बिहिवार, जेष्ठ २२, २०७७

    सावधान

    मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सिईओसहित ५ जना पक्राउ

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । प्रहरीले निदान अस्पतालका सिईओ बिपेन्द्र प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृगौला ग्रहण गर्ने बिरामी शंकरलाल लामालाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार..

    बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ ।  जहाज उडाउन ढिलाइ गरेको भन्दै..

    सरकारले प्रतिबन्ध लगाएको ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ बजारमा खुलेआम बिक्री

    मंगलवार, असोज २८, २०७६ साल
    धम्बोझी, २८ असोज । सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।  बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो ।  त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हुँदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको..

    आहारा खोज्दै नरभक्षी चितुवा बस्ती नजिक आएपछि...

    मंगलवार, असोज २८, २०७६ साल
    दमौली, २८ असोज ।  तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखलगायत काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख जिल्ला..

    दशैँ मनाउन कारागारभित्र सुँगुरको मासु खाएका थप १ कैदी मृत्यु

    सोमबार, असोज २७, २०७६ साल
    मिक्लाजुङ, २७ असोज  सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।  राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।..

    भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

    आईतवार, असोज २६, २०७६ साल
    काठमाडौँ, २६ असोज   नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ ।   विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए । आगो  निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ..

    १९ लाख नगदसहित जुवाडे समातिए

    आईतवार, असोज २६, २०७६ साल
    काठमाडौँ, २६ असोज नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिनुभयो ।..

    दाङस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

    शनिबार, असोज २५, २०७६ साल
    तुलसीपुर, २५ असोज दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी दिनुभयो ।  आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ ।  “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उहाँले भन्नुभयो, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।” आगलागीबाट झण्डै..

    तस्करी गरी ल्याइएको अवैध सामान बरामद

    शनिबार, असोज २५, २०७६ साल
    विराटनगर, २५ असोज विराटनगर महानगरपालिका–१० स्थित तीनटोलियाबाट भन्सार चोरी तस्करी गरी ल्याइएको रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रहरीले आज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजले दिएको जानकारीअनुसार वडा नं १० स्थित तीनटोलीयामा भारतबाट ल्याइएको तयारी कपडा तथा धाराका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो । उक्त सामानहरु आवश्यक  कारवाहीका लागि विराटनगर भन्सार..

    ब्राउन सुगरसहित युवती पक्राउ

    शुक्रबार, असोज २४, २०७६ साल
    कैलाली, २४ असोज  प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ ।  त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो । ..

    मासु पसल अनुगमन, मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो

    शुक्रबार, असोज २४, २०७६ साल
    नेपालगञ्ज, २४ असोज । नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ ।  संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।  उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले..

    नवलपरासीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुर्घटनामा दुईको मृत्यु

    बिहिवार, असोज २३, २०७६ साल
    परासी, २३ असोज    पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।     पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।    सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका..

    फरार अभियुक्त धमाधम पक्राउ

    बुधबार, असोज २२, २०७६ साल
    राँझा, २२ असोज  अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्रहरीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महीनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना..

    बस दुर्घटना हुँदा ३८ जना घाइते, १ जनाको अवस्था गम्भीर

    बुधबार, असोज २२, २०७६ साल
    मुग्लिन, २२ असोज चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको..

    हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

    मंगलवार, असोज २१, २०७६ साल
    सप्तरी, २१ असोज  सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ । आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ ।..

    मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक महिलाकाे मृत्यु

    मंगलवार, असोज २१, २०७६ साल
    भरतपुर, २१ असाेज । मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेकी छन् । इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  ठक्कर दिने..

    बिजेपीका नेता रविन्द्र खरात, उनका दुई छोरा र भाइसहित पाँच जनाको निर्मम हत्या

    सोमबार, असोज २०, २०७६ साल
    महाराष्ट्र, २० असाेज । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता रविन्द्र खरातसमेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ । खरातसहित उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिको समेत हत्या भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आक्रमणकारीले बन्दुक र चक्कुले अन्धाधुन्द..

    दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

    आईतवार, असोज १९, २०७६ साल
    अमरगढी, १९ असोज   डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१..

    नेपालगञ्जमा भएको विभिन्न घटनामा तीनको मृत्यु

    आईतवार, असोज १९, २०७६ साल
    नेपालगञ्ज, १९ असोज नेपालगञ्जस्थित रानीतलाउमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–७ का २३ वर्षीय सुनिल भित्रीकोटीको सो तलाउमा डुबेर मृत्यु भएको हो ।  सोही तलाउमा डुङ्गा चालकका रूपमा कार्यरत उनको अत्यधिक मदिरा सेवन गरी डुङ्गा चलाउँदा तलाउमा डुबेर मृत्यु भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताउनुभयो ।    यसैबीच, आज दिउँसो विषादी सेवन..

    कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियाे अनुमति

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज । कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका उनी विरुद्व पक्राउ पुर्जी जारी गरिएकाे हाे । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी..

    विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

    शनिबार, असोज १८, २०७६ साल
    विराटनगर, १८ असोज नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी  आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा  मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को२०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ । निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा..

    मादक पदार्थ किनबेचलाई समय निर्धारण

    शनिबार, असोज १८, २०७६ साल
    वालिङ, १८ असोज स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ ।    नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो ।   “भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा..

    जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

    शुक्रबार, असोज १७, २०७६ साल
    कञ्चनपुर, १७ असोज जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।  घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै..

    बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

    शुक्रबार, असोज १७, २०७६ साल
    सल्यान, १७ असोज   सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ..

    १३ टन सुन र ३० अर्ब नगदसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ

    शुक्रबार, असोज १७, २०७६ साल
    काठमाडाैं, १७ असाेज   अवैध ३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता  पक्राउ परेका छन् । हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो । हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ ।..

    खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच÷पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए । त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले..

    लागुऔषधसहित सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज   नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई..

    'सार्वजनिक बिदाको दिन पनि नियमित बजार अनुगमन हुन्छ'

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि..

    मदिरा भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

    बिहिवार, असोज १६, २०७६ साल
    बारा, १६ असाेज । मदिरा भट्टीको खाल्डोमा डुबेर बारामा पाँच जनाले ज्यान गुमाएका छन् । फेटा गाउँपालिका–४ बतरा गाउँमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालकुमारी देबी र करिब ५० वर्षीय..

    बाघको आक्रमणबाट महिलाको मृत्यु

    बुधबार, असोज १५, २०७६ साल
    धम्बोझी, १५ असोज    पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।   “बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर..
    Results 1930: You are at page 13 of 65
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 Next Last
    Weather Forecast