सोमबार, असोज ६, २०७६

    धर्म-संस्कृति

    खोटाङमा ऐतिहासिक किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

    शुक्रबार, माघ १२, २०७४ साल
    खोटाङ, १२ माघ ।  नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।  किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् ।  किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई..

    तेह्रथुममा स्थानीयबासी द्वारा बहुधार्मिक 'मालुङ पालुङ' मन्दिर निर्माण

    बिहिवार, माघ ११, २०७४ साल
    तेह्रथुम, ११ माघ ।  तेह्रथुममा स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् ।  जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले एक कार्यक्रमका बीच उद्घाटन गरे  । किराँत कालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयवासीले बहुधार्मिक मन्दिरको नाम दिएका..

    कपिलवस्तुमा लोपोन्मुख धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

    मंगलवार, माघ ९, २०७४ साल
    जितपुर, कपिलवस्तु, ९ माघ ।  राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ ।  हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा ऐतिहासिक पुस्तकको संरक्षण गर्दै आएको हो ।  संघले आधुनिक सुविधासहितको पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीलाई..

    विश्व बौद्ध भ्रातृत्व बैठकमा सहभागी हुन भिक्षु तपस्सी धम्म म्यान्मार प्रस्थान

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ । वर्ल्ड  एलाइन्स बुद्धिष्ट (विश्व बौद्ध भ्रातृत्व) को बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा (वर्मा) प्रस्थान गरेका  छन् ।  म्यान्माको बगानमा यही माघ ६ देखि १२ गतेसम्म चल्ने उक्त बैठकमा भाग लिन गए राति उनी  त्यसतर्फ गएका हुन्  । नेपाल, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, लाओस, संयुक्त अरब इमिरेट्सलगायत २६ मुलुकको सहभागिता हुने छ ।..

    भक्तपुरमा ऐतिहासिक छ महिने मल्लकालीन माछा मार्ने जात्रा शुरु

    मंगलवार, माघ २, २०७४ साल
    भक्तपुर, २ माघ। छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ ।  जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ । माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरिने नवदुर्गा नाच त्यसपछि..

    इलामस्थित माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

    मंगलवार, माघ २, २०७४ साल
    इलाम, २ माघ  :  माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् ।  यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ..

    देवघाट ‘मकर मेला’मा भक्तजनको घुइँचो, विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आए

    सोमबार, माघ १, २०७४ साल
    रत्ननगर, चितवन, १ माघ : नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम आज बिहान ४ बजेदेखि नै शुरु भएको हो ।  देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट..

    थारु बस्तीमा ‘माघी पर्व’को खुशीयाली, बेलुकी खानपिन गर्दै रमाइलो गर्ने प्रचलन

    आईतवार, पौष ३०, २०७४ साल
    भीमदत्तनगर, ३० पुस (रासस) :  ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा  खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा  हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’  गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको सीमान्तकृत जिल्ला कञ्चनपुरसम्म बसोबास गर्ने थारु बस्तीमा यति बेला माघी पर्वको खुशीयाली छाएको छ । चौधरी–थारु बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोपेको छ ।  पश्चिम तराईका जिल्लामा बसोबास गर्ने..

    कागलाई रोटी खुवाएर सुदुरपश्चिममा नरहरी सङ्क्रान्ति मनाइंदै

    आईतवार, पौष ३०, २०७४ साल
    बैतडी, ३० पुस ।  बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज आइतबार  कागका लागि रोटी पकाइरहेका छन् ।  सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलन छ ।  माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए  ।..

    थेरवादी बौद्धमार्गी संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाउँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।  नेपाल राष्ट्रिय ज्ञानमाला समितिको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म शुरु भएको ‘नवौं  राष्ट्रिय ज्ञानमाला सम्मेलन’मा विभिन्न जिल्लाबाट सहभागी भजन समूहले संगीतमा लयबद्ध गीति भाका प्रस्तुत गरी बौद्ध शिक्षालाई फैलाएका छन् ।  बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई..

    यस वर्षको माघे सङ्क्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    त्रिशूली, नुवाकोट, २८ पुस : नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।  तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष  २८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।  तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले..

    भृकुटीमण्डपमा हुने भयो यो वर्षको माघे सकराती महोत्सव

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, २७ पुस ।  नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ ।  यहाँ बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको..

    बुद्धस्थल तिलौराकोटमा 'मुख्य भाग फेला पार्न' उत्खनन कार्य पुनः शुरु

    बिहिवार, पौष २७, २०७४ साल
    जीतपुर, कपिलवस्तु, २७ पुस : बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ ।  प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो ।  विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ । उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको..

    थारु समुदायमा छायो ‘माघी’ को रौनक – कतै हर्ष, कतै बिलौना

    बुधबार, पौष २६, २०७४ साल
    नेपालगञ्ज, २६ पुस  : ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ  सखी अइ हो माघ के पिली गुरी गुरी जाँर  सकिरी गलियावामा लगल बजरिया रे हाँ  सखी अइ हो लानी दे हो भाटु नथिया बजार  सालिक नथिया भै ल रे महान्.............’  यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ ।  आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै..

    स्थानीय तहका सबै जनप्रतिनिधिले 'एकरुपता ल्याउन' नेपाली पोशाक लगाउने निर्णय

    मंगलवार, पौष २५, २०७४ साल
    खोटाङ, २५ पुस : स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।  “पोशाकमा एकरुपता नहुँदा धेरै..

    गोरखास्थित मनकामना मन्दिरमा ‘सुनको जलप’ लगाउने काम सुरु

    आईतवार, पौष २३, २०७४ साल
    गोरखा, पुस २३ । धार्मिक एवम् पर्यटकीय हिसाबले निकै नै प्रख्यात रहेको गोरखास्थित मनकामना मन्दिरको छानामा सुनको जलप लगाउने काम शुरु भएको छ । तत्कालका लागि मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य शुरु गरिएको मनकामना मन्दिर विकास समितिले जनाएको छ । हाल पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त रहेका छन् । अहिलेसम्म..

    चितवनमा हुँदै भूमिपुत्र थारु समुदायको सांस्कृतिक पर्व : खिचरा महोत्सव

    बिहिवार, पौष २०, २०७४ साल
    चितवन, २० पुस ।  यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ ।  भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।  खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको..

    'नेपाली मौलिकता तथा संस्कृतिकाबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने'

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौँ, १८ पुस : वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताएका छन् ।  श्रद्धावान् नेपालले प्रस्तावित गरेको पाँचौँ राष्ट्रिय पोशाक दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले लामो समय अघिदेखि ती पोशाकको प्रचलन देशमा रहेको इतिहास पाइने बताउँदै सबै जाति समुदायका फरक वेशभूषा रहेको भएपनि..

    टोपी दिवसका अवसरमा युवाहरुद्वारा पहिचान बचाउन राष्ट्रिय अभियान

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडाँै, १७ पुस  ।  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेका छन् । माइतीघरबाट शुरु भएको र्याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो ।  र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता..

    कपिलवस्तुमा हुने भयो थारु जातिको महान पर्व माघीको विशेष महोत्सव

    शुक्रबार, पौष १४, २०७४ साल
    जितपुर, कपिलवस्तु, १४ पुस । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो ।  महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनीसमेत गरिनेछ।महोत्सव अवधिभर थारु संस्कृति झल्कने..

    गुरुङ समुदायमा ल्होसारको रौनक शुरु, विविध साँस्कृतिक कार्यक्रम

    शुक्रबार, पौष १४, २०७४ साल
    बेसीशहर, लमजुङ, १४ पुस  : गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनक देखिएको हो ।  गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार च्यल्हो (चरा वर्ग) लाई बिदाइ गरी खिल्हो (कुकुर वर्ग) स्वागत गर्दै शनिवार यस वर्षको तमु ल्होसार मनाइँदैछ । ‘ल्हो’..

    पशुपतिनाथ मन्दिर परिसरमा आजबाट सवारी साधन प्रवेशमा रोक

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो । पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको..

    चुलाचुली गाउँपालिकामा बृहत् दु:खहरण पूजा लगाइने

    मंगलवार, पौष ११, २०७४ साल
    चुलाचुली, ११ पुस । इलाम जिल्लाको  चुलाचुली गाउँपालिकाको भवन निर्माण स्थलमा पुस १७ गते सकल जगत प्राणीको कल्याणको निम्ति प्रार्थना (दु:खहरण ) पूजा -२०१८ लगाइने भएको छ ।  हेभेन्ली पथ नेपाल जिल्ला शाखा इलामले आयोजना गर्ने उक्त पूजामा किराँत, हिन्दु, ईसाइ, बौद्ध धर्मावलम्बीको उपस्थिति रहने छ । कार्यक्रम स्थलबाट वडाकै यलम्बर चोक, समावेशी चोक हुँदै पुन: कार्यक्रम स्थलसम्मको र्‍यालीको पनि आयोजना गरिएको..

    सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानार्थ दशदिक्पालको पूजा

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानका लागि आज बिहान दशदिशाका देवता दशदिक्पालको विशेष पूजा गरिएको छ ।  प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन कामपा–२४, जनबहालस्थित मन्दिरमा दशदिक्पाललाई विशेष पूजा गरिन्छ । महास्नानका समयमा कुनै पनि अप्रिय घटना तथा अनिष्ट नहोस् भनेर मूल पुजारी र थकालीले यस किसिमको पूजाका साथै संकल्प गर्छन् ।  मच्छिन्द्रनाथको महास्नानका लागि गए राति विशेष साइतमा..

    आज क्रिसमस, देशभरका चर्चमा विविध कार्यक्रम, प्रमद्वारा शुभकामना

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ ।  यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।  येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष..

    बौद्ध धर्मावलम्बीहरुद्वारा नयाँ वर्षका अवसरमा शुभकामना साटा-साट

    मंगलवार, पौष ४, २०७४ साल
    हुम्ला, ४ पुस : हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताए। (रासस) ..

    अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि राजविराजमा

    आईतवार, पौष २, २०७४ साल
    राजविराज, २ पुस । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।  मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको..

    सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर ।  सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १० वटा सम्पदाले काठ माग गरेका हुन् । काष्टमण्डपले १४ हजार, नुवाकोटस्थित भैरवी मन्दिरले १२, रातो मछिन्द्रनाथ ६८, रामेछापको खाडादेवी मन्दिर ५००, दोलखाको धनेश्वर मन्दिर तीन हजार,..

    नेवारी संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौँ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छिन् ।  ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन् । उनले भनिन्, “कला, संस्कृति र भाषामा..

    किराँती समुदायको उधौली पूजा हर्षोल्लासका साथ मनाइंदै

    आईतवार, मंसिर १७, २०७४ साल
    उदयपुर, मंसिर १७ । प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी किनारमा रहेको साकेला स्थानमा भेला भईउधौली पूजा मनाउने कार्य शुरु गरेका छन् ।  जिल्लाको त्रियुगा नगरपालिकासहित अन्यत्र बसोवास गरेका किराती राईहरुले गाईघाटस्थित साकेला स्थानमा ठूलो संख्यामा भेला भएर आफ्ना किराती पूजारी (नाछुङ) बाट..
    Results 498: You are at page 16 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast