शनिबार, जेष्ठ २४, २०७७

    धर्म-संस्कृति

    ‘मोदीको हातबाट मर्न इन्कार गर्‍यो रावणले !’

    आईतवार, असोज १५, २०७४ साल
    काठमाडौं । शनिबार विजयादशमी देशभर धूमधामका साथ मनाइएको छ । भारतका अलग-अलग क्षेत्रमा नराम्रोको प्रतीक मानिने रावण, मेघनाथ र कुम्भकर्णका पुतला दहन गरिएको छ । दशैंको अवसरमा दिल्लीको लाल किल्ला मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भए । मोदीको उपस्थितिमा रावणको पुत्ला दहन गरियो । तर, मोदीले रावणको पुत्लामा निशाना लगाउँदा धनुष नै भाँचियो । धनुषमा तीर राखेर..

    मालश्री धुनको गाथा

    आईतवार, असोज १५, २०७४ साल
    दशैंको समयमा देशभरजसो गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ। मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि भएको विज्ञहरु बताउँछन्। समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन्। तिनै मध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ। मौलिक नेपाली लोक धुन मानिने मालश्रीको शरद ऋतुसँग पनि सम्बन्ध रहेको बताइन्छ।..

    सेना, प्रहरी र निजामतीलाई दशैंका लागि ६ अर्ब पेश्की वितरण

    बुधबार, असोज ११, २०७४ साल
    ११ असोज, काठमाडौं । सरकारले सेना, प्रहरी र निजामतीका लागि दशैं खर्च भन्दै कुल ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यसपटकको दशैंमा सरकारले पेश्कीस्वरुप ६ अर्ब बढी रकम निजामती र सुरक्षाकर्मीलाई पेश्कीवापत प्रदान गरेको हो । हलसम्म विभिन्न क्षेत्र, तह र अवकाशप्राप्त गरी करिब पाँच लाख ५६ हजार व्यक्तिका दशैं पेश्की जाने गरेको छ..

    राष्ट्रपति भण्डारीले सर्वसाधारण र विशिष्टलाई दशैंमा टीका लगाइदिने

    मंगलवार, असोज १०, २०७४ साल
    काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिने भएकी छिन् ।  राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवास परिसरमा टीका लगाउने कार्यक्रम रहेको छ । साथै, दशैंका दिन टीका लगाउन शीतल निवास आउने सर्वसाधारणको लागि गेट नंम्बर १ खुला..

    पूर्वराजा ज्ञानेन्द्र शाहले यो दशैंमा सर्वसाधरणलाई टीका नलगाइदिने

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं, असोज ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधरणलाई टिका नलगाई दिने बताएका छन् । आफ्नो स्वास्थ्य अवस्थाका कारण केही हप्ता आराम गर्नुपर्ने भएकाले तथा गत श्रावण महिनाको अन्तिमताका देशमा आएको प्राकृतिक प्रकोपले नेपालीको जीवनमा असहज परिस्थिति आएको कारण देखाउँदै पूर्वराजाले यसवर्ष सर्वसाधारणहरुलाई टीका नलगाई दिने बताएका हुन् । साथै, यस पटक कुनै शक्तिपीठको समेत दर्शन नगर्ने पनि पूर्वराजा शाहले विज्ञप्तीमार्फत..

    सुरु भयो दशैं, आज घटस्थापना, घर-घरमा विधिपूर्वक जमरा राखिँदै

    बिहिवार, असोज ५, २०७४ साल
    काठमाण्डौ ।  नेपालीहरुको महान चाडको पहिलो दिन घटस्थापना अर्थात विहीबारबाट औपचारिकरुपमै दशैं सुरु भएको छ । यस दिन सारा नेपालीहरूको नेपालीको घरघरमा जमरा राख्ने परम्परा रहँदै आएको छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने प्रचलन रहँदै आएको छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका कारण सबैले..

    बुधबारदेखि सोह्रश्राद्ध सुरु

    बुधबार, भाद्र २१, २०७४ साल
    २१ भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष..

    आइतबारबाट इन्द्रजात्रा पर्व सुरू

    आईतवार, भाद्र १८, २०७४ साल
    काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा आईतबारदेखि इन्द्रजात्रा सुरु भएको छ । सो अवसरमा काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्रा पर्वको सुभारम्भ गरिएको थियो । उक्त लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको विश्वास छ । सो अवसरमा भक्तपुरबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले बताए ।..
    Results 608: You are at page 21 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
    Weather Forecast