मंगलवार, आषाढ ३०, २०७७

    सावधान

    सरकारी छाप किर्ते मुद्दामा कारागार चलान

    आईतवार, मंसिर ८, २०७६ साल
    काठमाडौँ, ८ मङ्सिर सरकारी छाप किर्ते मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विभिन्न सरकारी कार्यालयको छाप र हस्ताक्षर नक्कली बनाएका चितवन कल्याणपुरका २६ वर्षीय छविलाल तामाङलाई शुक्रबार रातोपुलबाट पक्राउ गरी आज जेल चलान गरेको हो ।  ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यातायात व्यवस्था कार्यालय वीरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत..

    धादिङमा जन्ती बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते

    आईतवार, मंसिर ८, २०७६ साल
    धादिङ, ८ मङ्सिर  पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।  नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला..

    धादिङको गल्छीमा जन्ती बस दुर्घटना, १ को मृत्यु, ४० घाइते

    आईतवार, मंसिर ८, २०७६ साल
    धादिङ, ८ मङ्सिर ।  पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।  नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।  दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला..

    जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने हुँदा सतर्कता उच्च

    शनिबार, मंसिर ७, २०७६ साल
    काभ्रेपलाञ्चोक, ७ मङ्सिर  जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ ।  समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र..

    घुस लिएको अभियोगमा मुद्दा

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी रु ६० हजार घुस माग गरेको आरोप लागेको छ । सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै..

    सेवाग्राहीबाट घुस : मालपोत कार्यालय प्रमुख रङ्गेहात पक्राउ, अनुसन्धान हुँदै

    शुक्रबार, मंसिर ६, २०७६ साल
    लहान, ६ मङ्सिर ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ ।    आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले रु पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।   सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको..

    मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

    बिहिवार, मंसिर ५, २०७६ साल
    सिन्धुली, ५ मङ्सिर  मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिनुभएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ । मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका–..

    प्रदूषण निम्त्याउने उद्योग कारबाहीमा, जरिवाना रकम तिर्न अटेरी

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर वातावरण प्रदूषण गराएका उद्योगले जरिवाना रकम तिर्न अटेरी गरेका छन् । वातावरण संरक्षण ऐन २०५३ को दफा १८ को उपदफा (२) बमोजिम ती उद्योगलाई भदौ पहिलो साता मन्त्रीस्तरिय निर्णयबाट कारबाही गरेको थियो ।  कारबाहीमा परेका उद्योगमध्ये घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालि दाङ र बाबा भेजिटेवल आयल इन्डस्ट्रिज प्रालि मोरङले मात्रै जरिवाना तिरेका छन् । दुबै उद्योगले जरिवाना रकम वापत ९०/९०..

    वनमौरीको टोकाइबाट १ बालकको मृत्यु, ५ घाइते

    बिहिवार, मंसिर ५, २०७६ साल
    सर्लाही, ५ मङ्सिर वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी..

    रङ्गशालामा आगलागी : सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार

    बिहिवार, मंसिर ५, २०७६ साल
    सप्तरी, ५ मङ्सिर । सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए ।  त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका..

    काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ती अमेरिकी म्युजियममा !

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौं,  ५ मङ्सिर :  काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ।  सन् १९८४ मा चोरी भएको मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको स्टोलन इमेजेज अफ नेपाल पुस्तकमा छापिएको थियो ।   कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ । मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती) को प्रतिनिधित्व गर्छ ।  १५..

    डोटीमा एक हजारको नक्कली नोट फेला

    बुधबार, मंसिर ४, २०७६ साल
    डोटी, ४ मङ्सिर   सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रु एक हजारको नक्कली नोट फेला परेको छ । दिपायलस्थित एनसिसी बैंकमा एक जना ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा रु एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो ।    बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली..

    बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

    मंगलवार, मंसिर ३, २०७६ साल
    भीमदत्तनगर, ३ मङ्सिर सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ ः १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिनुभयो । भूकम्पबाट के कति..

    निगमको ट्याङ्कर अपहरण भएपछि पत्ता लगाउन छानबिन समिति

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर । नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम..

    मेडिकल शिक्षामा ठगी गर्ने सेनाको मेडिकल कलेजसहित ४ विरुद्ध सर्वोच्चमा मुद्दा

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  काठमाडौं विश्व विद्यालयका प्रशिक्षार्थी (इन्टर्न) डाक्टर मोहम्मद नसिरले आज सर्वोच्च अदालतमा मेडिकल कलेज विरुद्ध मुद्धा दर्ता गरेका छन् । चिकित्सा शिक्षा ऐनमा सार्वजनिक र सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्थापन गर्नुपर्ने भनिए पनि उक्त नियम सबै मेडिकल कलेजहरुले कार्यन्वयन नगरेको भन्दै कलेज विरुद्ध मुद्धा दर्ता गरेको नसिरले  बताए । चिकित्सा शिक्षा ऐन अनुसार सरकारी अनुदान तथा सरकारी लगानीमा संचालित..

    गुट्खामा ३६ करोडको राजश्व छली, छ विरुद्ध मुद्दा

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ ।  अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा रु ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क..

    ठूलो रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय..

    अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भीमफेदी मकवानपुरका जेलर चिरञ्जीवी थापाले रु एक करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले थापाको सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५÷७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएको सम्पत्ति अवैध रहेको पाइएको..

    विप्वल समूहका इञ्चार्ज प्रेमप्रकाश ओली 'धमिल' कोहलपुरबाट पक्राउ

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    जाजरकोट, २९ कात्तिक ।    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।    नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।   उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ । ..

    घुस लिएको आरोपमा शाखा अधिकृत पक्राउ

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।  आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश..

    यातायातमा अख्तियारको छापा, घुस रकमसहित शाखा अधिकृत पक्राउ

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक  आर्थिक अनियमितता भएको सुराकीकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मारेको छ । आयोगको टोलीले यातयात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारी मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित नियन्त्रणमा लिएको छ । अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा..

    नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।  कर..

    लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक लागुऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ ।  नियन्त्रित लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५३७६ नंको बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागुऔषध बरामद गरी..

    लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ ।  काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।  मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको..

    सगरमाथा क्षेत्र घुम्न आएका फ्रान्सेली पर्यटकको मृत्यु

    बुधबार, कार्तिक २७, २०७६ साल
    सोलुखुम्बु, २७ कात्तिक सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।  कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो ।  इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको..

    ३ लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले तीन..

    ‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

    मंगलवार, कार्तिक २६, २०७६ साल
    काठमाडौँ, २६ कात्तिक   आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।    जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी..

    रौतहटको प्रहरी चौकीमा बम बिस्फोट, प्रहरी जवान घाइते, भारतीय नागरिक पक्राउ

    मंगलवार, कार्तिक २६, २०७६ साल
    गौर, २६ कार्तिक ।  रौतहटको मठिया प्रहरी चौकीमा आज दिउँसो बम बिस्फोट भएको छ । सो बम बिस्फोटमा परि १ प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ । बिस्फोट पछि प्रहरीले एक भारतीय नागरिक पक्राउ गरेको छ । चौकी भारतीय सीमा नजिक पर्ने भएकाले थप जानकारी लिने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली..

    ठगीको आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ, कारण यस्तो छ

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी..

    १५ हजार घुस लिएको अभियोगमा पक्राउ

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौँ, २४ कात्तिक अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२..
    Results 1960: You are at page 11 of 66
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last
    Weather Forecast