शनिबार, माघ ४, २०७६

    धर्म-संस्कृति

    पशुपतिनाथ क्षेत्रबाट मासु तथा मदिरा हटाइँदै

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडौं, ९ असाेज । पशुपति क्षेत्रबाट मासुजन्य परिकार र मदिराजन्य पदार्थ हटाउने तयारी शुरू भएकाे छ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई हटाउने तयारी थालिएको हाे।   दशैँ र तिहारको अवसरमा अवैध रुपमा सञ्चालनमा रहेका तथा इजाजत पाएका पनि मासु तथा मदिरा जन्य पसल हटाउने पहल शुरु भएको हो । यस क्षेत्रमा..

    राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको  शुभकामना व्यक्त गर्नुभएको छ ।  बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै उहाँले आज दिनुभएको सन्देशमा यस्ता नेपाली मौलिक सांस्कृतिक..

    पछि हट्यो सरकार ! राष्ट्रिय गानबिना नै पशुपतिनाथमा गंगा आरती जारी

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  पशुपतिनाथको मन्दिर तथा आर्यघाटमा हुने गंगा आरतीमा सरकारले दुई साताअघि राष्ट्रिय गान बजाउनैपर्ने दबाब दिएको भए पनि सरकार अघोषित रुपमा लचिलो भएको पाइएको छ । आरतीमा सहभागीहरुले संवेदनशील धार्मिक क्षेत्रमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको यसअघि आरोप लगाएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विभिन्न स्थानमा राष्ट्रिय गान गाउनुपर्ने आदेश दिएपछि समस्या उत्पन्न भएको..

    लोकपर्व जितियाको व्रत आजदेखि शुरू

    शनिबार, असोज ४, २०७६ साल
    जनकपुरधाम, ४ असोज मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ..

    निर्माणका अधिष्ठाता देवता 'विश्वकर्मा पूजा'

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरिएको छ । प्रत्येक वर्ष असोज १ गतेलाई विश्वकर्मा दिवसका रुपमा विभिन्न उद्योग एवं प्रतिष्ठानमा मनाउने गरिन्छ ।  वास्तुशास्त्री, इञ्जिनीयर, कालिगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा..

    विभिन्न औजारका आविष्कारक विश्वकर्माको पूजा गरी आज विश्वकर्मा दिवस मनाईदै

    बुधबार, असोज १, २०७६ साल
    काठमाडाै‌, १ असोज ।  आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद..

    भक्तपुरमा प्रसिद्ध परम्परागत मूपात्र जात्रा शुरु

    मंगलवार, भाद्र ३१, २०७६ साल
    भक्तपुर, ३१ भदौ इन्द्रजात्रापछि भक्तपुरमा निकालिने प्रसिद्ध परम्परागत मूपात्र जात्रा शुरु भएको छ । मूपात्रको पहिलो दिन तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइने परम्परा रहेको छ । जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोलटोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ । अन्य जात्राभन्दा पृथक रुपमा मनाइने यो जात्राको छुट्टै राक्षस जात्राका रुपमा पनि मनाउने गरिन्छ ।..

    जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

    सोमबार, भाद्र ३०, २०७६ साल
    जनकपुरधाम, ३० भदौ विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ ।  पुरातत्व विभागद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । सोअन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी..

    दशैँ, तिहारको अवसर पारेर वायुसेवा कम्पनीद्वारा १० प्रतिशत छुट

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ   नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो ।   नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १०..

    जिब्रो छेड्ने व्यक्ति नै नभेटिएपछि राेकियाे जिब्रो छेड्ने जात्रा

    आईतवार, भाद्र २९, २०७६ साल
    भक्तपुर, २९ भदाै । जिब्रो छेड्ने व्यक्ति नै नभेटिएपछि थिमिको जिब्रो छेड्ने जात्रा राेकिएकाे छ । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् ।  पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय..

    आजदेखि लाग्यो सोह्र श्राद्ध, यस्तो छ शास्त्रीय मान्यता

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ ।   प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ..

    दुुई दशकपछि इन्द्रदहमा ढोलक लगिँदै, साँझ दीप प्रज्ज्वलन

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौँ, भदौ २७ । चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा करीब दुुई दशकपछि विशेष बाजागाजासहित हनुमानढोकादेखि ढोलक लगिने भएको छ ।  काठमाडौँको वसन्तपुरमा आज इन्द्रजात्रा गरिएपछि राति १०ः०० बजे करीब २०० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुु-याउने व्यवस्था गरिएको वडा नं १ (दहचोक) का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुुभयो । विगतमा ढोलक लैजाने परम्परा रहेकामा करीब दुुई दशकसम्म विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकिएको..

    उपत्यकामा सार्वजनिक विदा, धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौं, २७ भदाै । इन्द्रजात्रा पर्वको अवसरमा उपत्यकामा आज सार्वजनिक विदा दिइएकाे छ । शुक्रबार उपत्यकामा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै छ। भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा मुख्यगरी मनाइने यो पर्व धुलिखेल, दोलखा लगायत ठाउँमा पनि मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने..

    इन्द्रजात्रा अवलोकन गर्न पहिलो पटक मेयरसहितका विदेशी पाहुना आउँदै

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ ।  इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।    “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण..

    पशुपति समाधिस्थलमा सिमेन्टको संरचना रोक्न माग

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गर्नुभएको छ ।  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताउनुभयो ।  “अरु देशमा शव..

    हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ भाद्र शुक्ल द्वादशीमा हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रध्वजा फहराउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो तयार पार्न नालास्थित वनबाट रुख काटेर ल्याइएको थियो ।  हनुमानढोका नजिकै रहेको श्वेतभैरवको मूर्ति पनि आजदेखि एकसातासम्म सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट..

    हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ ९   यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ ।  अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै  विधिवत्रुपमा इन्द्रजात्रा ९यँया० शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ ९लिङ्गो० तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको सो कार्यमा संलग्न मानन्धर..

    हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

    मंगलवार, भाद्र २४, २०७६ साल
    बाँके, २४ भदौ मोहर्रमको मंगलबार  अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा मंगलबार घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् ।    बाँकेमा भने मोहर्रममा केही फरक दृश्य देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दूहरु..

    संस्कृति तथा पर्यटनमन्त्री भट्टराईलाई निर्देशन फिर्ता लिन दबाब

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ ।   पशुपतिनाथस्थित वाग्मती किनारामा साँझ हुने गंगा आरतीअघि राष्ट्रियगान गाउनुपर्ने निर्देशन फिर्ता लिन सरकारलाई गरिएको अनुरोध नसुनिएपछि गंगा आरती सेवा सञ्चालक समितिले त्यसको अवज्ञा गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रिय गानबाट गर्नुपर्ने निर्देशन दिएपछि भदौ १३ बाट आर्यघाटमा हरेक साँझ..

    इन्द्रजात्रा मनाउन यसपटक विदेश जनप्रतिनिधि आउने

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफलमा उहाँले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि आउने पनि भएकाले भव्य बनाउनुपर्ने बताउनुभयो । “विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने..

    नेपाल पञ्चांग निर्णायक समितिद्वारा दशैंको टीकाको शुभ साइत सार्वजनिक

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौं, २२ भदौ । यस वर्षको दशैंको टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ । असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ । असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ। यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५..

    लिङ्गो ठड्याउने साइत भदौ २४ गते बिहान ९ : १७ बजे

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । यस वर्ष इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान साइत भदौ २४ गते बिहान ९ः१७ बजे निकालेकाे हाे । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो शुक्रबार बिहान ९ : ३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको..

    कागेश्वरीमा भक्तजनको भीड

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ ।  मन्दिरमा..

    धर्मका नाममा ठगी ! पञ्चाङ्ग निर्णायक समितिद्वारा होशियार हुन आह्वान

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ  नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ । भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङलगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा उठाइरहेकाले सचेत बन्न..

    सप्तऋषिको विधिपूर्वक पूजा आराधना गर्दै मनाइयो ऋषिपञ्चमी

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ  भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजीकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा..

    वर्षेनी बर माग्न हजारौ भक्तजन आउँछन्–बडिकेदार मेलामा

    मंगलवार, भाद्र १७, २०७६ साल
    डोटी, १७ भदौ   नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो..

    श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्खे नाच

    मंगलवार, भाद्र १७, २०७६ साल
    गलेश्वर, १७ भदौ ।  करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । परापूर्वकालमा समाजमा..

    पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।  बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । मूल मन्दिर..

    शिवालयमा भक्तजनको भीड, तीज र चौँठचन्द्र पर्व एकसाथ

    सोमबार, भाद्र १६, २०७६ साल
    भक्तपुर, १६ भदौ   महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ ।    ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ..

    तीजबारे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो धारणा

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्। तीजको अवसरमा सोमबार बिहान शुभकमना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन्। सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा..
    Results 589: You are at page 4 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast