न थालेको छ ।   बर्खायाममा कालीगण्डकीले पनि उक्त बस्ती छेउको जमिन कटान गरेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीको सक्रियतामा जोखिममा रहेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । पहिरोको उच्च जोखिममा रहेका घरका..

    पाल्पामा बम हान्ने क्रममा करेन्ट लागेर १ को मृत्यु, १ गम्भिर घाईते

    आईतवार, चैत्र १०, २०७५ साल
    पाल्पा,  १० चैत पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर रैनादेवी छहरा ७ जोगिदमारका १७ वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको हो ।  माछा मार्न बम हान्दा अर्का एक जना गम्भिर घाईते भएका छन् ।  कालिगण्डकी नदीमा माछा मार्न बम हान्ने क्रममा वगनाशकाली गाउँपालिका, खानीगाउँका २२ वर्षीय डोलबहादुर सारु गम्भिर घाईते भएका छन् ।  यस्तै बम हान्ने क्रममा हातमा पड्कीएर घाईते भएका सारुको थप उपचारका लागि..

    बौद्धबाट ७ जुवाडे पक्राउ, झण्डै ३ लाख बरामद

    आईतवार, चैत्र १०, २०७५ साल
    साँखु, १० चैत : महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय..

    भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत  भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले एक करोड ८२ लाखभन्दा बढी रकम गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा करअधिकृत मानप्रसाद विकविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत तथा हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत विकले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्दा..

    वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।  नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिइ..

    भारतीय प्रहरीको सहयोगबाट २ अपहरणकारी पक्राउ

    शुक्रबार, चैत्र ८, २०७५ साल
    गौशाला, ८ चैत  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।  गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  फागुन २२ गते सुरेश साहकी आमा..

    भारतीय ट्रकमा गोरखधन्दा ! १६४ किलो चरेस बरामद

    शुक्रबार, चैत्र ८, २०७५ साल
    धादिङ, ८ चैत : पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।  पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद..

    विप्लव नेतृत्वको नेकपामा संलग्न आशङ्कामा ४ पक्राउ

    शुक्रबार, चैत्र ८, २०७५ साल
    सोलुखुम्बु, ७ चैत : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले..

    जवरजस्ती रंग नदल्न भन्दा प्रहरी जवानमाथि निर्घात कुटपिट

    बिहिवार, चैत्र ७, २०७५ साल
    दाङ, ७ चैत युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासी हुन्। होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएका छन्। उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ।  प्रहरीले कुटपिटमा..

    १४ वर्षीय सुमन सुनकोशीमा बेपत्ता, कस्तो अवस्थामा होलान् ?

    बिहिवार, चैत्र ७, २०७५ साल
    काभ्रेपलाञ्चोक, ७ चैत : तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् ।  फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी..

    दर्ता हतियारबारे सोधखोज गर्दै प्रशासन, तोकियो समयसीमा !

    बिहिवार, चैत्र ७, २०७५ साल
    बाँके, ७ चैत  जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सोधखोज गर्दै पटकपटक नवीरकणका लागि सूचना जारी गर्दै आएको छ ।  बाँकेमा हालसम्म दर्ता भएका विभिन्न किसिमका हतियारमध्ये ६०३ नवीकरण भएका छन् । अझै १९५ थान नवीकरण हुन बाँकी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । इजाजत लिएकामध्ये १९५ थान..
    Results 1388: You are at page 16 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast