सोमबार, चैत्र २४, २०७६

    धर्म-संस्कृति

    'नेपाली मौलिकता तथा संस्कृतिकाबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने'

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौँ, १८ पुस : वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताएका छन् ।  श्रद्धावान् नेपालले प्रस्तावित गरेको पाँचौँ राष्ट्रिय पोशाक दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले लामो समय अघिदेखि ती पोशाकको प्रचलन देशमा रहेको इतिहास पाइने बताउँदै सबै जाति समुदायका फरक वेशभूषा रहेको भएपनि..

    टोपी दिवसका अवसरमा युवाहरुद्वारा पहिचान बचाउन राष्ट्रिय अभियान

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडाँै, १७ पुस  ।  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेका छन् । माइतीघरबाट शुरु भएको र्याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो ।  र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता..

    कपिलवस्तुमा हुने भयो थारु जातिको महान पर्व माघीको विशेष महोत्सव

    शुक्रबार, पौष १४, २०७४ साल
    जितपुर, कपिलवस्तु, १४ पुस । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो ।  महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनीसमेत गरिनेछ।महोत्सव अवधिभर थारु संस्कृति झल्कने..

    गुरुङ समुदायमा ल्होसारको रौनक शुरु, विविध साँस्कृतिक कार्यक्रम

    शुक्रबार, पौष १४, २०७४ साल
    बेसीशहर, लमजुङ, १४ पुस  : गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनक देखिएको हो ।  गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार च्यल्हो (चरा वर्ग) लाई बिदाइ गरी खिल्हो (कुकुर वर्ग) स्वागत गर्दै शनिवार यस वर्षको तमु ल्होसार मनाइँदैछ । ‘ल्हो’..

    पशुपतिनाथ मन्दिर परिसरमा आजबाट सवारी साधन प्रवेशमा रोक

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो । पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको..

    चुलाचुली गाउँपालिकामा बृहत् दु:खहरण पूजा लगाइने

    मंगलवार, पौष ११, २०७४ साल
    चुलाचुली, ११ पुस । इलाम जिल्लाको  चुलाचुली गाउँपालिकाको भवन निर्माण स्थलमा पुस १७ गते सकल जगत प्राणीको कल्याणको निम्ति प्रार्थना (दु:खहरण ) पूजा -२०१८ लगाइने भएको छ ।  हेभेन्ली पथ नेपाल जिल्ला शाखा इलामले आयोजना गर्ने उक्त पूजामा किराँत, हिन्दु, ईसाइ, बौद्ध धर्मावलम्बीको उपस्थिति रहने छ । कार्यक्रम स्थलबाट वडाकै यलम्बर चोक, समावेशी चोक हुँदै पुन: कार्यक्रम स्थलसम्मको र्‍यालीको पनि आयोजना गरिएको..

    सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानार्थ दशदिक्पालको पूजा

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानका लागि आज बिहान दशदिशाका देवता दशदिक्पालको विशेष पूजा गरिएको छ ।  प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन कामपा–२४, जनबहालस्थित मन्दिरमा दशदिक्पाललाई विशेष पूजा गरिन्छ । महास्नानका समयमा कुनै पनि अप्रिय घटना तथा अनिष्ट नहोस् भनेर मूल पुजारी र थकालीले यस किसिमको पूजाका साथै संकल्प गर्छन् ।  मच्छिन्द्रनाथको महास्नानका लागि गए राति विशेष साइतमा..

    आज क्रिसमस, देशभरका चर्चमा विविध कार्यक्रम, प्रमद्वारा शुभकामना

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ ।  यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।  येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष..

    बौद्ध धर्मावलम्बीहरुद्वारा नयाँ वर्षका अवसरमा शुभकामना साटा-साट

    मंगलवार, पौष ४, २०७४ साल
    हुम्ला, ४ पुस : हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताए। (रासस) ..

    अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि राजविराजमा

    आईतवार, पौष २, २०७४ साल
    राजविराज, २ पुस । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।  मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको..

    सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर ।  सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १० वटा सम्पदाले काठ माग गरेका हुन् । काष्टमण्डपले १४ हजार, नुवाकोटस्थित भैरवी मन्दिरले १२, रातो मछिन्द्रनाथ ६८, रामेछापको खाडादेवी मन्दिर ५००, दोलखाको धनेश्वर मन्दिर तीन हजार,..

    नेवारी संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौँ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छिन् ।  ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन् । उनले भनिन्, “कला, संस्कृति र भाषामा..

    किराँती समुदायको उधौली पूजा हर्षोल्लासका साथ मनाइंदै

    आईतवार, मंसिर १७, २०७४ साल
    उदयपुर, मंसिर १७ । प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी किनारमा रहेको साकेला स्थानमा भेला भईउधौली पूजा मनाउने कार्य शुरु गरेका छन् ।  जिल्लाको त्रियुगा नगरपालिकासहित अन्यत्र बसोवास गरेका किराती राईहरुले गाईघाटस्थित साकेला स्थानमा ठूलो संख्यामा भेला भएर आफ्ना किराती पूजारी (नाछुङ) बाट..

    लिच्छवीकालदेखि चल्दै आएको यःमरी भाका लोप हुने अवस्थामा

    आईतवार, मंसिर १७, २०७४ साल
    भक्तपुर, १७ मंसिर । मार्ग शुक्ल पूर्णिमाअर्थात् धान्य पूर्णिमारूपमा मनाइने यो पर्व दिन नेवार समुदायमा भने ‘यःमरी पुन्ही’ले परिचित छ । यस दिन चामलको पिठोमा चाकुलगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी यःमरी बनाएर खाने गरिएकाले यस चाडको यःमरी पुन्ही नामकरण गरिएको हो ।  नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको र जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको संस्कृतिविद् पुरुषोत्तमलोचन..

    नुवाकोटस्थित 'दुप्चेश्वर महादेव' को मन्दिरमा भक्तजनको घुइँचो

    शनिबार, मंसिर १६, २०७४ साल
    नुवाकोट, १६ मंसिर : राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए ।  राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई..

    नेपालमा पहिलो हयग्रीव मन्दिर निर्माणका लागि महायज्ञ शुरु

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौँ, ८ मंसिर । नेपालमै पहिलो हयग्रीव मन्दिर निर्माणका लागि सहयोग जुटाउन लक्ष्मी हयग्रीव महायज्ञ शुरु भएको छ ।  वाग्मती, कोलमती र चोलमती नदीको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी, थलीस्थित कोलमतेश्वर महादेव मन्दिरमा पहिलोपटक लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको हो । पहिलो ह्यग्रिव मन्दिर पनि यही स्थलमा बनाइने यज्ञ सम्पादन समितिले जनाएको छ ।  विवाह पञ्चमीका अवसरमा बिहीबारदेखि शुरु भएको महायज्ञ मंसिर १५ गतेसम्म..

    जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनकता, तयारी पुरा

    बुधबार, मंसिर ६, २०७४ साल
    जनकपुरधाम, ६ मंसिर। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् ।  यो महोत्सवमा नेपाल, भारत लगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा..

    मिथिलाञ्चल लगायत देशका विभिन्न स्थानमा छठ पर्व मनाइँदै

    बिहिवार, कार्तिक ९, २०७४ साल
    कार्तिक ९, काठमाडौं ।  मिथिलाञ्चलको महान पर्वकोरुपमा रहेको छठको प्रमुख दिन आज राजधानी काठमाडौं लगायत तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ । आजको दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनाराहरु झकिझकाउ पारिएको हाम्रा  संवाददाताहरुले जनाएका छन् । यस दिनमा जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी,..

    राष्ट्रपति विद्या भण्डारीद्वारा दीपावलीको अवसरमा शुभकामना व्यक्त

    बिहिवार, कार्तिक २, २०७४ साल
    काठमाडौं, कात्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् । साथै, राष्ट्रपतिले नेपालीबीचको..

    आज तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै !

    बिहिवार, कार्तिक २, २०७४ साल
    २ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी,..

    आज तिहारको दोस्रो दिन, घर–घरमा कुकुरको पूजा गरेर मनाइँदै

    बिहिवार, कार्तिक २, २०७४ साल
    १ कात्तिक, काठमाडौं ।  नेपालीको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको दोस्रो दिन आज घर–घरमा कुकुरको पूजा गरेर मनाईंदै छ ।  आजको दिन कुकुरलाई मीठा-मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा-मीठा परिकार खान दिएको खण्डमा यमराजको ढोकामा द्वारपालकारुपमा बस्ने श्याम र सबल नामका कुकुरहरुले यमलोक जाँदा सजिलैसँग बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएको छ ।  परापूर्वकालमा वैवस्वत..

    यसवर्ष भाइटीकाको शुभसाइत ११ बजेर ५१ मिनेटमा, कता फर्केर लगाउने ?

    आईतवार, असोज २९, २०७४ साल
    २९ असोज, काठमाडौं  । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व..

    तिहारका लागि भारतबाट पन्ध्र लाख 'सयपत्रीको माला' ल्याइँदै, छिट्टै आउने

    शुक्रबार, असोज २७, २०७४ साल
    काठमाडौँ ।  गतवर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ। गतवर्षको तुलनामा माग बढेका कारण फूलको मूल्य वृद्धि हुने भएको हो। गतवर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ। यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नु पर्ने देखिन्छ। गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा माला..

    ‘मोदीको हातबाट मर्न इन्कार गर्‍यो रावणले !’

    आईतवार, असोज १५, २०७४ साल
    काठमाडौं । शनिबार विजयादशमी देशभर धूमधामका साथ मनाइएको छ । भारतका अलग-अलग क्षेत्रमा नराम्रोको प्रतीक मानिने रावण, मेघनाथ र कुम्भकर्णका पुतला दहन गरिएको छ । दशैंको अवसरमा दिल्लीको लाल किल्ला मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भए । मोदीको उपस्थितिमा रावणको पुत्ला दहन गरियो । तर, मोदीले रावणको पुत्लामा निशाना लगाउँदा धनुष नै भाँचियो । धनुषमा तीर राखेर..

    मालश्री धुनको गाथा

    आईतवार, असोज १५, २०७४ साल
    दशैंको समयमा देशभरजसो गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ। मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि भएको विज्ञहरु बताउँछन्। समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन्। तिनै मध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ। मौलिक नेपाली लोक धुन मानिने मालश्रीको शरद ऋतुसँग पनि सम्बन्ध रहेको बताइन्छ।..

    सेना, प्रहरी र निजामतीलाई दशैंका लागि ६ अर्ब पेश्की वितरण

    बुधबार, असोज ११, २०७४ साल
    ११ असोज, काठमाडौं । सरकारले सेना, प्रहरी र निजामतीका लागि दशैं खर्च भन्दै कुल ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यसपटकको दशैंमा सरकारले पेश्कीस्वरुप ६ अर्ब बढी रकम निजामती र सुरक्षाकर्मीलाई पेश्कीवापत प्रदान गरेको हो । हलसम्म विभिन्न क्षेत्र, तह र अवकाशप्राप्त गरी करिब पाँच लाख ५६ हजार व्यक्तिका दशैं पेश्की जाने गरेको छ..

    राष्ट्रपति भण्डारीले सर्वसाधारण र विशिष्टलाई दशैंमा टीका लगाइदिने

    मंगलवार, असोज १०, २०७४ साल
    काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिने भएकी छिन् ।  राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवास परिसरमा टीका लगाउने कार्यक्रम रहेको छ । साथै, दशैंका दिन टीका लगाउन शीतल निवास आउने सर्वसाधारणको लागि गेट नंम्बर १ खुला..

    पूर्वराजा ज्ञानेन्द्र शाहले यो दशैंमा सर्वसाधरणलाई टीका नलगाइदिने

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं, असोज ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधरणलाई टिका नलगाई दिने बताएका छन् । आफ्नो स्वास्थ्य अवस्थाका कारण केही हप्ता आराम गर्नुपर्ने भएकाले तथा गत श्रावण महिनाको अन्तिमताका देशमा आएको प्राकृतिक प्रकोपले नेपालीको जीवनमा असहज परिस्थिति आएको कारण देखाउँदै पूर्वराजाले यसवर्ष सर्वसाधारणहरुलाई टीका नलगाई दिने बताएका हुन् । साथै, यस पटक कुनै शक्तिपीठको समेत दर्शन नगर्ने पनि पूर्वराजा शाहले विज्ञप्तीमार्फत..

    सुरु भयो दशैं, आज घटस्थापना, घर-घरमा विधिपूर्वक जमरा राखिँदै

    बिहिवार, असोज ५, २०७४ साल
    काठमाण्डौ ।  नेपालीहरुको महान चाडको पहिलो दिन घटस्थापना अर्थात विहीबारबाट औपचारिकरुपमै दशैं सुरु भएको छ । यस दिन सारा नेपालीहरूको नेपालीको घरघरमा जमरा राख्ने परम्परा रहँदै आएको छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने प्रचलन रहँदै आएको छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका कारण सबैले..

    बुधबारदेखि सोह्रश्राद्ध सुरु

    बुधबार, भाद्र २१, २०७४ साल
    २१ भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष..
    Results 601: You are at page 20 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast