सोमबार, कार्तिक ४, २०७६

    सावधान

    विस्फोटनमा परी मृत्यु हुने ‘विप्लप’ कार्यकर्ता

    शुक्रबार, श्रावन ३, २०७६ साल
    धनगढी, ३ साउन नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ ।  विप्लप समूहको सेती महाकाली ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा उक्त विस्फोटनको घटनामा मृत्यु हुने रामबहादुर सिंह पार्टीका कार्यकर्ता रहेका र कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको उल्लेख गरिएको छ । उक्त घटनामा घाइते सिंहको माया मेट्रो अस्पताल..

    बम विस्फोट हुनुअघि राम सिंहले प्रहरीलाई फोन गरेका थिए

    शुक्रबार, श्रावन ३, २०७६ साल
    धनगढी, ३ साउन ।  धनगढीमा हिजाे साँझ भएको बम विस्फोटमा परि ज्यान गुमाउने राम सिंह र घाइते लक्ष्मण सेराला  विप्लव नेकपाको गतिविधिमा संग्लन भएको पाइएको छ । बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह आफूले बोकेको विस्फोटक पदार्थ पड्किँदा घाइते भएका थिए ।  उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको हाे । उनी भारतको बेंगलोरमा काम गरेर ७ महिनाअघि..

    उत्तरपुस्तिकामा नम्बर थप काण्ड : आरोपित त्रिवि कर्मचारी पाण्डेले गरे आत्महत्या

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन  विशेष अदालतमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन्। सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा..

    जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

    शुक्रबार, श्रावन ३, २०७६ साल
    बाजुरा, ३ साउन  जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।  जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ..

    धनगढी विष्फोटमा गम्भीर घाइते भएका सिंहको मृत्यु

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  धनगढीमा बिहीबार बेलुकी भएको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ। बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। विष्फोटमा उनको कम्मरमुनिका मासु खसेको थियो। विष्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए। धनगढीको चटकपुरमा रहेको सहिद गेट नजिकैको नीलम होटलमा बेलुकी ७ बजेतिर विष्फोट..

    शिक्षामन्त्री न्युयोर्कमा, छिरिङले किन गरे प्रवासी मञ्चको आलोचना

    शुक्रबार, श्रावन ३, २०७६ साल
    अमेरिका, ३ साउन ।  युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरममा सहभागी हुन अमेरिका आउनु भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग प्रवासी नेपाली मञ्च अमेरिकाले अन्तक्र्रिया कार्यक्रम गरेको छ ।    अन्तक्र्रियामा पोखरेलले नेपालको समसामयिक विषयबारे चर्चा गर्नुभयो । मुलुक संघीय संरचनामा गएसँगै नयाँ ढंगले काम भइरहेको उहाँले बताउनुभयो । मञ्चका अध्यक्ष टेक गुरुङले प्रवासी नेपालको अवस्थाबारे धारणा राख्नुभएको थियो..

    धनगढीमा बम विष्फोट, ५ घाइते

    बिहिवार, श्रावन २, २०७६ साल
    धनगढी, २ साउन कैलालीको धनगढी उपमहानगरपालिकास्थित  चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।  विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ ।..

    शान्तिभूमिमै बुद्धका मूर्ति तोडफोड

    बिहिवार, श्रावन २, २०७६ साल
    बुटवल, २ साउन राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।  मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले रातिको समयमा एकै प्रकृतिले..

    बाढीपहिरो अपडेट : ९० को मृत्यु, २९ अझै बेपत्ता

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन    असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।    उहाँका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी..

    सम्बन्धविच्छेदका लागि अदालत पुग्दै पुरुष

    बुधबार, श्रावन १, २०७६ साल
    चिप्लेढुङ्गा, १ साउन    कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४÷ ७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् । तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।     जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न दिइएका मुद्दामध्ये पुरुषले दायर गरेका मुद्दा..

    वर्षा तथा बाढीका कारण प्रदेश २ मा मात्रै ३२ को मुत्यु

    बुधबार, श्रावन १, २०७६ साल
    वीरगञ्ज, १ साउन केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।   बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख..

    लागुपदार्थ सेवन जाँच्न ‘किट’ को अभाव

    बुधबार, श्रावन १, २०७६ साल
     बागलुङ, १ साउन  जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।  प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उहाँले भन्नुभयो, “स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।” ‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान..

    विद्यालयमा जाँडपार्टी गर्ने प्राध्यापकदेखि पियनसम्म प्रहरी खाेरमा

    बुधबार, श्रावन १, २०७६ साल
    चितवन, १ साउन । प्रधानाध्यापकसहित पाँच जना विद्यालयभित्रै जाँड पार्टी गरिरहेकाे अवस्थामा पक्राउ परेका छन् । चितवनकाे रत्ननगर ९ स्थित कपरखोरी माध्यमिक विद्यालयका प्राचार्य विष्णु कट्टेलसहित ५ जना पक्राउ परेका हुन्। असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाँडपार्टी गर्दै गरेको बेला प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो। जाँड खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले प्रधानाध्यापकसहित सह-प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल..

    प्रेमीको ‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि युवतीले गरिन् प्रेमीकै शाैचालयमा आत्महत्या

    बुधबार, श्रावन १, २०७६ साल
     काठमाडौं, १ साउन । प्रेमीको जन्मदिन दिनमा अर्की प्रेमीका देखेपछि एक युवतीले आत्महत्या गरेकी छिन् । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी  युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । जेनी बालाजुका भीमबहादुरसँग प्रेममा थिइन् । असार ३० गते..

    सामाजिक सञ्जालमार्फत यसरी पनि हुन्छ ठगी

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन ।  सामाजिक सञ्जाल इमो, भाइबर, फेसबुक, ह्वाट्समार्फत झन्डै पाँच करोड रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य अभियुक्तसहित तीनजना पक्राउ परेका छन् । महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख, महोत्तरीकै गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन र भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद पक्राउ परेका हुन् । महानगगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ..

    साढे दुई करोड ठगी गर्ने महिला कारागार चलान

    मंगलवार, आषाढ ३१, २०७६ साल
    चिप्लेढुङ्गा, ३१ असार ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सो फैसला गरेको हो ।  पुर्पक्षका लागि थुनामा रहेकी सरितालाई रु साढे दुई करोड बिगो र..

    पाेखरामा प्रहरी र नेविसंघबीच झडप

    मंगलवार, आषाढ ३१, २०७६ साल
    पोखरा, ३१ असार । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरी र नेविसंघका केही विद्यार्थीबीच सोमबार साझँ झडप भएको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको थियो । जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको हाे । झडपमा दुई विद्यार्थी र एक प्रहरी घाईते भएको बताइएको छ । प्रहरी जवान दीपक..

    'माेस्ट वान्टेड' गुण्डा नाइके राजेन्द्र लामा 'निमा' पक्राउ

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडाैं, ३१ असार । 'माेस्ट वान्टेड' गुण्डा नाइके राजेन्द्र लामा 'निमा' पक्राउ परेका छन् । उनी काेटेश्वरबाट साेमबार राति पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले उनलाई राति  काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए। उनले भने, ‘पत्रकारसमेतलाई धम्क्याएको लगायतको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ।’ नाइके लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनी जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा..

    मापदण्डविपरीतका ३ पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

    मंगलवार, आषाढ ३१, २०७६ साल
    राँझा, ३१ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार,..

    व्यापारीलाई धम्की दिँदै रकम असुल्ने लामा प्रहरी फन्दामा

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार ।  व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । कोटेश्वरस्थित शुभकामना मार्गबाट मंगलबार बिहान उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । ..

    पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

    मंगलवार, आषाढ ३१, २०७६ साल
    गाईघाट, ३१ असार ।  उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर..

    फोहोर फ्याँक्नेको पहिचान सीसीटीभीबाट

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार ।  अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ ।    महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान..

    घुससहित सामाजिक विकास विभागका नासु पक्राउ

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई रु एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।  सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोतीलाई आज कार्यालय परिसरबाटै घुससहित नियन्त्रणमा लिएको हो । ..

    अधिकांश दुग्ध उद्योगमा फोहर भेटियो

    सोमबार, आषाढ ३०, २०७६ साल
    भक्तपुर, ३० असार भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ ।  नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ ।  त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको..

    बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बिपी दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (बीपी दास) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तिायरले तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले ८ जनाविरुद्ध १८ करोड ४५ लाख बराबरको भ्रष्टाचार गरेको ठहर गर्दै सोमवार अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपी ८ जनामध्ये सबैभन्दा बढी प्रतिष्ठानका उपकूलपति..

    यस्ताे छ अबकाे ३ दिनकाे माैसम : खतरा कायमै, माैसमविद् भन्छन्- सचेत रहनुहाेस्

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभर नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधवारबाट न्यून चापीय क्षेत्र बंगालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले सोमवार र मंगलवारको तुलनामा बुधवारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘आज (सोमवार) र भोलि (मंगलवार)..

    धनगढीमा यौन धन्दा चलाउने ४ भारतीयसहित ७ जना पक्राउ

    सोमबार, आषाढ ३०, २०७६ साल
    धनगढी, ३० असार धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।  होटलमा देहव्यापार हुने गरेको..

    भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

    सोमबार, आषाढ ३०, २०७६ साल
    हेटौँडा, ३० असार अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको पानी कुलेखानी खोला हँुदै वाग्मती..

    भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

    सोमबार, आषाढ ३०, २०७६ साल
    हेटौँडा, ३० असार । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।    कुलेखानीको पानी कुलेखानी खोला हँुदै..

    फेरि पहाडमा पहिरो, तराइमा बाढीको सम्भावनाः सतर्कता अपनाउन आग्रह

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ, जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि बिस्तारै कमजोर भएर जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमी तराईका धेरैजसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरी..
    Results 1588: You are at page 12 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast