बुधबार, आषाढ २४, २०७७

    सावधान

    मासु पसल अनुगमन, मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो

    शुक्रबार, असोज २४, २०७६ साल
    नेपालगञ्ज, २४ असोज । नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ ।  संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।  उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले..

    नवलपरासीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुर्घटनामा दुईको मृत्यु

    बिहिवार, असोज २३, २०७६ साल
    परासी, २३ असोज    पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।     पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।    सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका..

    फरार अभियुक्त धमाधम पक्राउ

    बुधबार, असोज २२, २०७६ साल
    राँझा, २२ असोज  अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्रहरीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महीनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना..

    बस दुर्घटना हुँदा ३८ जना घाइते, १ जनाको अवस्था गम्भीर

    बुधबार, असोज २२, २०७६ साल
    मुग्लिन, २२ असोज चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको..

    हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

    मंगलवार, असोज २१, २०७६ साल
    सप्तरी, २१ असोज  सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ । आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ ।..

    मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक महिलाकाे मृत्यु

    मंगलवार, असोज २१, २०७६ साल
    भरतपुर, २१ असाेज । मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेकी छन् । इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  ठक्कर दिने..

    बिजेपीका नेता रविन्द्र खरात, उनका दुई छोरा र भाइसहित पाँच जनाको निर्मम हत्या

    सोमबार, असोज २०, २०७६ साल
    महाराष्ट्र, २० असाेज । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता रविन्द्र खरातसमेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ । खरातसहित उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिको समेत हत्या भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आक्रमणकारीले बन्दुक र चक्कुले अन्धाधुन्द..

    दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

    आईतवार, असोज १९, २०७६ साल
    अमरगढी, १९ असोज   डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१..

    नेपालगञ्जमा भएको विभिन्न घटनामा तीनको मृत्यु

    आईतवार, असोज १९, २०७६ साल
    नेपालगञ्ज, १९ असोज नेपालगञ्जस्थित रानीतलाउमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–७ का २३ वर्षीय सुनिल भित्रीकोटीको सो तलाउमा डुबेर मृत्यु भएको हो ।  सोही तलाउमा डुङ्गा चालकका रूपमा कार्यरत उनको अत्यधिक मदिरा सेवन गरी डुङ्गा चलाउँदा तलाउमा डुबेर मृत्यु भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताउनुभयो ।    यसैबीच, आज दिउँसो विषादी सेवन..

    कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियाे अनुमति

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज । कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका उनी विरुद्व पक्राउ पुर्जी जारी गरिएकाे हाे । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी..

    विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

    शनिबार, असोज १८, २०७६ साल
    विराटनगर, १८ असोज नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी  आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा  मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को२०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ । निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा..

    मादक पदार्थ किनबेचलाई समय निर्धारण

    शनिबार, असोज १८, २०७६ साल
    वालिङ, १८ असोज स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ ।    नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो ।   “भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा..

    जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

    शुक्रबार, असोज १७, २०७६ साल
    कञ्चनपुर, १७ असोज जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।  घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै..

    बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

    शुक्रबार, असोज १७, २०७६ साल
    सल्यान, १७ असोज   सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ..

    १३ टन सुन र ३० अर्ब नगदसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ

    शुक्रबार, असोज १७, २०७६ साल
    काठमाडाैं, १७ असाेज   अवैध ३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता  पक्राउ परेका छन् । हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो । हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ ।..

    खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच÷पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए । त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले..

    लागुऔषधसहित सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज   नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई..

    'सार्वजनिक बिदाको दिन पनि नियमित बजार अनुगमन हुन्छ'

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि..

    मदिरा भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

    बिहिवार, असोज १६, २०७६ साल
    बारा, १६ असाेज । मदिरा भट्टीको खाल्डोमा डुबेर बारामा पाँच जनाले ज्यान गुमाएका छन् । फेटा गाउँपालिका–४ बतरा गाउँमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालकुमारी देबी र करिब ५० वर्षीय..

    बाघको आक्रमणबाट महिलाको मृत्यु

    बुधबार, असोज १५, २०७६ साल
    धम्बोझी, १५ असोज    पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।   “बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर..

    त्रिभुवन विमानस्थलबाट पास गराएर चावहिल ल्याईएको सुनसहित २ पक्राउ

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौँ, १५ असोज ।  नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।   वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “त्रिभुवन विमानस्थलबाट..

    स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ

    मंगलवार, असोज १४, २०७६ साल
    जलेश्वर, १४ असोज महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो । “रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”,..

    राेल्पाको गुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको मृत्यु

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौं, १३ असाेज। पूर्वी राेल्पाको गुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको ज्यान गएकाे छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको हाे ।  दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।  रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा..

    विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

    सोमबार, असोज १३, २०७६ साल
    सर्लाही, १३ असोज  विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ ।  बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति..

    मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी, एकजना समातिए

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गर्ने गरी फेसबुकमा जथाभावी लेखेका भन्दै प्रहरीमा उजुरी परेकाे छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ ।  शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक..

    मनास्लु हिमाल आरोहण गर्न गएकी पर्यटकको मृत्यु

    आईतवार, असोज १२, २०७६ साल
    गोरखा १२, असोज चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।  आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर..

    जङ्गली हात्तीको आक्रमणबाट १ को मृत्यु

    आईतवार, असोज १२, २०७६ साल
    चितवन, १२ असोज । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ । ..

    नाम फेरेर बिहे अनि हत्या

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज ।  २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे। गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो। पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी गीताको शव कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा फेला परेको थियो। घटनास्थलबाट प्रहरीले हिन्दी..

    नेकपा निकट विद्यार्थीद्वारा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

    शनिबार, असोज ११, २०७६ साल
    चितवन, ११ असोज। ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएकाे छ । शनिबार शाहिमाथि चितवनको चौबिसकोटीमा निर्घात कुटपित भएको हाे । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका..

    बैंक र रेमिट ह्याक प्रकरण : थप तीन आरोपी पक्राउ

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज  कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई आज पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो ।  बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका..
    Results 1950: You are at page 14 of 65
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 Next Last
    Weather Forecast