शुक्रबार, मंसिर २०, २०७६

    धर्म-संस्कृति

    चारुमती बुद्धिष्ट मिसन नेपालले 'विश्व सांस्कृतिक शान्ति पदयात्रा' को आयोजना गर्ने

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ ।  चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वका बारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ ।  आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको छ ।  बौद्ध धर्मका तीन यानका विशिष्ट गुरुबाट प्रार्थना तथा आशीर्वादपछि बाजागाजाका साथ शुरु गरिने..

    नेपालका विविध दुर्लभ कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान

    सोमबार, माघ २२, २०७४ साल
    काठमाडौँ, २२ माघ।  सांस्कृतिक संस्थानले विभिन्न जातजाति, संस्कृति तथा कलासँग सम्बन्धित देशका दुर्लभ नृत्य, गीतसंगीतको संरक्षण गर्नाका साथै जुनसुकै बेलामा ती कला र संस्कृति प्रस्तुती गर्न सकिने जनाएको छ ।  सो संस्थानका अनुसार बज्रयान बौद्ध परम्परामा आधारित चर्या नृत्यसहित मञ्जुश्री, आर्यतारा, पञ्चबुद्ध तथा कुमारी, भैरवकाली, बज्रयोगीनी, तामाङ्गसेलो, साकेला, धिमाल, सतार, धिन्तामै, सोरठीलगायत ५१ प्रकारका नृत्य, गीतसंगीत, लोकगीत,आदि रहेकाछन् ।  नेपालमा लोप हुन लागेको..

    महाशिवरात्रिको अवसरमा महोत्तरीमा अमरनाथ र बैष्णोदेवी गुफा निर्माण

    आईतवार, माघ २१, २०७४ साल
    गौशाला, २१ माघ ।  महाशिवरात्रिको अवसर पारेर महोत्तरी जिल्लाको प्रख्यात जलेश्वरनाथ महादेव मन्दिर नजिकै भारतको कास्मिरमा अवस्थित बाबा अमरनाथ महादेव र माता वैष्णोदेवीको गुफा निर्माण गरिएको छ ।  जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ मन्दिर नजिकै जलेश्वरदेखि बर्दिबास जाने सडकको छेउमा उत्तरपट्टि खाली चौरमा ९० फिट लम्बाइ तथा ८५ फिट चौडाइ भएको अमरनाथ महादेवको गुफा र ७५ फिट लम्बाइ तथा ८० फिट चौडाइ भएको..

    एक महिना लामो ‘श्री स्वस्थानी’ व्रत कथा आजबाट समापन

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ ।  श्री स्वस्थानी व्रत कथाको आज समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन गरिएको हो । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा..

    नुवाकोटको पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै

    बुधबार, माघ १७, २०७४ साल
    घलेभञ्याङ, नुवाकोट, १७ माघ ।  यहाँस्थित पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।  मन्दिर कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न नसकिए पनि विभिन्न चाडपर्व तथा शुभकार्यमा उक्त परिसरमा रहेका विभिन्न देवदेवीको पूजा गर्ने प्रचलन छ । डाँडामा रहेको उक्त मन्दिरको छानाको जस्ता चुहिने समस्या छ भने पर्खाल पनि जीर्ण बन्दै गएकाले चाँडो मर्मत गर्नुपर्ने देखिन्छ । लामो समयदेखि स्थानीय तहमा..

    आठ वर्षपछि सञ्चालन भयो लोपोन्मुख नाच पुलुकिसी प्याखँ

    मंगलवार, माघ १६, २०७४ साल
    भक्तपुर, १६ माघ  ।  आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ ।  अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो ।    मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ । श्री स्वस्थानी व्रतकथा प्रारम्भसँगै शुरु हुने माधवनारायणको व्रतको अवसरमा यो प्याखँ भिमा..

    बदलिँदो संस्कृति : त्रिवेणी मेलामा भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

    सोमबार, माघ १५, २०७४ साल
    गाईघाट उदयपुर, १५ माघ ।  भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ ।  माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताए ।  विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको किनबेच धेरै हुने गरेपनि..

    झापामा संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश दिँदै किराँत महोत्सव सुरु

    सोमबार, माघ १५, २०७४ साल
    भद्रपुर, १५ माघ  ।    किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ ।    निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ ।  महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल..

    पशुपति क्षेत्र बन्नेछ अब ध्यान र योग केन्द्र, पूर्णरुपमा लागुपदार्थ निषेध

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौँ, १४ माघ  : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ ।  यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको आइतबार नै  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल,..

    काभ्रेपलान्चोकमा सांस्कृतिक पहिचानको 'पनौती सम्पदा'को संरक्षण शुरु

    आईतवार, माघ १४, २०७४ साल
    बनेपा, १४ माघ ।  काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ ।  पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप..

    गोदावरी धामको ‘बाह्र राशि दर्शन मकर मेला’मा चार लाख भक्तजन

    शनिबार, माघ १३, २०७४ साल
    धनगढी, १३ माघ : कैलाली जिल्लाको प्रमुख तीर्थस्थल गोदावरी धाममा भएको ‘बाह्र राशि दर्शन मकर मेला’मा झण्डै चार लाख भक्तजनले स्नान र पूजापाठ गरेका छन् ।  गत माघ १ गते शुरु भई शुक्रबार समापन भएको मेलामा नवग्रह शान्ति, महाअनुष्ठान, विशेष पूजापाठ, परायण, लक्ष्य हवन पितृ कर्म, आरती तथा भजनकीर्तन गरिएको थियो । यस्तै धाम परिसरमा स्थापित कुम्भबाटिकामा भक्तजनले बाह्र राशि र..

    झापाको अर्जुनधारामा आश्रमको स्थापनाको ६३ वर्षपछि महापुराण गरिंदै

    शुक्रबार, माघ १२, २०७४ साल
    अर्जुनधारा झापा,१२ माघ   झापाको अर्जुनधारा–८ स्थित शिवालय मन्दिर सिद्धेश्वर आश्रममा ६३ वर्षपछि पहिलोपटक महापुराण गरिने भएको छ ।    विसंं २०११ मा दाता शम्शेरबहादुर गिरी, टेकबहादुर गिरी, पदमबहादुर गिरी र भगवान गिरीबाट अतिरुद्रीसहित धार्मिक अनुष्ठान गरी स्थापना गरिएको सो आश्रममा यही माघ १५ देखि २२ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह लगाइने आज शुक्रबार यहाँ आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।    आश्रम परिसरमा रहेको मुख्य..

    खोटाङमा ऐतिहासिक किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

    शुक्रबार, माघ १२, २०७४ साल
    खोटाङ, १२ माघ ।  नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।  किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् ।  किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई..

    तेह्रथुममा स्थानीयबासी द्वारा बहुधार्मिक 'मालुङ पालुङ' मन्दिर निर्माण

    बिहिवार, माघ ११, २०७४ साल
    तेह्रथुम, ११ माघ ।  तेह्रथुममा स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् ।  जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले एक कार्यक्रमका बीच उद्घाटन गरे  । किराँत कालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयवासीले बहुधार्मिक मन्दिरको नाम दिएका..

    कपिलवस्तुमा लोपोन्मुख धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

    मंगलवार, माघ ९, २०७४ साल
    जितपुर, कपिलवस्तु, ९ माघ ।  राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ ।  हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा ऐतिहासिक पुस्तकको संरक्षण गर्दै आएको हो ।  संघले आधुनिक सुविधासहितको पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीलाई..

    विश्व बौद्ध भ्रातृत्व बैठकमा सहभागी हुन भिक्षु तपस्सी धम्म म्यान्मार प्रस्थान

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ । वर्ल्ड  एलाइन्स बुद्धिष्ट (विश्व बौद्ध भ्रातृत्व) को बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा (वर्मा) प्रस्थान गरेका  छन् ।  म्यान्माको बगानमा यही माघ ६ देखि १२ गतेसम्म चल्ने उक्त बैठकमा भाग लिन गए राति उनी  त्यसतर्फ गएका हुन्  । नेपाल, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, लाओस, संयुक्त अरब इमिरेट्सलगायत २६ मुलुकको सहभागिता हुने छ ।..

    भक्तपुरमा ऐतिहासिक छ महिने मल्लकालीन माछा मार्ने जात्रा शुरु

    मंगलवार, माघ २, २०७४ साल
    भक्तपुर, २ माघ। छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ ।  जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ । माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरिने नवदुर्गा नाच त्यसपछि..

    इलामस्थित माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

    मंगलवार, माघ २, २०७४ साल
    इलाम, २ माघ  :  माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् ।  यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ..

    देवघाट ‘मकर मेला’मा भक्तजनको घुइँचो, विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आए

    सोमबार, माघ १, २०७४ साल
    रत्ननगर, चितवन, १ माघ : नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम आज बिहान ४ बजेदेखि नै शुरु भएको हो ।  देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट..

    थारु बस्तीमा ‘माघी पर्व’को खुशीयाली, बेलुकी खानपिन गर्दै रमाइलो गर्ने प्रचलन

    आईतवार, पौष ३०, २०७४ साल
    भीमदत्तनगर, ३० पुस (रासस) :  ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा  खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा  हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’  गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको सीमान्तकृत जिल्ला कञ्चनपुरसम्म बसोबास गर्ने थारु बस्तीमा यति बेला माघी पर्वको खुशीयाली छाएको छ । चौधरी–थारु बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोपेको छ ।  पश्चिम तराईका जिल्लामा बसोबास गर्ने..

    कागलाई रोटी खुवाएर सुदुरपश्चिममा नरहरी सङ्क्रान्ति मनाइंदै

    आईतवार, पौष ३०, २०७४ साल
    बैतडी, ३० पुस ।  बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज आइतबार  कागका लागि रोटी पकाइरहेका छन् ।  सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलन छ ।  माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए  ।..

    थेरवादी बौद्धमार्गी संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाउँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।  नेपाल राष्ट्रिय ज्ञानमाला समितिको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म शुरु भएको ‘नवौं  राष्ट्रिय ज्ञानमाला सम्मेलन’मा विभिन्न जिल्लाबाट सहभागी भजन समूहले संगीतमा लयबद्ध गीति भाका प्रस्तुत गरी बौद्ध शिक्षालाई फैलाएका छन् ।  बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई..

    यस वर्षको माघे सङ्क्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    त्रिशूली, नुवाकोट, २८ पुस : नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।  तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष  २८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।  तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले..

    भृकुटीमण्डपमा हुने भयो यो वर्षको माघे सकराती महोत्सव

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, २७ पुस ।  नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ ।  यहाँ बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको..

    बुद्धस्थल तिलौराकोटमा 'मुख्य भाग फेला पार्न' उत्खनन कार्य पुनः शुरु

    बिहिवार, पौष २७, २०७४ साल
    जीतपुर, कपिलवस्तु, २७ पुस : बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ ।  प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो ।  विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ । उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको..

    थारु समुदायमा छायो ‘माघी’ को रौनक – कतै हर्ष, कतै बिलौना

    बुधबार, पौष २६, २०७४ साल
    नेपालगञ्ज, २६ पुस  : ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ  सखी अइ हो माघ के पिली गुरी गुरी जाँर  सकिरी गलियावामा लगल बजरिया रे हाँ  सखी अइ हो लानी दे हो भाटु नथिया बजार  सालिक नथिया भै ल रे महान्.............’  यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ ।  आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै..

    स्थानीय तहका सबै जनप्रतिनिधिले 'एकरुपता ल्याउन' नेपाली पोशाक लगाउने निर्णय

    मंगलवार, पौष २५, २०७४ साल
    खोटाङ, २५ पुस : स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।  “पोशाकमा एकरुपता नहुँदा धेरै..

    गोरखास्थित मनकामना मन्दिरमा ‘सुनको जलप’ लगाउने काम सुरु

    आईतवार, पौष २३, २०७४ साल
    गोरखा, पुस २३ । धार्मिक एवम् पर्यटकीय हिसाबले निकै नै प्रख्यात रहेको गोरखास्थित मनकामना मन्दिरको छानामा सुनको जलप लगाउने काम शुरु भएको छ । तत्कालका लागि मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य शुरु गरिएको मनकामना मन्दिर विकास समितिले जनाएको छ । हाल पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त रहेका छन् । अहिलेसम्म..

    चितवनमा हुँदै भूमिपुत्र थारु समुदायको सांस्कृतिक पर्व : खिचरा महोत्सव

    बिहिवार, पौष २०, २०७४ साल
    चितवन, २० पुस ।  यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ ।  भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।  खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको..

    'नेपाली मौलिकता तथा संस्कृतिकाबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने'

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौँ, १८ पुस : वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताएका छन् ।  श्रद्धावान् नेपालले प्रस्तावित गरेको पाँचौँ राष्ट्रिय पोशाक दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले लामो समय अघिदेखि ती पोशाकको प्रचलन देशमा रहेको इतिहास पाइने बताउँदै सबै जाति समुदायका फरक वेशभूषा रहेको भएपनि..
    Results 570: You are at page 18 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast